समाचार
सल्लेरी सुसाएर सन्ध्याकालीन सिट्ठी बजाउँदै थियो । एकदुई झ्याउँकिरी बास्न थालिसकेका थिए । सबै आ-आफ्नो वासस्थानमा पुग्ने हतारोमा थिए । बारीको डिलबाट लालकुमारीले पारि पाखातिर नियालेर हेरी । उसले त्यो डिलमा आएर त्यतातिर नियाल्न थालेको धेरै भइसकेको थियो । स्कूलको पढाइ सकेर हतारहतार गरेर गिरे घर फर्किंदै थियो । अन्ततः गिरेलाई त्यो पाखाबाट आउँदै गरेको […]
ऊ एक विशालकाय महिला थिई । ऊसित भएको थैली (पर्स) पनि ऊ जस्तै, आफ्नी स्वामिनी जस्तै यमानको र अड्बाङ्गे जस्तो थियो । थैलीमा लामो फित्ता जोडिएको थियो जसको मद्दतले महिलाले त्यसलाई काँधमा झुण्ड्याएकी थिई । यतिबेला रातिको करीब एघार बज्दैथियो र व्यस्त सडकको फुटपाथमा ऊ एक्लै हिंडिरहेकी थिई । ठीक त्यति नै बेला एउटा किशोर […]
२३ साउन, काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा रातिदेखि भीषण आगलागी भएको छ । औद्योगिक क्षेत्रमा रहेको एक विष्कुट फ्याक्ट्रिमा आगलागी भएको प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ । शुक्रबार राति दुई बजेदेखि नै आगलागी भएको प्रहरीले जनाएको छ । १९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्रले आगो निभाउने प्रयास भए पनि नियन्त्रणमा आउन नसकेको प्रहरीले […]
२२ साउन, काठमाडौं । दुई दिनसम्म चलेको केन्द्रीय सदस्यहरुको बैठकले नेकपा एमालेको एकताका साथै सरकारमा सहभागिताबारे देखिएको अलमल अन्त्य गरेको माधवकुमार नेपाल समूहका नेताहरुले बताएका छन् । बुद्धनगरमा बसेको बैठकले सम्मानजनक एकताको पक्षमा उभिने निर्णय गरेको छ । यससँगै सरकारमा सहभागिताको च्याप्टर क्लोज भएको छ भने एकताको बल पार्टी अध्यक्ष केपी शर्मा ओलीको कोर्टमा पुगेको […]
२२ साउन, काठमाडौं । निर्वाचित हुनासाथ कार्यपालिकाको बैठकबाटै आफ्ना लागि ‘स्मार्ट फोन’ किन्न मोटो रकम छुट्याएपछि विवादमा आएका थिए काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरु । त्यो विवाद सेलाउन नपाउँदै मेयर विद्यासुन्दर शाक्यका लागि नयाँ गाडी ल्याइएपछि जनप्रतिनिधिले काममा भन्दा सेवा सुविधामा बढी ध्यान दिएको भन्दै चर्को आलोचना भयो । तर, काठमाडौं महानगरका जनप्रतिनिधिहरुले अहिलेसम्म आफ्नो सेवा सुविधामा […]
२२ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिश गरेको छ । यसबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक भोलि बोलाइएको छ । कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि शुरु गर्ने तय भएको थियो । बोर्डले भौतिक दूरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै […]
अस्पताल सञ्चालक स्वास्थ्य मन्त्री, विकास समितिमा ठेकेदार र भ्रष्टाचारका आरोपी लेखा समितिमा । नेपालमा सार्वजनिक पदमा पुगेर आफ्नो हितमा काम गर्ने प्रवृत्ति प्रचुर ।
२२ साउन, काठमाडौं । सिन्धुपाल्चोक, बाह्रबिसेकी २९ वर्षीया एक सुत्केरी महिलाको १ जेठ २०७७ मा धुलिखेल अस्पताल, काभ्रेमा ल्याएको केहीबेरमै मृत्यु भयो । भोलिपल्ट अस्पतालमै गरेको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पुनः परीक्षण गर्दा पनि संक्रमण पुष्टि भएपछि ३ जेठमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणबाट नेपालमा पहिलो व्यक्तिको […]
२२ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमिततामा संलग्नमाथि कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा उनले छानबिन समिति गठन गरेर कारबाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएका हुन् । राज्यमन्त्री श्रेष्ठले भने, ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा सरकारले […]
२२ साउन, काठमाडौं । उपभोग्य अवधि नाघेको वस्तुमा नयाँ मिति राखेर बजार पठाउने धन्दा काठमाडौं उपत्यकामा शृंखलाबद्ध रुपमा हुन थालेको छ । जसमा दैनिक प्रयोगका खाद्यवस्तुदेखि सौन्दर्य सामग्री र बालबालिका तथा ज्येष्ठ नागरिकको आहारसम्म पर्दछन् । पछिल्लो दुई वर्षमा उपत्यकामा म्याद सकिएका खाद्य वस्तुमा नयाँ मिति राखेर बजार पठाएको पाँच ठूला घटनामा मालिकसहित १५ जना […]
२२ साउन, काठमाडौं । कोभिड-१९ विरुद्धको दोस्रो डोज खोप लगाउन बाँकी करिब १३ लाख ३८ हजार ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुले साउन २५ गतेबाट खोप लगाउन पाउने भएका छन् । भुटानले शुक्रबार बिहान ३ लाख डोज खोप पठाइसकेको र जापानले १६ लाख डोज खोप पठाउने सुनिश्चित भएकाले साउन २५ गतेदेखि दोस्रो डोज एस्ट्रेजेनकाको खोप अभियान […]
