Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सिम्बोल नम्बर नहुँदा कालीकोटका विद्यार्थी एसईईको परीक्षाफल हेर्न पाएनन्

२४ साउन, कालीकोट । राष्ट्रिय परीक्षा बोर्डले २०७७ को एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ तर कालीकोट जिल्लाबाट इसईई दिएका विद्यार्थीले भने आफ्नो नतिजा थाहा पाउन सकेका छैनन् । विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर बोर्डले शनिबार नतिजा सार्वजनिक गरेको छ । यहाँका विद्यार्थीले भने सिम्बोल नम्बर नभएका कारण परीक्षाको प्रतिफल थाहा पाउन सकेका छैनन् […]

मकवानपुरमा बढ्न थाले स्क्रबटाइफसका बिरामी

२४ साउन, मकवानपुर । मकवानपुर जिल्लामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन् । विगत आर्थिक वर्षका तुलनामा आर्थिक वर्ष २०७७÷७८ मा बिरामी सङ्ख्यामा वृद्धि भएको हो । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार सो आव ६८ मा सो रोग फेला परेको मध्ये ४९ महिला र १९ पुरुष रहेको जनाइएको छ । यसअघि आव २०७६-७ मा २९ र आव २०७५-७६ […]

उदयपुरमा रुखले किच्दा अटोमा सवार महिलाको मृत्यु, तीन जना घाइते

२४ साउन, काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरीमा रुख लडेर अटोलाई किच्दा त्यसमा सवार एक महिलाको मृत्यु भएको छ । प्रदेश २–०१–००१ ह ०५६० नम्बरको अटोमा सवार कटारी नगरपालिका–४ की ३८ वर्षीया निशा दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ । रुखले थिचेर अटो चालक र अटो नजिकै रहेका अन्य दुई जना घाइते भएका छन् । […]

सरकारले सिन्धुपाल्चोकका बाढीपीडितलाई राहत दिने काममा तीव्रता दिन सकेन : प्रचण्ड

२४ साउन, काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका बाढीपीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि जनाएका छन् । जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि त्यसअनुसारको काममा तीव्रता दिन नसकेको उनको भनाइ छ । आइतबार बिहान आफ्नै निवास खुमलटार पुगेका बाढीपीडितहरुसँगको भेटमा प्रचण्डले भने, […]

चितवनको हरियो तरकारीमा विषादीको प्रयोग बढ्दो

२४ साउन, चितवन । जिल्लामा उत्पादित तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दो मात्रामा पाइएको छ । कृषि ज्ञान केन्द्रद्वारा आइतबार आयोजित गत वर्षको समीक्षा एवं चालू आर्थिक वर्षको नयाँ कार्यक्रम सम्बन्धी बैठकमा गत आवमा परीक्षण गरिएका नमूनामध्ये १३ मा विषादीको प्रयोग बढी भएकाले विसर्जन गरिएको जानकारी दिइएको थियो । विषादी द्रूत परीक्षण प्रयोगशाला क्षेत्रपुरमा सो […]

गुल्मीमा मास्क नलगाई हिंड्ने १६ जनालाई कारबाही

२४ साउन, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले मास्क नलगाई हिंड्ने १६ जनालाई कारबाही गरेको छ । विभिन्न स्थानमा गरिएको छड्के चेकजाँचका क्रममा मास्क नलगाई हिंड्ने १६ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा कोरोना संक्रमणको दर बढ्दै जान थालेपछि ‘तपाईंको मास्क खै ?’ अभियान सञ्चालन गरिएको छ । जसअन्र्तगत मास्क […]

इन्द्रावतीमा आएको बाढीले दुई ठूला खानेपानी आयोजनामा क्षति

२४ साउन, काभ्रेपलाञ्चोक । इन्द्रावती नदीमा आएको बाढीले  दुई ठूला खानेपानी आयोजनामा क्षति पुर्‍याएको छ । मेलम्चीहुँदै इन्द्रावती नदीमा गत असार १ गतेदेखि पटकपटक बाढी आउँदा पाँचखाल बृहत शहरी खानेपानी तथा सरसफाई आयोजना र तेमाल बृहत सुख्खा-क्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाको मुहानमा ठूलो क्षति पुर्‍याएको हो । लिफ्टिङ प्रविधिका पाँचखाल खानेपानीको मुहान इन्द्रावती नदी किनार […]

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका प्रत्येक घरमा धारा जडान गरिँदै

