Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

भूमिसम्बधी समस्या समाधान आयोग खारेजको विरोधमा प्रदर्शन

२१ साउन, काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजको विरोधमा प्रदर्शन भएको छ । नेकपा एमालेसम्वद्ध राष्ट्रिय युवा संघले बिहीबार मनोहरा सुकुम्बासी बस्ती क्षेत्रमा प्रदर्शन गरेको हो । उनीहरुले सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन् । आयोग पुनर्स्थापित नभएसम्म आन्दोलन गर्ने उनीहरुले बताएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित […]

कांग्रेसमा महाधिवेशनको नयाँ कार्यतालिका ल्याउन माग

२१ साउन, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षहरुले तोकिएकै समयमा पार्टीको महाधिवेशन गर्न नेतृत्वलाई दबाब दिएका छन् । सबल कांग्रेस निर्माणका लागि युवा अभियान नामबाट बिहीबार पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले तत्काल महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन् । कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म तोकिएको […]

खुट्टाले लेखेर कक्षा ११ को परीक्षा दिँदै याम खाम्चा

२१ साउन, पाल्पा । आफूमा मेहनत र इच्छाशक्ति छ भने सहजै लक्ष्यमा पुग्न सकिन्छ भन्ने तै उदाहरण याम खाम्चाले दिएका छन्। दुबै हात नचल्ने र बोल्नसमेत नसक्ने उनी सुन्न र राम्रोसँग देख्न सक्छन् । फरक क्षमता भएका यामले अहिले खुट्टैले लेखेर कक्षा ११ को परीक्षा दिइरहेका छन् । निस्दी गाउँपालिका-२ आनन्दी भन्ज्याङ्स्थित बालहित माविको एक […]

पुनःनिर्माणको बाँकी काम समयमै सम्पन्‍न गर्न विकास समितिको निर्देशन

२१ साउन,काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले भूकम्पपछिको पुनःनिर्माणको बाँकी काम समयमै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले प्राधिकरणले अहिलेसम्म निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन, सडक, खानेपानीलगायतका संरचनाको उल्लेखनीय काम गरेको भन्दै बाँकी कामका लागि आवश्यक स्रोत र जनशक्ति उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देश गरेको […]

गोरु किनेर फर्कने क्रममा खोलाले बगाएर बेपत्ता

२१ साउन, गोरखा । आरुघाट गाउँपालिका–१ मान्वुस्थित डुडुरे खोलाले बगाएर एक व्यक्ति वेपत्ता भएका छन् । गोरु किनेर घर फर्कदै गर्दा सोही श्याम्चेतका स्थानीय ४२ बर्षीय सानुकमल गुरुङलाई खोलाले वगाएको हो । ‘एक हल गोरु किनेर गोरुधनी सँगै आफ्नो घर फर्कदै रहेछन्,’ डीएसपी प्रकाश दाहालले भने, ‘खोला तर्ने क्रममा गुरुङलाई बगाएछ ।’ गोरुधनी नरबहादुर गुरुङले […]

भत्काइँदै महाकविको घर, संग्रहालय बनाइने

२१ साउन, काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटा बसेको मैतीदेवीको घरलाई संग्रहालय निर्माणका लागि सरकारले तयारी थालेको छ । नयाँ  घर निर्माणका लागि सोमबारदेखि तीनतले पुरानो भवन भत्काउने काम शुरु गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले टेन्डर प्रकिया पूरा भई संग्रहालय बनाउने काम भइरहेको जानकारी दिएका छन् । नयाँ संग्रहालयको भवनको पहिलो तलामा […]

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, विकास बैंक १०८ अंकले बढ्यो

२१ साउन, काठमाडौं । साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १६ अंकले घटेर ३ हजार १ सय ७ दशमलव ४५ अंकमा झरेको छ । यस अघि मंगलबार र बुधबार लगातार नेप्से परिसूचक बढेर ऐतिहासिक रेकर्ड कायम गरेको थियो । सेन्सेटिभ इन्डेक्स भने ०.६४ अंकले बढेको छ […]

नागढुंगा सुरुङमार्गका कारण विस्थापितको व्यवस्थापन गर्न संसदीय समितिको निर्देशन

२१ साउन, काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले नागढुंगा सुरुङ मार्ग आयोजनाका कारण विस्थापित भएकाहरुको व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले नागढुंगा सुरुङ मार्गमा जग्गा सम्बन्धी विषय मिलाउनुपर्ने देखिएको भन्दै तत्कालीन मूल्य अनुरुप विस्थापितहरुको व्यवस्थापन गर्न निर्देशन दिएको हो । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी, मालपोत र […]

