Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

माधव समूहको केन्द्रीय कमिटी बैठक बिहीबार, ओलीको आपत्ति

२० साउन, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहका केन्द्रीय कमिटी बैठक बिहीबार बोलाइएको छ । बुधबार नै बस्ने भनिए पनि केन्द्रीय सदस्यहरु राजधानी उपत्यका रहेकाले बिहीबार बैठक बस्दैछ । बैठक बिहीबार बिहान ११ बजे क्वालिटी ब्यांक्वेट बुद्धनगरमा बोलाइएको छ । संसद् पुनर्स्थापना भएपछि पहिलोपटक बस्न लागेको बैठकमा केन्द्रीय सदस्यहरुको सुझाव सुन्ने र […]

अफगानिस्तान युद्ध : सर्वसाधारण घरभित्रै बन्धक, कयौं विस्थापित

२० साउन, काठमाडौं । पछिल्लो समय चरमपन्थी संगठन तालिबान र सरकारी सेनाबीच युद्ध चर्किएसँगै अफगानिस्तानको लस्कर गाह सहरका वासिन्दा आतंकित छन् । धेरै मानिस घरभित्रै बन्धक बनेका छन्, केही मानिस ज्यान बचाउन सहर छाडेर भागेका छन् । लस्करगाहका एक स्थानीय भन्छन्, ‘शवहरु सडकमा छरप्रष्ट छन् । उनीहरु सर्वसाधारण हुन् वा तालिबानका लडाकु हुन् भन्ने हामीलाई […]

दार्चुला घटनामा भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्छ : माओवादी

२० साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिएकै कारण जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको बताएका छन्  । राष्ट्रियसभाको बुधबार बसेको बैठकमा पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले प्रारम्भिक तथ्यहरुका आधारमा एसएसबीले नै घटना घटाएको निष्कर्षमा पुग्न सकिने बताए । उनले अघि भने, ‘यो […]

जापानले अनुदान दिएको खोप शनिबार काठमाडौं आइपुग्ने

२० साउन, काठमाडौं । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप शनिबार र आइतबार काठमाडौं आइपुग्ने भएको छ । काठमाडौंस्थित जापानी दूतावासले विज्ञप्ति जारी गरी जापानले अनुदानमा दिएको १६ लाख डोजमध्ये ८ लाख खोप शनिबार र आइतबार काठमाडौं आइपुग्ने उल्लेख गरेको छ । बाँकी खोप भने उपयुक्त समयमा पठाउने पनि जापानी दूतावासले जनाएको छ […]

कोरोना संक्रमण ४३ दिनयताकै उच्च

२० साउन, काठमाडौं । नेपालमा कोरोना संक्रमण ४३ दिनयताकै उच्च विन्दुमा पुगेको छ । पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितको संख्या ४,१०७ जना जेठ ९ गतेयता एक दिनमा पुष्टि भएका संक्रमितको उच्च संख्या हो । गत जेठ ८ गते ४,५२२ जना संक्रमित थपिएका थिए भने जेठ ९ गते २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको […]

बैंकको लापरबाहीले जाजरकोटका ९२० बालबालिका पोषण भत्ताबाट वञ्चित

२० साउन, सुर्खेत । बैंक र नगरपालिकाको लापरबाहीका कारण जाजरकोटको भेरी नगरपालिकाका ९२० बालबालिका पोषण भत्ता पाउनबाट बञ्चित भएका छन् । एनआईसी बैंक जाजरकोट शाखा र नगरपालिकाको लापरबाहीका कारण नगरभित्रका ४ वडाका ९२० बालबालिकाले आर्थिक वर्ष २०७७÷७८ को पोषण भत्ताको रकम नपाएका हुन् । नगरको वडा नम्बर ४ का १३९, वडा नम्बर ८ का २६३, […]

जुवा खेलेको आरोपमा दुईजना पक्राउ

२० साउन, धनगढी । प्रहरीले जुवा खेलेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले बुधबार धनगढी उपमहानगरपालिका-३ स्थित एएफसी कटेजका सञ्चालक ३७ वर्षीय सुरेन्द्र पाण्डे र गोदावरी नगरपालिका-२ का ४७ वर्षीय महेन्द्र भट्टराईलाई पक्राउ गरिएको जनाएको छ । सोमबार साँझ सोही कटेजमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी टोली पुगेपछि उनीहरु फरार भएको दाबी प्रहरीको […]

