समाचार
२१ साउन, मनाङ । गत असार १ गते बाढीका कारण गाउँ नै डुबानमा परी बगर बनेको छ । गाउँ नै बगर बनेपछि त्रिपालको भरमा बस्दै आएका नासों गाउँपालिका-१ ताल गाउँका बासिन्दा पुनर्वासको पर्खाइमा छन् । अविरल वर्षापछि मस्र्याङ्दी नदीमा आएको बाढीले ताल गाउँ पूरै बगर भएपछि स्थानीयवासी गाउँमाथिको डाँडामा विस्थापित भएका छन् । बाढीका कारण […]
२१ साउन, झापा । झापाको सुरुङ्गादेखि झापा बजार जोड्ने ‘अमरपथ’ सडक खण्डको निर्माण आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । कनकाई इन्टरनेशनल विल्डर्समा कार्यरत मदजूर कर्मचारीले कोरोना भाइरसविरुद्धको खोप लगाउन माग गर्दै सडक निर्माण बन्द गरेको हुन् । ठेकेदार कम्पनीका प्रतिनिधि लीला सेलुवालले कोरोनाको जोखिम बढेपछि काम बन्द गरिएको जानकारी दिए । उनले भने, ‘खोप […]
को बैठकले कडाइ गर्दै निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । विभन्न चरणमा निषेधाज्ञा खुकुलो पार्दै जाँदा कोरोना संक्रमण बढ्न थालेपछि पुनः कडाइका गर्न लागिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जानकारी दिएको छ । थप गरिएको निषेधाज्ञा २३ गतेदेखि ३२ गतेसम्म लागू हुनेछ । यो वधिमा सार्वजनिक तथा निजी सवारी साधन संचालनमा समेत रोक लगाइएको प्रमुख जिल्ला […]
२१ साउन, काठमाडौं । कोभिड–१९ को दोस्रो लहरको समयमा काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको छत्रपाटी कोभिड विशेष अस्पताल तथा नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगन गरिएको छ । बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६७ औं कार्यपालिका बैठकले कोभिड सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गरिएका कार्यक्रम हालका लागि स्थगन गर्ने निर्णय गरेको हो । ‘अहिले […]
२१ साउन, सुर्खेत । दाम्लाले बाँधेर युवालाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गापा- २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका उनलाई बिहीबार जाजरकोट प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएर सदरमुकाम खलंगा झिकाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका […]
२१ साउन, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले सामाजिक सुरक्षा कोष विरुद्ध योजनावद्ध षडयन्त्र शुरु भएको जनाएको छ । सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोष सम्बन्धमा हालै दिएको अन्तरिम आदेश सच्चिने विश्वास पनि जिफन्टले गरेको छ । १९ साउनमा सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्था स्वेच्छाले आवद्ध भएकामा बाहेक सामाजिक सुरक्षा कोषमा आवद्ध हुन दबाब […]
२१ साउन, काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका-२ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटना छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन टोली भारतीय बाटो हुँदै दार्चुलाको गस्कु प्रस्थान गरेको छ । सहसचिव जनार्दन गौतम नेतृत्वको टोली आज बिहान स्थलगत अध्ययनका लागि गस्कु मालघाट गएको हो । स्थानीयवासीले भारतीय प्रहरी थानामा दिएको उजुरीको सम्बन्धमा जानकारी […]
२१ साउन, संखुवासभा । इलाका प्रहरी कार्यालय, चैनपुरले चोरीका ६ वटा मोटरसाइकल फेला पारेको छ । केही महीनायता नगरपालिकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएकेा गुनासो आएपछि थालिएको अनुसन्धानका क्रममा ६ मोटरसाइकल फेला पारिएको हो । चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाका अनुसार ट्राफिक प्रहरीसमेतको सहयोगमा गरिउको अनुसन्धानकाक्रममा मोटरसाइकल चोरीमा संलग्न चैनपुरका २१ वर्षीय सन्देश शेर्पा पनि […]
२१ साउन, काठमाडौं । सरकारले एक हजार नेपालीलाई इजरायलमा रोजगारीका लागि पठाउन लागेका बेला विचौलिया सलबलाउन थालेका छन् । नेपाल र इजरायल सरकारबीच भएको सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार पठाउने प्रकृयार सुरु भएको छ । इजरायलमा कामदार पठाउने सबै प्रकृया सरकारमार्फत नै हुने भए पनि विचौलियाहरुले सामाजिक सञ्जालमार्फत आवेदन माग गरेको पाइएको […]
२१ साउन, काठमाडौं । काठमाडौंको गोंगबुबाट एक थान पेस्तोलसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङका २४ वषर्ीय विपिन मगर, २५ वर्षीय मन्दिप थापा र १९ वर्षीय सुजन मगर छन् । बुधबार साँझ महाराजगञ्ज वृत्तको प्रहरी टोलीले गोंगबु बिजी मल अगाडि चेकप्वाइन्ट राखी जाँच गर्ने क्रममा उनीहरु स्कुटर छाडेर भागेका थिए । बीजी […]