२२ साउन, बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीलाई मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा बन्धक बनाइएको घटनाको नेपाल महिला संघ, रुपन्देहीले भर्त्सना गरेको छ । संघले उक्ता घटना फौजदारी अपराध भएको बताएको छ । संघकी अध्यक्ष गंगा शाहीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘सांसद विमलामाथि भएको घटना मुलुकको फौजदारी कानून आकर्षित गर्ने गम्भीर […]
२२ साउन, काठमाडौं। आफूलाई प्रहरीको डीएसपी हुँ भन्दै सुनका बाला लुटपाटमा संलग्न रहेको आरोपमा प्रहीले एक जनालाई पक्राउ गरेको छ । भक्तपुर चाँगुनारायण-४ बस्दै आएका ३५ वर्षीय सीताराम गुरुङलाई प्रहरीले काठमाडौंको चावहिलबाट पक्राउ गरेको हो । विदेशबाट आएका व्यक्तिहरु पहिचान गरी विमानस्थलको गेटबाहिर बस्ने र एकान्त पारेर प्रहरीको डीएसपी हुँ भन्दै चेकजाँच गर्ने बहानामा सुनका […]
२२ साउन, काठमाडौं । स्वास्थ्य सुरक्षाको माग गर्दै प्रदर्शन गरेका विद्यार्थीलाई ‘विद्यार्थी नेता’ले धम्की दिएको पाटन क्याम्पसका विद्यार्थीहरुले बताएका छन् । कोभिड-१९ संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सरकारले तोकेको स्वास्थ्य मापदण्ड शैक्षिक संस्थाहरुले उल्लंघन गर्दै शरीरको तापक्रम जाँच नगरेको, एउटै कक्षामा ६० जना विद्यार्थी राखेपछि पाटन क्याम्पस परीक्षा केन्द्रमा विद्यार्थीले प्रदर्शन गरेका थिए । विद्यार्थीले प्रदर्शन […]
२२ साउन, भक्तपुर । काठमाडौं उपत्यकाका नेवार समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन गठेमंगल पर्व मनाएका छन् । गठेमंगललाई घण्टाकर्ण पर्व पनि भनिन्छ । यसलाई भूत भगाउने पर्वको रुपमा पनि चिनिन्छ । शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न टोल टोलमा युवाहरु जम्मा भई साँझ आँगो बालेर भूत भगाउने गर्छन् । पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर […]
२२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्रीको निवासमा बन्धक बनाउनु आपराधिक आक्रमण भएको बताएको छ । माओवादी केन्द्रको शुक्रबार बसेको स्थायी कमिटी बैठकले भनेको छ, ‘यो घटना नेपालको लोकतन्त्र, राजनीति, मानव अधिकार र व्यक्तिको स्वतन्त्रतामाथिकै लज्जास्पद, निकृष्ट र आपराधिक आक्रमण हो । हाम्रो पार्टी यो घटनाको भर्त्सना एवं […]
२२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले सुकुम्बासी, भूमिहीन किसान, दलित तथा अव्यवस्थित वसोबास समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले सुकुम्बासी समस्या समाधानका लागि आयोग गठनको माग गरेको हो । सरकारले १९ साउनमा मात्र देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय […]
२२ साउन, धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत डोटीको शिखर नगरपालिका–३ की ६५ वर्षीया महिला र दिपायल सिलगढी नगरपालिका–१का ३३ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले मृतक महिला साउन १७ गते अस्पताल भर्ना भएकी […]
२२ साउन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २८ गते बस्ने भएको छ । कांग्रेसले शुक्रबार विज्ञप्ति जारी गर्दै साउन २८ गते दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको हो । बैठकमा आसन्न १४औं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने र त्यसबारे छलफल गरिने जनाइएको छ । बैठकमा उपस्थितिका […]
२२ साउन, वीरगञ्ज । ‘प्रदेशमा सरुवा रोग र महामारी नियन्त्रणका लागि एउटा सुविधा सम्पन्न अस्पताल बन्न जरुरी छ’ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले २०७७ साल मंसिर १५ गते एउटा सार्वजनिक कार्यक्रममा बताएका थिए । त्यस दिन उनले बाराको कलैया उपमहानगरपालिका–१६ मा ‘सरुवा रोग तथा महामारी नियन्त्रण अस्पताल’को शिलान्यास समेत गरे । आर्थिक वर्ष २०७७÷७८ […]
२२ साउन, काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको काम नरोकिने बताएका छन् । माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टी एकता प्रक्रिया चलिरहेका बेला सदस्यता नवीकरण लगायतका कामले एकतालाई भाँजो हाल्ने भन्दै संगठनात्मक गतिविधि तत्काल रोक्न आग्रह गरेको छ । तर अध्यक्ष केपी शर्मा ओली पक्षले शुक्रबारदेखि विधान संशोधनबारे छलफल थालेको छ । ओली […]
from समाचार – Online Khabar https://ift.tt/3lFOKKM
via IFTTT






















