Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

के हामी कोरोना तेस्रो लहरका लागि तयार छौं ?

अस्पतालको इमरजेन्सीका सबै बेडहरु भरिएका हुन्थे । कोभिड वार्डको त झन् कुरै छाडौं । आइसियूमा जानको लागि बिरामीले कुनै अर्को बिरामीको मृत्यु पर्खिनु बाहेकको विकल्प रहँदैनथ्यो । नेपालमा बाँके जिल्लाबाट शुरु भएको कोरोनाको दोस्रो लहरबारे लेख्न र पढ्न पनि मुस्किल हुन्छ । मलाई अहिले पनि ती हृदयविदारक कहालीलाग्दा दिनहरू सम्झँदा त्यति नै बढी सकस र […]

सप्तरीमा ट्याङ्करको ठक्करबाट बाराकी वृद्धाको मृत्यु

२४ साउन, सप्तरी । सप्तरीमा ट्याङ्करले ठक्कर दिंदा बाराकी एक जना वृद्धाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका-६ कठौनामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४ ख २४४१ नम्बरको ट्याङ्करले ठक्कर दिंदा बाराको कोतबाल गाउँपालिका ३ बस्ने ६५ वर्षीया मलादेवी गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करले गम्भीर घाइते भएकी उनलाई उपचारका लागि युनिक […]

फ्रेन्च लिग : पुनरागमन जितसहित पीएसजीको सुखद सुरुआत

२४ साउन, काठमाडौं । ट्रोएसविरुद्ध पुनरागमन जितसहित पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानको नयाँ सिजनमा सुखद सुरुआत गरेको छ । शनिबार राति भएको सिजनको पहिलो खेलमा पीएसजीले एक गोलले पछि परेको स्थिति उल्टाएर ट्रोएसलाई २-१ ले पराजित गरेको हो । २१ मिनेटभित्रै तीन गोल भएको खेलको नवौं मिनेटमा ओएलिड एल हाजिमले गोल गर्दै […]

सङ्कटग्रस्त मनाङ पुगेको निरीक्षण टोलीको निष्कर्ष : दीर्घकालीन समाधानको खाँचो

२४ साउन, मनाङ । मनसुन शुरु भएसँगै भारी वर्षा हुँदा देशका विभिन्न भागमा प्राकृतिक प्रकोपले ठूलो जनधनको क्षति भएको छ । भूक्षय र नदी कटानका कारण तटीय क्षेत्रका बस्ती बग्दा कयौँ मानिस घरबारविहीन भएका छन् । यसपटक सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक र हिमालपारिको जिल्ला मनाङमा भएको छ । बाढीपहिराका कारण भएका क्षतिको स्थलगत निरीक्षणका लागि […]

टोकियो ओलम्पिक : केन्याका किपचोगेले जिते म्याराथनमा स्वर्ण

२४ साउन, काठमाडौं । केन्याली धावक एलिउड किपचोगेले जापानमा भइरहेको टोकियो म्याराथनमा स्वर्ण जितेका छन् । ३२औं गृष्मकालीन ओलम्पिकको अन्तिम दिन आइतबार बिहान भएको पुरुष म्याराथनमा किपचोगेले स्वर्ण जित्दै ओलम्पिक स्वर्ण रक्षा गरेका हुन् । उनले यसअघि सन् २०१६ को रियो ओलम्पिकमा पनि म्याराथनमा स्वर्ण जितेका थिए । विश्व कीर्तिमान धावक किपचोगेले दुई घण्टा ८ […]

६ दिनपछि खुल्यो बेनी-जोमसोम सडक

२४ साउन, म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका-३ काभ्रेमा खसेको पहिरो र स्थानीयवासीको अवरोधका कारण साउन १८ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकमा सिधा यातायात बन्द भएको थियो । मुस्ताङका जनप्रतिनिधि, दुवै जिल्लाका प्रशासन, सुरक्षा निकाय र बेनी-जोमसोम-कोरला […]

उपकुलपति सिंहको मृत्यु भएको विज्ञप्ति निकाल्नेमाथि साइबर अपराध मुद्दा लगाइने

२४ साउन, कर्णाली  (सुर्खेत) । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहको मृत्यु भएको भनेर विज्ञप्ति निकाल्नेविरुद्ध साइबर अपराधको मुद्दा लगाइने भएको छ । उपकुलपति प्रा डा सिंहविरुद्ध शनिबार सुर्खेतमा एक समूहले विश्वविद्यालयको लेटर प्याड, छापको दुरुपयोग र प्रशासन अधिकृत दिनेश गौतमको हस्ताक्षर किर्ते गरी ‘उपकुलपतिको मृत्यु सम्बन्धमा’ भनेर विज्ञप्ति निकालिएको थियो । विश्वविद्यालयकै लेटरप्याड […]

मेयरलाई कार्यकक्षमै मसाज !