२१ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालको यूएन शाखाभित्रै चोरी भएको छ । शान्ति मिसनमा जानका लागि हुने प्रारम्भिक छनौट परीक्षा प्रि-स्याटको प्रश्न पत्र चोरिएको पुष्टि भएको हो । शनिबार भएको प्रि-स्याट परीक्षा अघि नै केही परीक्षार्थीसम्म प्रश्न पत्र पुगेपछि हल्लाखल्ला भएको थियो । र, केहीले आपत्ति जनाएपछि परीक्षा एक घन्टा ढिलो गरी सुरु […]
२१ साउन, काठमाडौं । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शैक्षिक परामर्श क्षेत्रमा भएका समस्या समाधान गरिदिन आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संघका केन्द्रीय अध्यक्ष सन्तोष प्याकुरेलले शिक्षा ऐन व्यवसायी मैत्री बनाउन र शैक्षिक परामर्शको क्षेत्रमा रहेका व्यवसायीहरुका समस्या समाधान गरिदिन आग्रह गरेका हुन् । प्रधानमन्त्री देउवाले समस्या […]
२१ साउन, काठमाडौं । बंगलादेशमा जन्ती सवार डुंगामा चट्याङ पर्दा १६ जनाको मृत्यु भएको छ । बेहुलासहित १२ जना घाइते भएका छन् । बुधबार बंगलादेशको पश्चिमोत्तर जिल्ला चापाइन्बाबगञ्ज जिल्लाको शिवगञ्ज भन्ने स्थानमा जन्तीहरुमाथि चट्याङ परेको हो । मुख्य प्रशासनिक अधिकारी साकिब अल रब्बीले घटनाको पुष्टि गर्दै १६ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । अचानक […]
२१ साउन, काठमाडौं । परीक्षामा अनियमितता गरेको पुष्टि भएका शिक्षा सेवाका अवकाशप्राप्त सहसचिव डा. डिल्लीराम रिमाललाई सरकारले शिक्षक सेवा आयोगको सदस्यमा नियुक्त गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा गत पुसमा भएको सिफारिशलाई गत मंगलबारको मन्त्रिपरिषद बैठकले कार्यान्वयन गरेको हो । परीक्षामा अनियमितता गरेको आरोपमा अख्तियारले २०६३ साल कार्तिक १७ गते कारवाहीका लागि […]
२१ साउन, बैतडी । जंगली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् । उनीहरू सहोदर दाजुभाइ हुन् । बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जङ्गली बँदेलका लागि छाडिएको बिजुलीको तारबाट करेन्ट […]
२१ साउन, गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परेर ट्याक्टर चालक रुरुक्षेत्र गाउँपालिका वडानम्बर-५ निवासी ३३ वर्षीय दीपक माझीको मृत्यु भएको जिल्ला ट्राफिक प्रही कार्यालय गुल्मीले जनाएको छ । बुधबार राति जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर-६ तल्लो हटियामा लु३त ३९९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सत्यवतिको हटियास्थित […]
२० साउन, काठमाडौं । जनताको उपचार गर्न र चिकित्सक उत्पादन गर्न पूर्वी नेपालको धरानमा स्थापित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भ्रष्टाचारको अखडा बनेको छ । मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको नाममा स्थापित विश्वविद्यालयस्तरको निकायमा पछिल्लो दुई वर्षको अवधिमा तीन उपकुलपति भ्रष्टाचारको आरोपमा मुछिनुले त्यही संकेत गर्छ । २०७६ साल असार २६ गते प्रतिष्ठानका तत्कालिन […]
२१ साउन, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आज (बिहीबार)देखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । त्यस्तै युएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । युएइको सरकारी निकायमा कार्यरत व्यक्ति, […]
२१ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ । अहिले बिहान एघार बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बैठक बोलाइएको छ । बैठकका लागि राजधानी बाहिर रहेका केन्द्रीय सदस्यहरू समेत काठमाडौं आएका छन् । संसद् पुनर्स्पापना र शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक यो समूहको केन्द्रीय कमिटी बैठक […]
बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ६० वटा देशमा रहेका राष्ट्रिय समन्वय परिषद्हरुमा निर्वाचन सम्पन्न भएको छ। आगामी २०२१-२०२३ कार्यकालको लागि नयाँ नेतृत्व चर्दै हुँदै निर्वाचन सम्पन्न भएको हो । विश्वभरका विभिन्न ६ क्षेत्रका ८४ वटा मुलुकमध्ये २० वटा राष्ट्रिय समन्वय परिषदहरु भने लामो समयदेखि निस्क्रिय देखिएका छन् । संघका महासचिव डा. हेम राज […]
२० साउन, काठमाडौं । हिमालपारीका दुई जिल्ला मनाङ र मुस्ताङका १८ वर्षमाथिका सबै नागरिकले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । भौगोलिक विकटता, मौसमको प्रतिकुल अवस्था, बाढी, पहिरो जस्तो प्राकृतिक विपत्तिसँग जुधेर त्यहाँका स्वास्थ्यकर्मीले लक्षित समूहका सबैलाई खोप लगाएका हुन् । बाढी र पहिरोका कारण मनाङ सदरमुकाम चामे झण्डै डेढ महिनादेखि सडक सञ्जाल र […]
from समाचार – Online Khabar https://ift.tt/3AcuqVj
via IFTTT






















