Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

साझा न्यूनतम कार्यक्रममा अर्थतन्त्र : राहत प्याकेजदेखि पानीजहाजसम्म

२४ साउन, काठमाडौं । सरकारले आइतबार सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रममा कोभिड–१९ बाट अतिप्रभावित क्षेत्रका लागि राहत प्याकेज ल्याउनेदेखि विपद पीडितको पुनस्र्थापनासम्मका विषय समेटिएका छन् । नेपाली कांग्रेस, नेकपा मओवादी केन्द्र र जनता समाजवादी पार्टीले आइतबार सरकारकोसाझा न्युनतम कार्यक्रम सार्वजनिक गरेका छन् । जसमा कोभिड–१९ का कारण संकटग्रस्त उद्योग, पर्यटन व्यवसाय, सञ्चार, यातायात, पार्टी प्यालेस, […]

तिङ्करमा सशस्त्र प्रहरीको बीओपी स्थापना

२४ साउन, दार्चुला । व्यास गाउँपालिका–१ तिङ्करस्थित छायालेकमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । चीनसँग सीमा जोडिने तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापनाका लागि भवन निर्माण गरिएको हो । चीनको ताक्लाकोटसँग जोडिएको तिङ्करमा स्थापना गरिएको यो पहिलो बीओपी हो । सरकारले बीओपी निर्माण गर्ने लक्ष्यअनुसार भवन निर्माण गरिएको छ […]

९ बुँदे माग राखेर पोखरियाका युवाले नगर प्रमुखलाई बुझाए ज्ञापनपत्र

२४ साउन, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाका युवाले आर्थिक पारदर्शिता लगायत ९ बुँदे माग राख्दै नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । पोखरिया युवा समाजका अध्यक्ष भगवान दासको नेतृत्वमा गएका युवाले नगर प्रमुख दिप नारायण रौनियारलाई ज्ञापनपत्र बुझाएका हुन् । भ्रष्टाचार बन्द गर, पोखरिया अस्पताल व्यवस्थापन गर लगायत विभिन्न नारा लेखिएको प्लेकार्ड सहित नाराबाजी गर्दै पोखरिया […]

सुर्खेतमा मास्क लगाउन अटेर गर्नेलाई सय रुपैयाँ जरिवाना

२४ साउन, सुर्खेत । सुर्खेतमा कोरोना संक्रमणको जोखिम बढेपछि मास्क लगाउन अनिवार्य गरे पनि सर्वसाधारणले अटेर गर्दा एक सय रुपियाँ जरिवाना लगाइएको छ । आइतबार बजार अनुगमनका क्रममा मास्क लगाउन अटेर गर्नेलाई सय रुपियाँ जरिवाना गराइएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । जिल्लामा प्रजिअको नेतृत्वमा करीब एक सातासम्म मास्क लगाउन आग्रह गर्दै जनचेतना […]

दैलेखमा ७ वर्षीय सुवासदेव गिरी नयाँ ‘देउकेटा’

२४ साउन, दैलेख ।सुदूरपश्चिममा देउकी र काठमाडौँ उपत्यकामा जीवित देवीकुमारीको चर्चा भइरहन्छ । त्यहाँ मन्दिरमा पुजारीको रूपमा कुमारी छन् भने दैलेखको एक मन्दिरमा कुमार । कर्णाली राजमार्गमा पर्ने दैलेखको तल्लो डुङ्गेश्वरस्थित पञ्चेश्वर शिव महादेव मन्दिरमा पुर्खौँदेखि नाबालकले पूजापाठ गर्ने प्रचलन रहेको छ । हाल यस मन्दिरमा सात वर्षीय सुवासदेव गिरी पुजारी (देउकेटा) छन् । सुवास […]

मेरो भूमिका संविधानले नै तोकेको छ : लुम्बिनी प्रदेश प्रमुख शेरचन

२३ साउन, बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले आफू संविधानको रक्षक भएको बताएका छन् । आइतबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले आफू कुनै पक्षको नभएको बताउँदै भने, ‘मेरो भूमिका संविधानले नै तोकेको छ, त्यो भन्दा बाहिर मेरो भूमिका छैन ।’ विपक्षी दलका नेताहरु संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन […]

