Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

चोरीको ज्याकेटले अञ्जुलाई बनायो कोकिन कारोबारी

१८ साउन, काठमाडौं । अञ्जु थापा मगर लाजिम्पाटको ‘थ्रि ब्रदर अपार्टमेन्ट’मा क्लिनरको रुपमा काम गरिरहेकी थिइन् । २० मंसिर २०७७ मा कोठा नम्बर क्यू १ सफा गर्दा दराजभित्र आकर्षक ज्याकेट देखिन् । विदेशी नागरिक बसिरहेको कोठामा अरु ८ वटा ज्याकेट पनि थिए । उनलाई लाग्यो, एउटा लैजाँदा के थाहा होला र ! सुटुक्क एउटा पोका […]

सिद्धबाबा नजिक पहिरोले जिप पुरिंदा चालकको मृत्यु

१८ साउन, बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डमा पहिरोले जिप पुर्दा एक जनाको मृत्यु भएको छ । स्याङ्जाबाट बुटवल आउँदै गरेको लु २ च ७३८७ नम्बरको जिप पाल्पाको तिनाउ गाउँपालिका दोभान नजिकै हेडवर्क्समा माथिबाट खसेको पहिरोले पुरिंदा चालक २२ वर्षका आशिष खाँण ठकुरीको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार साँझ ७ बजेतिर भएको […]

एकपक्षीय रुपमा अघि बढे ओली, एकता प्रयास भाँड्न खोजेको नेपाल समूहको आशंका

१८ साउन, काठमाडौं । नेकपा एमालेमा एकता प्रयास चलिरहेका बेला महाधिवेशनको कार्यतालिका बनाएका अध्यक्ष केपी शर्मा ओली पक्षले सोमबार ९ वटा विभाग गठन गरेका छन् । तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा बसेको ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटी बैठकले संगठन, स्कुल, प्रचार, विदेश मामिलासहितका ९ विभागका प्रमुखसहित केही सदस्य मनोनयन गरेको छ । स्कुल विभाग […]

प्रहरीको युएन मिसन छनोट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशंका

१८ साउन, काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सहभागी हुन जानुअघि नेपाल प्रहरीले लिने आन्तरिक परीक्षाको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको आशंका गरिएको छ । शनिबार भएको प्रि–स्याट परीक्षाको प्रश्न पत्र बाहिरिएको आशंकामा छानविन सुरु भएको हो । यस विषयमा प्रहरी प्रधान कार्यालयको युएन शाखाले छानविन थालेको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले अनलाइनखबरलाई बताए । ‘प्रश्न […]

प्रदेश प्रमुखको स्थायित्व र मर्यादामा प्रश्न, प्रधानमन्त्रीपिच्छे फेरिनुपर्ने पद हो यो ?

१८ साउन, काठमाडौं । प्रदेश प्रमुख पद आलंकारिक हो । मुलुक संघीय प्रणालीमा गएसँगै २०७२ सालपछि सिर्जना भएको पद हो, यो । संविधानतः यसको परिकल्पना– संघको उपस्थिति प्रदेशमा गराउने र संघमा राष्ट्रपतिले जस्तै प्रदेशमा प्रदेश प्रमुखले संविधान अनुसारका काम कारबाही गर्ने हो । प्रदेश प्रमुखको काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्थामा पनि यही भनिएको छ– […]

सुजिता ठाकुर हत्या आरोपमा उनकै बाबु पनि पक्राउ

१८ साउन, जनकपुरधाम । महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराकी सुजिता ठाकुरको हत्याको घटना अनुसन्धानका लागि प्रहरीले उनका बाबु कामेश्वर पाण्डेलाई पनि पक्राउ गरेको छ । जेठ २० गते राति भएको सुजिताको हत्यामा बाबुको संलग्नता देखिने केही प्रमाण फेला परेकाले पक्राउ गरेको प्रहरीले जनाएको छ । महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले सुजिताका बाबुले उनको हत्याका लागि […]

पुरानो संसद् भवनलाई सङ्ग्रहालय बनाउने सभामुखको योजना

१८ साउन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले भूकम्पबाट क्षतिग्रस्त पुरानो संसद् भवनलाई सङ्ग्रहालय बनाउने योजना रहेको बताएका छन् । विसं २०७२ वैशाखमा गएको भूकम्पले क्षतिग्रस्त भइ हाल जीर्ण अवस्थामा रहेको सिंहदरबारस्थित संसद् भवनको अवलोकन गर्दै उनले पुरातात्विक महत्व बोकेका संरचना भएकाले यसको संरक्षण गर्नु आवश्यकता भएको बताए । ‘संसद् भवनको संरक्षण आवश्यक छ, प्राविधिक टोलीसँग छलफल गरी आवश्यक कदम चाल्छौं’, अवलोकनपछि उनले भने, ‘सङ्ग्रहालयसँगै यसलाई पुस्तकालयका रुपमा समेत विकास गर्नुपर्छ […]

