समाचार
२४ साउन, काठमाडौं । तीन वर्षपछि फ्रान्सको पेरिसमा भेट्ने वाचासहित टोकियो ओलम्पिक २०२० समापन भएको छ । कोरोना महामारीको त्रासका बीच जुलाई २३ मा सुरु भएको ३२ औं संस्करणको गृष्मकालीन ओलम्पिक आइतबार सफलतापूर्वक सम्पन्न भएको हो । जापानको राजधानी टोकियोमा आयोजित एक भव्य कार्यक्रमका बीच टोकियो ओलम्पिक २०२० को समापन गरिएको हो । कोरोना महामारीको बावजुद […]
२४ साउन, सप्तरी । प्रदेश २ का प्रमुख राजेश झा ‘अहिराज’ ले गलत प्रक्रियाबाट नेपाली नागरिकता लिनेलाई मात्र नभई दिने कर्मचारीलाई पनि कारवाही गर्नुपर्ने बताएका छन् । कीर्ते गरी नागरिकता लिने र दिने दुबै दोषी भएको उनले बताए । जिल्ला प्रशासन कार्यालय सप्तरीमा आइतबार सुरक्षा निकायका अधिकारी र सञ्चारकर्मीसँगको अन्तक्र्रियामा प्रदेश प्रमुख झाले गलत प्रक्रियाबाट […]
२४ साउन, असार । जेठको अन्तिमसम्म मनाङको तालगाउँको रौनक छुट्टै थियो । कञ्चन मस्र्याङ्दी नदी किनारको सुन्दर बस्ती । त्यसमाथि छङ्छङी बगेको झरना । हिमाली जिल्लाको तल्लो भेग यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्थ्यो । तर, असार १ गतेदेखि ताल गाउँको परिचय फेरिएको छ । मनसुनको सुरुवातकै अविरल वर्षाले मस्र्याङ्दी उर्लियो । बस्तीमा मर्स्याङ्दी […]
२४ साउन, काठमाडौं । कोभिड–१९ को महामारी नियन्त्रणसँगै शान्ति प्रक्रियाको पूर्णता र संघीयता कार्यान्वयनका लागि आवश्यक ऐन, कानून निर्माण गठबन्धन सरकारको प्राथमिकतामा परेका छन् । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको २७ औं दिनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी दलले सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेका हुन् । शीर्ष नेताहरुको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा […]
२४ साउन, जनकपुरधाम । सांसद विकास कोषको बजेटबाट १५ लाख रुपैयाँ पाएको चन्द्रनगर गाउँपालिका–१ किसनपुरस्थित सडक हिजोआज पनि हिलाम्य छ । यो सडक स्तरोन्नति भइसकेको भनी गाउँपालिकाले असार १५ गते नै प्रतिवेदन तयार पारिसक्यो, तर स्थानीय बासिन्दा भने सडकको अवस्था सुधार नभएको बताउँछन् । स्थानीय रामवृक्ष महतोको घरदेखि भैसियाहीसम्मको सडकबारे स्थानीय अवधलाल रायले भने, ‘अहिले […]
२४ साउन, वीरगञ्ज । प्रहरीले १ लाख ७९ हजार रुपैयाँ बराबरको सुन र चाँदी मिश्रित गरगहनासहित पर्साबाट एक जनालाई पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिका–२ जानकीटोलका १९ वर्षीय सोनुकुमार सोनारलाई गरगहनासहित प्रहरीले आइतबार पक्राउ गरेको हो । आशबारीतर्फबाट कालो झोला बोकेर आउँदै गरेका सोनारलाई रोकेर चेकजाँच गर्दा सुन मिश्रित ३४ थान र चाँदीको पाउजु, बिछिया […]
२४ साउन, सप्तरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले आफूखुशी जिल्ला समिति बनाएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आपत्ति जनाएको छ । माधव नेपाल समूहले नेकपा एकताअघि अर्थात २०७५ जेठ २ गतेअघिको कमिटी कायम रहने भन्दै त्यसबाहेकको समिति अवैध हुने बताएको छ । जिल्लामा २०७५ साल जेठ २ गतेअघि गोविन्द न्यौपानेको अध्यक्षतामा […]
