समाचार
२१ साउन, काठमाडौं । देवि ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा एमालेसम्वद्ध राष्ट्रिय युवा संघले बिहीबार प्रदर्शन गर्यो । मनोहरा सुकुम्बासी बस्तीबाट मुल सडकसम्म निकालिएको जुलसमा सुकुम्बासीभन्दा युवा संघका नेता कार्यकर्ता धेरै थिए । युवा संघको त्यही प्रदर्शनको एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । निधारमा कालो फेटा बाँधेका युवाले […]
२१ साउन, काठमाडौं । साउन १३ गते काठमाडौं महानगरका राजस्व अधिकृत प्रदीप कोइरालाको नेतृत्वमा नगर प्रहरीको टोली ‘कृषि सामग्री कम्पनी लिमिटेड’को कुलेश्वरस्थित कार्यालयको गेटमा पुग्यो । माइकिङ गर्न थाले, ‘कृषि समाग्री कम्पनी लिमिटेडलाई छिटो कर तिर्न आह्वान गरिन्छ ।’ लगातार आधा घण्टा माइकिङ गरेर नगर प्रहरी फर्कियो । कम्पनीले महानगरसँग यसबारे सोधपुछ गर्दा थाहा भयो, […]
२१ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण सुस्त तर निरन्तर बढिरहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो दुई दिनमा उपत्यकामा दैनिक एक हजार बढी संक्रमित थपिएका छन् । बुधबार १,२७९ जना तथा बिहीबार १,०७८ जना संक्रमित थपिएका छन् । तर पछिल्लो दुई महिनाको तथ्यांक हेर्दा १२ असारयता संक्रमितको संख्या क्रमशः बढेको […]
२१ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल आगामी हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बिहीबार राष्ट्रिय परीक्षा बोर्डमा एसईईको मूल्यांकन प्रगतिबारे छलफल गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । अध्यक्ष पौडेलले भने ‘आज एसईईको मूल्यांकन प्रगतिबारे बुझ्दा प्राविधिक सम्पादन मात्रै बाँकी रहेको पाइयो । आगामी हप्ताभित्र सार्वजनिक हुन्छ ।’ गत […]
२१ साउन, विराटनगर । नेकपा माओवादी केन्द्रले संघीय सरकारले झापाको गिरीबन्धु टी-स्टेटको जग्गा सट्टा भर्नाका लागि अनुमति दिएको विषयमा प्रदेश १ सरकारको धारणा मागेको छ । बिहीबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका सांसद आङ्बोले केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले गरेको गिरीबन्धु टी–स्टेटको करीब ३४१ विघा जग्गा सट्टापट्टा गर्ने निर्णय राष्ट्रघाती भएको […]
२१ साउन,काठमाडौं । म्याद सकिएको बटर बिक्री प्रकरणमा संलग्न डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेललाई कारबाही माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता भएको छ । म्याद सकिएको बटरलाई घिउ बनाएर उपभोक्तलाई बिक्री गरेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालले महाप्रबन्धक पौडेलसहितका संलग्न अधिकारीलाई कारबाहीको गर्न माग गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा विचाराधीन […]
२१ साउन, काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि विवादमा फसेको डेडिकेटेड तथा ट्रंकलाइनको महसुल विवाद समाधानका लागि पुनरावलोकनमा आउन उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनपछि उद्योगी तथा व्यवसायीलाई छलफलमा बोलाएको प्राधिकरणले पुनरावलोकनमा आउन वा विद्युत् नियमन आयोगमा जान सुझाव दिएको छ। महसुल विवादका सम्बन्धमा म्याद थपका लागि सञ्चालक […]
