Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

दाजुभाइको लोभलाग्दो उद्यम

२० साउन, गलकोट । बागलुङ जिल्लाका काठेखोला गउँपालिका-७ रेश पीपल डाँडाका गिरी थापा र मीन थापा दुई भाइ मात्र होइनन्, पेशाका हिसाबले दुवै जना शिक्षक पनि हुन् । यद्यपि गिरी थापा २०५३ सालमा शिक्षक पेसा छाडेर कतार गए । कतारमा १५ वर्ष बसेर नेपाल फर्कनुभएका गिरीले भाइ मीनसँगै मिलेर बहुआयामिक व्यवसाय गर्ने सोच बनाए । […]

उच्च जोखिमका घरमा नबस्न मेलम्ची नगरपालिकाको अपिल

२० साउन, काठमाडौं । मेलम्ची नगरपालिकाले जोखिमयुक्त घरमा नबस्न नगरवासीलाई आग्रह गरेको छ । पहिरो गएको मुहान क्षेत्रबाट अझै पनि पहिरो आउने सम्भावना रहेको र वर्षाततको समय भएकाले मेलम्चीको तल्लो बजारका घरहरु सफा गर्ने र त्यहीं बस्ने गरी थालिएको तयारी जोखिमका हिसाबले उपयुक्त नभएको नगरपालिकाको भनाइ छ । नगर प्रमुख डम्बर अर्यालले जारी गरेको एक […]

सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बस्दै

२० साउन, काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने प्रयासमा जुटेको सत्ता पक्षीय कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक आज बिहान बालुवाटारमा बस्ने र न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने कार्यदलका एक सदस्यले जानकारी दिए । मंगलबार बिहान र बेलुकी दुई पटकसम्म कार्यदलको बैठक बसे पनि अन्तिम टुंगो लगाउन भने सकेको […]

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चार जनाको मृत्यु

२० साउन, काठमाडौं । अफगानिस्तानका रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा आक्रमण भएको छ । सो घटनामा चार जना मारिएका छन् । हतियारधारी समूहले कार बम र गोलीमार्फत् आक्रमण गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । आक्रमणको समयमा रक्षामन्त्री बिस्मिल्लाह भने थिएनन् । उनका परिवारका सदस्यहरुलाई पनि सुरक्षित तरिकाले बाहिर निकालिएको थियो । यो घटनामा चार […]

देउवा-निधिबीच वार्ता : नेतृत्वमा दुवैको दाबी

१९ साउन काठमाडौं । क्रियाशील सदस्यता विवाद पेचिलो बन्दै जाँदा नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन अनिश्चित बनेको छ । तर नेतृत्वका आकांक्षीहरुको दौडधुप कायमै छ । संस्थापन समूहबाटै सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि र पूर्वउपसभापति गोपालमान श्रेष्ठको दाबी छ । र, तीनै नेताले एकअर्काको सहयोग खोजेका छन् । मंगलबार भेटेका सभापति देउवा र उपसभापति […]

सरकारमाथि डगमगाएको विश्वास

१९ साउन, काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको डोरी काटिदिएपछि दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेर वेपत्ता भएको पाँच दिन बित्यो । अहिलेसम्म न जयसिंहको सास भेटिएको छ, न लास ! सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलको ज्यादतीबारे चौतर्फी विरोध भएपछि सरकारले पनि छानविन समिति बनाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले सोमबार राष्ट्रियसभा […]

लुम्बिनीका मन्त्री भन्छन् : अविश्वास प्रस्तावको सामना गर्छौं

१९ साउन, बुटवल । लुम्बिनी प्रदेश सरकारले विपक्षी गठवन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता गरेको अविश्वास प्रस्तावको ‘फेस’ गर्ने सरकारले बताएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदको हस्ताक्षरसहित विपक्षी गठवन्धनले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । साथै प्रदेश प्रमुखसमक्ष विशेष […]

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव : विपक्षीले रोजेको असंवैधानिक बाटो

१९ साउन, काठमाडौं । विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध मंगलबार प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका छन्, जसलाई संवैधानिक कानूनका जनकारहरुले भने संविधान अनुकुल नभएको बताएका छन् । मुख्यमन्त्री पोखरेलमाथि प्रदेशसभाको विश्वास छैन भनी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ जना सांसदले मंगलबार प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता […]

