समाचार
१२ वैशाख, काठमाडौं । दक्षिण पूर्वी एसियाली मुलुकहरुको संगठन आसियानका नेताहरुले म्यानमारको सैन्य शासकलाई हिंसा अन्त्य गर्न आग्रह गरेका छन् । शासन हत्यापछि गिरफ्तार गरिएका राजनीतिक बन्दीहरुलाई पनि रिहा गर्न उनीहरुले आग्रह गरेका छन् । आसियानका नेताहरुको शनिबार इन्डोनेसियाको जाकार्तामा आकस्मिक बैठक बसेको थियो । सो बैठकमा सहभागी नेताहरुले म्यानमारका सैन्य शासकहरुले नरसंहार तत्काल बन्द […]
१२ वैशाख, काठमाडौं । जलवायु परिवर्तनको विषयलाई अमेरिकाले अब आफ्नो विदेश र सुरक्षा नीतिको केन्द्रीय विषय बनाउने भएको छ । जनवरी २० मा जो वाइडनले नयाँ राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेलगत्तै उनले यो विषयलाई प्राथमिकताका साथ उठाएका छन् । यसै सन्दर्भमा यही अप्रिल २२ र २३ गते वाइडनले ४० वटा मुलुकका सरकार र राष्ट्रप्रमुख सम्मिलित जलवायु […]
१२ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ को भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्दा मौलिक वास्तुशिल्प प्रतिविम्बित हुनुपर्ने बताएकी छन् । गोरखा भूकम्पको छैटौं स्मृतिका अवसरमा एक सन्देश दिँदै राष्ट्रपति भण्डारीले पुनर्निर्माणमा हाम्रो मौलिक वास्तुशिल्प प्रतिविम्बित गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी हुन् । नेपालको भौगोलिक अवस्थिति र बनावटका कारण भूकम्प, बाढी पहिरो र डुबान […]
१२ वैशाख, काठमाडौं । युवा अलराउण्डर कुशल मल्ल टी-२० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । घरेलु मैदानमा शनिवार सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध अर्धशतक प्रहार गर्दै उनले यो कीर्तिमान बनाएका हुन् । कुशल मल्लको नाममा ओडिआईमा पनि अर्धशतक बनाउने कान्छो खेलाडीको कीर्तिमान छ । शनिवार टी-२० अन्तर्राष्ट्रियमा करियरकै पहिलो अर्धशतक […]
१२ वैशाख, काठमाडौं । कोरोनाको दोस्रो लहरबाट प्रभावित भारतीय नागरिक त्राहीत्राही छन् । उपचारका लागि अस्पताल गएकाहरु अक्सिजन नपाएर छटपटाउँदै ज्यान गुमाइरहेका छन् । लासहरुको चाङले अन्त्येष्टि गर्न पालो कुर्नुपर्ने स्थिति छ । शव जलाउने काठ अभाव भएपछि चिनी उद्योगमा पेलेका उँखुका डाँठ खोसाखास गर्नुपर्ने बाध्यता छ । यहीबीचमा महाराष्ट्र राज्यको पुणेमा कोरोना संक्रमित एकै […]
१२ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३३ रन बनाएको थियो । त्यसको जवाफमा राजस्थानले १८.५ ओभरमा ४ विकेट गुमाएर १३४ रन बनाउँदै जित हासिल गर्यो । राजस्थानका कप्तान सन्जु साम्सन […]
१२ वैशाख, काठमाडौं । छ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पको छैटौं स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धि, हालसम्मको सिकाइलगायत विषयलाई समेटेर कार्यशाला गोष्ठी आयोजना गरेको छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गरिने र त्यसमाथि विज्ञले टिप्पणी गर्ने कार्यक्रम […]
११ वैशाख, काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) का अधिकारीहरुले हटस्पटहरूमा ‘लकडाउन’ गर्नुपर्ने सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका छन् । कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे शनिबार बालुवाटारमा प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेका सीसीएमसीका अधिकारीहरुले लकडाउन शब्द त प्रयोग गरेरनन् तर हटस्पटहरुमा बाँकेको नेपालगञ्जमा जस्तै रणनीति अपनाउनुपर्ने बताएका हुन् । ठूला शहरहरुमा बढ्दो संक्रमणको चेन ब्रेक […]
त्यो जमाना थियो, अडियो क्यासेटको । त्यो जमाना थियो, सांगीतिक व्यान्डको । त्यो जमाना थियो, मंगोलियन हार्टको । र, त्यो जमाना थियो राजु लामाको । संक्षेपमा जमाना यस्तो थियो– शहर, चोक, गल्लीका पानपसल जस्तै भरिभराउ बजार हुन्थ्यो, अडियो क्यासेटको । ‘ए’ र ‘बी’ साइडमा औसत चारको दरले आठ वटा गीत त्यसभित्र कैद हुन्थे । एक […]
११ वैशाख, काठमाडौं । २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको धरहरा पुनर्निर्माण भएको छ । भूकम्प गएको दिन वैशाख १२ को अघिल्लो दिन पारेर शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका छन् । धरहरा निर्माण हुनु सबै नेपालीका लागि खुसीको क्षण भएको भन्दै उनले घरघरमा साँझ दीपावली गर्न आव्हान गरे । ‘इतिहास झल्कने, आधुनिकता […]
११ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज-३ की ६५ वर्षीया मोहम्मद सिद्धिकीको शनिबार उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । उनलाई २८ चैतमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी संविधानसभा सदस्य सदस्य समेत हुन् ।
११ वैशाख, पोखरा । कार्यकालको अन्तिम वर्षको मुखमा आइपुग्दा पोखरा महानगरपालिकाका जनप्रतिनिधिले प्राकृतिक तथा सार्वजनिक महत्वको सम्पदा र स्रोत विना टेन्डर निजी क्षेत्रलाई सुम्पिने योजना अघि सारेका छन् । पोखरा महानगरबाट नेतृत्व छोड्दै गर्दा ४० वर्षका लागि सार्वजनिक सम्पदा निजी क्षेत्रलाई जिम्मा दिने गरी मेयर मानबहादुर जिसीले प्रक्रिया अगाडि बढाएका हुन् । सार्वजनिक निजी साझेदारीको […]
११ वैशाख, काठमाडौं । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ । कुशल भुर्तेलसँगै कुशल मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङ मद्दतमा नेपालले २३८ रनको कीर्तिमानी स्कोर खडा गरेको गरेको थियो । जवाफमा नेदरल्याण्ड्सले १७.२ ओभरमा सबै विकेट गुमाएर ९६ रन […]
११ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६१८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ६६८ नमुनाको पीसीआर टेष्ट गर्दा २४८६ जनामा र सीमा नाकाहरुमा ११४३ जनाको एन्टिजेन टेष्ट गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या २ […]
११ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहरा चढ्दा फ्रान्सको आइफेल टावर चढेजस्तै अनुभव भएको बताएका छन् । शनिबार पुनर्निर्मित धरहरा उद्घाटन समारोहलाई सम्बोधन प्रधानमन्त्री ओलीले सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफेल टावर चढेजस्तै अनुभव भएको र २० औं तलामा त्यहाँकै जस्तो हावा आएको अनुभव भएको बताए । इतिहाससँग जोडिएको ऐतिहासिकस्थल पुनर्निर्माण […]
११ वैशाख, काठमाडौं । मुर्चुङ्गा । नाम सुने पनि कतिपयलाई यसबारे जानकारी नहुन सक्छ । फलाम, पित्तल लगायत धातुद्वारा निर्मित सानो, त्रिशूल आकारको मौलिक, सांस्कृतिक लोकबाजा हो– मुर्चुङ्गा । फलामको पातलो पाता पिटेर मुर्चुङ्गा बनाइन्छ । वरिपरि फलाम वा पित्तल प्रयोग गरिएको हुन्छ । जुन चारपाटे र धारिलो बनाइएको हुन्छ । बीचमा फलामको एउटा पातलो […]
११ वैशाख, बुटवल । रुपन्देहीको एक निजी विद्यालयको छात्रावासमा बस्दै आएकी एक छात्राको उपचारका क्रममा मृत्यु भएको छ । तिलोत्तमाको नयाँमिलस्थित प्यारामाउन्ट बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत १५ वर्षीया प्रतिमा सापकोटाको मृत्यु भएको हो । ज्वरो र पेट दुख्ने समस्या देखिएकी उनलाई शनिबार परिवारका सदस्यले मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका लागि लगेका थिए । तर […]
११ वैशाख, काठमाडौं । ठमेल क्षेत्रका व्यवसायीहरुले कोरोनाविरुद्धको खोप लगाएपछि पर्यटन व्यवसायमा उर्जा मिल्ने बताएका छन् । ठमेल पर्यटन विकास परिषद्को आग्रहमा सरकारले १० हजार डोज खोप उपलब्ध गराएपछि व्यवसायी खुसी भएका हुन् । चीन सरकारले नेपाललाई उपलब्ध गराएको भेरोसेल खोप ठमेल क्षेत्रका व्यवसायीहरुले लगाएका हुन् । परिषद्का उपाध्यक्ष एवं कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय […]
११ वैशाख, काठमाडौं । नेपालगञ्जको भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको खजुरा गाउँपालिका–२ की ७२ वर्षीय महिलाको उपचारका क्रममा शनिबार अपरान्ह सवा ४ बजेतिर मृत्यु भएको भेरी अस्पतालले जनाएको छ । वैशाख ७ गते कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसिरहेकी ती वृद्धालाई शुक्रबार अस्पतालमा भर्ना गरिएको थियो । योसँगै बाँके […]
११ वैशाख, नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप एकजना संक्रमतिको उपचारका क्रममा शनिबार मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी ५५ वर्षीया महिलाको भेरी अस्पतालमा रहेको कोभिड आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार स्वास्थ्यमा समस्या आएपछि चैत ३१ गते पिसिआर […]
११ वैशााख, विराटनगर । कोरोना संक्रमणका कारण शनिबार विराटनगरमा दुईजनाको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका दुईजनाको मृत्यु भएको हो । कोभिड उपचार केन्द्रका संयोजक एपोलो भगतका अनुसार शनिबार बिहान विराटनगर महानगरपालिका–६ का ४८ वर्षीय पुरुष र शनिबार बेलुका करिब ५ बजे विराटनगर महानगरपालिका–१७ की ७० वर्षीय महिलाको मृत्यु भएको […]
from समाचार – Online Khabar https://ift.tt/3dLEv3c
via IFTTT






















