Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कार्यदलले बुझायो सरकारको न्यूनतम साझा कार्यक्रम

२२ साउन, काठमाडौं । सत्तारुढ दलहरुको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम शीर्ष नेताहरुलाई बुझाएको छ । अब नेताहरुले अध्ययन गरेर फाइनल गर्ने र छिट्टै सार्वजनिक हुने नेताहरुले बताएका छन् । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले तयार पारेको मस्यौदामा स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमिताको छानविन गर्ने र दोषीलाई कानूनी कारबाही गर्ने उल्लेख छ । […]

१६ वटा पाँचतारे होटेलमा ३ हजार ६१२ जनालाई प्रत्यक्ष रोजगारी

२२ साउन, काठमाडौं । नेपालमा सञ्चालनमा रहेका १६ वटा पाँचतारे होटेलले कुल ३६१२ जना कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिएको पाइएको छ । पर्यटन विभागमा दर्ता भएका यी होटेलले आफ्नो कर्मचारी विवरणमा उक्त संख्या टिपाएका छन् । विभागको तथ्यांकअनुसार नेपालको आतिथ्य उद्योगमा सबैभन्दा बढी सोल्टी होटेलले रोजगारी सिर्जना गरेको छ । विभागसँग रहेको तथ्यांक अनुसार सोल्टी होटेलले […]

रामचन्द्र पौडेल पक्षले बोलायो जिल्ला सभापतिहरुको भेला

२२ साउन, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिहरुको भेला बोलाएको छ । १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमा हुने सम्भावना टर्दै गएपछि पौडेल पक्षले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला बोलाएको हो । यसअघि काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुसँग पौडेल पक्षका नेताहरुले पटक–पटक छलफल गर्दै आएका थिए । ती छलफलहरुमा सहभागीहरुले अब सबैसँग छलफल गर्नुपर्ने […]

एभिसी सेन्ट्रल जोन भलिबल दुई समूहमा हुने, नेपाल सम्मिलित साउथ एसियाको खेल डिसेम्बरमा

२२ साउन, काठमाडौं । एसियाको मध्य राष्ट्रहरु सम्मिलित सेन्ट्रल जोन भलिबल प्रतियोगिता यस पटक दुई समूहमा हुने भएको छ । यसअघि एभिसी सेन्ट्रल जोन महिला र पुरुषको एक मात्र प्रतियोगिता हुँदै आएको थियो । यस पटक भने सेन्ट्रल जोनको पनि उत्तरी क्षेत्र र दक्षिण क्षेत्रको फरक प्रतियोगिता हुन लागेको छ । सेन्ट्रल एसिया भलिबल च्यालेन्ज […]

कक्षा ११ को परीक्षा दिंदै सात दिनकी सुत्केरी

२२ वैशाख, काठमाडौं । म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका–४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की परीक्षार्थी चनिषा घर्तीमगर सुत्केरी अवस्थामै परीक्षामा सहभागी भएकी हुन् । विद्यालयको शिक्षाशास्त्र विषय समूहमा अध्ययनरत […]

कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन बुझाउँदै

२२ साउन, काठमाडौं । संयुक्त सरकारका साझा कार्यक्रम तय गर्न गठित कार्यदलले शुक्रबार प्रतिवेदन बुझाउँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई कार्यदलले सरकारका न्यूनतम साझा कार्यक्रम समेटिएको प्रतिवेदन बुझाउन लागेको हो । प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताहरु पनि सहभागी हुने र त्यहीं प्रतिवेदन बुझाइने कार्यदलका सदस्य सचिव केशवप्रसाद जोशीले जानकारी दिए । नेपाली […]

‘स्वार्थी पात्र’हरूको दबदबा : सरकारदेखि संसदसम्म

अस्पताल सञ्चालक स्वास्थ्य मन्त्री, विकास समितिमा ठेकेदार र भ्रष्टाचारका आरोपी लेखा समितिमा । नेपालमा सार्वजनिक पदमा पुगेर आफ्नो हितमा काम गर्ने प्रवृत्ति प्रचुर ।

‘व्यापारीहरू मन्त्रिपरिषदमा पुग्दा स्वार्थको द्वन्द्व हुन्छ’

सार्वजनिक पद धारण गरेको अवस्थामा स्वार्थको द्वन्द्व हुन्छ भने त्यस्तो काम कारोबारबाट त्यो व्यक्ति अलग हुनुपर्छ भन्ने विश्वव्यापी मान्यता छ । भ्रष्टाचार नियन्त्रण सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमै स्वार्थको द्वन्द्व हुने गरी कामकारबाही गर्न हुँदैन भनेर उल्लेख छ । नेपाल त्यो महासन्धिको पक्ष राष्ट्र हो । जस्तै सरकारको सचिव भएको मान्छेले अवकाशपछि समेत सरोकार जोडिएका व्यवसायमा जानुहुँदैन […]