२४ साउन, गोरखा । भौगोलिक रुपमा विकट रहेको गोरखाको चुमनुव्री गाउँपालिकाका प्रत्येक घरमा धारा जडानको काम भइरहेको छ । गण्डकी प्रदेश सरकारको उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय अन्तर्गत रहेको खानेपानी तथा सरसफाइ डिभिजिन कार्यालय गोरखाले उक्त गाउँपालिकाका प्रत्येक घरधुरीमा धारा जडानको काम गरिरहेको छ । गण्डकी सरकारको एक घर एक धारा अभियान अन्तर्गत उत्तरी क्षेत्रको […]

अमेरिकामा पुनः देखिन थाल्यो दैनिक एक लाखभन्दा बढीमा कोरोना संक्रमण

२४ साउन, काठमाडौं । अमेरिकामा पुनः दैनिक नयाँ संक्रमितको संख्या एक लाख नाघ्न थालेको छ । अमेरिकाको डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)को तथ्यांकअनुसार अमेरिकामा केही नियन्त्रणमा देखिएको कोरोना संक्रमण पुनः बढ्न थालेको हो । अहिलेसम्म अमेरिकामा ७०.६ प्रतिशत वयस्क नागरिकले कोरोना खोप लगाइसकेका छन् । जसमध्ये ६०.९ प्रतिशतले खोपको पूरा डोज लिइसकेका छन् । यद्यपि […]

स्वास्थ्य राज्यमन्त्रीकै अस्पतालले तिरेन महानगरलाई कर

२४ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नबुझाउने थप ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गरेको छ । यसअघि २० जना करदाताको नाम सार्वजनिक गरेको थियो । कर नतिर्नेहरूको सूचीमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको लगानी रहेको जनमैत्री अस्पतालदेखि व्यवसायी अजेय राज सुमार्गीसम्मको नाम छ । नेपाल विद्युत प्राधिकरण, खाद्य संस्थान, […]

सरकारको साझा कार्यक्रमलाई अन्तिम रुप दिइयो, आज ४ बजे सार्वजनिक गरिने

२४ साउन, काठमाडौं । सत्ता गठबन्धनका नेताहरुले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएका छन् । सो कार्यक्रमलाई अपराह्न चार बजे सिंहदरबारबाट सार्वजनिक गरिने नेताहरुले बताएका छन् । कार्यक्रमलाई अन्तिम रुप दिन गठबन्धन दलका शीर्ष नेता र कार्यदल सदस्यहरुबीच आज बिहान बालुवाटारमा छलफल भएको थियो । सो छलफलबाट कार्यदललाई अन्तिम रुप दिइएको एक सदस्यले जानकारी […]

सालको चिरान काठ लोड गरिएको मिनी ट्रक प्रहरी नियन्त्रणमा

२४ साउन, जनकपुरधाम । महोत्तरी प्रहरीले सालको चिरान काठ लोड गरिएको अवस्थामा एक मिनी ट्रकलाई नियन्त्रणमा लिएको छ । जिल्लाको बर्दिवास नगरपालिका ८ बाट काठ लोड गरिएको ना.६ ख २४९ नम्बरको मिनी ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । साउन २२ गते राति नियन्त्रणमा लिइएको काठबारे प्रहरीले आइतबार जानकारी गराएको छ । महोत्तरी प्रहरीका प्रबक्ता […]

अफगानिस्तानमा दुई दिनमा दुई प्रान्तीय राजधानी तालिबानको कब्जामा

२४ साउन, काठमाडौं । अफगानिस्तानमा सरकारसँग युद्ध गरिरहेको चरमपन्थी संगठन तालिबानले उत्तरी क्षेत्रमा रहेको जाज्जान प्रान्तको सेबर्घान सहर नियन्त्रणमा लिएको बताएको छ । अफगानिस्तानका रक्षा मन्त्रालयका प्रवक्ताले भने सरकारी सेना अझै पनि सोही सहरमा रहेको र अब छिटै नै उक्त सहरलाई पुनः आफ्नो नियन्त्रणमा ल्याउने दाबी गरेका छन् । पछिल्लो दुई दिनमा तालिबानको कब्जामा गएको […]

महिना दिन पुग्न लाग्दा पनि प्रधानमन्त्रीको सचिवालय बनेन

२४ साउन, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको महिना दिन पुग्न लागेको छ । प्रतिनिधिसभा पुनस्र्थापना गर्दै सर्वोच्च अदालतले दिएको परमादेशअनुसार, २९ असारमा देउवा प्रधानमन्त्री नियुक्त भएका थिए । देउवाले आफूसँगै चार मन्त्रीलाई पनि शपथ गराए । काँग्रेसबाट बालकृष्ण खाण गृह र ज्ञानेन्द्रबहादुर कार्की कानून, माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र […]

के संघीय शासन प्रणाली धान्नै नसकिने खर्चिलो हुन्छ ?

