समाचार
२२ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमिततामा संलग्नमाथि कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा उनले छानबिन समिति गठन गरेर कारबाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएका हुन् । राज्यमन्त्री श्रेष्ठले भने, ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा सरकारले […]
२२ साउन, बाँके । प्रहरीले हात्तीको दाँतसहित तीनजनालाई पक्राउ परेको छ । बैजनाथ गाउँपालिका-६ का सम्झना चोकबाट हात्तीको २ वटा दाँतसहित तीनजनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा दाङ बबई गाउँपालिका-५ का ५० वर्षीय दल बहादुर सुनार, बर्दिया बाँसगढी नगरपालिका-३ बस्ने ८५ वर्षीय टिकाराम सुनार र सोही ठाउँ बस्ने ४८ वर्षीय धन […]
२२ साउन, काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)ले नेपालमै पहिलो पटक क्रेनियल रोवर्टबाट न्यूरो सर्जरी सेवा सुरुआत गर्ने भएको छ । केएमसी अध्यक्ष डा. सुनिल शर्माले सुपर स्पेसियालिटीको हब बनाउँदै रोवटिक न्यूरो सर्जरी सेवा सुरु गर्न लागेका जानकारी दिएका हुन् । केएमसीले सार्क राष्ट्रहरुमा भारतपछि नेपालमा पहिलो पटक रोवटिक न्यूरो सर्जरी सुरु गर्न लागेको उनले […]
२२ साउन, काठमाडौं । तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले उपाध्यक्षका ससुराको निधनमा शुक्रबार शोक बिदा दिएको छ । गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुरा कृष्णप्रसाद गौतमको बिहीबार राति ११ः४० बजे निधन भएको थियो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अकिकृत विष्णुप्रसाद पोखरेलले शुक्रबार सूचना जारी गरी शोक बिदाको जानकारी गराएका हुन् । गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु, गाउँपालिकाभित्रका सम्पूर्ण […]
२२ साउन, बाँके । प्रहरीले कटुवा पेस्तोल र भरुवा बन्दुकसहित एकजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका-६ दोन्द्रागाँउका ५० वर्षीय छोटेलाल राढ रहेका छन् । उनलाई १ थान कटुवा पेस्तोल, १ थान एकनाले भरुवा बन्दुक र उक्त भरुवा बन्दुकमा लाग्ने ३ थान छर्रासहित लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह दाङबाट खटिएको प्रहरी टोलीले पक्राउ […]
२२ साउन, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–९ मा पोखरीमा डुबेर एक वृद्धको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका–१२ का ६० वर्षीय बिरजु सरदारको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । छोरी–ज्वाइँको घर आएको बेला स्थानीय सन्तोष यादवको माछापोखरीमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । […]
२२ साउन, कैलाली । दार्चुला घटनाबारे सत्यतथ्य पत्ता लगाउन भन्दै गृह मन्त्रालयले गठन गरेको छानबिन टोली शुक्रबार हेलिकप्टर चढेर मालघाट पुगेको छ । छानबिन न टोली बिहीबार पैदल हिंडेर घटनास्थल मालघाट गएको थियो । भारतपट्टि गएर टोलीले घटनास्थलको स्थलगत निरीक्षण गर्दा वारी नेपालतर्फ भने स्थानीयले विरोध प्रदर्शन गरेका थिए । राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा उत्रिएकाहरुले […]
२२ साउन, काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अधिवक्ता प्रवेश केसीले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गर्दै शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवा र […]
२२ साउन, काठमाडौं । डा. गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्रीबाट उमेश श्रेष्ठलाई हटाउनुपर्ने लगायतका ५ बुँदे माग अघि सार्दै ती माग पूरा नभए आगामी भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् । निजी अस्पताल अस्पताल सन्चालक उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरिएको भन्दै डा. केसीले विरोध जनाएका छन् । उनले स्वार्थको द्वन्द्व नहुने व्यक्तिलाई […]
२२ साउन, गुल्मी । बाँसको तामा बिक्न थालेपछि गुल्मीका किसानहरुमा उत्साह थपिएको छ । अहिले गुल्मी जिल्लाका विभिन्न स्थानमा किसानहरुले बाँसको तामा बेचेरै दैनिक उपभोग्य लगायतका वस्तुहरुको गुजारा चलाउने गरेका छन् । बारीका छेउछाउमा लगाइएका बाँसहरुमा अरु कुनै मेहेनत गर्नु पर्दैन । साउन महिना लागेसँगै बाँसका झाडीमा तामा टुसाउन शुरु हुन्छ । यो क्रम भदौको […]
२२ साउन, जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले न्यूनतम साझा कार्यक्रम टुंगो लागेकाले अब मन्त्रिपरिषद विस्तार हुने बताएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने सबै दललाई सरकारमा सहभागी गराउन प्रयास भइरहेको जानकारी पनि दिए । शुक्रबार जनकपुर बिमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै निधीले भने, ‘न्यूनतम साझा कार्यक्रम टुंगो लागेको […]
