Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

रौतहटमा मास्क नलगाए जरिमाना

२३ साउन, रौतहट । रौतहटमा कोरोना संक्रमितको संख्या बढदै गएपछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षाका लागि कडाइ गर्न थालेको छ । नेपाल मास्क अभियान अन्तर्गत  ‘तपाईंको मास्क खै ?’ कार्यक्रमको आज बिहान गौरको बिपी चोकमा सुरुआत गर्दै जिल्ला स्वास्थ्य कार्यालय तथा सुरक्षा निकायले निःशुल्क रुपमा सर्वसाधारणलाई मास्क वितरण गरेका छन् । अनिवार्य रुपमा मास्क लगाउन […]

पाटन क्याम्पस ‘गुण्डा’हरुको नियन्त्रणमा रहेको परीक्षार्थीको आरोप

२३ साउन, काठमाडौं । समाजशास्त्र केन्द्रीय विभाग तेस्रो सेमेस्टरका विद्यार्थीहरुले परीक्षा केन्द्र पाटन गुण्डाहरुको नियन्त्रणमा रहेको भन्दै परीक्षा दिन नसक्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकबाट वक्तव्य जारी गर्दै विद्यार्थीहरुले ‘पाटन क्याम्पसको परीक्षा केन्द्र नै सम्पूर्ण रुपमा गुण्डाहरुको नियन्त्रणमा रहेकाले हामी यथास्थितिमा सोही क्याम्पसमा परीक्षा दिन असमर्थ रहेको जानकारी गराउन चाहन्छौं’ भनेका छन् । त्रिभुवन […]

मेलम्चीका बाढी पीडितलाई तत्काल राहत दिन सरकारलाई राप्रपाको आग्रह

२३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाढीबाट विस्थापित भएका मेलम्ची र त्यस वरपरका नागरिकलाई सुरक्षित बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारी निवास बालुवाटारमा भेटेर राप्रपाका अध्यक्ष पशुपति शेमशेर राणासहितका नेताहरुले बाढीबाट विस्थापित भएकाहरुलाई तत्काल सुरक्षित बाससहित राहतको व्यवस्था गर्न माग गरेका हुन् । बाढीबाट दुःख […]

जापानबाट पहिलो चरणमा आयो ५ लाख १३ हजार डोज कोरोना खोप

२३ साउन, काठमाडौं । जापानबाट कोरोनाविरुद्धको कोभिशिल्ड खोप नेपाल आइपुगेको छ । जापानले पठाउने भनेको १६ लाख डोजमध्ये पहिलो चरणमा आज शनिबार बिहान ९ बजे पाँच लाख १३ हजार डोज खोप आइपुगेको हो । आइतबार थप दुई लाख ८७ हजार डोज खोप आउने र बाँकी ८ लाख खोप अर्को साता आइपुग्ने स्वास्थ्य सेवा विभागले जानकारी […]

विकल्पसहित कक्षा १२ को परीक्षा स्थगित गर्न सरकारलाई सुझाव

२३ साउन, काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री तथा सांसद गगन थापाले कक्षा १२ का विद्यार्थी अलमलमा नपर्ने गरी विकल्प खोज्न सरकारलाई सुझाव दिएका छन् । स्वास्थ्य मन्त्रालयले यही साउन ३१ गतेदेखि सञ्चालन गर्ने भनिएको कक्षा १२ को परीक्षा स्थगित गर्न सरकारलाई शुक्रबार नै सिफारिश गरिसकेको । यसै सन्दर्भमा पूर्वस्वास्थ्यमन्त्री थापाले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा परीक्षा स्थगितमात्र नभइ […]

बाख्रीको मासु बिक्री गरेको आरोपमा ४ जना पक्राउ

२३ साउन, काठमाडौं । खसीको मासु भनेर बाख्रीको मासु बिक्री गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । कालीमाटीबाट खटिएको प्रहरी टोलीले आज शनिबार बिहान पाँच बजे कलंकीको खसी बजारबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा पसल सञ्चालक भारतको बिहार, बहराइज घर भई कलंकी बस्ने ६७ वर्षीय गुलाम रसोल क्रोसिल, सोही ठाउँका २५ […]

