Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

गुल्मीका युवाले भैंसीपालन व्यवसाय गरेर राम्रो आम्दानी गर्दै

१८ साउन, गुल्मी । गुल्मीमा पछिल्लो समय व्यावसायिक रुपमा भैंसीपालनतर्फ आकर्षण बढ्न थालेको छ । भैंसीको दूधको मूल्य र माग पनि बढी हुन थालेपछि यसतर्फ किसानहरुको आकर्षण बढ्न थालेको हो । रेसुङ्गा नगरपालिका–१२ का नेत्रबहादुर बस्नेतले भैंसीपालन व्यवसायबाट गाउँमै बसेर मनग्य आम्दानी गर्ने गरेका छन् । रोजगारीको खोजीमा युवाहरु विदेशिने क्रम बढिरहेको बेला बस्नेत भने […]

उपराष्ट्रपतिसँग प्रधानसेनापति थापाको बिदाइ भेट

१९ साउन, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनसँग प्रधानसेनापति पूर्णचन्द्र थापाले बिदाइ भेट गरेका छन् । मंगलबार बिहान ९ बजे उपराष्ट्रपति निवासमा पुगेर थापाले बिदाइ भेट गरेका हुन् । उपराष्ट्रपतिलाई भेट्न थापाले कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारीमा रहेका बलाधिकृत रथी प्रभुराम शर्मालाई पनि सँगै लिएर गएका थिए । प्रधानसेनापति थापाको तीन वर्षे पदावधि आगामी भदौ २४ गते […]

नक्कली पेस्तोल देखाइ धम्की दिएको अभियोगमा दुईजना पक्राउ

१९ साउन, काठमाडौं । नक्कली पेस्तोल देखाइ धम्की दिएको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । कागेश्‍वरी मनोहरा नगरपालिका-८ बस्ने २५ वर्षीय अलबहादुर बम र सोही ठाउँ बस्ने हुम्ला खार्पुनाथ गाउँपालिका-१ घर भएका १८ वर्षीय किशोर रहेका छन् । कागेश्‍वरी मनोहरा नगरपालिका-७ मुलपानी भैरबचौरस्थित भैरब बचत तथा ऋण सहकारी संस्थामा नक्कली पेस्तोल देखाई धाकधम्की दिएको […]

कांग्रेसको पौडेल पक्षको बैठक बस्दै

१९ साउन, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक आज बस्दै छ । क्रियाशील सदस्यता विवाद, आगामी महाधिवेशन र सरकारका विषयमा छलफल गर्न बैठक बस्न लागेको एक नेताले बताए । बैठक दिउँसो २ बजेपछि नेता प्रकाशमान सिंहको निवास ठमेलमा बस्ने तय भएको प्रकाशमानको सचिवालयका एक सदस्य युपी लामिछानेले जानकारी दिए । कांग्रेसमा क्रियाशील सदस्यताको […]

डोटीमा बर्सेनि बढ्दैछन् सम्बन्ध विच्छेदका घटना

१९ साउन, डोटी । डोटी शिखर नगरपालिकाका ३१ वर्षीय रमेश जोशी (नाम परिवर्तन) केही दिनअघि डोटी जिल्ला अदालत आए । उनी श्रीमतीसँग सम्बन्ध विच्छेद गर्ने भन्दै निवेदन बोकेर आएका थिए । उनले निवेदन दर्ता गराए । तर तेश्रो दिनै उनले श्रीमान्-श्रीमतीबीच सहमति भएको भन्दै आफ्नो निवेदन फिर्ता लिए । पछिल्लो समयमा डोटीमा सम्बन्ध विच्छेदका घटनाहरु […]

दाङ देउखुरीबाट एक थान पेस्तोलसहित २ जना पक्राउ

१९ साउन, दाङ । दाङ देउखुरीको कालाकाटेबाट एक थान पेस्तोल र त्यसमा लाग्ने गोलीसहित दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको सिद्धार्थनगर पञ्चायत वडा नम्बर ३ निवासी करमुल्हाल आमिर र राजा खानलाई पेस्तोल, त्यसमा लाग्ने दुईवटा म्यागजिन र दुई राउन्ड गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए […]