२१ साउन, हेटौंडा । हेटौंडामा मालपोत कार्यालयमा सेवा लिन लाइन लागेकी एक महिलाको बिहीबार मृत्यु भएको छ । आफ्ना चार जना छोराको अंशबण्डाका लागि कार्यालयमा आएकी हेटौंडा उपमहानगरपालिका–६ चौघडाकी ७५ बर्षकी पञ्चमाई गौतम लाइनमा बसेकै अवस्थामा ज्यान गएको छोरा मुकुन्द गौतमले बताए । लाइनमा बस्दाबस्दै उनी एक्कासी ढलेकी थिइन् । उनको मृत शरीरलाई निकै समय […]
२१ साउन, धनगढी । दार्चुला घटनाको छानबिनका लागि पुगेको गृह मन्त्रालयको टोलीविरुद्ध मालघाटमा प्रदर्शन गरिएको छ । तुइन तर्ने क्रममा गत शुक्रबार भारतीय एसएसबीले डोरी फुकालिदिएपछि खसेर युवक बेपत्ता भएको घटनाको छानबिन गर्न खटिएको टोलीविरुद्ध नाराबाजीसहित स्थानीयले प्रदर्शन गरेका हुन् । नदीमा बेपत्ता भएका व्यास गाउँपालिका–२ का जयसिंह धामीका भाइ नरेन्द्रले पीडित पक्षसँग भेटघाट समेत […]
२१ साउन, काठमाडौं । उद्योगीले सरकारलाई किसानको बक्यौता विवरण दिन अस्वीकार गरेका छन् । चिनी उद्योगीको असहयोगपछि किसानको उधारो बाँकी रकमको लागत पुनः जिल्ला प्रशासन कार्यालयबाट संकलन गरिने भएको छ । बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरकार र किसान प्रतिनिधि बीच भएको छलफलमा यस्तो सहमति भएको हो । किसानले उधारो बाँकी छ भनि दाबी […]
कुनै सिनेमाको प्लट जस्तै चाखलाग्दो कहानी छ, किरण गजमेरको । उनका पिता भुटानबाट लखेटिएर आफ्नो मूलथलोमा शरण लिन आइपुग्छन् । सम्पूर्ण जायजेथा मात्र होइन, जीवनका योजना र सपना पनि उतै छाडिन्छन् । भाग्दै, लुक्दै मातृभूमिसम्म आइपुग्दा उनीसँग सुदूर अतीतका स्मृतिहरु मात्र बाँकी रहन्छन् । रित्तो हात, रित्तो जीवन, रित्तो सपना । झापाको खुदुनाबारी शिविरबाट अब […]
२१ साउन, काठमाडौं । प्रहरीले विभिन्न लागु औषधसहित चारजनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका ९का ४५ वर्षीय जितेस प्रसाद श्रीवास्तव, काठमाडौं महानगरपालिका ३ का ३२ वर्षीय विमल श्रेष्ठ, हेटौंडा उपमहानगरपालकिा-११ का २१ वर्षीय डेनिएल तामाङ र हेटौंडा उपमहानगर-४ कै २७ वर्षीय विकास देउला रहेका छन् । वीरगञ्जमहानगरपालिका-१६ बसपार्क स्थित कार्यालय मातहत वडा […]
२१ साउन, काठमाडौं । परम्परागत राजनीतिको बनिबनाऊ बाटो छाडेर वैकल्पिक राजनीतिको गोरेटो कोर्ने बाँझो जमिन खन्न तम्सिएका ‘परिपक्व’ भनिएका अभियन्ताहरूले छोटै समयमा हार खाएका छन् । केहीले बाटो बदलेका छन् भने केहीले बाटो छाडेका छन् । सामान्यतः परम्परागत राजनीतिभित्रै विकल्प खोज्ने बाटो राजनीतिक विकल्प हो भने राजनीतिका आम चरित्रमा रुपान्तरण खोज्न नयाँ बाटो हिंड्ने अभ्यासलाई […]
२१ साउन, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले अधिवेशन प्रक्रिया रोक्न माग गरेको छ । बिहीबारदेखि शुरु भएको आफ्नो समूहका केन्द्रीय कमिटी सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता नै आफ्नो इच्छा र चाहना भएको बताएका छन् । नेता रघुजी पन्तका अनुसार १० बुँदे सहमति जुटाउने कार्यदलका संयोजक भीम रावलले सदस्यता […]
