समाचार
२५ साउन, काठमाडौं । कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई सोमबारबाट दोस्रो मात्रा दिन लागिएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप महाशाखाका प्रमुख डा. झलक गौतमले जापान र भुटानबाट आएका खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकालाई दिन लागिएको जानकारी दिए । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले काठमाडौं जिल्लामा […]
२५ साउन, गोरखा । वर्तमान सरकारले खारेज गर्नुअघि भूमि सम्बन्धी समस्या समाधान आयोगले गोरखा जिल्लामा ४ हजार ३ सय २९ जनाको लगत संकलन गरेको छ । जिल्लाका ११ वटा स्थानीय तहबाट भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको लगत संकलन गरिएको हो । लगत संकलन गरिएका मध्ये १ सय ४५ भूमिहीन दलित, ३ सय ९७ […]
२५ साउन, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बिहान ११ बजे बोलाएका छन् । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने एजेण्डा तय गर्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । स्थायी कमिटी बैठक सकिएपछि दिउँसो तीन बजे केन्द्रीय कमिटी […]
२४ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुने यो संख्या डेढ महिनायताकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ । यसअघि गत असार ९ गते एकैदिन ८१ जना संक्रमितको […]
नेपालको संविधानमा नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था भएको मुलुक भनेर उल्लेख गरिएको छ । नेपालको सार्वभौमसत्ता, राजकीयसत्ता नेपाली जनतामा निहित छ । संवैधानिक व्यवस्था अनुरूप नेपाली जनताले यसको प्रयोग गर्नेछन् । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक अवस्था अहिले पनि नेपालको मुख्य विशेषता रहेको छ । नेपालको राष्ट्रिय स्वतन्त्रता, […]
२४ साउन, काठमाडौं । तीन वर्षपछि फ्रान्सको पेरिसमा भेट्ने वाचासहित टोकियो ओलम्पिक २०२० समापन भएको छ । कोरोना महामारीको त्रासका बीच जुलाई २३ मा सुरु भएको ३२ औं संस्करणको गृष्मकालीन ओलम्पिक आइतबार सफलतापूर्वक सम्पन्न भएको हो । जापानको राजधानी टोकियोमा आयोजित एक भव्य कार्यक्रमका बीच टोकियो ओलम्पिक २०२० को समापन गरिएको हो । कोरोना महामारीको बावजुद […]
२४ साउन, काठमाडौं । दुई आर्थिक वर्ष (आव)देखि सबैभन्दा बढी खुद नाफा कमाउने सार्वजनिक संस्थान बन्दै आएको नेपाल विद्युत प्राधिकरणको नाफा गत आर्थिक वर्ष २०७७/७८मा करिब ३ अर्ब ३८ करोड रुपैयाँमा खुम्चिएको छ । यो नाफा आर्थिक वर्ष २०७६/७७मा भन्दा ८ अर्ब ३० करोड रुपैयाँले कम हो । गत साउन १० गते ऊर्जा जलस्रोत तथा […]
संवैधानिक परिषदमा हुने नियुक्तिमा चरम दलीय भागबण्डा हुने र त्यसमा प्रधानन्यायाधीश समेत हिस्सेदार बन्न थालेपछि उनको पदीय संलग्नतामाथि गम्भीर प्रश्न उठेको छ ।
२४ साउन, सप्तरी । प्रदेश २ का प्रमुख राजेश झा ‘अहिराज’ ले गलत प्रक्रियाबाट नेपाली नागरिकता लिनेलाई मात्र नभई दिने कर्मचारीलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् । किर्ते गरी नागरिकता लिने र दिने दुवै दोषी भएको उनले बताए । जिल्ला प्रशासन कार्यालय सप्तरीमा आइतबार सुरक्षा निकायका अधिकारी र सञ्चारकर्मीसँगको अन्तरक्रियामा प्रदेश प्रमुख झाले गलत प्रक्रियाबाट […]
२४ साउन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ओली सरकारको सिफारिशमा गत पुसमा जारी भएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्तिलाई संविधानसम्मत भनेका छन् । उनले संघीय संसद चालु अवस्थामा नभएको बेलामा सरकारले अध्यादेश जारी गर्न सक्ने भन्दै त्यसलाई गैरसंवैधानिक भन्न नमिल्ने आफ्नो दृष्टिकोण सार्वजनिक गरेका हुन् । संवैधानिक परिषद सदस्यको हैसियतले सर्वोच्च […]
संवैधानिक परिषदमा प्रधानन्यायाधीशको उपस्थितिलाई लिएर अहिले विवाद भएको देखिन्छ । त्यत्ति कारणले संवैधानिक परिषदमा प्रधानन्यायाधीश पद राख्नुहुन्छ कि हुन्न भन्ने बहसको त्यति सान्दर्भिकता देख्दिनँ । यसमा मेरो फरक मत छ । २०४७ सालको संविधानले संवैधानिक परिषदको परिकल्पना गरेको हो । त्यस्तो परिषद किन आवश्यक पर्यो भन्ने बहसका सन्दर्भहरू मुकुन्द रेग्मीको किताबमा पढ्न पाइन्छ । त्यो […]