२४ साउन, जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाका मेयरको कार्यकक्षमै मसाज गराएको तस्वीर भाइरल भएको छ । मेयर बेचन दासले कार्यालयभित्रै सोफामा सहयोगीबाट मसाज गराउँदै गरेको तस्वीर भाइरल भएको हो । तस्वीरमा बेचन कार्यालयको सोफामा आराम गरिरहेका छन् भने कार्यालय सहयोगी करण दासले खुट्टामा मसाज गरिरहेको देखिन्छ । कोठाभित्र मसाज गराएको तस्वीर झ्यालबाट एक जना स्थानीय […]

टोकियो ओलम्पिक : ब्राजिलले जित्यो पुरुष फुटबलमा लगातार दोस्रो स्वर्ण

२४ साउन, काठमाडौं । माल्कोमको निर्णायक गोलमा स्पेनलाई पराजित गर्दै ब्राजिलले जापानमा जारी टोकियो ओलम्पिकअन्तर्गत पुरुष फुटबलमा स्वर्ण जितेको छ । शनिबार भएको फाइनलमा स्पेनलाई अतिरिक्त समयमा २-१ गोलले पराजित गर्दै ब्राजिलले लगातार दोस्रो पटक स्वर्ण पदक जितेको हो । ब्राजिललाई जित दिलाउन म्याथुएस कुन्हा र माल्कोमले गोल गरे । स्पेनका मिकेल ओयार्जाबलले एक गोल […]

किरण गजमेरलाई ‘द भ्वाइस अफ नेपाल ३’काे उपाधि

२४ साउन, काठमाडौं ।  ‘द भ्वाइस अफ नेपाल ३’ काे उपाधि किरण गजमेरले जितेका छन्। उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँसमेत प्राप्त गरेका छन्। किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए । यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ  र टीम तृष्णाबाट ज्वाला राई फाइनलिस्ट भएका छन् ।  यी तीनैजना […]

ओलीलाई अन्तिम मौका छ, सीमा नाघे डिभोर्स हुन्छ : माधव नेपाल

२३ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाले पार्टीमा एकताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई अन्तिम मौका रहेको बताएका छन् । साथै एकता हुन्छ कि हुन्न भन्ने ओली पक्षको भोलिको बैठकबाट प्रष्ट हुने बताए । शनिबार दोलखा काठमाडौं सम्पर्क मञ्चको भर्चुअल बैठकलाई भर्चुअल सम्बोधन गर्दै नेता नेपालले आफूहरु सम्मानजनक एकताकै पक्षमा रहेको बताए […]

एक निर्दोष नेपाली जो २० वर्ष भारतीय जेलमा थुनिए

वसन्त यसै पनि राजा ऋतु । त्यसमाथि गाउँमा नयाँ उल्लास थपिएको छ । बाजा घन्किएको छ । हूलका हूल मानिस नरेन्द्र मगरको बाटो हेरिरहेका छन्, जो पूरा २४ वर्षपछि गाउँ फर्कंदैछन् । २८ वर्षअघि नरेन्द्र र ढुंगी रोका विवाह बन्धनमा बाँधिदा बेस्सरी पानी परेको थियो । गाउँका बूढापाकाले कानेखुसी गरेका थिए– ‘यस्तरी पानी पर्नु त […]

उपेन्द्र यादव भुलभुलैयामा परे : महन्थ ठाकुर

२३ साउन, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता नपाएपछि महन्थ ठाकुर समूहका नेताहरू मधेश झरेका छन् । ठाकुरसहित नेताहरू राजेन्द्र महतो, शरदसिंह भण्डारीसहितका नेताहरुले शनिबार जनकपुरधाममा धनुषा जिल्ला स्तरीय कार्यकर्ता भेला गरेका छन् । कार्यकर्ता भेलामा नेताहरुले उपेन्द्र यादवले पार्टी एकता भत्काएर मधेशी नेताको भावनामाथि कुठाराघात गरेको आरोप लगाएका छन् । नेता महन्थ […]