‘जसको स्वार्थ बाझिन्छ उही उपसमिति संयोजक’

सांसदहरूलाई विषयगत समितिमा पठाउँदा सम्बन्धित दलको पदाधिकारीहरूले ध्यान दिनुपर्ने हुन्छ । स्वार्थ बाझिने समितिमा सदस्य रहने गरी मनोनयनका लागि सिफारिश गरिनुहुन्न । अहिलेसम्म यस्तै हुँदै आएको देखिन्छ, यो नै बेठीक छ । सांसदहरूले आफैं जुन विषयमा आफ्नो व्यक्तिगत स्वार्थ जोडिन्छ, त्यस विषयमाथिको छलफलबाट अलग हुनुपर्छ । स्वार्थ बाझिने समितिमा सदस्य भएर जानु नै हुँदैन । […]

महेन्द्र विष्टद्वारा एनटिभीको कार्यकारी अध्यक्ष पदबाट राजीनामा

२२ साउन, काठमाडौं । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले राजीनामा दिएका छन् । तत्कालीन प्रधामन्त्री केपी शर्मा ओलीको पालामा चार वर्षका लागि नेपाल टेलिभिजनमा नियुक्त भएका विष्टले वर्तमान प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री शेरबहादुर देउवासमक्ष विहीबार राजीनामा दिएका हुन् । विष्टले आफ्नो कार्यकालमा नेपाल टेलिभिजनका सबै च्यानलहरूलाई एचडी प्रविधिमा रुपान्तरण गर्ने, […]

अब बर्खामा टुट्ने छैन तमानको सम्बन्ध

२२ साउन, गलकोट । बागलुङ जिल्लाकै दुर्गम मानिएको तमानखोलामा यस पटक खोला बढेर यातायात रोकिएन । बर्खामा तीन महिना यातायात ठप्प हुने तमानखोला गाउँपालिकामा यस वर्षदेखि बाह्रैमास सवारी सञ्चालन भएका छन् । जिल्लाको दोस्रो व्यापारिक सहर बुर्तिवाङ बजारबाट तमानखोलाको केन्द्र बोङ्गादोभान पुग्ने सडक र दुई पक्की पुल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण गरेसँगै यात्रुलाई सहज भएको […]

राष्ट्रपतिद्वारा कोरोना नियन्त्रणबारे प्रधानमन्त्रीसँग चासो व्यक्त

२२ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार भएको भेटमा समसामयिक विषयमा छलफल भएको थियो । राष्ट्रपतिले कोरोना महामारी नियन्त्रण, प्रभावितहरूको उपचार तथा जनस्वास्थ्यका विषयमा सरकारले गरेका कामबारे चासो व्यक्त गर्दै प्रधानमन्त्रीबाट जानकारी लिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । राष्ट्रपति र प्रधानमन्त्रीबीचको उक्त […]

लुटपाटको झुठो उजुरी दिने मामा-भान्जा पक्राउ

२२ साउन, जनकपुरधाम । महोत्तरी प्रहरीले लुटपाटको झुठो उजुरी दिएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । सोनमा गाउँपालिका–१ बस्ने ३७ वर्षीय मोलाजिम मोमिन र जलेश्वर नगरपालिका–९ बस्ने ऐनुल अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु मामा–भान्जा हुन् । मेलाजिमले मामाको घरबाट ३ लाख रुपैयाँ लिएर गत साउन १९ गते घरतिर आइरहँदा सोनमा गाउँपालिका […]

भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान देशभर सुरु

२२ साउन, काठमाडौं । कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुले आजदेखि दोस्रो डोज पाउने भएका छन् । भेरोसेलको पहिलो डोज खोप लगाएर २१ दिन पूरा भएकाहरुलाई देशैभर दोस्रो डोज खोप लगाउन लागिएको हो । दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ । काठमाडौंका सबै पालिकामा खोप केन्द्र तोकिएको छ । आफूलाई […]

भन्सार छलीका ५९५ थान मोबाइलसहित दुई जना पक्राउ

२२ साउन, काठमाडौं । भन्सार छलेर अवैध रुपमा भित्राइएको ७० लाखभन्दा बढी मूल्य बराबरका ५९५ थान मोबाइल सेट सहित दुई जनालाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । बिभिन्न ब्राण्डका ५९५ थान मोबाइलसहित चितवनको भरतपुर महानगरपालिका बस्ने ४३ वर्षीय अर्जु्न ढकाल र गाडीका चालक ४० वर्षीय इन्द्रलाल श्रेष्ठलाई पक्राउ गरिएको नवलपुर प्रहरी कार्यालयका डिएसपी दिलिप गिरीले […]

भाइरल तस्वीरमा देखिएका युवा को हुन् ?

