Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

६६३ स्थानीय तहमा पुग्यो इन्टरनेट सेवा

१८ साउन, काठमाडौं । असार मसान्तसम्म देशभरका ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएको छ । देशभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएको हो । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको आर्थिक सहयोगमा उक्त सेवा उपलब्ध गराउन सम्बन्धित परियोजनालाई १८ वटा प्याकेज […]

अब ५० बेडका सबै सरकारी अस्पतालबाट खोप कार्ड प्रमाणीकरण हुने

१८ साउन, काठमाडौं । वैदेशिक रोजगारीमा जान चाहने नागरिकले खोप लगाएको प्रमाणीकरण अब प्रदेश र जिल्लास्तरकै अस्पतालबाट गर्न मिल्ने भएको छ । यसअघि सरकारले खोप लगाएको प्रमाणीकरण काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा मात्रै गर्ने व्यवस्था मिलाएको थियो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. […]

जीवन विकास र युनियनको ‘सेयर अर्डर’मा समस्या

१८ साउन, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था र युनियनन लाइफ इन्स्यारेन्स कम्पनीको सेयर खरिदका लागि अर्डरमा बस्न समस्या देखिएको छ । अनलाइनबाट अन्य कम्पनीहरुको किनबेच सहज तरिकाले भए पनि लगानीकर्ताहरुले यी दुई कम्पनीको सेयर अर्डरमा बस्न समस्या झेलिरहेका छन् । नेपाल स्टक एक्सचेञ्जको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा तोकिएको मूल्यमा अर्डमा बसे पनि […]

मनसुनजन्य विपद : जेठ महिनायता ६६ जनाको मृत्यु, ४० जना बेपत्ता

१८ साउन, काठमाडौं । गत जेठ महिनायता मनसुनजन्य विपतका कारण ६६ जनाको मृत्यु भएको र ४० जना बेपत्ता भएका छन् । घटनामा ८१ जना घाइते भएका छन् । यो तथ्यांक गृहमन्त्री बालकृष्ण खाँणले सोमबारको राष्ट्रियसभा बैठकमा प्रस्तुत गरेका हुन् । मन्त्री खाँणका अनुसार मनसुनका कारण सिन्धुपाल्चोक, मनाङ, गोरखा, कास्की लगायतका ५५ जिल्ला प्रभावित भएका छन् […]

भारतीय दूतावास अगाडि अखिल क्रान्तिकारीको प्रदर्शन

१८ साउन, काठमाडौं । दार्चुलामा तुइन तर्ने क्रममा नेपाली युवक जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको विरोधमा नेकपा क्रान्तिकारी माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ । भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिँदा नेपाली युवक बेपत्ता भएको भन्दै अखिल क्रान्तिकारीले घटनाको छानबिन गरी दोषीलाई हदैसम्म कारबाही गर्न माग […]

लागूऔषधसहित सिरहाबाट एक युवक पक्राउ

१८ साउन, जनकपुरधाम । सिरहा प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवराजपुर गाउँपालिका-५ सिरहाका २६ बर्षीय प्रभुनारायण सिंह रहेका छन् । सिंहलाई लहान नगरपालिका-१ बाट लागूऔषधसहित पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । को.२६प १८९ नम्बरको मोटरसाइकलमा सबार सिंहलाई आईतबार राति पक्राउ गरिएको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी […]

वीरगञ्जमा बेवारिसे अवस्थामा छाडिएको ट्रकबाट २१ किलो गाँजा बरामद

१८ साउन, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट २१ किलो गाँजा बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित दोस्रो बाइपास सडकखण्डबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरी बल १३ नम्बर गणका सशस्त्र प्रहरी निरीक्षक राजेश्वरप्रसाद साहको कमाण्डमा खटिएको टोलीले बिहान साढे ७ बजे बेवारिसे ट्रकबाट गाँजा बरामद गरेको थियो । मकवानपुरको मनहरीबाट वीरगञ्ज […]