२१ साउन, बुटवल । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बोलाइएकोमा नेकपा एमालेले आपत्ति जनाएको छ । प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि आह्वान गरेको विशेष अधिवेशन संविधान विपरीत भएको एमालेको दाबी छ । एमाले लुम्बिनी प्रदेश संसदीय दलले बिहीबार गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक भूमिश्वर ढकालले संविधानको धारा १६८(१) अनुसार गठन भएको एकल बहुमतको […]
२१ साउन, काठमाडौं । नेपालमा नयाँ बन्ने सार्वजनिक भौतिक संरचना अपाङ्गमैत्री हुने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । बिहीबार मन्त्रालयमा स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपालका प्रतिनिधिसँगको भेटघाटमा मन्त्री शर्माले सार्वजनिक संरचना अपाङ्गमैत्री बनाइने बताएका हुन् । नेटवर्कका प्रतिनिधिले सार्वजनिक स्थल अपाङ्गमैत्री नभएको, तीन पाङ्ग्रे सवारी साधन आयातमा कर छुट, स्पाइनल इन्ज्युरीका कारण अपाङ्गता भएकाका लागि […]
२१ साउन, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आइतबारदेखि नियमित सेवा प्रवाह गर्ने भएको छ । यसअघि स्थानीय तहअनुसार आलोपालो गरेर सेवा प्रदान गर्दै आएको प्रशासनले अब नियमित रुपमा सेवा प्रवाह गर्ने भएको हो । जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गर्दै साउन २४ गतेदेखि कार्यालयबाट प्रदान गर्दै आएका सबै सेवाहरु स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइए […]
२१ साउन, काठमाडौं । नयाँ सरकार गठन भएको तीन हप्ता पूरा भइसक्दा पनि विभागीय मन्त्री नपाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा उच्च तहका कर्मचारीको पद पनि रिक्त भएको छ । मन्त्रालयमा एक सचिव पद रिक्त छ भने तीन वटा महत्वपूर्ण महाशाखासमेत नेतृत्वविहीन भएको छ । उमेर हदका कारण कृषि विकास तर्फका सचिव र दुई सहसचिव […]
२१ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पार्टी एकताको पक्षमा उभिन नेता कार्यकर्तालाई आह्वान गरेका छन् । अध्यक्ष यादवले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टीको पक्षमा रहन र एकतालाई मजबुत बनाउन आह्वान गरेका हुन् । उनले महन्थ ठाकुर पक्षमा लागेका नेता कार्यकर्तातर्फ संकेत गर्दै भनेका छन्, ‘आधिकारिकतासम्बन्धी निर्णय हुनुपूर्व कुनै कारणले अलग […]
२१ साउन, काठमाडौं । सडक विभागका पूर्व महानिर्देशक एवं वरिष्ठ इन्जिनियर रामबाबु शर्माको निधन भएको छ । उनको बुधबार अपराह्न २ बजेतिर ८३ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । भारतको कलकत्ताबाट सिभिल इन्जिनियरिङ र अमेरिकामा इन्जिनियरिङ सम्बन्धी थप प्रशिक्षण लिएका शर्माले सरकारी सेवामा सडक विभागको महानिर्देशक समेत बने । शर्माकै सक्रियतामा नेपाल […]
२१ साउन, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । विश्व स्तनपान सप्ताहको अवसरमा नगरपालिका बहुक्षेत्रीय पोषण इकाईद्वारा आधारभूत विद्यालय बरमझियामा आयोजित ‘सुनौलो हजार दिनको आमाहरुलाई पोषण झोला वितरण’ समारोहमा नगर प्रमुख वसन्तकुमार मिश्रले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरेका हुन् । सप्तरी जिल्लाको पहिलो खुला दिसामुक्त […]
from समाचार – Online Khabar https://ift.tt/3Cljx5d
via IFTTT






