स्वास्थ्य राज्यमन्त्रीको पहिलो सरुवामै प्रधानमन्त्रीको अंकुश

१९ साउन, काठमाडौं । सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले युनिफाइड केन्द्रीय अस्पतालका प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई सरुवा गरेर उनको ठाउँमा ट्रमा सेन्टरका चिकित्सक डा. रुद्र मरासिनीलाई नियुक्त गरे । मरासिनीले स्वास्थ्य मन्त्रालयमा पुगेर युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकृतको नियुक्तिपत्र बुझे । नियुक्तिको समाचार सञ्चार माध्यममार्फत सार्वजनिक भएपछि उनलाई बधाईको ओइरो लाग्यो । […]

विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउने तयारी

१९ साउन, काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले मंगलबार मात्र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् । उनले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा कार्यकारी निर्देशक शाक्यलाई बोलाएर राजीनामा मागेकी हुन् । कार्यकारी […]

कैलालीमा ८ लाख असुलेर प्रहरीले जुवाडे भगाएको आरोप

१९ साउन, धनगढी । कैलालीमा प्रहरीले पैसा असुलेर जुवाडे भगाएको आरोप लागेको छ । सोमबार साँझ धनगढी उपमहानगरपालिका–३ मिलनचोकस्थित एक रेष्टुरेन्टमा जुवा भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह आरआईटीबाट प्रहरीको टोली पुगेको थियो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोली जुवाडेसँग भएको झण्डै ८ लाख रुपैयाँ बरामद […]

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

१९ साउन, काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले देवीप्रसाद ज्ञवाली नेतृत्वको आयोग खारेज गरेको हो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न भन्दै देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा २ वैशाख २०७७ मा आयोग गठन गरेको थियो । उक्त आयोगले ७७ […]

रवीन्द्र मिश्रलाई पाण्डेसहित ४ नेताको काउन्टर : उल्टो हिँडेर अगाडि बढिँदैन

१९ साउन, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रको दस्तावेजलाई काउन्टर दिँदै चार नेताले नयाँ प्रस्ताव ल्याएका छन् । प्रस्तावमा जनआन्दोलनको उपलब्धीलाई उल्ट्याउने आफूहरुको कार्यभार नभएको भनिएको छ । ‘लोकतन्त्रमाथि प्रश्न गर्दै हिँड्नु र शाहीतन्त्रका पाउमा वैकल्पिक राजनीतिलाई समर्पित गर्नु हाम्रो कार्यभार होइन’ प्रस्तावमा भनिएको छ, ‘गणतन्त्रभन्दा राजतन्त्रलाई राम्रो भनेर असंगत तर्कहरुलाई मलजल गर्नु […]

सामाजिक सुरक्षा कोषमा आवद्ध हुन दबाब नदिन सर्वोच्चको अन्तरिम आदेश

१९ साउन, काठमाडौं । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्था स्वेच्छाले आवद्ध भएकामा बाहेक सामाजिक सुरक्षा कोषमा आवद्ध हुन दबाब नदिन अन्तरिम आदेश जारी गरेको छ । बैंकका कर्मचारीले दिएको रिटमा सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने सम्बन्धमा भएका सबै कामकारबाही […]

बीपी प्रतिष्ठानमा उपकरण दुरुस्त नहुँदा कैयौंले अकालमा ज्यान गुमाए : प्रतिवेदन

१९ साउन, काठमाडौं । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई विचौलियाले प्रभाव पारेर सेवाको गुणस्तर खस्काएको र अनियमितता गरेको भेटिएको छ । पदाधिकारीको ध्यान सामान खरिद र कमाउनमा नै केन्द्रित भएका कारण अस्पतालको सेवा चुस्त दुरुस्त हुन नसकेको सरकारी अध्ययन समितिले निष्कर्ष निकालेको छ । अध्ययन समितिले अस्पतालका सामग्री र उपकरण चुस्त दुरुस्त नहुँदा […]