पुर्ख्यौली पेशा जोगाउँदै बेनीका युवा : अक्करे भिरमा महको शिकार

२१ साउन, बेनी । रघुगङ्गा गाउँपालिका-८ पात्लेखर्कका २६ वर्षीय रेशम पुन अग्ला पहाड चढेर मह शिकार गर्न सिपालु हुन् । वर्षको दुई याममा हुने भिर माहुरीको मह शिकारका लागि पुन निर्विकल्प भिरौटे (भिरमा चढेर मह काढ्ने) हुन् । अग्ला पहाड र अक्करे भिरमा मह काढ्ने पेशा जोखिमपूर्ण र सहासिक मानिन्छ । भिर पहरामा ज्यान नै […]

नेपालबाटै इन्टर्नसिप गर्न नपाए आन्दोलन गर्ने चीनबाट फर्केका विद्यार्थीको चेतावनी

२१ साउन, काठमाडौं । कोरोना महामारीका बेला चीनबाट फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले नेपालबाटै इन्टर्नसिप गर्न पाउनुपर्ने माग राखेका छन् । नेपालबाटै इन्टर्नसिप पूरा गर्न पाउने व्यवस्था नगरे आन्दोलन गर्ने उनीहरुको चेतावनी छ । चीनमा अध्ययनरत मेडिकल इन्टर्नसिप विद्यार्थीहरुले विज्ञप्ति जारी गर्दै कोरोना महामारको विषम् परिस्थितिमा नेपालबाटै इन्टर्नसिप पूरा गर्ने व्यवस्था मिलाइदिन सरकारसँग माग गरेका हुन् । […]

भूमिश्वरको स्पष्टीकरण : विमलालाई उहाँकै इच्छाअनुसार मुख्यमन्त्री निवास पुर्‍याएको हुँ

२१ साउन, काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशसभाका मुख्य सचेतक भूमिश्वर ढकालले प्रदेश सभा सदस्य विमला खत्री वलीकै राजीखुसीमा दाङबाट मुख्यमन्त्रीको निवासमा पुर्‍याएको दाबी गरेका छन् । एमालेमै फर्किएको विज्ञप्ति पनि उनकै इच्छाअनुसार सार्वजनिक भएको ढकालको भनाइ छ । प्रदेशसभा सदस्य विमलाले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी आफूलाई एमाले प्रमुख सचेतक भूमिश्वर ढकाललगायतले जबर्जस्ती मुख्यमन्त्री […]

भदौ २३ पछि अहिलेको कार्यसमितिको वैधानिकता सकिन्छ : पौडेल

२१ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौ २३ पछि अहिलेको केन्द्रीय कार्यसमितिको वैधानिकता सकिने दाबी गरेका छन् । उनले संवैधानिक रुपमा पाँच वर्ष ६ महिनाभित्र महाधिवेशन गरिसक्नुपर्ने व्यवस्था भएकाले भदौ २३ पछि पार्टीको वडादेखि केन्द्रीय तहसम्मको कार्यसमितिको वैधानिकता नरहने बताएका हुन्। बिहीबार पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीवारीमा पौडेल समूहका शीर्ष नेताहरुबीच […]

पाँच दिनपछि खुल्यो जयपृथ्वी राजमार्ग

२१ साउन, बैतडी । सडक भासिदा पाँच दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ । लगातारको वर्षाले पाटन नगरपालिका-८ झौलेकमा सडक भासिदा गत आइतबारदेखि राजमार्ग अवरुद्ध बनेको थियो । भासिएको सडक भत्काएर सडक किनारबाट पर्खाल लगाएपछि आजदेखि राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बोधराज ओझाले जानकारी दिए । उनले भने, ‘पर्खाल निर्माण सम्पन्न […]

सुदूरपश्चिमका स्वास्थ्यकर्मीले पाएनन् कोभिड जोखिम भत्ता

२१ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना महामारीका बेला जोखिम मोलेर काम गरेका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहबीचको आपसी समन्वय अभाव र मतभेदका कारण दोस्रो लहरको कोरोना संक्रमणका बेला संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएका हुन् । संक्रमितको उपचारमा रातदिन खटिएर पनि राज्यले कानून […]