२४ साउन, काठमाडौं । दुई आर्थिक वर्ष (आव)देखि सबैभन्दा बढी खुद नाफा कमाउने सार्वजनिक संस्थान बन्दै आएको नेपाल विद्युत प्राधिकरणको नाफा गत आर्थिक वर्ष २०७७/७८मा करिब ३ अर्ब ३८ करोड रुपैयाँमा खुम्चिएको छ । यो नाफा आर्थिक वर्ष २०७६/७७मा भन्दा ८ अर्ब ३० करोड रुपैयाँले कम हो । गत साउन १० गते ऊर्जा जलस्रोत तथा […]
२४ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेका कुनै पनि परीक्षा नरोकिने बताएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले हाल सञ्चालन भइरहेको परीक्षामा विद्यार्थी संख्या थोरै भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए । ‘अहिले सञ्चालन […]
२४ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नबुझाउने थप ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गरेको छ । यसअघि २० जना करदाताको नाम सार्वजनिक गरेको थियो । कर नतिर्नेहरूको सूचीमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको लगानी रहेको जनमैत्री अस्पतालदेखि व्यवसायी अजेय राज सुमार्गीसम्मको नाम छ । नेपाल विद्युत प्राधिकरण, खाद्य संस्थान, […]
२४ साउन, दार्चुला । व्यास गाउँपालिका–१ तिङ्करस्थित छायालेकमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । चीनसँग सीमा जोडिने तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापनाका लागि भवन निर्माण गरिएको हो । चीनको ताक्लाकोटसँग जोडिएको तिङ्करमा स्थापना गरिएको यो पहिलो बीओपी हो । सरकारले बीओपी निर्माण गर्ने लक्ष्यअनुसार भवन निर्माण गरिएको छ […]
२४ साउन, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाका युवाले आर्थिक पारदर्शिता लगायत ९ बुँदे माग राख्दै नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । पोखरिया युवा समाजका अध्यक्ष भगवान दासको नेतृत्वमा गएका युवाले नगर प्रमुख दिप नारायण रौनियारलाई ज्ञापनपत्र बुझाएका हुन् । भ्रष्टाचार बन्द गर, पोखरिया अस्पताल व्यवस्थापन गर लगायत विभिन्न नारा लेखिएको प्लेकार्ड सहित नाराबाजी गर्दै पोखरिया […]
२४ साउन, बुटवल । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव छलफलका लागि बोलाइएको प्रदेशसभाको विशेष अधिवेशनविरुद्ध रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि बोलाएको विशेष अधिवेशन रोक्न माग गर्दै अधिवक्ता प्रवेश केसी रिट लिएर सर्वोच्च पुगेका थिए । तर सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले […]
२४ साउन, सुर्खेत । सुर्खेतमा कोरोना संक्रमणको जोखिम बढेपछि मास्क लगाउन अनिवार्य गरे पनि सर्वसाधारणले अटेर गर्दा एक सय रुपियाँ जरिवाना लगाइएको छ । आइतबार बजार अनुगमनका क्रममा मास्क लगाउन अटेर गर्नेलाई सय रुपियाँ जरिवाना गराइएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । जिल्लामा प्रजिअको नेतृत्वमा करीब एक सातासम्म मास्क लगाउन आग्रह गर्दै जनचेतना […]