क्रिकेट संघका अध्यक्ष भन्छन्– पारसको संन्यास अप्रत्यासित

१९ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले पूर्व कप्तान पारस खड्काको संन्यास अप्रत्यासित भएको बताएका छन् । आईसीसी विश्व क्रिकेट लिग टूका लागि नेपाली राष्ट्रिय टोलीको मंगलबार बन्द प्रशिक्षण शुरु गर्ने तयारी थियो, तर पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । अध्यक्ष चन्दका अनुसार मंगलबार बिहान करीब साढे ७ बजेतिर […]

पारसको नजर क्रिकेट संघतिर

१९ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले दुई दशक लामो अन्तर्राष्ट्रिय खेल जीवनबाट विश्राम लिएका छन् । सन् २००९ देखि १२ वर्षसम्म राष्ट्रिय टोली सम्हालेका उनी सफल कप्तान हुन् । आईसीसी डिभिजन ५ बाट टी–२० विश्वकप हुँदै एकदिवसीय मान्यता प्राप्त गर्ने राष्ट्र बनाउन उनले कप्तानीको महत्वपूर्ण भूमिका खेलेका छन् । २८ […]

सत्ता साझेदार दलको कार्यदल बैठक जारी

१९ साउन, काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्न सत्ता गठबन्धनका नेताहरुले गठन गरेको कार्यदलको बैठक जारी छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । सरकारको न्यूनतम साझा कार्यक्रमलाई आजै टुंगो लगाउने तयारी अनुसार बैठकमा बसेको कार्यदलका एक नेताले जानकारी दिए । कार्यदलको बैठक सोमबार पनि बसेको थियो । सो बैठकपछि नेताहरुले न्यूनतम […]

माधव नेपाललाई प्रचण्डले भेटे, ओलीले पनि भेट्ने तयारी

१९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै नेपालसँग भेटवार्ताको तयारी गरेको बेला प्रचण्डले भेटेका हुन् । प्रचण्ड र नेपाल दुवैको सचिवालयले मंगलबार बिहान भेटवार्ता भएको पुष्टि गरे पनि भेटेको स्थान भने खुलाउन चाहेका छैनन् । यद्यपि कोटेश्वरस्थित […]

मनाङ बन्यो सबै नागरिकले खोप पाउने पहिलो जिल्ला

१९ साउन, काठमाडौं । १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको छ । स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार चार हजार १९८ जना नागरिकले कोरोना खोप लगाएका छन् । जसमध्ये चार हजार ३३ जनाले पूर्ण खोप लगाएका छन् । कोभिशिल्डको दोस्रो खोप लगाउन १६५ जना मात्रै बाँकी रहेको […]

जिल्ला न्यायाधीश बन्ने अवसर, १९ जनाका लागि विज्ञापन खुल्यो

१९ साउन, काठमाडौं । न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदपूर्तिका लागि विज्ञापन प्रकाशित गरेको छ । आयोगको परीक्षा महाशाखाले १९ जनाका लागि विज्ञापन प्रकाशित गरेको हो । आन्तरिकतर्फ ९ र खुलातर्फ पाँच जनाका लागि विज्ञापन प्रकाशित गरिएको छ । यसैगरी महिला कोटाबाट २ तथा आदिवासी जनजाती र मधेसी कोटाबाट १-१ जनाको विज्ञापन खुलेको छ । […]

साहसिक पर्यटक पर्खंदै विश्वकै दोस्रो अग्लो भनिएको बन्जी पुल

१९ साउन, गलकोट । कोभिड-१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा-बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ । पहिलो लहरका कारण सञ्चालनमा ढिलाइ भएको पर्वतको कुश्मा र बागलुङ जोड्ने गरी कालीगण्डकीको खोँचमा निर्माण भएको बन्जी र स्विङ कोरोना […]