रेखा जोशी : देउडा गीतमा जमेकी गायिका

‘नमस्कार, यो हो रेडियो कञ्चनपुर । कार्यक्रम लोक झञ्कार । म हुँ रेखा जोशी…।’ कञ्चनपुरको महेन्द्रनगरबाट यसरी थालनी भएथ्यो उनको व्यवसायिक यात्रा । उनले सोचेकी पनि थिइनन्- कुनैबेला रेडियोमा काम गर्छु । यो पनि सोचेकी थिइनन्- कुनै दिन गायिका नै बन्नेछु । पढाइ राम्रो थियो । व्यवस्थापन संकायबाट ‘प्लस टु’ सकेपछि बैंकमा जागिर खाने सोचमा […]

मनाङको बाढी, पहिरोको भूगर्भविद्‍बाट अध्ययन गराउछौं : प्रचण्ड

२३ साउन,  मनाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी प्रभावित जनतालाई सरकारले पूर्णरूपमा सहयोग गर्ने बताएका छन् । हिमालपारिको जिल्ला मनाङमा गत असार १ गते गएको बाढी प्रभावित क्षेत्रको आज भ्रमण तथा अवलोकन गर्ने क्रममा उनले भने, ‘यो सरकारको साथ तपाईँहरुलाई छ, तपाईँहरुको दुःखको साथमा हामी छौँ, गठबन्धन सरकार छ ।’ अध्यक्ष […]

जगरनाथपुर गाउँपालिकाको बजेट ४० करोड ५ लाख

२३ साउन, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकाले ४० करोड ५ लाख ४६ हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिका कार्यालयमा शनिबार आयोजित छैठौं गाउँसभामा बजेट प्रस्तुत गरिएको हो । गाउँपालिकाले असार १० गते बजेट ल्याउनुपर्ने प्रावधान भएपनि जगरनापुरले ढिलो बजेट ल्याएको हो । गाउँपालिका अध्यक्षको घरायसी समस्या र आन्तरिक विवादका कारण गाउँ सभामा ढिलाइ भएको […]

सङ्क्रमणको जोखिम बढेपछि हुम्लाका विद्यालय पुनः बन्द

२३ साउन, सिमकोट । केही दिनअघि हुम्लाको दक्षिणी भेगका तीनवटा गाउँपालिकाले सञ्चालनमा ल्याएका सामुदायिक विद्यालय पुनः बन्द गर्ने निर्णय भएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणदर नघटेको निष्कर्ष निकाल्दै सञ्चालनमा आएका ती विद्यालय पुनः बन्द गर्ने निर्णय गरेको हो । जिल्लाको अदानचुली, ताँजाकोट र चंखेली गाउँपालिकामा सञ्चालनमा आएका विद्यालय पुनः बन्द गर्न […]

प्रधानमन्त्रीको भिडियो सन्देश : तेस्रो लहर छिट्टै शुरु हुने लक्षण देखिंदैछ

२३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोना महामारीको तेस्रो लहर छिट्टै शुरु हुने लक्षण देखिएको बताएका छन् । शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले सरकारको एक्लो प्रयासले मात्र महामारीसँग लड्न सम्भव नभएकाले सबै मिलेर यसलाई पार लगाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले अत्यन्त आवश्यक परेका बेला मात्र घरबाहिर निस्कन र घरबाहिर निस्कदा […]

कक्षा १२ को परीक्षा स्थगित

२३ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिए । कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण परीक्षा सञ्चालन […]

कालजयी अमेरिकी कथा : धन्यवाद म्याम

ऊ एक विशालकाय महिला थिई । ऊसित भएको थैली (पर्स) पनि ऊ जस्तै, आफ्नी स्वामिनी जस्तै यमानको र अड्बाङ्गे जस्तो थियो । थैलीमा लामो फित्ता जोडिएको थियो जसको मद्दतले महिलाले त्यसलाई काँधमा झुण्ड्याएकी थिई । यतिबेला रातिको करीब एघार बज्दैथियो र व्यस्त सडकको फुटपाथमा ऊ एक्लै हिंडिरहेकी थिई । ठीक त्यति नै बेला एउटा किशोर […]

एसईईको नतिजा प्रकाशित

२३ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ । विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गरेको हो । विद्यालयबाट आएको मूल्यांकनलाई प्रमाणीकरण गरी सार्वजनिक गरिएको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए । विद्यालयको आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेकोले […]



from समाचार – Online Khabar https://ift.tt/3s1Df1k
via IFTTT
Powered by Blogger.