२४ साउन, असार । जेठको अन्तिमसम्म मनाङको तालगाउँको रौनक छुट्टै थियो । कञ्चन मस्र्याङ्दी नदी किनारको सुन्दर बस्ती । त्यसमाथि छङ्छङी बगेको झरना । हिमाली जिल्लाको तल्लो भेग यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्थ्यो । तर, असार १ गतेदेखि ताल गाउँको परिचय फेरिएको छ । मनसुनको सुरुवातकै अविरल वर्षाले मस्र्याङ्दी उर्लियो । बस्तीमा मर्स्याङ्दी […]
२४ साउन, काठमाडौं । कोभिड–१९ को महामारी नियन्त्रणसँगै शान्ति प्रक्रियाको पूर्णता र संघीयता कार्यान्वयनका लागि आवश्यक ऐन, कानून निर्माण गठबन्धन सरकारको प्राथमिकतामा परेका छन् । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको २७ औं दिनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी दलले सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेका हुन् । शीर्ष नेताहरुको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा […]
२४ साउन, जनकपुरधाम । सांसद विकास कोषको बजेटबाट १५ लाख रुपैयाँ पाएको चन्द्रनगर गाउँपालिका–१ किसनपुरस्थित सडक हिजोआज पनि हिलाम्य छ । यो सडक स्तरोन्नति भइसकेको भनी गाउँपालिकाले असार १५ गते नै प्रतिवेदन तयार पारिसक्यो, तर स्थानीय बासिन्दा भने सडकको अवस्था सुधार नभएको बताउँछन् । स्थानीय रामवृक्ष महतोको घरदेखि भैसियाहीसम्मको सडकबारे स्थानीय अवधलाल रायले भने, ‘अहिले […]
२४ साउन, वीरगञ्ज । प्रहरीले १ लाख ७९ हजार रुपैयाँ बराबरको सुन र चाँदी मिश्रित गरगहनासहित पर्साबाट एक जनालाई पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिका–२ जानकीटोलका १९ वर्षीय सोनुकुमार सोनारलाई गरगहनासहित प्रहरीले आइतबार पक्राउ गरेको हो । आशबारीतर्फबाट कालो झोला बोकेर आउँदै गरेका सोनारलाई रोकेर चेकजाँच गर्दा सुन मिश्रित ३४ थान र चाँदीको पाउजु, बिछिया […]
२४ साउन, सप्तरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले आफूखुशी जिल्ला समिति बनाएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आपत्ति जनाएको छ । माधव नेपाल समूहले नेकपा एकताअघि अर्थात २०७५ जेठ २ गतेअघिको कमिटी कायम रहने भन्दै त्यसबाहेकको समिति अवैध हुने बताएको छ । जिल्लामा २०७५ साल जेठ २ गतेअघि गोविन्द न्यौपानेको अध्यक्षतामा […]
२४ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेका कुनै पनि परीक्षा नरोकिने बताएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले हाल सञ्चालन भइरहेको परीक्षामा विद्यार्थी संख्या थोरै भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए । ‘अहिले सञ्चालन […]
२४ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नबुझाउने थप ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गरेको छ । यसअघि २० जना करदाताको नाम सार्वजनिक गरेको थियो । कर नतिर्नेहरूको सूचीमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको लगानी रहेको जनमैत्री अस्पतालदेखि व्यवसायी अजेय राज सुमार्गीसम्मको नाम छ । नेपाल विद्युत प्राधिकरण, खाद्य संस्थान, […]
२४ साउन, दार्चुला । व्यास गाउँपालिका–१ तिङ्करस्थित छायालेकमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । चीनसँग सीमा जोडिने तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापनाका लागि भवन निर्माण गरिएको हो । चीनको ताक्लाकोटसँग जोडिएको तिङ्करमा स्थापना गरिएको यो पहिलो बीओपी हो । सरकारले बीओपी निर्माण गर्ने लक्ष्यअनुसार भवन निर्माण गरिएको छ […]
२४ साउन, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाका युवाले आर्थिक पारदर्शिता लगायत ९ बुँदे माग राख्दै नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । पोखरिया युवा समाजका अध्यक्ष भगवान दासको नेतृत्वमा गएका युवाले नगर प्रमुख दिप नारायण रौनियारलाई ज्ञापनपत्र बुझाएका हुन् । भ्रष्टाचार बन्द गर, पोखरिया अस्पताल व्यवस्थापन गर लगायत विभिन्न नारा लेखिएको प्लेकार्ड सहित नाराबाजी गर्दै पोखरिया […]
२४ साउन, बुटवल । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव छलफलका लागि बोलाइएको प्रदेशसभाको विशेष अधिवेशनविरुद्ध रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि बोलाएको विशेष अधिवेशन रोक्न माग गर्दै अधिवक्ता प्रवेश केसी रिट लिएर सर्वोच्च पुगेका थिए । तर सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले […]
from समाचार – Online Khabar https://ift.tt/3fJSqY8
via IFTTT






