मौजूदा कम्युनिष्ट उन्मूलनको आवश्यकता

अहिलेका दुई मुख्य कम्युनिष्ट पार्टीहरू एमाले अनि माओवादीभित्र जुट र फुटको स्थायी चक्र चलिरहेको छ । विगतमा यी दल धेरैपटक फुटेका अनि कहिलेकाहीं जुटेका पनि छन् । एमालेकोे पछिल्लो बबण्डर, कलह तथा अहंकारी मानसिकताले विभाजनको बाटो लिएको देखिन्छ । पार्टीभित्र दुईजना पूर्ण असफल तथा वयोवृद्घ नेताहरूबीच अनवरत झगडा देखिएको छ । पार्टीभित्र रहेका अनगिन्ती जवान […]

विमलालाई मुख्यमन्त्री निवासमा ‘बन्धक’ बनाएको माओवादीको आरोप

१९ साउन, बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा ‘बन्धक’ बनाएर जबरजस्ती नक्कली विज्ञप्ति निकालिएको माओवादी केन्द्रले आरोप लगाएको छ । माओवादी केन्द्रले तत्काल विमलाको स्थिति सार्वजनिक गर्न र उनको जीवन रक्षा गर्न माग गर्दै घटनाको गृह मन्त्रालयमार्फत उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेको छ । पूर्वमन्त्री एवम् […]

मेलम्चीको बाढीले सात घर बगायो

१९ साउन, सिन्धुपाल्चोक । मेलम्ची खोलामा आएको निरन्तरको बाढीले गएराति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको एक घर बगाएको स्थानीयवासी नेत्र खड्काले जानकारी दिए । शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घरटहरा बगाएको छ […]

अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको पारस खड्काको घोषणा

१९ साउन, काठमाडौं । राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । नेपालका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भन्दै उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने जनाएका छन् । क्रिकेटर खड्काले मैदानभित्रका दुई दशक जीवन रहुन्जेल मीठो यादका रुपमा आफूसँग रहने […]

श्रीमतीको हत्यापछि आत्महत्या

१९ साउन, धादिङ । दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका-२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया श्रीमती भीममायाको हत्या गरेका हुन् । खेतमा काम गर्न जाँदै गरेकी श्रीमतीको विकले कोदालो र हसियाँले हानेर हत्या गरेपछि आफूले […]

महाकालीमा वर्षेनि बेपत्ता हुन्छन् व्यासका बासिन्दा, लालाबालाको विचल्ली

१९ साउन, धनगढी । शुक्रबार बिहान दार्चुलाको व्यास गाउँपालिका-२ का जयसिंह धामी वैदेशिक रोजगारीका लागि संघीय राजधानी काठमाडौं जान घरबाट हिंडेका थिए । परिवारसँग छुटिने क्रममा उनले श्रीमतीलाई आफ्नो योजना सुनाउँदै छिट्टै फर्किने आश्वासन दिएका थिए । ‘कुनै राम्रो देशको भिसा लागेपछि म विदेश जान्छु नभए काठमाडौंमै काम गर्छु, विदेश गएन भने गौरा पर्व मनाउन […]

गुणस्तरहीन बटर बिक्री प्रकरण : बिक्रेतालाई कमिसन, उपभोक्तालाई छुट !

१९ साउन, काठमाडौं । दूग्ध विकास संस्थान (डीडीसी) ले बिक्रेतालाई कमिसन र उपभोक्तालाई छुट दिएर गुणस्तरहीन बटर (नौनी घ्यु) बिक्री गरेको पाइएको छ । २०७७ असोज २७ मा गरिएको बजार अनुगमनको क्रममा संस्थानको बालाजु प्लान्टमा म्याद सकिएको झण्डै दुई लाख किलो बटर फेला परेको थियो । दूग्धजन्य पदार्थको मौज्दात बढ्दै गएपछि उपभोक्तालाई त्यही बटरबाट बनाइएको […]

सप्तरीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

१९ साउन, सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिकामा सोमबार राति दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा२ख ५६८२ नम्बरको बसलाई सोही दिशाबाट जाँदै गरेको स११प ४०३८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा मोटरसाइकलको बायाँ साइडको ह्यान्डिल […]



from समाचार – Online Khabar https://ift.tt/2TSZRVa
via IFTTT
Powered by Blogger.