समाचार
१९ साउन, काठमाडौं । काठमाडौंमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकले २२ साउनदेखि दोस्रो डोज पाउने भएका छन् । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले सूचना जारी गरी जेठ २५ गतेयता पहिलो डोज लगाएका ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई २२–२४ साउनसम्म खोप लगाउने कार्यक्रम तय भएको जानकारी […]
१९ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले दार्चुला घटनाबारे संसदीय छानविन समिति गठन गर्न माग गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठकको शुरुमै एमाले सांसदहरुले उठेर विरोध गरे । त्यसपछि सभामुखले समय दिएपछि एमालेको तर्फबाट धारणा राख्दै एमाले सांसद गणेशसिंह ठगुन्नाले दार्चुला घटनाबारे संसदीय छानविन समिति गठनको माग गरे । साथै उनले दार्चुला घटनाबारे अविलम्ब […]
१९ साउन, काठमाडौं । कास्कीमा साउन २७ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न थालेकाले साउन २७ गते मध्यराति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको जनाएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले पछिल्ला दिनमा कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न थालेकाले निषेधाज्ञा […]
१९ साउन, वीरगञ्ज । अघिल्लो वर्षको तुलनामा प्रदेश २ मा गत आर्थिक वर्षमा आपराधिक घटना वृद्धि भएको देखिएको छ । प्रदेश प्रहरी कार्यालय प्रदेश २ ले आर्थिक वर्ष २०७७/७८ मा आपराधिक गतिविधिमा ४.४७ प्रतिशतले वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको छ । प्रदेशभर अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ६ हजार ८९३ वटा मुद्दा दर्ता भएकोमा गत […]
१९ साउन, सुनसरी। धरान उपमहानगरपालिका-१६ को वडा कार्यालय भवनबाट चोरी भएको विभिन्न सामानसहित दुईजनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय शंकर साह र सोही ठाउँ बस्ने ३२ वर्षीय सन्तोष भुजेल रहेका छन् । उक्त वडा कार्यालयको कम्प्यूटर, झोला, कपी पेन्सिल, पारा सिटामोल लगायतका औषधि, माक्स, पिपिई सेट […]
१९ साउन, जनकपुरधाम । सर्लाहीस्थित बागमती नदीमा हाम फालेकी एक महिलाको उद्धार गरिएको छ । बागमती नगरपालिका–१२ स्थित बागमती नदीमा हाम फालेकी रौतहटकी महिलाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । हाम फालेपछि खोलाले बगाइरहेको समयमा रौतहटको वृन्दावन नगरपालिका–२ बस्ने रामबाबु पटेलकी पत्नी धनपतियादेवीको जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद […]
१८ साउन, गुल्मी । गुल्मीमा पछिल्लो समय व्यावसायिक रुपमा भैंसीपालनतर्फ आकर्षण बढ्न थालेको छ । भैंसीको दूधको मूल्य र माग पनि बढी हुन थालेपछि यसतर्फ किसानहरुको आकर्षण बढ्न थालेको हो । रेसुङ्गा नगरपालिका–१२ का नेत्रबहादुर बस्नेतले भैंसीपालन व्यवसायबाट गाउँमै बसेर मनग्य आम्दानी गर्ने गरेका छन् । रोजगारीको खोजीमा युवाहरु विदेशिने क्रम बढिरहेको बेला बस्नेत भने […]
१९ साउन, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनसँग प्रधानसेनापति पूर्णचन्द्र थापाले बिदाइ भेट गरेका छन् । मंगलबार बिहान ९ बजे उपराष्ट्रपति निवासमा पुगेर थापाले बिदाइ भेट गरेका हुन् । उपराष्ट्रपतिलाई भेट्न थापाले कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारीमा रहेका बलाधिकृत रथी प्रभुराम शर्मालाई पनि सँगै लिएर गएका थिए । प्रधानसेनापति थापाको तीन वर्षे पदावधि आगामी भदौ २४ गते […]
१९ साउन, काठमाडौं । नक्कली पेस्तोल देखाइ धम्की दिएको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने २५ वर्षीय अलबहादुर बम र सोही ठाउँ बस्ने हुम्ला खार्पुनाथ गाउँपालिका-१ घर भएका १८ वर्षीय किशोर रहेका छन् । कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी भैरबचौरस्थित भैरब बचत तथा ऋण सहकारी संस्थामा नक्कली पेस्तोल देखाई धाकधम्की दिएको […]
१९ साउन, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक आज बस्दै छ । क्रियाशील सदस्यता विवाद, आगामी महाधिवेशन र सरकारका विषयमा छलफल गर्न बैठक बस्न लागेको एक नेताले बताए । बैठक दिउँसो २ बजेपछि नेता प्रकाशमान सिंहको निवास ठमेलमा बस्ने तय भएको प्रकाशमानको सचिवालयका एक सदस्य युपी लामिछानेले जानकारी दिए । कांग्रेसमा क्रियाशील सदस्यताको […]
