Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

‘कांग्रेसको वैधानिकतामै प्रश्न उठ्ने हदसम्म पुर्‍याउनु हेलचेक्राइको पराकाष्ठा हो’

२५ साउन, काठमाडौं । पूर्वनिर्धारित मिति भदौ १६ मा नेपाली कांग्रेसको १४ औं महाधिवेशन नहुने पक्काजस्तै भएपछि कांग्रेस वैधता जोगाउने उपायको खोजीमा जुटेको छ । पार्टीको महाधिवेशन हरेक पाँच वर्षमा गर्नुपर्ने र महाधिवेशन हुन नसक्ने विशेष परिस्थितिमा थप ६ महीना म्याद थप्न सकिने व्यवस्था छ । १९ फागुनमा पाँच वर्षे अवधि गुजारेको कांग्रेसले थपिएको ६ […]

कांग्रेस संस्थापन इतर जिल्ला सभापतिहरुको भेला सुरु हुँदै

२२ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला आज हुँदै छ । १४ औं महाधिवेशन पूर्वनिर्धारित मिति भदौ १६ मा नहुने भएपछि संस्थापन इतर जिल्ला सभापतिहरु काठमाडौंमा भेला भएर अनौपचारिक छलफल गर्न लागेका हुन् । नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यले क्रियाशील सदस्यता विवाद, पार्टीको १४ औं महाधिवेशन, सरकारको कामकारबाही र […]

प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्छ : बाबुराम भट्टराई

२५ साउन, काठमाडौं । सत्ता गठबन्धनका नेता जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले कोरोना जस्तै प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्ने शंका व्यक्त गरेका छन् । आइतबार राति ट्विट गर्दै भट्टराईले असंवैधानिक भेरियन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा ‘अर्ली इलेक्सन’ भेरिएन्ट आउनसक्ने बताएका हुन् । ‘कोरोना झैं प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्छ है […]

कैलालीमा मोटरसाइलको ठक्करबाट एक जनाको मृत्यु

२५ साउन, धनगढी । कैलालीमा मोटरसाइलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बर्दगोरिया गाउँपालिका-१ स्थित पूर्वपश्चिम राजमार्गमा से७प ८०२ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा साइकलमा सवार स्थानीय ७२ वर्षीय जगतबहादुर साउदको मृत्यु भएको हो । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साउदको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्युु भएको […]

रौतहटमा तीर्थालु चढेको गाडी दुर्घटना, एक जनाको मृत्यु

२५ साउन, रौतहट । रौतहटको चन्द्रपुरमा बोलबमको तीर्थालु बोकेको गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । चन्द्रपुर नगरपालिका-१ नुनथरमा आज सोमबार बिहानै बोलेरो पिकअप गाडी नुनथर नजिकैको बागमती सिंचाइको नहरमा दुर्घटना भएको छ । बारा जिल्लाको महागढीमाई नगरपालिकाबाट बोलबमका तीर्थालु बोकेर नुनथरमा रहेको बागमती नदीबाट जल बोक्न आएको ना५च ३१६६ नम्बरको गाडी सडकभन्दा […]

मनाङ बाढीपहिरो प्रतिवेदन : तत्काल बाटो नखुले खाद्यसंकट, दर्जन पुल फेरि बनाउनुपर्ने

२५ साउन, पोखरा । मनसुनको सुरुआतमै आएको बाढी, पहिरोले मनाङका विभिन्न सडक सञ्जालमा गम्भीर क्षति पुर्‍याएको छ । उपल्लो तथा तल्लो मनाङ जोड्नेमात्रै नभई अन्य जिल्लासँग जोड्ने बाटो र पुलसमेत बाढीले बगाइदिएपछि हिमाली जिल्ला मनाङ सडक सम्पर्कबाट विच्छेद भएको छ । मनाङ जिल्लाकै ‘लाइफ लाइन’का रुपमा हेरिएको लमजुङ बेंशीसहर-चामे जोड्ने मुख्य सडक तथा सदरमुकाम चामेदेखि […]

ज्येष्ठ नागरिकलाई आजदेखि कोभिसिल्डको डोज

२५ साउन, काठमाडौं । कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई सोमबारबाट दोस्रो मात्रा दिन लागिएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप महाशाखाका प्रमुख डा. झलक गौतमले जापान र भुटानबाट आएका खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकालाई दिन लागिएको जानकारी दिए । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले काठमाडौं जिल्लामा […]

गोरखामा ४ हजार बढी भूमिहीनको लगत संकलन

२५ साउन, गोरखा । वर्तमान सरकारले खारेज गर्नुअघि भूमि सम्बन्धी समस्या समाधान आयोगले गोरखा जिल्लामा ४ हजार ३ सय २९ जनाको लगत संकलन गरेको छ । जिल्लाका ११ वटा स्थानीय तहबाट भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको लगत संकलन गरिएको हो । लगत संकलन गरिएका मध्ये १ सय ४५ भूमिहीन दलित, ३ सय ९७ […]

