समाचार
२३ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिए । कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण परीक्षा सञ्चालन […]
२३ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ । विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गरेको हो । विद्यालयबाट आएको मूल्यांकनलाई प्रमाणीकरण गरी सार्वजनिक गरिएको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए । विद्यालयको आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेकोले […]
२३ साउन, ताप्लेजुङ । खानेपानीको चरम अभाव रहेको पाथीभरा मन्दिर क्षेत्रका लागि सञ्चालित खानेपानी आयोजनाको निर्माणमा अवरोध भएको छ । आयोजनाको ८० प्रतिशत भन्दा बढी काम सकिनै लाग्दा ट्याङ्कीसहित मुख्य संरचना रहने क्षेत्रको जग्गामा विवाद भएपछि निर्माणमा अवरोध भएको हो । करिब चार किलोमिटर तल रहेको मुहानबाट लिफ्टिङ गरी मन्दिरसहित आसपासका बस्तीमा खानेपानी पुर्याउने लक्ष्यसहित […]
‘बाँदरको हातमा नरिवल’, ‘बाँदरले आफ्नो घर पनि बनाउँदैन, अरूको पनि भत्काइदिन्छ’, ‘नखाउँ भने दिनभरको शिकार, खाउँ भने कान्छा बाबुको अनुहार’, ‘बाँदरको पुच्छर लौरो न हतियार’… इत्यादि । यसरी नेपाली समाजले बाँदरलाई तुच्छ प्राणी मानेको छ । यी उखान-टुक्कामा झल्कने मनोविज्ञान अनुसारै बाँदरप्रति मान्छेको व्यवहार छ । सरकारमा ‘बाँदरहरूको आफ्नो देश हुँदैन बाँदरहरूको निश्चित भेष हुँदैन […]
२३ साउन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी नेतृ एवम् पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्यालले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्नुको औचित्य पुष्टि गर्न सरकारलाई चुनौती दिएकी छन् । १२ लाख भूमिहीन गरिव नागरिकलाई आगामी असोजबाट जग्गाधनी लालपूर्जा उपलब्ध गराउने गरी आयोगले काम गरिरहेका बेला सरकारले उनीहरुमाथि गम्भीर चोट पु¥याउने […]
२३ साउन, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई मातृशोक परेको छ । उनकी आमा महेन्द्रादेवी भट्टराईको शनिबार ९५ वर्षको उमेरमा निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् । परिवारका अनुसार उनको अन्तिम संस्कार आइतबार विहान पशुपति आर्यघाटमा गरिनेछ ।
२३ साउन, काठमाडौं । सरकारले विघटित भूमिसम्बन्धी आयोगमा पुन: गठन गरी भूमिहीनलाई जग्गाको स्वामित्व प्रदान गर्न गम्भीरतापूर्वक गृहकार्य गरिरहेको जनाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले अघिल्लो सरकारले गरेको आयोग गठनमा केही प्रक्रियागत, कानूनी र प्राविधिक कमजोरी देखिएकाले यसलाई परिमार्जन र परिस्कृत गरेर नयाँ आयोग गठन गर्ने बताए । ‘सरकारले यसलाई गम्भीरतापूर्वक लिएको छ । यसबाट […]
कक्षा १ मा पढ्दा नै आफ्नो आप्पाले संगीत सिकाउन पढाएपछि आर्यन तामाङ दुःखी भए । उनको संगीतमा लाग्ने चाहना फिटिक्कै थिएन । यसैले, संगीत अध्ययन गर्न जाँदा उनी कैयौं पटक रोए । उनका आप्पा दार्जिलिङका राम्रा कलाकार थिए । तर, दार्जिलिङ संगीतका लागि सानो बजार हुँदा आर्यनका आप्पाले आफूलाई ठूलो बजारमा चिनाउने मौका नै पाएनन् […]
२३ साउन, काठमाडौं । गत आर्थिक वर्षमा नेपालले एक अर्ब ६५ करोड रुपैयाँ मूल्य बराबरका डाइपर आयात गरेको छ । सो अवधिमा विभिन्न १५ मुलुकबाट उक्त मूल्य बराबरका १० करोड ५५ लाख थान डाइपर आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार तीमध्ये सबैभन्दा बढी भारतबाट एक अर्ब ५० करोड रुपैयाँ मूल्य बराबरका करिब […]
२३ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले म नै सर्वज्ञानी हुँ भन्ने अहंकारले पार्टीभित्र समस्या देखिएको टिप्पणी गरेका छन् । शनिबार आफू पक्षीय जनवर्गीय संगठनहरुले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टीभित्र देखिएको समस्या समाधान गर्नका लागि आफू एक्लैको प्रयासले सम्भव नहुने पनि बताए । ‘हामी कहाँ पनि अहंकारका प्रवृत्तिहरु देखा परे […]
२३ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफूले सञ्चालन गर्ने परीक्षा स्थगित नहुने जानकारी दिएको छ । हाल त्रिविमा सबैजसो संकायको स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन भइरहेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिविका परीक्षा स्थगित नहुने अनलाइनखबरलाई जानकारी दिए । स्नातक तह प्रथम वर्षको व्यवस्थापन संकायको परीक्षा शुक्रबार नै सकिएको छ भने विज्ञान र […]
