समाचार
१७ साउन, गलकोट । बिहीबार रातको ठीक १२ बजेको थियो । कालीगण्डकी किनारमा रहेको राजमार्ग पोखरा-मालढुङ्गा र मालढुङ्गा- बेनी सडकमा सवारी गुड्न बन्द भइसकेका थिए । कालीगण्डकी आफ्नै बेगले बगिरेहको थियो, जताततै सुनसान थियो । नागरिक निद्रामा मस्त थिए । यही समयमा बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुलमुनिको राजाको बगर भएर दुईवटा जेसिभी कालीगण्डकी […]
१७ साउन, उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका-२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो । सङ्क्रमण तीव्र बनेपछि शनिबार रातिदेखि गाउँ सिल गरिएको […]
१७ साउन, काठमाडौं । अफगानिस्तान सैनिकको नियन्त्रणमा रहेका प्रमुख तीन शहर तालिबान समूहले कब्जामा लिन खोजेपछि दुईपक्षीय भिडन्त भएको छ । अफगानिस्तानको पश्चिम र दक्षिण क्षेत्रमा रहेको हेरात, लस्करगाहा र कान्दाहारमा तालिबानले कब्जामा लिन खोजेपछि भिडन्त भएको हो । आगामी सेप्टेम्बरसम्ममा अफगानिस्तानबाट सबै विदेशी सेना बाहिरिने घोषणा भएसँगै तालिबान समूहले आक्रमण तीव्र बनाएको छ । […]
१७ साउन, सिन्धुपाल्चोक । स्थानीय, प्रदेश र केन्द्र सरकारले बेवास्ता गरेको भन्दै हेलम्बुका बाढी प्रभावितले संघर्ष समिति गठन गरेका छन् । उनीहरुले शनिबार भरत थापको अध्यक्षतामा ३५ सदस्यीय हेलम्बु–मेलम्चीखोला बाढीपीडित सरोकार समिति गठन गरेका हुन् । गठित समितिमा मिङ्मार शेर्पा उपाध्यक्ष, अर्जुन भण्डारी सचिव रहेका छन् । बाढी गएको ४५ दिन भइसक्दा पनि स्थानीय, प्रदेश […]
१७ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले परीक्षा दिनुअघि विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नेविसंघले कक्षा १२ को परीक्षा नजिकिएकाले सबै परीक्षार्थीलाई खोप लगाउन माग गरेको हो । साउन ३१ गते शुरु हुने कक्षा १२ को परीक्षामा ४ लाख विद्यार्थी सहभागी हुँदैछन् । नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले परीक्षा […]
१७ साउन, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति फेरि बाढी आएको छ । बाढीले केही घरमा क्षति पुर्याएको छ भने तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले लेदो माटोसहितको बाढीले केही घरमा क्षति पुगेको र केही घरमा पानी पसेको बताए । तालामाराङ प्रहरी चौकीमा बाढीको पानी पसेपछि नजिकैको अर्को […]
१६ साउन, काठमाडौं । शनिबार सिंहदरबारस्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा जम्मा भएका दोस्रो तहका नेताहरुको निष्कर्ष छ, पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि वरिष्ठ नेता माधवकुमार नेपालको अविश्वास कायमै छ । पार्टीमा एकताका लागि २७ असारमा १०बुँदे सहमति जुटाएको तत्कालीन कार्यदलमा सहभागी अधिकांश नेताहरु सहभागी बैठकमा सुवास नेम्वाङ र विष्णु पौडेलले नेता नेपालसँग भएको छलफलबारे […]
१६ साउन, काठमाडौं । बारबरा फाउण्डेसनले विभिन्न संस्था र व्यक्तिलाई कोभिड–१९ विशिष्ट सम्मान प्रदान गरेको छ । शनिबार काठमाडौंकाे राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा विभिन्न संस्था र व्यक्तिलाई सम्मान प्रदान गरियाे । फाउण्डेसनकै कार्यकारिणी सदस्य तथा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष सुहृद घिमिरेले कोभिड–१९ विशिष्ट सम्मानका लागि एक करोड रुपैयाँ उपलब्ध गराएका थिए । सोही रकमबाट […]
१६ साउन, धनगढी । शुक्रबार दार्चुलाको ब्याँस गाउँपालिका–२ स्थित मालघाटमा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर ब्याँसका जयसिंह धामी बेपत्ता भए । मालघाटमा तुइन तार्ने काम गर्दै आएका कल्यानसिंह धामी जयसिंह तुइन तरिरहेका बेला एसएसबीले डोरी काटेको बताउँछन् । पढ्नुहोस् उनको भनाइ जस्ताको तस्तै : महाकाली नदीमा तुुइनमार्फत व्याँसबासीलाई ओहोरदोहोरा गराउन थालेको २१ वर्ष पुगिसक्यो […]
१६ साउन, झापा । झापाको विर्तामोडस्थित टाइमलेस होटलबाट कोरोनाविरुद्धको खोपसहित नगरपालिकाका कोभिड स्रोत व्यक्ति ओमबहादुर खड्का पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षमा आज बसेको जिल्ला कोभिड खोप व्यवस्थापन समितिको बैठकले उक्त घटनाको सत्यतथ्य छानबिन गर्न […]