२२ साउन, काठमाडौं । भुटानले पठाएको कोभिड १९ विरुद्धको एस्ट्राजेनेकाको तीन लाख डोज खोप काठमाडौँ आइपुगेको छ । खोप बोकेर थिम्पुस्थित पारो विमानस्थलबाट उडेको ड्रुक एयरको कार्गो विमान शुक्रबार विहान ९ : ४० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेको हो। स्वास्थ्य सेवा विभागले शनिबार भुटानबाट खोप आउने जनाएता पनि एक दिनअघि नै भुटानले खोप पठाएको […]
२२ साउन, काठमाडौं । सत्तारुढ दलहरुको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम शीर्ष नेताहरुलाई बुझाएको छ । अब नेताहरुले अध्ययन गरेर फाइनल गर्ने र छिट्टै सार्वजनिक हुने नेताहरुले बताएका छन् । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले तयार पारेको मस्यौदामा स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमिताको छानविन गर्ने र दोषीलाई कानूनी कारबाही गर्ने उल्लेख छ । […]
कस्तो रमाइलो, विद्यालयमा गृहकार्य नगरेको बखत वा केही गल्ती–कमजोरी हुँदा उनलाई सजाय हुन्थ्यो, गीत गाउने । अर्थात् तारा श्रीष मगरले सजाय भुक्तान गर्न गीत गाउनुपर्ने । यस्तो सजाय नै उनको जीवनको धुन बनिदियो । उनी स्वर खिपेर गाउन थालिन् । तर, छोरी यसरी गीत–संगीतमा लहसिएको कुराले आमाबुवा खिन्न थिए । आखिर कुन गरिब आमा-बुवा मञ्जुर […]
२२ साउन, काठमाडौं । नेपालमा सञ्चालनमा रहेका १६ वटा पाँचतारे होटेलले कुल ३६१२ जना कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिएको पाइएको छ । पर्यटन विभागमा दर्ता भएका यी होटेलले आफ्नो कर्मचारी विवरणमा उक्त संख्या टिपाएका छन् । विभागको तथ्यांकअनुसार नेपालको आतिथ्य उद्योगमा सबैभन्दा बढी सोल्टी होटेलले रोजगारी सिर्जना गरेको छ । विभागसँग रहेको तथ्यांक अनुसार सोल्टी होटेलले […]
२२ साउन, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिहरुको भेला बोलाएको छ । १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमा हुने सम्भावना टर्दै गएपछि पौडेल पक्षले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला बोलाएको हो । यसअघि काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुसँग पौडेल पक्षका नेताहरुले पटक–पटक छलफल गर्दै आएका थिए । ती छलफलहरुमा सहभागीहरुले अब सबैसँग छलफल गर्नुपर्ने […]
अस्पताल सञ्चालक स्वास्थ्य मन्त्री, विकास समितिमा ठेकेदार र भ्रष्टाचारका आरोपी लेखा समितिमा । नेपालमा सार्वजनिक पदमा पुगेर आफ्नो हितमा काम गर्ने प्रवृत्ति प्रचुर ।
२२ साउन, काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा टुंग्याएपछि बस्न नसकेको सर्वोच्च अदालतको संवैधानिक इजलासको शुक्रबार पेशी राखिएको छ । वरिष्ठताक्रम अनुसार न्यायाधीश छनौट गर्ने प्रतिवद्धता जनाएका प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले बरिष्ठताक्रममा दुई न्यायाधीश छाडेर थप न्यायाधीश सहित इजलास गठन गरेका छन् । प्रतिनिधिसभाको दोस्रो विघटनको समयमा सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीसँगको छलफलमा जबराले अब संवैधानिक इजलास […]
२२ साउन, काठमाडौं । एसियाको मध्य राष्ट्रहरु सम्मिलित सेन्ट्रल जोन भलिबल प्रतियोगिता यस पटक दुई समूहमा हुने भएको छ । यसअघि एभिसी सेन्ट्रल जोन महिला र पुरुषको एक मात्र प्रतियोगिता हुँदै आएको थियो । यस पटक भने सेन्ट्रल जोनको पनि उत्तरी क्षेत्र र दक्षिण क्षेत्रको फरक प्रतियोगिता हुन लागेको छ । सेन्ट्रल एसिया भलिबल च्यालेन्ज […]
२२ वैशाख, काठमाडौं । म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका–४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की परीक्षार्थी चनिषा घर्तीमगर सुत्केरी अवस्थामै परीक्षामा सहभागी भएकी हुन् । विद्यालयको शिक्षाशास्त्र विषय समूहमा अध्ययनरत […]
२२ साउन, काठमाडौं । संयुक्त सरकारका साझा कार्यक्रम तय गर्न गठित कार्यदलले शुक्रबार प्रतिवेदन बुझाउँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई कार्यदलले सरकारका न्यूनतम साझा कार्यक्रम समेटिएको प्रतिवेदन बुझाउन लागेको हो । प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताहरु पनि सहभागी हुने र त्यहीं प्रतिवेदन बुझाइने कार्यदलका सदस्य सचिव केशवप्रसाद जोशीले जानकारी दिए । नेपाली […]
from समाचार – Online Khabar https://ift.tt/3rV9q2g
via IFTTT






















