Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सरकारको च्याप्टर क्लोज, एकताको बल ओलीको कोर्टमा

२२ साउन, काठमाडौं । दुई दिनसम्म चलेको केन्द्रीय सदस्यहरुको बैठकले नेकपा एमालेको एकताका साथै सरकारमा सहभागिताबारे देखिएको अलमल अन्त्य गरेको माधवकुमार नेपाल समूहका नेताहरुले बताएका छन् । बुद्धनगरमा बसेको बैठकले सम्मानजनक एकताको पक्षमा उभिजे निर्णय गरेको छ । यससँगै रकारमा सहभागिताको च्याप्टर क्लोज भएको छ भने एकताको बल पार्टी अध्यक्ष केपी शर्मा ओलीको कोर्टमा पुगेको […]

कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिश

२२ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिश गरेको छ । यसबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक भोलि बोलाइएको छ । कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि शुरु गर्ने तय भएको थियो । बोर्डले भौतिक दूरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै […]

बीपी प्रतिष्ठानमा अनियमितता गर्नेलाई कारबाही हुन्छ : राज्यमन्त्री श्रेष्ठ

२२ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमिततामा संलग्नमाथि कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा उनले छानबिन समिति गठन गरेर कारबाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएका हुन् । राज्यमन्त्री श्रेष्ठले भने, ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा सरकारले […]

रिलेबलिङ : करौडौंको बदमासीमा लाख तिरेर उन्मुक्ति

२२ साउन, काठमाडौं । उपभोग्य अवधि नाघेको वस्तुमा नयाँ मिति राखेर बजार पठाउने धन्दा काठमाडौं उपत्यकामा शृंखलाबद्ध रुपमा हुन थालेको छ । जसमा दैनिक प्रयोगका खाद्यवस्तुदेखि सौन्दर्य सामग्री र बालबालिका तथा ज्येष्ठ नागरिकको आहारसम्म पर्दछन् । पछिल्लो दुई वर्षमा उपत्यकामा म्याद सकिएका खाद्य वस्तुमा नयाँ मिति राखेर बजार पठाएको पाँच ठूला घटनामा मालिकसहित १५ जना […]

कोभिशिल्डको दोस्रो डोज पर्खिरहेका जेष्ठ नागरिकलाई २५ साउनदेखि खोप दिइने

२२ साउन, काठमाडौं । कोभिड-१९ विरुद्धको दोस्रो डोज खोप लगाउन बाँकी करिब १३ लाख ३८ हजार ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुले साउन २५ गतेबाट खोप लगाउन पाउने भएका छन् । भुटानले शुक्रबार बिहान ३ लाख डोज खोप पठाइसकेको र जापानले १६ लाख डोज खोप पठाउने सुनिश्चित भएकाले साउन २५ गतेदेखि दोस्रो डोज एस्ट्रेजेनकाको खोप अभियान […]

सांसद वलीलाई बन्धक बनाउनु फौजदारी अपराध : महिला संघ रुपन्देही

२२ साउन, बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीलाई मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा बन्धक बनाइएको घटनाको नेपाल महिला संघ, रुपन्देहीले भर्त्सना गरेको छ । संघले उक्ता घटना फौजदारी अपराध भएको बताएको छ । संघकी अध्यक्ष गंगा शाहीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘सांसद विमलामाथि भएको घटना मुलुकको फौजदारी कानून आकर्षित गर्ने गम्भीर […]

डीएसपी हुँ भन्दै सुनका बाला लुटपाट गरेको आरोपमा एक जना पक्राउ

२२ साउन, काठमाडौं। आफूलाई प्रहरीको डीएसपी हुँ भन्दै सुनका बाला लुटपाटमा स‌ंलग्न रहेको आरोपमा प्रहीले एक जनालाई पक्राउ गरेको छ । भक्तपुर चाँगुनारायण-४ बस्दै आएका ३५ वर्षीय सीताराम गुरुङलाई प्रहरीले काठमाडौंको चावहिलबाट पक्राउ गरेको हो । विदेशबाट आएका व्यक्तिहरु पहिचान गरी विमानस्थलको गेटबाहिर बस्ने र एकान्त पारेर प्रहरीको डीएसपी हुँ भन्दै चेकजाँच गर्ने बहानामा सुनका […]