गरीबलाई नि:शुल्क बिजुली दिने तयारी अन्तिम चरणमा छ : मन्त्री भुसाल

२१ साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरीबीको रेखामुनि रहेका जनतालाई नि:शुल्क विद्युत दिने तयारी निष्कर्षमा पुग्न लागेको बताएकी छन् । बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले आफूले गरीबीको रेखामुनि रहेका जनतालाई नि:शुल्क विद्युत उपभोग गर्न दिने गरी तयारी अगाडि बढाएको बताइन् । विद्युतको घरेलु उपयोग […]

भारतीय नागरिकबाट सुन बरामद प्रकरण : थप एकजना पक्राउ

२१ साउन, काठमाडौं । सिनामंगलबाट एक किलो ८ सय ६६ ग्राम सुन बरामद प्रकरणमा थप एक जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले काँडाघारीबाट रोकश राईलाई पक्राउ गरेको एसपी कृष्ण कोइरालाले अनलाइनखबरलाई बताए । उनका अनुसार वैदेशिक रोजगारीबाट फर्किएका नागरिकले ल्याउने सुनलाई राईले विमानस्थलमा संकलन गरेर भारतीय नागरिकसम्म पुर्‍याउने गरेका थिए । […]

करेन्ट लागेर पोखरा र बैतडीमा गरी तीन जनाको मृत्यु

२१ साउन, काठमाडौं । करेन्ट लागेर पोखरा र बैतडीमा गरी तीन जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२५ मिलनचोक बस्ने ३४ वर्षीय मृगसिंह नेपालीको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको हो । हेम्जा सापकोटा चोकस्थित निर्माणाधीन घरको पिल्लरको रड बुन्ने क्रममा फलामको रड विद्युतको हाईटेन्सन लाइनमा छोएर करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । […]

हवाईजहाजबाट पनि थालियो कोरोना बिरामीको उद्धार

२१ साउन, काठमाडौं । कोरोना भाइरसको महामारीका कारण गम्भीर अवस्थामा पुगेका बिरामीको हेलिउद्धार हुँदै आएकोमा अब हवाईजहाजबाट समेत उद्धार थालिएको छ । समिट एयरले बुधबार सुर्खेतबाट दुई कोभिड बिरामीलाई मेडिकल उडानमार्फत काठमाडौं ल्याएको छ । कम्पनीका अनुसार एक क्याप्टेन र मेडिकल टीमसहित बिरामीको हवाई उद्धार गरिएको हो । त्रिभुवन विमानस्थलबाट ती बिरामीलाई अस्पताल लगिएको थियो […]

साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाइने

२१ साउन, काठमाडौं । सरकारले यही साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले साउन २५ गतेदेखि खोप सप्ताह मनाउने जानकारी दिएका हुन् । यस अवधिमा जापानबाट आउने ८ लाख र भुटानबाट आउने ३ लाख डोज कोरोना विरुद्धको […]

रोल्पाका डाँडामा फोन गर्न रुख चढ्नुपर्ने

२१ साउन, रोल्पा। निर्वाचनताका सबैका नारा थिए ‘भरपर्दो टेलिफोन सेवा’। घण्टौँ उकालो चढेर डाँडाबाट फोन गरेर हैरान उनीहरुलाई सो नाराले आकर्षित मात्र गरेन, भोट हालेर जनप्रतिनिधिलाई जिताए पनि । केही वर्ष प्रक्रियामा अलमलिएका जनप्रतिनिधिले बस्ती बस्तीमा भरपर्दो टेलिफोन सेवाका लागि मन्त्रालय धाइरहेका कारण जिल्लाका अधिकांश डाँडामा टेलिफोनका अग्ला-अग्ला टावर ठड्याउन सम्भव भयो। टावर ठडिएको पनि […]

नेपाल एयरलाइन्सको निजीकरण रोक्न माग गर्दै कर्मचारीले गुहारे प्रधानमन्त्री

२१ साउन, काठमाडौं । नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा रुपान्तरण गर्न सरकारले थालेको पहल खारेज गर्न माग गर्दै नेपाल वायुसेवा निगमका कर्मचारीले प्रधानमन्त्री गुहारेका छन् । नेपाल एयरलाइन्स भित्र सक्रिय ९ वटा ट्रेड युनियनका नेताहरुले बुधबार प्रधानमन्त्रीलाई भेट्दै निगमलाई निजीकरण गर्ने निर्णय खारेज गर्न माग गरेका छन् । उनीहरुले महाप्रवन्धक डीम प्रसाद पौडेललाई तत्काल बर्खास्त गर्न […]



from समाचार – Online Khabar https://ift.tt/3jrlMeF
via IFTTT
Powered by Blogger.