१९ साउन, डोटी । डोटी शिखर नगरपालिकाका ३१ वर्षीय रमेश जोशी (नाम परिवर्तन) केही दिनअघि डोटी जिल्ला अदालत आए । उनी श्रीमतीसँग सम्बन्ध विच्छेद गर्ने भन्दै निवेदन बोकेर आएका थिए । उनले निवेदन दर्ता गराए । तर तेश्रो दिनै उनले श्रीमान्-श्रीमतीबीच सहमति भएको भन्दै आफ्नो निवेदन फिर्ता लिए । पछिल्लो समयमा डोटीमा सम्बन्ध विच्छेदका घटनाहरु […]
१९ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमसहित चार जनाको जिम्मेवारी हेरफेर गर्ने राज्यमन्त्रीस्तरीय निर्णय स्थगित गरेका छन् । प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी आफैंसँग राखेर उमेश श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका थिए । राज्यमन्त्री श्रेष्ठले डा. गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली सरुवा गरेका थिए भने युनिफाइड […]
१९ साउन, दाङ । दाङ देउखुरीको कालाकाटेबाट एक थान पेस्तोल र त्यसमा लाग्ने गोलीसहित दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको सिद्धार्थनगर पञ्चायत वडा नम्बर ३ निवासी करमुल्हाल आमिर र राजा खानलाई पेस्तोल, त्यसमा लाग्ने दुईवटा म्यागजिन र दुई राउन्ड गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए […]
१९ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले पूर्व कप्तान पारस खड्काको संन्यास अप्रत्यासित भएको बताएका छन् । आईसीसी विश्व क्रिकेट लिग टूका लागि नेपाली राष्ट्रिय टोलीको मंगलबार बन्द प्रशिक्षण शुरु गर्ने तयारी थियो, तर पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । अध्यक्ष चन्दका अनुसार मंगलबार बिहान करीब साढे ७ बजेतिर […]
१९ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले दुई दशक लामो अन्तर्राष्ट्रिय खेल जीवनबाट विश्राम लिएका छन् । सन् २००९ देखि १२ वर्षसम्म राष्ट्रिय टोली सम्हालेका उनी सफल कप्तान हुन् । आईसीसी डिभिजन ५ बाट टी–२० विश्वकप हुँदै एकदिवसीय मान्यता प्राप्त गर्ने राष्ट्र बनाउन उनले कप्तानीको महत्वपूर्ण भूमिका खेलेका छन् । २८ […]
आजको दिन नेपाली क्रिकेटमा ऐतिहासिक दिन हो । तीन वर्षअघि आजकै दिन नेपालले ओडिआईमा पहिलो खेल जितेको थियो । उक्त खेलमा पारसले निर्णायक मोडमा निकै चतुर किसिमको प्रदर्शन गरे अनि एक रनको रोमाञ्चक जित दिलाए । संयोगबस त्यही दिन पारेर पारसले सन्यास लिए ।
१९ साउन, काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्न सत्ता गठबन्धनका नेताहरुले गठन गरेको कार्यदलको बैठक जारी छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । सरकारको न्यूनतम साझा कार्यक्रमलाई आजै टुंगो लगाउने तयारी अनुसार बैठकमा बसेको कार्यदलका एक नेताले जानकारी दिए । कार्यदलको बैठक सोमबार पनि बसेको थियो । सो बैठकपछि नेताहरुले न्यूनतम […]
१९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै नेपालसँग भेटवार्ताको तयारी गरेको बेला प्रचण्डले भेटेका हुन् । प्रचण्ड र नेपाल दुवैको सचिवालयले मंगलबार बिहान भेटवार्ता भएको पुष्टि गरे पनि भेटेको स्थान भने खुलाउन चाहेका छैनन् । यद्यपि कोटेश्वरस्थित […]
१९ साउन, काठमाडौं । १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको छ । स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार चार हजार १९८ जना नागरिकले कोरोना खोप लगाएका छन् । जसमध्ये चार हजार ३३ जनाले पूर्ण खोप लगाएका छन् । कोभिशिल्डको दोस्रो खोप लगाउन १६५ जना मात्रै बाँकी रहेको […]
१९ साउन, काठमाडौं । न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदपूर्तिका लागि विज्ञापन प्रकाशित गरेको छ । आयोगको परीक्षा महाशाखाले १९ जनाका लागि विज्ञापन प्रकाशित गरेको हो । आन्तरिकतर्फ ९ र खुलातर्फ पाँच जनाका लागि विज्ञापन प्रकाशित गरिएको छ । यसैगरी महिला कोटाबाट २ तथा आदिवासी जनजाती र मधेसी कोटाबाट १-१ जनाको विज्ञापन खुलेको छ । […]
१९ साउन, गलकोट । कोभिड-१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा-बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ । पहिलो लहरका कारण सञ्चालनमा ढिलाइ भएको पर्वतको कुश्मा र बागलुङ जोड्ने गरी कालीगण्डकीको खोँचमा निर्माण भएको बन्जी र स्विङ कोरोना […]
from समाचार – Online Khabar https://ift.tt/3A3i1D1
via IFTTT





