स्वास्थ्य सुरक्षाको माग गर्दै प्रदर्शन गर्ने विद्यार्थीमाथि ‘विद्यार्थी नेता’को निगरानी

२२ साउन, काठमाडौं । स्वास्थ्य सुरक्षाको माग गर्दै प्रदर्शन गरेका विद्यार्थीलाई ‘विद्यार्थी नेता’ले धम्की दिएको पाटन क्याम्पसका विद्यार्थीहरुले बताएका छन् । कोभिड-१९ संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सरकारले तोकेको स्वास्थ्य मापदण्ड शैक्षिक संस्थाहरुले उल्लंघन गर्दै शरीरको तापक्रम जाँच नगरेको, एउटै कक्षामा ६० जना विद्यार्थी राखेपछि पाटन क्याम्पस परीक्षा केन्द्रमा विद्यार्थीले प्रदर्शन गरेका थिए । विद्यार्थीले प्रदर्शन […]

गठेमंगल पर्व : भक्तपुरमा ‘भूत’ भगाइयो

२२ साउन, भक्तपुर । काठमाडौं उपत्यकाका नेवार समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन गठेमंगल पर्व मनाएका छन् । गठेमंगललाई घण्टाकर्ण पर्व पनि भनिन्छ । यसलाई भूत भगाउने पर्वको रुपमा पनि चिनिन्छ । शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न टोल टोलमा युवाहरु जम्मा भई साँझ आँगो बालेर भूत भगाउने गर्छन् । पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर […]

सांसदलाई बन्धक बनाउनु लज्जास्पद र आपराधिक : माओवादी केन्द्र

२२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्रीको निवासमा बन्धक बनाउनु आपराधिक आक्रमण भएको बताएको छ । माओवादी केन्द्रको शुक्रबार बसेको स्थायी कमिटी बैठकले भनेको छ, ‘यो घटना नेपालको लोकतन्त्र, राजनीति, मानव अधिकार र व्यक्तिको स्वतन्त्रतामाथिकै लज्जास्पद, निकृष्ट र आपराधिक आक्रमण हो । हाम्रो पार्टी यो घटनाको भर्त्सना एवं […]

सुकुम्बासी समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्न माओवादीको माग

२२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले सुकुम्बासी, भूमिहीन किसान, दलित तथा अव्यवस्थित वसोबास समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले सुकुम्बासी समस्या समाधानका लागि आयोग गठनको माग गरेको हो । सरकारले १९ साउनमा मात्र देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय […]

सेती प्रादेशिक अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु

२२ साउन, धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत डोटीको शिखर नगरपालिका–३ की ६५ वर्षीया महिला र दिपायल सिलगढी नगरपालिका–१का ३३ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले मृतक महिला साउन १७ गते अस्पताल भर्ना भएकी […]

कांग्रेस केन्द्रीय समितिको बैठक साउन २८ गते बस्ने

२२ साउन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २८ गते बस्ने भएको छ । कांग्रेसले शुक्रबार विज्ञप्ति जारी गर्दै साउन २८ गते दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको हो । बैठकमा आसन्न १४औं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने र त्यसबारे छलफल गरिने जनाइएको छ । बैठकमा उपस्थितिका […]

बारामा स्वास्थ्य पूर्वाधारका महत्वपूर्ण आयोजना चर्चामै सीमित

२२ साउन, वीरगञ्ज । ‘प्रदेशमा सरुवा रोग र महामारी नियन्त्रणका लागि एउटा सुविधा सम्पन्न अस्पताल बन्न जरुरी छ’ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले २०७७ साल मंसिर १५ गते एउटा सार्वजनिक कार्यक्रममा बताएका थिए । त्यस दिन उनले बाराको कलैया उपमहानगरपालिका–१६ मा ‘सरुवा रोग तथा महामारी नियन्त्रण अस्पताल’को शिलान्यास समेत गरे । आर्थिक वर्ष २०७७÷७८ […]