कर्णालीमा एमालेका ४ सांसद पदमुक्त हुँदा मुख्यमन्त्री शाही सुरक्षित

१८ साउन, सुर्खेत । नेकपा एमालेले आफ्ना चार सांसदलाई गरेको कारबाही सदर भएसँगै कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार सुरक्षित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पदमुक्त नगर्न २७ जेठमा दिएको अन्तरिम आदेश खारेज सोमबार गरेको हो । यससँगै […]

विवाहपछि कोरियाली समाजमा प्रभाव छाड्दै नेपाली चेली

काठमाडौं । दक्षिण कोरियामा विवाह गर्नुलाई सामाजिक दायित्वको रुपमा लिइन्छ । सन् १९९० को दशकयता दक्षिण कोरियाको सरकारले ग्रामीण क्षेत्रमा रहेका र जोडी नभेटेका पुरुषलाई विदेशीसँग विवाहको लागि प्रेरित गर्न थालेको थियो । यद्यपि दक्षिण कोरियामा ‘वैवाहिक आप्रवासी’ महिलाको जीवन भने त्यति सहज छैन । दक्षिण कोरियामा हुने गरेका घरेलु हिंसा र दुर्व्यवहारको समाचारले धेरै […]

पूर्वमाओवादी नेताको सांसद पद पुनर्बहाली गर्न सर्वोच्चले दिएन आदेश

१८ साउन, काठमाडौं । सर्वोच्च अदालतले माओवादी केन्द्रबाट निष्कासनमा परेका एमाले नेताको सांसद पद पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले एमाले नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद पुनर्बहालीको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । स्पष्टीकरणको मौका दिई सांसद पदबाट हटाएको […]

मुहानपोखरीमा मनोरञ्जन (फोटो फिचर)

१८ साउन, काठमाडौं । काठमाडौं उपत्यकाको कोलाहलपूर्ण वातावरणमा बस्नेहरु शान्त र खुला ठाउँको खोजीमा हुन्छन् । उनीहरुका लागि उपयुक्त विकल्प बनेको छ भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित मुहानपोखरी । शान्त र प्राकृतिक वातावरण अनि कञ्चन पानी । यहाँ घुम्न जाने युवायुवतीहरु पानीमा खेल्ने, नुहाउने, फोटो खिच्ने गरिरहेका देखिन्छन् । कोरोना महामारीका कारण वैशाख मध्यदेखि असारसम्म धेरै मानिसहरु […]

सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ : अर्थमन्त्री शर्मा

१८ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकार प्रेस स्वतन्त्रता र नागरिक अधिकारप्रति प्रतिवद्ध भएको बताएका छन् । सत्तारुढ गठबन्धन प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिने उनले बताए । सोमबार आफ्नो स्वागतमा नेपाल पत्रकार महासंघले गरेको कार्यक्रममा अर्थमन्त्री शर्माले भने, ‘आज बनेको गठबन्धन र गठबन्धन सरकार सञ्चार क्षेत्रको, प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिन्छ, उभिनेछ । […]

राष्ट्रिय परीक्षा बोर्डले भन्यो- कक्षा १२ को परीक्षा स्थगित भएको छैन

१८ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगितको कुनै निर्णय नभएको भन्दै भ्रममा नपर्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले अनलाइनखबरसँग भने, ‘अहिलेसम्म परीक्षा स्थगित गर्ने निर्णय भएको छैन । विद्यार्थी अन्योलमा नपर्न अनुरोध गर्न चाहन्छु ।’ कक्षा १२ को परीक्षा हुन अझै दुई हप्ता बाँकी रहेकाले परीक्षाबारे अहिले नै निर्णय […]

युवाहरुलाई समेटेर महाधिवेशनमा टीम बनाउँछु : शशांक कोइराला

१८ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आसन्न महाधिवेशनमा युवा नेताहरुको साथ खोजेका छन् । सोमबार काठमाडौंमा युवा नेताहरुसँगको छलफलमा महामन्त्री कोइरालाले १४ औं महाधिवेशनमा आफू सभापतिमा उम्मेदवारी दिने जानकारी गराउँदै सहयोगका लागि आग्रह गरेका हुन् । ‘उहाँ(कोइराला) ले म सभापतिको उम्मेदवार हुँ, तपाईंहरुले सहयोग गर्नुपर्‍यो,’ कोइरालाको भनाई उद्धृत गर्दै केन्द्रीय सदस्य […]