मैतिदेवी फाँटको त्यो एक्लो घर

त्यतिबेला मैतिदेवी मन्दिर वरपर फाँट थियो । बर्खामा फाँटभरि असारे भाका गाउँदै रोपाईं गरिन्थ्यो । अलि पूर्वपट्टि लागे कञ्चन बग्ने रुद्रमती (आजको धोबीखोला) भेटिन्थ्यो । मैतिदेवी फाँटको बीचमा थियो पोलेको ईंटाले बनेको कलात्मक दुईतले घर । घरभरि केटाकेटी थिए । घरमुली बाहिर जान लाग्दा केटाकेटीहरू दोस्रो तलाको झ्यालबाट ‘बुबा मिठाइ ल्याइदिनू है’ भन्दै कराउँथे । […]

देशर १४३३ खोप केन्द्र थप

२३ साउन, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताए । उनका अनुसार देशभरि नै पहिलेको भन्दा एक हजार ४३३ खोप केन्द्र थप गरिएको हो । पहिले दुई हजार ९८९ खोप केन्द्र […]

कथा : भत्किएको अध्याय

सल्लेरी सुसाएर सन्ध्याकालीन सिट्ठी बजाउँदै थियो । एकदुई झ्याउँकिरी बास्न थालिसकेका थिए । सबै आ-आफ्नो वासस्थानमा पुग्ने हतारोमा थिए । बारीको डिलबाट लालकुमारीले पारि पाखातिर नियालेर हेरी । उसले त्यो डिलमा आएर त्यतातिर नियाल्न थालेको धेरै भइसकेको थियो । स्कूलको पढाइ सकेर हतारहतार गरेर गिरे घर फर्किंदै थियो । अन्ततः गिरेलाई त्यो पाखाबाट आउँदै गरेको […]

रेखा जोशी : देउडा गीतमा जमेकी गायिका

‘नमस्कार, यो हो रेडियो कञ्चनपुर । कार्यक्रम लोक झञ्कार । म हुँ रेखा जोशी…।’ कञ्चनपुरको महेन्द्रनगरबाट यसरी थालनी भएथ्यो उनको व्यवसायिक यात्रा । उनले सोचेकी पनि थिइनन्- कुनैबेला रेडियोमा काम गर्छु । यो पनि सोचेकी थिइनन्- कुनै दिन गायिका नै बन्नेछु । पढाइ राम्रो थियो । व्यवस्थापन संकायबाट ‘प्लस टु’ सकेपछि बैंकमा जागिर खाने सोचमा […]

कालजयी अमेरिकी कथा : धन्यवाद म्याम

ऊ एक विशालकाय महिला थिई । ऊसित भएको थैली (पर्स) पनि ऊ जस्तै, आफ्नी स्वामिनी जस्तै यमानको र अड्बाङ्गे जस्तो थियो । थैलीमा लामो फित्ता जोडिएको थियो जसको मद्दतले महिलाले त्यसलाई काँधमा झुण्ड्याएकी थिई । यतिबेला रातिको करीब एघार बज्दैथियो र व्यस्त सडकको फुटपाथमा ऊ एक्लै हिंडिरहेकी थिई । ठीक त्यति नै बेला एउटा किशोर […]

हेलिकप्टरले पनि निभाउन सकेन बालाजु औद्योगिक क्षेत्रको आगलागी

२३ साउन, काठमाडौं । बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा लिन कठिन भएको छ । औद्योगिक क्षेत्रमा रहेको विष्कुट फ्याक्ट्रिमा शुक्रबार राति दुई बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आउन नसकेको प्रहरी वृत्त बालाजुले बताएको छ । प्रहरीका अनुसार बिहान हेलिकप्टरबाट पानी हालेर आगलागी नियन्त्रणमा लिने प्रयास गरे पनि नियन्त्रणमा आएको छैन । सिम्रिक एयरको हेलिकप्टरबाट आगलागी […]

रातिदेखि बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी

२३ साउन, काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा रातिदेखि भीषण आगलागी भएको छ । औद्योगिक क्षेत्रमा रहेको एक विष्कुट फ्याक्ट्रिमा आगलागी भएको प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ । शुक्रबार राति दुई बजेदेखि नै आगलागी भएको प्रहरीले जनाएको छ । १९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्रले आगो निभाउने प्रयास भए पनि नियन्त्रणमा आउन नसकेको प्रहरीले […]

सरकारको च्याप्टर क्लोज, एकताको बल ओलीको कोर्टमा

२२ साउन, काठमाडौं । दुई दिनसम्म चलेको केन्द्रीय सदस्यहरुको बैठकले नेकपा एमालेको एकताका साथै सरकारमा सहभागिताबारे देखिएको अलमल अन्त्य गरेको माधवकुमार नेपाल समूहका नेताहरुले बताएका छन् । बुद्धनगरमा बसेको बैठकले सम्मानजनक एकताको पक्षमा उभिने निर्णय गरेको छ । यससँगै सरकारमा सहभागिताको च्याप्टर क्लोज भएको छ भने एकताको बल पार्टी अध्यक्ष केपी शर्मा ओलीको कोर्टमा पुगेको […]