१६ साउन, काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेवापस) र काठमाडौं विश्वविद्यालयबीच सहकार्यसम्बन्धी सात बु‘दे समझदारी पत्रमा हस्ताक्षर भएको छ । विश्वविद्यालय र यसअन्तर्गतका संकायमा कार्यरत प्राध्यापक, विद्यार्थी तथा अनुसन्धानकर्ताले गर्ने अध्ययन, अनुसन्धान तथा खोजलाई सञ्चार माध्यममार्फत् आम नागरिक र नीति निर्मातासम्म पु¥याउने उद्देश्यले समझदारी भएको नेपाल वातावरण पत्रकार समूहले जनाएको छ । समझदारी पत्रअनुसार […]
१६ साउन, दाङ । रुकुमपूर्वको महत आफैंमा घना मगर बस्ती भएको डाँडामा अवस्थित सुन्दर गाउँ हो । दश वर्ष लामो जनयुद्धको केन्द्र भागमा रह्यो महत । थवाङ नजिकै रहेको महतमा प्रत्यक्ष ठूलाठूला भिडन्त भएका थिए भने माओवादीको चर्चित लाबाङ बैठक पनि यही महतकै लाबाङमा सम्पन्न भयो । त्यति मात्र होइन जनमुक्ति सेनाका डिभिजन स्तरसम्मका सैन्य […]
१६ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालजस्ता नेताहरुका लागि पार्टीमा ठाउँ नभएको बताएका छन् । शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उनले माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताए । माधव नेपालहरुले गरेको गल्ती सानोतिनो नभएको भन्दै ओलीले उनीहरुकै […]
छोरा ! शिक्षालाई अहिले बिक्रीको सामान बनाइएको छ । विश्वभरि यसको व्यापार हुन्छ, मानव यन्त्र निर्माण गर्ने कारखाना बनाउने प्रयास भइरहेको छ । अबको युद्ध मानवीय मूल्य, अस्तित्व रक्षा र मानव यन्त्र निर्माण पक्षधरहरूको बीचमा हुनेछ । त्यस युद्धमा तिमी मानव मूल्यको पक्षमा दृढतापूर्वक उभिनु ।
‘तिमीलाई नाच्न मन लाग्छ हो ?’ नृत्य गुरुले मायालु भावमा सोधे । उनले टाउको निहुर्याइन् । अनि सुस्तरी बोलिन्, ‘मलाई खुट्टा हल्लाउन त आउँदैन ।’ मनमा डर, लाज र ग्लानि एकमुष्ट भरियो । उनलाई नाच्न त खुब रहर लागेको थियो तर नाच्ने कसरी ? न ज्यानले भाका टिप्छ, न लय समात्छ । कहिल्यै नाचेको भए […]
१६ साउन, काठमाडौं । कुमार महाराज पुराना वाद्यवादक हुन् । ५७ वर्षीय उनले वर्षौंदेखि ढोलक, तबला, मादल बजाइरहेका छन् । उनले स्वरसम्राट नारायणगोपालको गीतमा पनि वाद्ययन्त्र बजाएका छन् । नारायणगोपालको ‘मन्दिरमा छ कि मूर्तिमा माया’ बोलको गीतमा वाद्ययन्त्र बजाउँदाको किस्सा रोमाञ्चक हुँदै सुनाउँछन् । शम्भुजित बास्कोटाको संगीत रहेको सो गीतमा कुमारले शुरूआतमा तबला, ढोलक बजाएका […]
१६ साउन, काठमाडौं । बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको बेथिती अन्त्यको माग गर्दै नागरिकहरु माइतीघरदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गरेका हुन् । प्रदर्शनमा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी, खगेन्द्र संग्रौलालगायत सहभागी थिए । उनीहरुले जनताको शक्ति राज्यशक्ति भन्दा शक्तिशाली हुन्छ, सरकार तिम्रो प्राथमिकता के […]
१६ साउन, धनगढी । महाकाली नदीमा तुुइनबाट युुवक खसेर बेपत्ता भएको घटनामा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ । भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदैसार्वजनिक भए जस्तो एसएसबीको संलग्नता नरहेको दाबी गरेका हुन् । ‘शुुक्रबार हामीले गरेको पत्राचारका आधारमा पिथौरागढका जिल्ला अधिकारीले आज लिखित […]
१६ साउन, बुटवल । लुम्बिनी प्रदेशमा जातीय भेदभाव र छुवाछुत नियन्त्रण तथा दलित समुदायको सशक्तिकरणका लागि छुट्टै कानुन बनाउन माग गरिएको छ । प्रदेशमा केही समयअघि सामाजिक विकास मन्त्रालयले दलित समुदायको सशक्तिकरण र छुवाछुत नियन्त्रण गर्ने गरी छुट्टै विधेयक निर्माणको प्रक्रिया शुरु गरेको थियो । तर, कोरोना महामारी शुरु भएपछि त्यो प्रक्रिया नै अवरुद्ध भएपछि […]
१६ साउन, डोटी । डोटी जिल्लामा आर्थिक बर्ष २०७७/०७८ मा एक अर्ब ६९ करोड ८१ लाख १३ हजार ६ सय ३९ रुपैयाँ फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीले दिएको जानकारी अनुसार जिल्लामा संघीय सरकारको बजेटबाट ५४ करोड एक लाख २२ हजार ४३ रुपैयाँ र प्रदेश सरकारको बजेटबाट एक अर्व १५ करोड […]
१६ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिगले दार्चुलामा महाकाली नदीको तुइनबाट युवक खसेर बेपत्ता भएको विषयमा भारतसँग जवाफ माग्न सरकारलाई आग्रह गरेको छ । शनिबार विज्ञप्ति निकालेर वाईसीएलले काठमाडौंस्थित भारतीय दूतावाससँग स्पष्टीकरण लिएर घटनाबारे सत्य तथ्य बाहिर ल्याउन आग्रह गरेको हो । भारतीय सीमा सुरक्षा बल (एसएसबि) ले तुइनको फलामे […]
from समाचार – Online Khabar https://ift.tt/3id2ZVg
via IFTTT