समाचार
२० साउन, धनगढी । भारतको दिल्लीस्थित एक क्लिनिकबाट किनेर औषधि खाएलगत्तै दुुई नेपाली बालबालिकाको मृत्यु भएको छ । दिल्लीको शालिमारबागमा बस्दै आएका बाजुराको बुढीगंगा नगरपालिका-५ का मानबहादुर विककी ६ वर्षीया छोरी लक्ष्मी र तीन वर्षीय छोरा विशालको मृत्यु भएको हो । बान्ताको समस्या देखिएपछि सोमबार स्थानीय शुुभम डाइग्नोसिस सेन्टर नामक क्लिनिकमा गएर औषधी किनेर विकले […]
२० साउन, काठमाडौं । स्टिल र निकेल धातु मिसावटबाट टिलिक्क टल्किएको एक र दुई रुपैयाँको नेपाली सिक्का नियाल्दा जो कसैलाई लाग्न सक्छ, मुद्राको विकास कसरी भयो होला ? मुद्राको पहिलो डिजाइन कहिले र कसले गर्यो होला ? मूल्य कसरी निर्धारण भयो होला ? नेपाली मुद्रा विकासको कालखण्ड खोतल्दा गर्व गर्न लायक इतिहास भेटिन्छ । इस्वी […]
२० साउन, गलकोट । बागलुङ जिल्लाका काठेखोला गउँपालिका-७ रेश पीपल डाँडाका गिरी थापा र मीन थापा दुई भाइ मात्र होइनन्, पेशाका हिसाबले दुवै जना शिक्षक पनि हुन् । यद्यपि गिरी थापा २०५३ सालमा शिक्षक पेसा छाडेर कतार गए । कतारमा १५ वर्ष बसेर नेपाल फर्कनुभएका गिरीले भाइ मीनसँगै मिलेर बहुआयामिक व्यवसाय गर्ने सोच बनाए । […]
२० साउन, काठमाडौं । नेपालमा पुस्तक प्रकाशन सुरु भएको एक सय वर्षको अवधिमा केही यस्ता लेखक छन् जसको निधन भएको ५० वर्ष पछिसम्म पुस्तकबाट रोयल्टी आर्जन भइरहेको छ । ‘प्रतिलिपि अधिकार ऐन २०५९’ अनुसार लेखकको जीवनभर र मृत्यु भएपछि ५० वर्षसम्म उसको प्रतिलिपि अधिकार सुरक्षित रहन्छ । त्यसपछि जुनसुकै व्यक्तिले उक्त पुस्तक प्रकाशन गरी बिक्री-वितरण […]
२० साउन, काठमाडौं । मेलम्ची नगरपालिकाले जोखिमयुक्त घरमा नबस्न नगरवासीलाई आग्रह गरेको छ । पहिरो गएको मुहान क्षेत्रबाट अझै पनि पहिरो आउने सम्भावना रहेको र वर्षाततको समय भएकाले मेलम्चीको तल्लो बजारका घरहरु सफा गर्ने र त्यहीं बस्ने गरी थालिएको तयारी जोखिमका हिसाबले उपयुक्त नभएको नगरपालिकाको भनाइ छ । नगर प्रमुख डम्बर अर्यालले जारी गरेको एक […]
२० साउन, काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने प्रयासमा जुटेको सत्ता पक्षीय कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक आज बिहान बालुवाटारमा बस्ने र न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने कार्यदलका एक सदस्यले जानकारी दिए । मंगलबार बिहान र बेलुकी दुई पटकसम्म कार्यदलको बैठक बसे पनि अन्तिम टुंगो लगाउन भने सकेको […]
२० साउन, काठमाडौं । अफगानिस्तानका रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा आक्रमण भएको छ । सो घटनामा चार जना मारिएका छन् । हतियारधारी समूहले कार बम र गोलीमार्फत् आक्रमण गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । आक्रमणको समयमा रक्षामन्त्री बिस्मिल्लाह भने थिएनन् । उनका परिवारका सदस्यहरुलाई पनि सुरक्षित तरिकाले बाहिर निकालिएको थियो । यो घटनामा चार […]
१९ साउन काठमाडौं । क्रियाशील सदस्यता विवाद पेचिलो बन्दै जाँदा नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन अनिश्चित बनेको छ । तर नेतृत्वका आकांक्षीहरुको दौडधुप कायमै छ । संस्थापन समूहबाटै सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि र पूर्वउपसभापति गोपालमान श्रेष्ठको दाबी छ । र, तीनै नेताले एकअर्काको सहयोग खोजेका छन् । मंगलबार भेटेका सभापति देउवा र उपसभापति […]
१९ साउन, काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको डोरी काटिदिएपछि दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेर वेपत्ता भएको पाँच दिन बित्यो । अहिलेसम्म न जयसिंहको सास भेटिएको छ, न लास ! सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलको ज्यादतीबारे चौतर्फी विरोध भएपछि सरकारले पनि छानविन समिति बनाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले सोमबार राष्ट्रियसभा […]
१९ साउन, बुटवल । लुम्बिनी प्रदेश सरकारले विपक्षी गठवन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता गरेको अविश्वास प्रस्तावको ‘फेस’ गर्ने सरकारले बताएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदको हस्ताक्षरसहित विपक्षी गठवन्धनले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । साथै प्रदेश प्रमुखसमक्ष विशेष […]
१९ साउन, काठमाडौं । विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध मंगलबार प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका छन्, जसलाई संवैधानिक कानूनका जनकारहरुले भने संविधान अनुकुल नभएको बताएका छन् । मुख्यमन्त्री पोखरेलमाथि प्रदेशसभाको विश्वास छैन भनी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ जना सांसदले मंगलबार प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता […]