काठमाडौं महानगरमा ‘दुःशासन’ : भत्ता, भ्रमण र सुविधाका लागि ९९ करोड

२२ साउन, काठमाडौं । निर्वाचित हुनासाथ कार्यपालिकाको  बैठकबाटै आफ्ना लागि ‘स्मार्ट फोन’ किन्न मोटो रकम छुट्याएपछि विवादमा आएका थिए काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरु । त्यो विवाद सेलाउन नपाउँदै मेयर विद्यासुन्दर शाक्यका लागि नयाँ गाडी ल्याइएपछि जनप्रतिनिधिले काममा भन्दा सेवा सुविधामा बढी ध्यान दिएको भन्दै चर्को आलोचना भयो । तर, काठमाडौं महानगरका जनप्रतिनिधिहरुले अहिलेसम्म आफ्नो सेवा सुविधामा […]

कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिश

२२ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिश गरेको छ । यसबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक भोलि बोलाइएको छ । कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि शुरु गर्ने तय भएको थियो । बोर्डले भौतिक दूरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै […]

‘स्वार्थी पात्र’हरूको दबदबा : सरकारदेखि संसदसम्म

अस्पताल सञ्चालक स्वास्थ्य मन्त्री, विकास समितिमा ठेकेदार र भ्रष्टाचारका आरोपी लेखा समितिमा । नेपालमा सार्वजनिक पदमा पुगेर आफ्नो हितमा काम गर्ने प्रवृत्ति प्रचुर ।

कोरोनाबाट १० हजार बढी नागरिकले गुमाए ज्यान

२२ साउन, काठमाडौं । सिन्धुपाल्चोक, बाह्रबिसेकी २९ वर्षीया एक सुत्केरी महिलाको १ जेठ २०७७ मा धुलिखेल अस्पताल, काभ्रेमा ल्याएको केहीबेरमै मृत्यु भयो । भोलिपल्ट अस्पतालमै गरेको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पुनः परीक्षण गर्दा पनि संक्रमण पुष्टि भएपछि ३ जेठमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणबाट नेपालमा पहिलो व्यक्तिको […]

बीपी प्रतिष्ठानमा अनियमितता गर्नेलाई कारबाही हुन्छ : राज्यमन्त्री श्रेष्ठ

२२ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमिततामा संलग्नमाथि कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा उनले छानबिन समिति गठन गरेर कारबाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएका हुन् । राज्यमन्त्री श्रेष्ठले भने, ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा सरकारले […]

रिलेबलिङ : कराेडौंको बदमासीमा लाख तिरेर उन्मुक्ति

२२ साउन, काठमाडौं । उपभोग्य अवधि नाघेको वस्तुमा नयाँ मिति राखेर बजार पठाउने धन्दा काठमाडौं उपत्यकामा शृंखलाबद्ध रुपमा हुन थालेको छ । जसमा दैनिक प्रयोगका खाद्यवस्तुदेखि सौन्दर्य सामग्री र बालबालिका तथा ज्येष्ठ नागरिकको आहारसम्म पर्दछन् । पछिल्लो दुई वर्षमा उपत्यकामा म्याद सकिएका खाद्य वस्तुमा नयाँ मिति राखेर बजार पठाएको पाँच ठूला घटनामा मालिकसहित १५ जना […]

कोभिशिल्डको दोस्रो डोज पर्खिरहेका जेष्ठ नागरिकलाई २५ साउनदेखि खोप दिइने

२२ साउन, काठमाडौं । कोभिड-१९ विरुद्धको दोस्रो डोज खोप लगाउन बाँकी करिब १३ लाख ३८ हजार ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुले साउन २५ गतेबाट खोप लगाउन पाउने भएका छन् । भुटानले शुक्रबार बिहान ३ लाख डोज खोप पठाइसकेको र जापानले १६ लाख डोज खोप पठाउने सुनिश्चित भएकाले साउन २५ गतेदेखि दोस्रो डोज एस्ट्रेजेनकाको खोप अभियान […]



from समाचार – Online Khabar https://ift.tt/3yHPDWA
via IFTTT
Powered by Blogger.