तीन दिनभित्र क्रियाशील सदस्यता टुंगो लगाउने शीर्ष नेताहरुको सहमति

२० साउन, काठमाडौं । नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच तीन दिन भित्र क्रियाशील सदस्यता सम्बन्धि विवाद टुंगो लगाउने सहमति भएको छ । नेपाली काँग्रेसका शिर्ष नेताहरु सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौंलाबीच बुधबार भएको छलफलमा क्रियाशील सदस्यताका सम्बन्धमा पार्टी देखिएको विवाद तीन दिनभित्र समाधान गर्ने गरी छलफललाई निरन्तरता दिने सहमति भएको […]

बीपी प्रतिष्ठानमा शैक्षिक गुणस्तर पनि खस्कियो : कार्यदल प्रतिवेदन

२० साउन, काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रम समेत खस्किँदै गएको छानबिन कार्यदलले औंल्याएको छ । सरकारले गठन गरेको छानबिन कार्यदलले प्रतिष्ठानको शैक्षिक तथा प्राज्ञिक स्तर खस्काउने कैयौं गतिविधि भइरहेको भन्दै संलग्नमाथि कारबाही गरी सुधार हुनुपर्ने सुझाव दिएको छ । शिक्षाध्यक्षमाथि शैक्षिक क्रियाकलाप नियन्त्रण गर्न नसकेको आरोप छ । नियमित रूपमा […]

जोमसोममा कारागार भवन भत्किएपछि सुरक्षा चुनौती बढ्यो

२० साउन, काठमाडौं । जोमसोमस्थित जिल्ला कारागार मुस्ताङको भवनको पर्खाल बुधबार भत्किएको छ । अत्यधिक बर्षातका कारण जीर्ण अवस्थामा रहेका कारागार भवनको पर्खाल भत्किएपछि कैदीबन्दी र सुरक्षाकर्मीको व्यवस्थापन तथा दैनिक प्रशासनिक कार्य सञ्चालन गर्न समस्या भएको कारागारका निमित्त प्रमुख भुवन केसीले जानकारी दिए । कारागार भवनको तीनवटा कोठाको पर्खाल भत्किएपछि सुरक्षा चुनौती बढेको उहाँको भनाइ […]

गुल्मीमा जीप दुर्घटनामा परी ५ जना घाइते

२० साउन, गुल्मी । गुल्मीमा भएको जीप दुर्घटनामा परी ५ जना घाइते भएका छन् । बुधबार बेलुकी सत्यवती गाउँपालिका–४ खैरेनीबाट लिंगातर्फ जाँदै गरेको लु २ च १४६८ नम्बरको जीप दुर्घटना हुँदा ५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेहरुमा जीप चालक सत्यवती गाउँपालिका–४ का ३६ वर्षीय शेरबहादुर […]

जहाँ हेर्‍यो, त्यहीं अनियमितता

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड उपचारका लागि एचडीयू खरिदमा अनियमितता भयो । एकैपटक खरिद गरे हुनेमा टुक्र्याएर १२ वटासम्म प्याकेज बनाइएको थियो । प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्याल नेतृत्वको सरकारी कार्यदलले स्थलगत रूपमा अध्ययन गर्दा त्यसको पुष्टि भयो । प्रतिवेदनका अनुसार, सल्लाहकार, स्वकीय सचिव र सवारी चालक राखी वार्षिक एक करोड रुपैयाँसम्म खर्च भएको […]

विमला वलीको ओहोर-दोहोर : फेरि माओवादी केन्द्रमै

२० साउन, बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली फेरि माओवादी केन्द्रमै फर्किएकी छन् । एक हप्तादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार बिहान प्रदेशसभा सचिवालयमा रहेको माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएकी छन् । माओवादी संसदीय दलका एक सदस्यका अनुसार उनी आफैं पार्टीको सम्पर्कमा आएकी हुन् । विमलाले आफूलाई मुख्यमन्त्री कार्यालयमै राखिएको नेताहरुसँग […]

सिनामंगलको एक होटलबाट १ किलो ८६६ ग्राम सुनसहित तीनजना पक्राउ

२० साउन, काठमाडौं । १ किलो ८ सय ६६ ग्राम सुनसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत राजस्थान नागौर जिल्ला छोटीखाटुका २७ वर्षीय साकिर अली, भारत राजस्थानकै २८ वर्षीय अब्दुल सतार र राजस्थानकै २४ वर्षीय प्यार मोहम्मद रहेका छन् । उपत्यका अपराध अनुसनधान कार्यालययले सिनामंगलको सिरहा मल्हनिया होटलबाट उनीहरुलाई पक्राउ गरेको एपी कृष्ण […]