सरकारले भन्यो : मेलम्ची खानेपानी आयोजना अनिश्चित भयो

१८ साउन, काठमाडौं । आइतबार मेलम्ची नदीमा आएको लेदोसहितको बाढीले थप क्षति पुर्‍याएपछि मेलम्ची खानेपानी आयोजना अनिश्चित भएको सरकारले बताएको छ । सोमबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको छलफलमा खानेपानी तथा सरसफाइ मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले आयोजनाको हेडवर्क्स (मुहान क्षेत्र) क्षेत्र बाढीले बगाएर ल्याएको ढुंगा, माटो र बालुवाले पुरेकाले आयोजना अनिश्चित भएको बताएकी हुन् । […]

सीमा क्षेत्रका नेपाली रेडियोको प्रभाव रोक्न बिहारका मन्त्रीको दिल्लीसँग माग

१८ साउन, काठमाडौं । भारतको बिहार राज्यका सूचना तथा जनसम्पर्क मन्त्री सञ्जयकुमार झाले आफ्नो भूभागमा नेपाली एफएम रेडियोको फ्रिक्वेन्सी प्रभाव रोक्न केन्द्र सरकारको ध्यानाकर्षण गराएका छन् । हिन्दुस्तान टाइम्समा सोमबार प्रकाशित समाचार अनुसार झाले आइतबार केन्द्र सरकारका सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरसँग भेट गर्दै नेपाली रेडियोहरुको प्रभाव रोक्न तत्काल आवश्यक कदम चाल्न माग गरे […]

एमालेमै फर्किइन् लुम्बिनीकी प्रदेश सांसद वली

१८ साउन, बुटवल । लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री वलीले आफू नेकपा एमालेमै फर्किएको बताएकी छन् । सोमबार विज्ञप्ति प्रकाशित गरी उनले आफूले सूर्य चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरी विजय हासिल गरेको भन्दै एमालेमै फर्किएको बताएकी छन् । तत्कालिन नेकपाबाट प्रदेशसभा सदस्य निर्वाचित उनले एमाले र माओवादी ब्युँतिएपछि माओवादी केन्द्र रोजेकी थिइन् । ‘मैले सूर्य चिह्नबाट […]

न्यूनतम साझा कार्यक्रमपछि मात्र मन्त्रिपरिषद विस्तार गरिने

१८ साउन काठमाडौं । सत्तारुढ दलहरुबीच सरकारका न्यूनतम साझा कार्यक्रम ल्याएपछि मा मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच सोमबार बालुवाटारमा भएको छलफलमा मंगलबारसम्म न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने र त्यसपछि मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको हो । प्रधानमन्त्री नियुक्त भएको तीन साता पुग्दा […]

महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा विद्यार्थीले लगाए ताला

१८ साउन, इलाम । इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा विद्यार्थीले ताला लगाएका छन् । विद्यार्थीहरुले सार्वजनिक सेवा प्रवेशका लागि लोकसेवा आयोगको ढोका खुला गर्न र स्नातकोत्तर तहमा अध्ययन गर्न पाउनुपर्ने माग राख्दै त्रिभुवन विश्वविद्यालयको कृषि र पशु विज्ञान अध्ययन संस्थानबाट सम्बन्धन लिई सञ्चालित बीएससी बागवानी विषय अध्ययनरत विद्यार्थीले क्याम्पसमा तालाबन्दी गरेका हुन् । लामो समयदेखि […]

धान रोपाइँ अन्तिम चरणमा

१८ साउन, काठमाडौं । यस वर्ष वर्षायामको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ । साउन तेस्रो साता सुरु हुँदा देशभर ९५ प्रतिशत भूभागमा रोपाइँ सकिएको कृषि विभागले जनाएको छ । देशभरको रोपाइँ अन्तिम चरणमा पुगेको विभागका सूचना अधिकारी डाक्टर महादेवप्रसाद पौडेलले जानकारी दिए । ‘कर्णाली र सुदूरपश्चिम प्रदेशमा रोपाईं सम्पन्न भएको छ, अन्य प्रदेशमा छिटफूट […]

संवैधानिक आयोगका कामप्रति महिला तथा सामाजिक समितिको असन्तुष्टि

१८ साउन, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले आफ्नो कार्यक्षेत्रमा रहेका विभिन्न संवैधानिक आयोगहरुको काम कारबाहीप्रति असन्तुष्टि जनाएको छ । समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले कतिपय आयोगले आफ्नो कार्यक्षेत्र समेत टुंगो लगाउन नसकेको निष्कर्ष निकाल्दै असन्तुष्टि जनाएको हो । समितिको कार्य क्षेत्रभित्र राष्ट्रिय महिला आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, थारु आयोग […]



from समाचार – Online Khabar https://ift.tt/3rMZrw6
via IFTTT
Powered by Blogger.