‘आधुनिक नेपाल’ को प्रारम्भ मिति सम्भवतः वि.सं. १८२५ लाई मानिन्छ । त्यसयता २५३ वर्ष बितेछ । त्यसमध्ये करीब २५० वर्ष नेपालको शासनप्रशासन ‘एकात्मक शासन प्रणाली’ अन्तर्गत चल्यो । ‘संघात्मक शासन प्रणाली’ प्रारम्भ भएको मुश्किलले ३ वर्ष ६ महीना मात्र हुँदैछ । नेपालको संविधान २०७२ ले संघीय शासन प्रणालीको व्यवस्था गरे पनि २०७४ मंसीर ४ को […]

सुनको मूल्य तोलामा १५ सय रुपैयाँले सस्तियो

२४ साउन,काठमाडौं । सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले सस्तो भएको छ । शुक्रबार ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ९० हजार रुपैयाँमा झरेको हो । यस्तै तेजावी सुनको मूल्य भने तोलामा एक हजार ४५० रुपैयाँले सस्तो भएको छ । शुक्रबार प्रतितोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको तेजावी […]

एस्ट्राजेनेका खोप लगाउन काठमाडौंमा १४४ केन्द्र तोकियो

२४ साउन, काठमाडौं । कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई सोमबार (जेठ २५ गते) देखि दोस्रो मात्रा दिइने भएको छ । एस्ट्राजेनेका खोप लगाउनका लागि काठमाडौंमा १४४ केन्द्र तोकिएको छ । यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । स्वास्थ्य मन्त्रालयको अनलाइन […]

पोखरा क्षेत्रीय विमानस्थलले अन्योलमा पाराग्लाइडिङ : व्यवस्थित गर्ने कि विस्थापित ?

२४ साउन, पोखरा । उत्तरतिर लस्करै हिमाल । फेवाताल माथि–माथि आकाशमा चरा जस्तै उडिरहेका पाराग्लाइडिङ । फेवातालमा डुंगा सयर गरिरहेका मानिस । पोखरा चिनाउँदा प्राय: यी दृश्य छुट्दैनन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिएपछि कस्तो देखिन्छ ? आयोजना प्रमुख बिनेश मुनकर्मीले पनि शनिबार यही दृश्यबाट शुरु भएको भिडियो देखाए । विमानस्थल आयोजनाकै कार्यक्रम हलमा […]

सत्ता गठबन्धनका नेता र सरकारको साझा कार्यक्रम तयार पार्ने कार्यदलबीच छलफल सुरु

२४ साउन, काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेता र सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेको कार्यदलका सदस्यहरुबीच छलफल सुरु भएको छ । छलफल प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु सम्मिलित कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर साउन २४ गते शीर्ष नेताहरुलाई बुझाएको थियो । साझा कार्यक्रममा मन्त्रीहरुको […]

एमालेको केन्द्रीय कमिटी बैठक सर्‍यो

२४ साउन, काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सरेको छ । आज आइतबारका लागि बोलाइएको बैठक एक दिन पछि सारिएको हो । बैठक सोमबार दिउँसो तीन बजे बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । केन्द्रीय कमिटी बैठक अगाडि ११ बजे स्थायी कमिटी बैठक बस्नेछ । भदौमा विधान अधिवेशन गर्ने गरी स्थायी कमिटीले […]

गुणस्तरीय उत्पादन मात्रै बिक्री गरेको डीडीसीको दाबी

 २४ साउन, काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले डीडीसी ब्राण्डका सम्पूर्ण दूध तथा दुग्धजन्य पदार्थहरु पूर्णरुपमा स्वच्छ र गुणस्तरीय भएको दाबी गरेको छ । नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप उत्पादन हुने भन्दै डीडीसीले निर्धक्क भएर उपभोग गर्न उपभोक्तालाई अनुरोध गरेको छ । सुजल डेरी पोखराबाट डीडीसीले खरिद गरेको एक लाख ९४ हजार ९७५ किलो बटर […]



from समाचार – Online Khabar https://ift.tt/3ix2yoO
via IFTTT
Powered by Blogger.