स्वास्थ्य राज्यमन्त्री भन्छन् : पुस–माघसम्म ३ करोड २३ लाख कोरोना खोप आइसक्छ

१८ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी पुस–माघसम्म ३ करोड २३ लाख डोज कोरोना खोप आइसक्ने दाबी गरेका छन् । आफ्नो १०० दिने कार्ययोजना सोमबार सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले खोप खरिद तथा आयातबारे जानकारी दिएका छन् । उनकाअनुसार चीनले अनुदानमा दिएको १६ लाख र जापानले दिएको १६ लाख खोप दुई साताभित्र […]

तनहुँमा अनुमतिविनै विद्यालय सञ्चालन

१८ साउन, दमौली । कोरोना संक्रमणको जोखिमका बीचमा तनहुँका केही स्थानीय तहमा विद्यालय सञ्चालनमा आएका छन् । जिल्ला संकट व्यवस्थापन केन्द्र तनहुँले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल विद्यालय सञ्चालन नगर्न निर्देशन दिए पनि त्यसको अटेरी गर्दै सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा आएका हुन् । तनहुँ जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण थप वृद्धि भइरहेको छ […]

हेलम्बुका बाढी प्रभावित भन्छन् : बस्ती जोगाउन सरकारले सहयोग गरेन

१८ साउन, सिन्धुपाल्चोक । गत असार १ गते आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बुमा ९० र मेलम्चीमा ८६ घरपरिवार विस्थापित भएका थिए । पाँच जनाको मृत्यु भयो भने अझै २० जना बेपत्ता छन् । शनिबारदेखि मेलम्चीमा पुनः बाढी आएको छ । बाढीले हेलम्बु र मेलम्चीमा ६० वटा टहरा बगाएको छ । त्यस्तै यी दुई पालिकाका विभिन्न वडा […]

रौतहटमा विद्यालयको अध्यक्ष चुन्ने विषयमा विवाद, दोहोरो झडपमा १३ जना घाइते

१८ साउन, काठमाडौं । रौतहटमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनको विषयमा विवाद हुँदा दोहोरो झडप भएको छ । रौतहटको माधवनारायण नगरपालिका-४ विष्णुपुरमा रहेको श्री माध्यामिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष चयन गर्ने विषयमा दुई समूह बीच आइतबार झडप भएको हो । झडपमा दुई समूहका गरी १३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । विद्यालय व्यवस्थापन समितिका […]

डोटीमा पुनः एकहप्ता निषेधाज्ञा थप

१८ साउन, डोटी । जिल्लामा कोरोना भाइरस कोभिड–१९ को जोखिम कायमै रहेकाले निषेधाज्ञाको समयावधि सात दिन बढाइएको छ । यहाँका नागरिक कामका लागि प्राय छिमेकी मुलुक भारतका बिभिन्न शहर जाने र फर्किने क्रममा सङ्क्रण फैलने गरेकाले जोखिम कायमै रहेको स्वास्थ्यकर्मीको सुझाव अनुसार जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आइतबार बसकेको बैठकले गत वैशाखदेखि लागु गरिएको निषेधाज्ञाको […]

सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्रीको घोषणा

१८ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् । सोमबार आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् । मन्त्री पदमा रहञ्जेल आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट अलग हुने पनि उनले बताए । ‘स्वास्थ्य तथा जनसंख्या […]

सत्ता साझेदार दलको कार्यदल बैठक सुरु

१८ साउन, काठमाडौं । सत्ता साझेदार दलहरुको कार्यदलको बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बैठक बसेको हो । सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्न बैठक बसेको हो । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित कार्यदललको पहिलो बैठकमा सरकारका कार्यक्रमबारे प्रारम्भिक छलफल भएको थियो । आजको बैठकमा मिहिन रुपमा छलफल हुने र […]

प्रदेश प्रमुखको स्थायित्व र मर्यादामा प्रश्न, प्रधानमन्त्रीपिच्छे फेरिनुपर्ने पद हो यो ?

