Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

भदौ २३ पछि अहिलेको कार्यसमितिको वैधानिकता सकिन्छ : पौडेल

२१ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौ २३ पछि अहिलेको केन्द्रीय कार्यसमितिको वैधानिकता सकिने दाबी गरेका छन् । उनले संवैधानिक रुपमा पाँच वर्ष ६ महिनाभित्र महाधिवेशन गरिसक्नुपर्ने व्यवस्था भएकाले भदौ २३ पछि पार्टीको वडादेखि केन्द्रीय तहसम्मको कार्यसमितिको वैधानिकता नरहने बताएका हुन्। बिहीबार पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीवारीमा पौडेल समूहका शीर्ष नेताहरुबीच […]

पाँच दिनपछि खुल्यो जयपृथ्वी राजमार्ग

२१ साउन, बैतडी । सडक भासिदा पाँच दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ । लगातारको वर्षाले पाटन नगरपालिका-८ झौलेकमा सडक भासिदा गत आइतबारदेखि राजमार्ग अवरुद्ध बनेको थियो । भासिएको सडक भत्काएर सडक किनारबाट पर्खाल लगाएपछि आजदेखि राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बोधराज ओझाले जानकारी दिए । उनले भने, ‘पर्खाल निर्माण सम्पन्न […]

सुदूरपश्चिमका स्वास्थ्यकर्मीले पाएनन् कोभिड जोखिम भत्ता

२१ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना महामारीका बेला जोखिम मोलेर काम गरेका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहबीचको आपसी समन्वय अभाव र मतभेदका कारण दोस्रो लहरको कोरोना संक्रमणका बेला संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएका हुन् । संक्रमितको उपचारमा रातदिन खटिएर पनि राज्यले कानून […]

गरीबलाई नि:शुल्क बिजुली दिने तयारी अन्तिम चरणमा छ : मन्त्री भुसाल

२१ साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरीबीको रेखामुनि रहेका जनतालाई नि:शुल्क विद्युत दिने तयारी निष्कर्षमा पुग्न लागेको बताएकी छन् । बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले आफूले गरीबीको रेखामुनि रहेका जनतालाई नि:शुल्क विद्युत उपभोग गर्न दिने गरी तयारी अगाडि बढाएको बताइन् । विद्युतको घरेलु उपयोग […]

भारतीय नागरिकबाट सुन बरामद प्रकरण : थप एकजना पक्राउ

२१ साउन, काठमाडौं । सिनामंगलबाट एक किलो ८ सय ६६ ग्राम सुन बरामद प्रकरणमा थप एक जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले काँडाघारीबाट रोकश राईलाई पक्राउ गरेको एसपी कृष्ण कोइरालाले अनलाइनखबरलाई बताए । उनका अनुसार वैदेशिक रोजगारीबाट फर्किएका नागरिकले ल्याउने सुनलाई राईले विमानस्थलमा संकलन गरेर भारतीय नागरिकसम्म पुर्‍याउने गरेका थिए । […]

करेन्ट लागेर पोखरा र बैतडीमा गरी तीन जनाको मृत्यु

२१ साउन, काठमाडौं । करेन्ट लागेर पोखरा र बैतडीमा गरी तीन जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२५ मिलनचोक बस्ने ३४ वर्षीय मृगसिंह नेपालीको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको हो । हेम्जा सापकोटा चोकस्थित निर्माणाधीन घरको पिल्लरको रड बुन्ने क्रममा फलामको रड विद्युतको हाईटेन्सन लाइनमा छोएर करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । […]

हवाईजहाजबाट पनि थालियो कोरोना बिरामीको उद्धार

२१ साउन, काठमाडौं । कोरोना भाइरसको महामारीका कारण गम्भीर अवस्थामा पुगेका बिरामीको हेलिउद्धार हुँदै आएकोमा अब हवाईजहाजबाट समेत उद्धार थालिएको छ । समिट एयरले बुधबार सुर्खेतबाट दुई कोभिड बिरामीलाई मेडिकल उडानमार्फत काठमाडौं ल्याएको छ । कम्पनीका अनुसार एक क्याप्टेन र मेडिकल टीमसहित बिरामीको हवाई उद्धार गरिएको हो । त्रिभुवन विमानस्थलबाट ती बिरामीलाई अस्पताल लगिएको थियो […]

साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाइने

२१ साउन, काठमाडौं । सरकारले यही साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले साउन २५ गतेदेखि खोप सप्ताह मनाउने जानकारी दिएका हुन् । यस अवधिमा जापानबाट आउने ८ लाख र भुटानबाट आउने ३ लाख डोज कोरोना विरुद्धको […]

रोल्पाका डाँडामा फोन गर्न रुख चढ्नुपर्ने

२१ साउन, रोल्पा। निर्वाचनताका सबैका नारा थिए ‘भरपर्दो टेलिफोन सेवा’। घण्टौँ उकालो चढेर डाँडाबाट फोन गरेर हैरान उनीहरुलाई सो नाराले आकर्षित मात्र गरेन, भोट हालेर जनप्रतिनिधिलाई जिताए पनि । केही वर्ष प्रक्रियामा अलमलिएका जनप्रतिनिधिले बस्ती बस्तीमा भरपर्दो टेलिफोन सेवाका लागि मन्त्रालय धाइरहेका कारण जिल्लाका अधिकांश डाँडामा टेलिफोनका अग्ला–अग्ला टावर ठड्याउन सम्भव भयो। टावर ठडिएको पनि […]

नेपाल एयरलाइन्सको निजीकरण रोक्न माग गर्दै कर्मचारीले गुहारे प्रधानमन्त्री

२१ साउन, काठमाडौं । नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा रुपान्तरण गर्न सरकारले थालेको पहल खारेज गर्न माग गर्दै नेपाल वायुसेवा निगमका कर्मचारीले प्रधानमन्त्री गुहारेका छन् । नेपाल एयरलाइन्स भित्र सक्रिय ९ वटा ट्रेड युनियनका नेताहरुले बुधबार प्रधानमन्त्रीलाई भेट्दै निगमलाई निजीकरण गर्ने निर्णय खारेज गर्न माग गरेका छन् । उनीहरुले महाप्रवन्धक डीम प्रसाद पौडेललाई तत्काल बर्खास्त गर्न […]

स्वास्थ्य राज्यमन्त्रीलाई खगराजको प्रश्न : कोरोना खोपको मूल्य कति हो ?

२१ साउन, काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले कोरोना खोपको मूल्य सार्वजनिक गर्न माग गरेका छन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिले बिहीबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग गरेको छलफलमा सांसद अधिकारीले भने, ‘राष्ट्रको ढुकुटी गएको छ, मोर्डनाको मूल्य कति हो ? भेरोसेलको मूल्य कति हो ? जोनसन एण्ड जोनसनको मूल्य कति हो […]

बौद्धमा एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ

२१ साउन, काठमाडौं । काठमाडौंको बौद्ध टुसालमा एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ भोटेचौर घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नारायणटार बस्ने ३४ वर्षीय विनोद चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो । बुधबार रातिको साढे १ बजेतिर एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा […]

गुल्मीमा ‘तपाईको मास्क खै’ अभियान सुरु

२१ साउन, गुल्मी । गुल्मीमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ‘तपाईको मास्क खै’ अभियान चलाइएको छ । ‘म पनि मास्क लगाउछु, अरुलाई पनि मास्क लगाउन प्रेरेरित गर्छु’ भन्ने अभियानका साथ बिहिवार बिहान जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति गुल्मीको अगुवाइमा जिल्ला सदरमुकाम तम्घास बजारमा ‘तपाईको मास्क खै’ अभियान सुरु गरेको हो । कोरोना भाइरसको सक्रमणबाट सुरक्षित […]

लागूऔषधसहित सुर्खेतबाट दुई जना पक्राउ

२१ साउन, सुर्खेत । सुर्खेतमा लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । तिला गाउँपालिका जुम्लाका १८ वर्षीय कालीबहादुर शाही र २१ वर्षीय खिमराज शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । डीएसपी घर्तीका अनुसार उनीहरुलाई शंकास्पद रुपमा बाटोमा हिँडिरहेको अवस्थामा वीरेन्द्रनगर नगरपालिका–७, ईत्रामस्थित औद्योगिक क्षेत्रबाट पक्राउ गरिएको हो । […]