बीपी प्रतिष्ठानका उपकुलपतिको योग्यतामा अध्ययन समितिले उठायो प्रश्न

१९ साउन, काठमाडौं । सरकारी अध्ययन समितिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको योग्यतामाथि प्रश्न उठाएको छ । समितिले गिरीसँग प्राध्यापक उपाधि पुष्टि हुने आधिकारिक कागजात सात दिनभित्र माग गरेको छ । सात दिनमा कागजात पेश गर्न नसकेमा आफूलाई प्राध्यापक दाबी नगर्न निर्देशन दिने र कानून अनुसार अन्य प्रक्रिया अगाडि बढाउन अध्ययन […]

अध्ययन समितिको निष्कर्ष : बीपी प्रतिष्ठानमा ३० हजारको सामान ५ लाखमा खरिद 

१९ साउन, काठमाडौं । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेका विभिन्न सामग्री खरिदमा अनियमितता भएको सरकारी अध्ययन समितिले निष्कर्ष निकालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित अध्ययन समितिले खरिदमा अनियमितता भएको निष्कर्ष निकालेको हो । अनियमितता पुष्टि भए संलग्न पदाधिकारी तथा कर्मचारीमाथि भ्रष्टाचारको आरोप आकर्षित हुन्छ । ‘उपचारसँग सम्बन्धित […]

पर्यटन व्यवसायीलाई यथाशक्य खोप उपलब्ध हुन्छ : राज्यमन्त्री श्रेष्ठ

१९ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले पर्यटन क्षेत्रका श्रमिक तथा व्यवसायीलाई यथाशक्य कोरोनाको खोप उपलब्ध गराउने बताएका छन् । होटल सङ्घ नेपाल(हान)का अध्यक्ष सिर्जना राणासहितको प्रतिनिधिमण्डलसँगको भेटमा राज्यमन्त्री श्रेष्ठले सो आश्वासन दिएका हुन् । हानले बुधबार जारी गरेको विज्ञप्तिमा कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेका विश्वका कतिपय मुलुकका नागरिक नेपाल आउन तत्पर […]

न्यायालयमा विकृति : पटक-पटक प्रतिवेदन तयार हुन्छ कार्यान्वयन हुँदैन 

१९ साउन, काठमाडौं । न्यायालयको विकृति/विसंगतिबारे अध्ययन गर्न गठन भएको समितिले प्रतिवेदन पेश गरेको दुई दिनपछि गएको आइतबार सर्वोच्च अदालतले एक सूचना निकाल्यो । र स्वचालित पेशी सूची निकाल्ने तयारी पूरा नहुँदासम्म गोलाप्रथाबाट पेशी तोक्न भनेर देशभरका जिल्ला र उच्च अदालतहरूमा परिपत्र गर्‍यो । तर सर्वोच्च अदालतमा त्यो प्रणाली कहिलेदेखि लागू हुने हो, विज्ञप्तिमा केही […]

माधव नेपालले बोलाए आफू निकट केन्द्रीय सदस्यहरुको बैठक

१९ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बुधबार बिहान ११ बजे बस्ने गरी उनले बैठक बोलाएका हुन् । एक नेताका अनुसार उपत्यका बाहिर रहेका केन्द्रीय सदस्यहरु आइनपुग्ने अवस्था रहे बैठक सर्ने सम्भावना पनि छ । नेता नेपालले जारी एकता प्रक्रियाबारे छलफल […]

‘न्यायाधीशले नै ‘श्रीमान् यो भाञ्जीको मुद्दा हो, हेरिदिनुपर्‍यो’ भन्ने बिचौलियापन छ’

प्रकाश वस्ती वरिष्ठ अधिवक्ताको हैसियतमा सर्वोच्च अदालत बार एशोसिएसनले २०६४ सालमा गठन गरेको ‘न्यायपालिका जनआस्था अभिवृद्धि अध्ययन समिति’का सदस्य समेत थिए । त्यो समितिले न्यायालयमा प्रचलनमा रहेभन्दा कडा भाषामा बिचौलिया लगायतका कारणले अदालतभित्र अनियमितता/भ्रष्टाचार छ भनेर प्रतिवेदन दिएको थियो । त्यसपछि वस्ती सर्वोच्च अदालतको अस्थायी न्यायाधीश पदमा नियुक्त भए । त्यसपछि सर्वोच्च अदालतले २०६६ सालमा […]



from समाचार – Online Khabar https://ift.tt/3A8JeUR
via IFTTT
Powered by Blogger.