डोटीको छहरा झरना आन्तरिक पर्यटकको रोजाइमा

२४ साउन, डोटी । डोटीको जोरायल गाउँपालिका–२ मा पर्ने छहरा झरनामा आन्तरिक पर्यटकहरुको घुइँचो लाग्न थालेको छ । सामाजिक सञ्जाल टिकटक र फेसबुकको माध्यमबाट प्रचारमा आएको जोरायल गाउँपालिका–२ को छहडा गाउँ नजिकै रहेको छहरा झरनामा रमाउन टाढाटाढाबाट मानिसहरु पुग्न थालेका छन् । अन्य दिनको तुलनामा शुक्रबार र शनिबार यहाँ ठूलो संख्यामा आन्तरिक पर्यटक आउने गरेका […]

बाँकेमा एकैदिन चारजना कोरोना संक्रमितको मृत्यु

२४ साउन, बाँके । बाँके र दाङका कोरोना अस्पतालमा उपचारार्थ एकैदिन चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका रोल्पा, दाङ र सुर्खेतका तीन सङ्क्रमितको आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै दाङस्थित अस्थायी कोरोना अस्पताल बेलझुण्डीमा उपचारका लागि भर्ना भएका एक सङ्क्रमितको आजै मृत्यु भएको अस्पतालले जनाएको छ । […]

त्रिविको हाल सञ्चालित कुनै पनि परीक्षा नरोकिने

२४ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेका कुनै पनि परीक्षा नरोकिने बताएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले हाल सञ्चालन भइरहेको परीक्षामा विद्यार्थी संख्या थोरै भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए । ‘अहिले सञ्चालन […]

विद्युत उत्पादनमा स्थानीय तह र प्रदेशलाई सीमा, सांसदले भने- सच्याउँछौं

२४ साउन, काठमाडौं । विद्युत उत्पादनमा स्थानीय तह र प्रदेश सरकारको सीमा तोकिएर आएको ‘विद्युत विधेयक २०७७’ माथि राष्ट्रियसभामा छलफल शुरु भएको छ । आइतबार ‘विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव’माथिको छलफलमा भाग लिँदै सांसदहरुले विधेयकले स्थानीय तह र प्रदेश सरकारले कति मेगावाटसम्म विद्युत उत्पादन गर्न पाउने भनी संघीय सरकारले कानून बनाएर तोक्ने अधिकार राख्छ कि […]

विद्यार्थीको प्रदर्शनपछि पाटन क्याम्पस परीक्षा केन्द्रमा सुधार

२४ साउन, काठमाडौं । समाजशास्त्र केन्द्रीय विभागका विद्यार्थीले पाटन क्याम्पसको परीक्षा केन्द्रमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको भन्दै प्रदर्शन गरेपछि त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्र व्यवस्थित गरेको छ । समाजशास्त्र तेस्रो सेमेष्टरका परीक्षार्थीले शुक्रबार पाटन क्याम्पस परीक्षा केन्द्रमा प्रदर्शन गरेपछि आइतबार भने व्यवस्थित बनाएको पाइएको परीक्षार्थीहरुले बताएका छन् । परीक्षा हलमा ६० जना हाराहारी विद्यार्थी राखेर […]

गृहमन्त्री खाण र चिनियाँ राजदूतबीच भेटवार्ता

२४ साउन, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छन् । सिंहदरवारस्थित गृह मन्त्रालयमा राजदूत यान्छीले गृहमन्त्री खाणसँग भेट गरेकी हुन् । भेटमा यान्छीले सरकारको सफलताको शुभकामना दिएकी छिन् भने नेपाल-चीन मित्रतालाई थप उचाइमा पुर्‍याउन चाहेको उल्लेख गरेकी थिइन् । यसका साथै गृहमन्त्री खाणले पनि चीन सरकारले कोरोना खोप उपलब्ध गराएकोमा […]

सरकारको न्यूनतम साझा कार्यक्रम : स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन गर्ने

२४ साउन, काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारबाही गर्ने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ । हेर्नुस् […]

‘आन्तरिक मूल्यांकन परिपाटीले शिक्षा क्षेत्रमा विकराल रुप ल्याउँछ’

२४ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले विद्यार्थीको आन्तरिक मूल्यांकनबाट बोर्डमा नम्बर पठाउने परिपाटीले शिक्षा क्षेत्रमा विकराल रुप ल्याउने बताएका छन् । एसईईको नतिजापश्चात् आइतबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष पौडेलले आन्तरिक मूल्यांकनबाट विद्यार्थीको नतिजा प्रकाशन गर्दा निरक्षर मानिसले पनि हाईस्कूल पढेको सर्टिफिकेट पाउने अवस्था आउने बताएका हुन् । उनले शिक्षकलाई सुधारिएका […]