२१ साउन, काठमाडौं । देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा एमालेसम्वद्ध राष्ट्रिय युवा संघले बिहीबार प्रदर्शन गर्यो । मनोहरा सुकुम्बासी बस्तीबाट मूल सडकसम्म निकालिएको जुलुसमा सुकुम्बासीभन्दा युवा संघका नेता कार्यकर्ता धेरै थिए । युवा संघको त्यही प्रदर्शनको एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । निधारमा कालो फेटा बाँधेका युवाले […]

केन्द्रीय सदस्यहरुसामु नरम सुनिए माधव नेपाल

२१ साउन, काठमाडौं । पार्टी एकता कि विभाजन भन्ने अन्यौल कायमै रहेका बेला नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बिहीबार केन्द्रीय सदस्यहरुलाई सम्बोधन गरे । नेताहरुका अनुसार तुलनात्मक रुपमा नरम देखिएका नेता नेपालले पार्टी एकता आफ्नो इच्छा भएको मात्र मात्र बताएनन्, अमर्यादित ढंगले शब्दहरु प्रयाेग नगर्न नेताहरुलाई आग्रह समेत गरेका छन् । २७ असारमा भएको […]

ज्यानकै परवाह गरेका छैनौं, पद त आवधिक न हो

२१ साउन, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता गुमाएपछि पार्टीविहीन जस्तै अवस्थामा पुगेका महन्थ ठाकुर मधेश झरेका छन् । तराई/मधेशको अधिकारका लागि भन्दै नेपाली कांग्रेस परित्याग गरी आन्दोलनमा होमिने नेता हुन् महन्थ ठाकुर । कांग्रेसबाट बाहिरिएपछि तराई मधेश लोकतान्त्रिक पार्टी गठन गरेका ठाकुरले मधेशमा सक्रिय ६ दल मिलाएर राष्ट्रिय जनता पार्टी (राजपा) बनाए […]

कर उठाउन काठमाडौं महानगरले थाल्यो ‘कटुवाल प्रथा’

२१ साउन, काठमाडौं । साउन १३ गते काठमाडौं महानगरका राजस्व अधिकृत प्रदीप कोइरालाको नेतृत्वमा नगर प्रहरीको टोली ‘कृषि सामग्री कम्पनी लिमिटेड’को कुलेश्वरस्थित कार्यालयको गेटमा पुग्यो । माइकिङ गर्न थाले, ‘कृषि समाग्री कम्पनी लिमिटेडलाई छिटो कर तिर्न आह्वान गरिन्छ ।’ लगातार आधा घण्टा माइकिङ गरेर नगर प्रहरी फर्कियो । कम्पनीले महानगरसँग यसबारे सोधपुछ गर्दा थाहा भयो, […]

आरक्षणसम्बन्धी सर्वोच्चको फैसला ऐतिहासिक तरमाराहरूकै पक्षमा

केही दिनअघि सर्वोच्च अदालतबाट समावेशीकरणसँग सम्बन्धित विषयमा पहिला भएको फैसलाको पूर्ण पाठ आएको छ । विनयकुमार पञ्जियारले चिकित्साशास्त्रमा स्नातकोत्तर एमडी अध्ययनका लागि भर्ना हुँदा नै आफू आरक्षण पाउने समूहमा परेकोले आरक्षण पाउनुपर्ने दाबी गरी सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । यो सम्बन्धी फैसला १ पुस २०७७ मा नै भएको हो र हालै फैसलाको पूर्ण […]

एसईईको नतिजा आगामी हप्ता आउने

२१ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल आगामी हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बिहीबार राष्ट्रिय परीक्षा बोर्डमा एसईईको मूल्यांकन प्रगतिबारे छलफल गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । अध्यक्ष पौडेलले भने ‘आज एसईईको मूल्यांकन प्रगतिबारे बुझ्दा प्राविधिक सम्पादन मात्रै बाँकी रहेको पाइयो । आगामी हप्ताभित्र सार्वजनिक हुन्छ ।’ गत […]



from समाचार – Online Khabar https://ift.tt/3AaK8QG
via IFTTT
Powered by Blogger.