१८ साउन, काठमाडौं । प्रदेश प्रमुख पद आलंकारिक हो । मुलुक संघीय प्रणालीमा गएसँगै २०७२ सालपछि सिर्जना भएको पद हो, यो । संविधानतः यसको परिकल्पना– संघको उपस्थिति प्रदेशमा गराउने र संघमा राष्ट्रपतिले जस्तै प्रदेशमा प्रदेश प्रमुखले संविधान अनुसारका काम कारबाही गर्ने हो । प्रदेश प्रमुखको काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्थामा पनि यही भनिएको छ– […]

लुम्बिनीमा कोरोना संक्रमण बढ्यो, प्रति १०० जनामा ३० संक्रमित

१८ साउन, बुटवल । पछिल्लो दुई हप्तामा लुम्बिनी प्रदेशमा कोरोना संक्रमण दर बढेको छ । निषेधाज्ञा खुकुलो भएर सार्वजनिक यातायात सहित सबैखाले व्यवसाय सञ्चालनमा आएसँगै कोरोना संक्रमित विरामी बढेका हुन् । बजार र सार्वजनिक यातायातमा यात्रुको भीडभाड बढेको छ तर स्वास्थ्य सुरक्षामा हेलचेक्र्याइ हुँदा संक्रमण दर पनि बढेको चिकित्सकहरु बताउँछन् । संक्रमित हुनेमा व्यवसायी, पेशाकर्मी लगायत […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

१८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । नेताहरुको कार्यव्यस्तताको कारण बैठक स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ । ‘अर्को सूचना नभएसम्मका लागि आजको बैठक स्थगित गरिएको छ,’ माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडाका मुख्य सचिव श्रीराम ढकालले भने । आजको बैठकबाट सरकारमा जाने मन्त्रीहरु टुंगो लगाउने माओवादीको […]

गृह मन्त्रालयको छानबिन टोली आज दार्चुला प्रस्थान गर्दै

१८ साउन, काठमाडौं । भारतीय सुरक्षाकर्मीले तुइनको डोरी फुकाइदिंदा दार्चुलाको व्यास गाउँपालिका-२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रालयले गठन गरेको छानबिन टोली आज (सोमबार) दार्चुला जाँदै छ । छानबिन समितिका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली आज दार्चुला प्रस्थान गर्न लागेको हो । टोली सोमबार काठमाडौंबाट […]

‘नेहरू, तिब्बत र चाइना’ सम्बन्धको नेपाल ‘कनेक्सन’

१७ साउन, काठमाडौं । जुलाईको तेस्रो साता चिनियाँ राष्ट्रपति सी जिनपिङले तिब्बत भ्रमण गरे । सन् १९९० यता चीनका कुनै पनि राष्ट्रपतिले यस क्षेत्रको भ्रमण गरेका थिएनन् । उनको तिब्बत भ्रमणलाई लिएर यतिवेला अन्तर्राष्ट्रिय तहमा विभिन्न कोणबाट विश्लेषण भइरहेका छन् । एक अमेरिकी सांसदले त उनको भ्रमण भारतका लागि ‘थ्रेट’ भएको टिप्पणी समेत गरेका छन् […]

पटक-पटक आरक्षणको सुविधा दावी गर्न मिल्दैन : सर्वोच्च अदालत

१८ साउन, काठमाडौं । सर्वोच्च अदालतले एकपटक आरक्षणको कोटाबाट सुविधा दिएको अवस्थामा हरेक पटक त्यही सुविधा दावी गर्नु संविधानसम्मत नहुने भनी व्याख्या गरेको छ । चिकित्सा शिक्षाको स्नातकोत्तर (एमडीएमएस) तहमा आरक्षण नपाएको दावी गर्दै एक प्रतिस्पर्धीले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले हरेक तहमा आरक्षणको दावी गर्नु संविधानको भावनाको प्रतिकूल हुने भनी निर्णय गरेको हो । […]

विद्युतको राष्ट्रिय प्रसारण लाइनमा जोडियो जुम्ला

१८ साउन, खलङ्गा । जुम्ला सदरमुकाम खलङ्गा बजारमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार जिल्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । उनले भने, “प्राधिकरणले कालीकोटबाट अहिले तत्कालका लागि ११ केभी लाइन जुम्ला जोडिएकोे छ, प्राधिकरणले कालीकोट लाइन पुग्ने बित्तिकै जुम्ला चाँडै जोड्ने लक्ष्यअनुसार […]



from समाचार – Online Khabar https://ift.tt/3lzAbsf
via IFTTT
Powered by Blogger.