थप २,५४८ जनामा कोरोना संक्रमण पुष्टि, ५५ जनाको मृत्यु

२४ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ गरी २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ […]

गहभरि आँसु लिएर उपस्थित भए मेस्सी

२४ साउन, काठमाडौं । अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सी बार्सिलोना छाड्नुअघि पत्रकार सम्मेलनमा गहभरि आँसु लिएर उपस्थित भएका छन् । हलमा उपस्थित हुँदा नै उनका आँखा रसाएका थिए । २१ वर्ष बार्सिलोनामा बिताएका उनले आफूले क्लब छाड्ने कहिल्यै कल्पना नगरेको बताए । ‘म र मेरो परिवार यहीं बस्न तयार भएका थियौं’ उनले भनेका छन् । […]

प्रदेश-२ सरकारद्वारा छात्रालाई साइकल वितरण कार्य स्थगित

२४ साउन, जनकपुरधाम । प्रदेश २ सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत छात्रालाई वितरण गर्दै आएको साइकल वितरण कार्य स्थगित गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले आइतबार एक सूचना प्रकाशित गर्दै साइकल वितरण गर्ने कार्य स्थगित गरिएको जनाएको छ । अधिक विद्यालयबाट साइकल माग गर्दै निवेदन आएको र निवेदन सम्बन्धि कागजातहरु रुजु गर्न […]

कर्णालीमा सञ्‍चारमैत्री कानुन ल्याउँछु : मन्त्री नेपाली

२४ साउन, सुर्खेत । कर्णाली प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुन मन्त्री सीता कुमारी नेपालीले प्रदेशले सञ्चारमैत्री कानुन ल्याइने बताएकी छन् । आइतवार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री नेपालीले सञ्‍चारसँग सम्बन्धित कानुनहरु ल्याउँदा सञ्‍चार मैत्री बनाइने प्रतिवद्धता जनाइन् । विषय विज्ञ, सञ्‍चारकर्मी तथा सञ्‍चारसँग सम्वद्ध पक्षहरुसँग छलफल गरेर मात्रै कानुन ल्याइने मन्त्री नेपालीले बताइन् […]

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति सिंहले भने : म जीवितै छु

२४ साउन, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले विश्‍वविद्यालयको लेटर प्‍याड दुरुपयोग गरेर आफ्नो मृत्‍युको दुष्प्रचार गरेको बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा सिंहले भने, ‘भ्रष्टाचार नियन्त्रण र विश्वविद्यालय सुधारको योजना अगाडि के सारेको थिएँ, म विरुद्ध चौतर्फी घेराबन्दी भइरहेको छ, म जीवितै छु, न आत्तिनुस् विश्वविद्यालय सुधारेरै छाड्छु ।’ आफ्नो मृत्यु […]

सरकारी कार्यालयका गतिविधिदेख्न सक्ने गरी सीसीक्यामेरा राखियोस् : खिमलाल देवकोटा

२४ साउन, काठमाडौं । राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले सरकारी कार्यालयका हरेक गतिविधि बाहिर देख्न सक्ने गरी सीसीक्यामेरा राख्न माग गरेका छन् । आइतबार राष्ट्रियसभा बैठकमा बोल्दै डा. देवकोटाले संघीयदेखि स्थानीय तहसम्मका हरेक सरकारी निकायबाट हुने कामकारबाही र गतिविधि जनताले थाहा पाउने गरी सीसीक्यामेरा राख्न सरकारलाई सुझाव दिएका हुन् । शासनसत्ता फेरिए पनि जनताले अपेक्षा […]

स्थिर देखियो नेप्से परिसूचक, १४ अर्ब माथिको सेयर कारोबार

२४ साउन, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक स्थिर देखिएको छ । कारोबार खुलेसँगै सामान्य उचारचढाव देखिएको बजार कारोबार बन्द हुँदा ०.०२ प्रतिशतले बढ्यो । ०.०२ प्रतिशतले बजारले बढ्दा नेप्से परिसूचक ३ हजार १ सय ०८ दशमलव १२ अंकमा रोकिएर हरियो देखियो । समग्रमा बजार हरियो देखिए पनि केही समूहगत […]



from समाचार – Online Khabar https://ift.tt/3lX1ugj
via IFTTT
Powered by Blogger.