२३ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३,२१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,८६६ जनाको पीसीआर परीक्षणमा २,२३१ र ४,७०७ एन्टिजेन परीक्षणमा ९८७ जना गरी ३२१८ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको […]
२३ साउन, काठमाडौं । जलविद्युत् कम्पनीको संस्थापक सेयरमा लगानी गरेका लगानीकर्ताको तीन वर्षको ‘लकिङ पिरियड’ सकिएपछि धमाधम मूल्य बढाएर बिक्री गर्न थालेपछि धितोपत्र बजारमा नयाँ नयाँ कीर्तिमान देखिन थालेको छ । लगानीकर्ताका आत्मविश्वासको मात्रामा वृद्धि भएको छ भने साधारण सेयर बिक्री गर्ने कम्पनीको सङ्ख्यामा पनि वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थामा एथेष्टमात्रामा तरलता […]
२३ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा आवद्ध युवा संघ नेपाल अन्तर्गतको पिपुल्स भोलेन्टियर्स (पिभी)ले काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा सफाइ गरेको छ । ‘महिनामा २ दिन २ घण्टा मेरो राष्ट्रका लागि’ भन्ने अभियान अन्तर्गत पिभीले शनिबार बिहान सो अस्पताल परिसरमा सफाइ अभियान सञ्चालन गरेको हो । शिक्षा र स्वास्थ्य […]
२३ साउन, काठमाडौं । उदयपुरको बेलका नगरपालिकाले ६० लाख रुपैयाँ लागतमा सुँगुरको प्रतिमा बनाएको छ । नगरपालिका– ७ मैनामैनीमा पर्यटन प्रवद्र्धन गर्ने भन्दै नगरपालिकाले बराह (सुँगुर) को प्रतिमा बनाएको हो । मेयर दुर्गाकुमार थापाका अनुसार बराहको प्रतिमा बनाउनका लागि आर्थिक वर्ष २०७६/७७ मा बजेट विनियोजन गरिएको थियो । ‘अघिल्लो २ वर्षदेखि बनाउन शुरु गरिएको बराहको […]
२३ साउन, काठमाडौं । काठमाडौंबाट प्रहरीले लागूऔषध खैरो हिरोइनसहित शुक्रबार दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३ धारापाटी बस्ने नेपालगञ्ज नगरपालिकाका सुवास बराल र बाँकेको नरैनापुरका मोविन जोलाहा पक्राउ परेका हुन् । प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनीहरुको साथबाट २० ग्राम खैरो हिरोइन, लागू औषध जोख्ने तराजु, ३ थान मोवाइल, ८२ हजार नेपाली रुपैयाँ, ९ […]
२३ साउन, डोटी । कैलालीका एक युवक बिहानबिहानै सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायल पुगे । नागरिकता प्रमाण पत्र र शैक्षिक योग्यताका प्रमाण पत्र बोकेका उनी प्रहरी जवान पदको अन्तर्वार्तामा सहभागी हुन पुगेका थिए । शारीरिक अभ्यास र लिखित परीक्षामा उनको राम्रो नतिजा देखिएको थियो । तर, अन्तर्वार्तामा उनको प्रस्तुति देखेर प्रश्नकर्तालाई शंका लाग्यो । ‘उनको […]
२३ साउन, काठमाडौं । कोरोना भाइरसविरुद्ध चिनियाँ भेरोसेल खोपको दोस्रो डोज लगाउन हाल काठमाडौंसहित देशभर खोप अभियान सञ्चालन भइरहेको छ । काठमाडौं उपत्यकाको खोपकेन्द्रहरुमा सर्वसाधारणको लामो लाइन छ । शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १० स्थित रत्नराज्य माध्यामिक विद्यालयमा दोस्रो चरणको भेरोसेल खोप लगाउन पुगेका स्थानीयहरुले खोप लगाउन धेरैको बाँकी रहेको भन्दै हरेक वडाको ३ […]
२३ साउन, रौतहट । रौतहटमा कोरोना संक्रमितको संख्या बढदै गएपछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षाका लागि कडाइ गर्न थालेको छ । नेपाल मास्क अभियान अन्तर्गत ‘तपाईंको मास्क खै ?’ कार्यक्रमको आज बिहान गौरको बिपी चोकमा सुरुआत गर्दै जिल्ला स्वास्थ्य कार्यालय तथा सुरक्षा निकायले निःशुल्क रुपमा सर्वसाधारणलाई मास्क वितरण गरेका छन् । अनिवार्य रुपमा मास्क लगाउन […]
२३ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गर्ने […]
२३ साउन, काठमाडौं । समाजशास्त्र केन्द्रीय विभाग तेस्रो सेमेस्टरका विद्यार्थीहरुले परीक्षा केन्द्र पाटन गुण्डाहरुको नियन्त्रणमा रहेको भन्दै परीक्षा दिन नसक्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकबाट वक्तव्य जारी गर्दै विद्यार्थीहरुले ‘पाटन क्याम्पसको परीक्षा केन्द्र नै सम्पूर्ण रुपमा गुण्डाहरुको नियन्त्रणमा रहेकाले हामी यथास्थितिमा सोही क्याम्पसमा परीक्षा दिन असमर्थ रहेको जानकारी गराउन चाहन्छौं’ भनेका छन् । त्रिभुवन […]
from समाचार – Online Khabar https://ift.tt/3xv9IhE
via IFTTT





