पुनर्वासको पर्खाइमा मनाङको ताल गाउँका बासिन्दा

२१ साउन, मनाङ । गत असार १ गते बाढीका कारण गाउँ नै डुबानमा परी बगर बनेको छ । गाउँ नै बगर बनेपछि त्रिपालको भरमा बस्दै आएका नासों गाउँपालिका-१ ताल गाउँका बासिन्दा पुनर्वासको पर्खाइमा छन् । अविरल वर्षापछि मस्र्याङ्दी नदीमा आएको बाढीले ताल गाउँ पूरै बगर भएपछि स्थानीयवासी गाउँमाथिको डाँडामा विस्थापित भएका छन् । बाढीका कारण […]

झापामा कोरोना खोपको माग गर्दै सडक निर्माण बन्द

२१ साउन, झापा । झापाको सुरुङ्गादेखि झापा बजार जोड्ने ‘अमरपथ’ सडक खण्डको निर्माण आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । कनकाई इन्टरनेशनल विल्डर्समा कार्यरत मदजूर कर्मचारीले कोरोना भाइरसविरुद्धको खोप लगाउन माग गर्दै सडक निर्माण बन्द गरेको हुन् । ठेकेदार कम्पनीका प्रतिनिधि लीला सेलुवालले कोरोनाको जोखिम बढेपछि काम बन्द गरिएको जानकारी दिए । उनले भने, ‘खोप […]

गुल्मीमा निषेधाज्ञामा कडाइ, यातायातका साधन सञ्चालनमा रोक

२१ साउन, गुल्मी । गुल्मीमा जारी निषेधाज्ञालाई कडाइ गर्दै थप गरिएको छ । निषेधाज्ञा खुकुलो पार्दै जाँदा कोरोना संक्रमण बढ्न थालेपछि पुनः कडाइका गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जानकारी दिएको छ । थप गरिएको निषेधाज्ञा २३ गतेदेखि ३२ गतेसम्म लागू हुनेछ । यो अवधिमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको प्रमुख जिल्ला […]

साउन महिनापछि कोरोना संक्रमण घट्दै जाने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

२१ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिना पछाडि कोरोना संक्रमितको संख्या क्रमशः घट्दै जाने प्रक्षेपण गरेको छ । साउन महिनामा मात्रै ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिने पूर्वानुमान गरेको मन्त्रालयले यो संख्या घट्दै गएर मंसिर महिनासम्ममा २५ हजार पुग्ने प्रक्षेपण गरेको हो । स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. […]

छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा स्थगित

२१ साउन, काठमाडौं । कोभिड–१९ को दोस्रो लहरको समयमा काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको छत्रपाटी कोभिड विशेष अस्पताल तथा नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगन गरिएको छ । बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६७ औं कार्यपालिका बैठकले कोभिड सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गरिएका कार्यक्रम हालका लागि स्थगन गर्ने निर्णय गरेको हो । ‘अहिले […]

दाम्लोले बाँधेर युवालाई कुटपिट गर्ने जाजरकोटका वडाध्यक्ष पक्राउ

२१ साउन, सुर्खेत । दाम्लाले बाँधेर युवालाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गापा- २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका उनलाई बिहीबार जाजरकोट प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएर सदरमुकाम खलंगा झिकाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका […]

सामाजिक सुरक्षा कोषविरुद्ध योजनाबद्ध षडयन्त्र सुरु भयो : जिफन्ट

२१ साउन, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले सामाजिक सुरक्षा कोष विरुद्ध योजनावद्ध षडयन्त्र शुरु भएको जनाएको छ । सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोष सम्बन्धमा हालै दिएको अन्तरिम आदेश सच्चिने विश्वास पनि जिफन्टले गरेको छ । १९ साउनमा सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्था स्वेच्छाले आवद्ध भएकामा बाहेक सामाजिक सुरक्षा कोषमा आवद्ध हुन दबाब […]



from समाचार – Online Khabar https://ift.tt/3ypPC9W
via IFTTT
Powered by Blogger.