२४ साउन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम भूमिसुधार लागु गरेर सुकुम्बासी र भूमिहीनको समस्या समाधान गर्नुपर्ने बताएका छन् । भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्न जमिनमाथिको व्यक्तिगत स्वामित्व अन्त्य गर्नुपर्ने नेता गौतमको भनाइ छ । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै गौतमले व्यक्तिगत जमिनलाई चलनचल्तीको भाउमा सरकारले खरिद गर्नुपर्ने र भूमि उपयोगको नीति बनाउनुपर्ने […]
२४ साउन, दैलेख ।सुदूरपश्चिममा देउकी र काठमाडौँ उपत्यकामा जीवित देवीकुमारीको चर्चा भइरहन्छ । त्यहाँ मन्दिरमा पुजारीको रूपमा कुमारी छन् भने दैलेखको एक मन्दिरमा कुमार । कर्णाली राजमार्गमा पर्ने दैलेखको तल्लो डुङ्गेश्वरस्थित पञ्चेश्वर शिव महादेव मन्दिरमा पुर्खौँदेखि नाबालकले पूजापाठ गर्ने प्रचलन रहेको छ । हाल यस मन्दिरमा सात वर्षीय सुवासदेव गिरी पुजारी (देउकेटा) छन् । सुवास […]
२३ साउन, बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले आफू संविधानको रक्षक भएको बताएका छन् । आइतबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले आफू कुनै पक्षको नभएको बताउँदै भने, ‘मेरो भूमिका संविधानले नै तोकेको छ, त्यो भन्दा बाहिर मेरो भूमिका छैन ।’ विपक्षी दलका नेताहरु संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन […]
२४ साउन, डोटी । डोटीको जोरायल गाउँपालिका–२ मा पर्ने छहरा झरनामा आन्तरिक पर्यटकहरुको घुइँचो लाग्न थालेको छ । सामाजिक सञ्जाल टिकटक र फेसबुकको माध्यमबाट प्रचारमा आएको जोरायल गाउँपालिका–२ को छहडा गाउँ नजिकै रहेको छहरा झरनामा रमाउन टाढाटाढाबाट मानिसहरु पुग्न थालेका छन् । अन्य दिनको तुलनामा शुक्रबार र शनिबार यहाँ ठूलो संख्यामा आन्तरिक पर्यटक आउने गरेका […]
२४ साउन, बाँके । बाँके र दाङका कोरोना अस्पतालमा उपचारार्थ एकैदिन चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका रोल्पा, दाङ र सुर्खेतका तीन सङ्क्रमितको आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै दाङस्थित अस्थायी कोरोना अस्पताल बेलझुण्डीमा उपचारका लागि भर्ना भएका एक सङ्क्रमितको आजै मृत्यु भएको अस्पतालले जनाएको छ । […]
२४ साउन, काठमाडौं । विद्युत उत्पादनमा स्थानीय तह र प्रदेश सरकारको सीमा तोकिएर आएको ‘विद्युत विधेयक २०७७’ माथि राष्ट्रियसभामा छलफल शुरु भएको छ । आइतबार ‘विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव’माथिको छलफलमा भाग लिँदै सांसदहरुले विधेयकले स्थानीय तह र प्रदेश सरकारले कति मेगावाटसम्म विद्युत उत्पादन गर्न पाउने भनी संघीय सरकारले कानून बनाएर तोक्ने अधिकार राख्छ कि […]
२४ साउन, काठमाडौं । समाजशास्त्र केन्द्रीय विभागका विद्यार्थीले पाटन क्याम्पसको परीक्षा केन्द्रमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको भन्दै प्रदर्शन गरेपछि त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्र व्यवस्थित गरेको छ । समाजशास्त्र तेस्रो सेमेष्टरका परीक्षार्थीले शुक्रबार पाटन क्याम्पस परीक्षा केन्द्रमा प्रदर्शन गरेपछि आइतबार भने व्यवस्थित बनाएको पाइएको परीक्षार्थीहरुले बताएका छन् । परीक्षा हलमा ६० जना हाराहारी विद्यार्थी राखेर […]
from समाचार – Online Khabar https://ift.tt/3yzSr8b
via IFTTT






