माधव समूहलाई प्रदीप ज्ञवालीको जवाफ : अनन्तकालसम्म पार्टी कामलाई रोक्न सक्दैनौं

२२ साउन, काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको काम नरोकिने बताएका छन् । माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टी एकता प्रक्रिया चलिरहेका बेला सदस्यता नवीकरण लगायतका कामले एकतालाई भाँजो हाल्ने भन्दै संगठनात्मक गतिविधि तत्काल रोक्न आग्रह गरेको छ । तर अध्यक्ष केपी शर्मा ओली पक्षले शुक्रबारदेखि विधान संशोधनबारे छलफल थालेको छ । ओली […]

एकैदिन ३,७२९ जना संक्रमित थपिए, २५ जनाको मृत्‍यु

२२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३,७२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९हजार ४ सय ९३ पीसीआर परीक्षण गर्दा २ हजार ४३० जना र ६ हजार १८२ एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ९९ गरी ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । […]

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो

२२ साउन, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । यससागै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको १० हजार संख्या पुगेको छ । नेपलमा पहिलो पटक कोरोना संक्रमणबाट ३ जेठ २०७७ मा सिन्धुपाल्चोक बाह्रबिसेकी […]

बागमतीका दुई मन्त्रीले गरे दोलखाको लापिलाङमा गएको पहिरोको स्थलगत निरीक्षण

२२ साउन, चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिका–५ लापिलाङमा गएको पहिरो र त्यसले पुर्‍याएको क्षतिबारेमा बागमती प्रदेशका दुई मन्त्रीले स्थलगत निरीक्षण गरेका छन् । लापिलाङको रानीवन पहिरोको शुक्रबार सामाजिक विकासमन्त्री सरस्वती बस्नेत र आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले स्थलगत निरीक्षण गरेका हुन् । पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै आन्तरिक मामिला तथा कानूनमन्त्री पाण्डेले प्रदेशको यो […]

एमबीबीएस प्रवेश परीक्षामा ११ हजार विद्यार्थीलाई पछि पार्दै सर्वोत्कृष्ट बने आशिक झा

२२ साउन, काठमाडौं । चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा धनुषाका आशिक झा सर्वोत्कृष्ट भएका छन् । आयोगले शुक्रबार सार्वजनिक गरेको नतिजामा आशिकले २ सय पूर्णांकमा १ सय ८६ अंक प्राप्त गरेर सर्वोत्कृष्ट भएका हुन् । उत्कृष्ट भएपछि चिकित्सा शिक्षा अध्ययनका निम्ति सरकारले प्रदान गर्ने पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् । एमबीबीएस प्रवेश […]

संविधान विरोधीहरु धर्मको नाममा राजतन्त्र माग्न थाले : सांसद बिडारी

२२ साउन, काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले संविधान विरोधीहरु खुशी भएको र धर्मको नाममा राजतन्त्रको कुरा माग्न थालेको टिप्पणी गरेका छन् । शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य बिडारीले भने, ‘ संविधान विरोधीहरु खुशी भए । नेपाल विरोधीहरु नाच्न थाले । यही मौका छोपेर धर्मको नाममा मूर्ति चोरहरु राजतन्त्रका कुरा माग्न थाले […]

ओलीले जति गाली गरे पनि एकता होस् भन्ने चाहन्छु : माधव नेपाल

२२ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफू पार्टी एकता होस् भन्ने पक्षमा रहेको बताएका छन् । आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले पार्टी एकतामा जोड दिएका हुन् । आफूहरुले दक्षिणपन्थी विचारविरुद्ध संघर्ष गर्दै आएको र यसका लागि एकतावद्ध भएर […]



from समाचार – Online Khabar https://ift.tt/3isVJER
via IFTTT
Powered by Blogger.