सरकारले ‘नेपाल मास्क अभियान’ सञ्चालन गर्दै

२० साउन, काठमाडौं । सरकारले साउन २३ देखि २९ गतेसम्म ‘नेपाल मास्क अभियान’ सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मास्क लगाउने तरीकालाई व्यवस्थित बनाउनका लागि यो अभियान सञ्चालन गरिने बताए । ‘म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु,’ म जिम्मेवार […]

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान : स्वास्थ्य सेवा पनि उस्तै भद्रगोल

२० साउन, काठमाडौं । धरानस्थिती बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा पनि भद्रगोल र लथालिंग अवस्थामा पुगेको छ । सरकारले गठन गरेको अध्ययन प्रतिवेदनअनुसार विभिन्न स्वार्थका कारण अस्पतालको सेवा गुणस्तरहीन बनाउने र विरामी बाहिर पठाउने प्रवृत्ति मौलाएको छ । कतिपय अवस्थामा सामान्य मेहनत गरे सञ्चालनमा आउने उपकरण बिगारेर राखिएको छ । अक्सिजन प्लाण्टको क्षमता […]

योगमाया आयुर्वेद विश्वविद्यालयको कुलपतिमा विदेशी आउन पाउने

२० साउन, काठमाडौं । योगमाया आयुर्वेद विश्वविद्यालयको कुलपतिमा विदेशी नागरिक आउन पाउने भएका छन् । राष्ट्रियसभाबाट बुधबार पारित आयुर्वेद विश्वविद्यालय विधेयकमा कुलपतिमा विदेशी नागरिकलाई पनि खुला गरेको हो । हाल रहेका विश्वविद्यालयको कुनै पनि पदाधिकारीमा विदेशी नागरिक आउन पाउने व्यवस्था छैन । यस्तै, आयुर्वेद विश्वविद्यालयमा अध्यक्षात्मक प्रणाली रहनेछ । विश्वविद्यालयको सर्वोच्च निकायका रुपमा विश्वविद्यालय परिषद् […]

जाजरकोटमा वडाध्यक्षले दाम्लोले बाँधेर युवालाई कुटे, प्रहरीको रोहबरमा मिलापत्र

२० साउन, सुर्खेत । जाजरकोटका एक वडा अध्यक्षले स्थानीय युवालाई बाँधेर निर्घात कुटपिट गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । युवालाई कुट्ने व्यक्ति जुनीचाँदे गाउँपालिका-२, का वडाध्यक्ष रामबहादुर नेपाली भएको खुलेको छ । सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीसहित केही व्यक्तिले सोही ठाउँका सर्ते नेपाली (नवीन परियार) लाई कुटपिट […]

प्रहरी एकेडेमी सार्ने निर्णय उल्ट्याउन पूर्वआईजीपीहरुको माग

२० साउन, काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी) लाई काभ्रेमा सार्ने निर्णय खारेज गर्न माग गर्दै १५ जना पूर्वप्रहरी महानिरीक्षक (आईजीपी)हरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । बुधबार बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर पूर्वआईजीपीहरुले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रहरी एकेडेमी सार्ने निर्णयलाई उल्ट्याउन माग गरेका हुन् । जवाफमा देउवाले त्यस […]

सप्तरीमा युवक मृत फेला

२० साउन, सप्तरी । सप्तरीमा एक युवक घर नजिकैको कुलोमा मृत अवस्थामा फेला परेका छन् । खडक नगरपालिका–१० गरुराहका ३० वर्षीय श्यामसुन्दर राम बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी घर नजिकैको कुलोमा घोप्टो परी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । […]

भूमि आयोग खारेजीप्रति एमालेको आपत्ति

२० साउन, काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । प्रवक्ता प्रदीप ज्ञवालीले बुधबार वक्तव्य जारी गरी भूमि आयोग खारेज गरेर सरकार जनताप्रति उत्तरदायी नरहेको पुष्टि भएको आरोप लगाएका छन् । एमाले नेतृत्वको सरकारले बनाएको भूमि आयोगले ७४७ स्थानीय तहसँग सम्झौता गरेर दलित र सुकुम्बासीलाई जमिन […]



from समाचार – Online Khabar https://ift.tt/3ypFez1
via IFTTT
Powered by Blogger.