१९ साउन, काठमाडौं । सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले युनिफाइड केन्द्रीय अस्पतालका प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई सरुवा गरेर उनको ठाउँमा ट्रमा सेन्टरका चिकित्सक डा. रुद्र मरासिनीलाई नियुक्त गरे । मरासिनीले स्वास्थ्य मन्त्रालयमा पुगेर युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकृतको नियुक्तिपत्र बुझे । नियुक्तिको समाचार सञ्चार माध्यममार्फत सार्वजनिक भएपछि उनलाई बधाईको ओइरो लाग्यो । […]
१९ साउन, काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले मंगलबार मात्र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् । उनले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा कार्यकारी निर्देशक शाक्यलाई बोलाएर राजीनामा मागेकी हुन् । कार्यकारी […]
१९ साउन, धनगढी । कैलालीमा प्रहरीले पैसा असुलेर जुवाडे भगाएको आरोप लागेको छ । सोमबार साँझ धनगढी उपमहानगरपालिका–३ मिलनचोकस्थित एक रेष्टुरेन्टमा जुवा भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह आरआईटीबाट प्रहरीको टोली पुगेको थियो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोली जुवाडेसँग भएको झण्डै ८ लाख रुपैयाँ बरामद […]
१९ साउन, काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले देवीप्रसाद ज्ञवाली नेतृत्वको आयोग खारेज गरेको हो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न भन्दै देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा २ वैशाख २०७७ मा आयोग गठन गरेको थियो । उक्त आयोगले ७७ […]
१९ साउन, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रको दस्तावेजलाई काउन्टर दिँदै चार नेताले नयाँ प्रस्ताव ल्याएका छन् । प्रस्तावमा जनआन्दोलनको उपलब्धीलाई उल्ट्याउने आफूहरुको कार्यभार नभएको भनिएको छ । ‘लोकतन्त्रमाथि प्रश्न गर्दै हिँड्नु र शाहीतन्त्रका पाउमा वैकल्पिक राजनीतिलाई समर्पित गर्नु हाम्रो कार्यभार होइन’ प्रस्तावमा भनिएको छ, ‘गणतन्त्रभन्दा राजतन्त्रलाई राम्रो भनेर असंगत तर्कहरुलाई मलजल गर्नु […]
१९ साउन, काठमाडौं । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्था स्वेच्छाले आवद्ध भएकामा बाहेक सामाजिक सुरक्षा कोषमा आवद्ध हुन दबाब नदिन अन्तरिम आदेश जारी गरेको छ । बैंकका कर्मचारीले दिएको रिटमा सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने सम्बन्धमा भएका सबै कामकारबाही […]
१९ साउन, काठमाडौं । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई विचौलियाले प्रभाव पारेर सेवाको गुणस्तर खस्काएको र अनियमितता गरेको भेटिएको छ । पदाधिकारीको ध्यान सामान खरिद र कमाउनमा नै केन्द्रित भएका कारण अस्पतालको सेवा चुस्त दुरुस्त हुन नसकेको सरकारी अध्ययन समितिले निष्कर्ष निकालेको छ । अध्ययन समितिले अस्पतालका सामग्री र उपकरण चुस्त दुरुस्त नहुँदा […]
१९ साउन, काठमाडौं । सरकारी अध्ययन समितिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको योग्यतामाथि प्रश्न उठाएको छ । समितिले गिरीसँग प्राध्यापक उपाधि पुष्टि हुने आधिकारिक कागजात सात दिनभित्र माग गरेको छ । सात दिनमा कागजात पेश गर्न नसकेमा आफूलाई प्राध्यापक दाबी नगर्न निर्देशन दिने र कानून अनुसार अन्य प्रक्रिया अगाडि बढाउन अध्ययन […]
१९ साउन, काठमाडौं । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेका विभिन्न सामग्री खरिदमा अनियमितता भएको सरकारी अध्ययन समितिले निष्कर्ष निकालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित अध्ययन समितिले खरिदमा अनियमितता भएको निष्कर्ष निकालेको हो । अनियमितता पुष्टि भए संलग्न पदाधिकारी तथा कर्मचारीमाथि भ्रष्टाचारको आरोप आकर्षित हुन्छ । ‘उपचारसँग सम्बन्धित […]
१९ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले पर्यटन क्षेत्रका श्रमिक तथा व्यवसायीलाई यथाशक्य कोरोनाको खोप उपलब्ध गराउने बताएका छन् । होटल सङ्घ नेपाल(हान)का अध्यक्ष सिर्जना राणासहितको प्रतिनिधिमण्डलसँगको भेटमा राज्यमन्त्री श्रेष्ठले सो आश्वासन दिएका हुन् । हानले बुधबार जारी गरेको विज्ञप्तिमा कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेका विश्वका कतिपय मुलुकका नागरिक नेपाल आउन तत्पर […]
from समाचार – Online Khabar https://ift.tt/2VkG1Tq
via IFTTT






