एमाले बैठक बस्दै, दशौं महाधिवेशनको तयारी केन्द्रित छलफल हुने

२५ साउन, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बिहान ११ बजे बोलाएका छन् । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने एजेण्डा तय गर्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । स्थायी कमिटी बैठक सकिएपछि दिउँसो तीन बजे केन्द्रीय कमिटी […]

देउवातर्फ संकेत गर्दै रामचन्द्र पौडेलले भने- सर्वत्र असफल व्यक्ति सत्ता सम्हाल्न पुगे

२५ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापित शेरबहादुर देउवालाई महाधिवेशन गर्न नसकेको भन्दै कडा टिप्पणी गरेका छन् । नेता पौडेलले सभापति देउवालाई संकेत गर्दै सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता समाल्न पुगेको टिप्पणी गरेका हुन् । ‘यो देशकै विडम्बना हो । सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता समाल्न पुग्छन्,’ पौडेलले भनेका छन् । […]

कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ दिनयताकै उच्च

२४ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुने यो संख्या डेढ महिनायताकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ । यसअघि गत असार ९ गते एकैदिन ८१ जना संक्रमितको […]

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री, सांसदहरु मन्त्री बन्न नपाउने

नेपालको संविधानमा नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था भएको मुलुक भनेर उल्लेख गरिएको छ । नेपालको सार्वभौमसत्ता, राजकीयसत्ता नेपाली जनतामा निहित छ । संवैधानिक व्यवस्था अनुरूप नेपाली जनताले यसको प्रयोग गर्नेछन् । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक अवस्था अहिले पनि नेपालको मुख्य विशेषता रहेको छ । नेपालको राष्ट्रिय स्वतन्त्रता, […]

पेरिसमा भेट्ने वाचासहित सकियो टोकियो ओलम्पिक, अमेरिका शीर्ष स्थानमा

२४ साउन, काठमाडौं । तीन वर्षपछि फ्रान्सको पेरिसमा भेट्ने वाचासहित टोकियो ओलम्पिक २०२० समापन भएको छ । कोरोना महामारीको त्रासका बीच जुलाई २३ मा सुरु भएको ३२ औं संस्करणको गृष्मकालीन ओलम्पिक आइतबार सफलतापूर्वक सम्पन्न भएको हो । जापानको राजधानी टोकियोमा आयोजित एक भव्य कार्यक्रमका बीच टोकियो ओलम्पिक २०२० को समापन गरिएको हो । कोरोना महामारीको बावजुद […]

विद्युत् प्राधिकरणको नाफा ३ अर्ब ३८ करोड मात्रै, एकै वर्षमा घट्यो ८ अर्ब ३० करोड

२४ साउन, काठमाडौं । दुई आर्थिक वर्ष (आव)देखि सबैभन्दा बढी खुद नाफा कमाउने सार्वजनिक संस्थान बन्दै आएको नेपाल विद्युत प्राधिकरणको नाफा गत आर्थिक वर्ष २०७७/७८मा करिब ३ अर्ब ३८ करोड रुपैयाँमा खुम्चिएको छ । यो नाफा आर्थिक वर्ष २०७६/७७मा भन्दा ८ अर्ब ३० करोड रुपैयाँले कम हो । गत साउन १० गते ऊर्जा जलस्रोत तथा […]

संवैधानिक परिषदमा प्रधानन्यायाधीश : संविधानको पहरेदार कि भागबण्डाको मतियार ?

संवैधानिक परिषदमा हुने नियुक्तिमा चरम दलीय भागबण्डा हुने र त्यसमा प्रधानन्यायाधीश समेत हिस्सेदार बन्न थालेपछि उनको पदीय संलग्नतामाथि गम्भीर प्रश्न उठेको छ ।

गलत नागरिकता लिने र दिने दुवैलाई कारबाही गर्नुपर्छ : प्रदेश प्रमुख झा

२४ साउन, सप्तरी । प्रदेश २ का प्रमुख राजेश झा ‘अहिराज’ ले गलत प्रक्रियाबाट नेपाली नागरिकता लिनेलाई मात्र नभई दिने कर्मचारीलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् । किर्ते गरी नागरिकता लिने र दिने दुवै दोषी भएको उनले बताए । जिल्ला प्रशासन कार्यालय सप्तरीमा आइतबार सुरक्षा निकायका अधिकारी र सञ्चारकर्मीसँगको अन्तरक्रियामा प्रदेश प्रमुख झाले गलत प्रक्रियाबाट […]

‘ओली सरकारका अध्यादेश र नियुक्ति संविधानसम्मत’ 

२४ साउन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ओली सरकारको सिफारिशमा गत पुसमा जारी भएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्तिलाई संविधानसम्मत भनेका छन् । उनले संघीय संसद चालु अवस्थामा नभएको बेलामा सरकारले अध्यादेश जारी गर्न सक्ने भन्दै त्यसलाई गैरसंवैधानिक भन्न नमिल्ने आफ्नो दृष्टिकोण सार्वजनिक गरेका हुन् । संवैधानिक परिषद सदस्यको हैसियतले सर्वोच्च […]

‘प्रधानन्यायाधीश विदा बसेर समस्याको निकास दिनुपर्छ’

संवैधानिक परिषदमा प्रधानन्यायाधीशको उपस्थितिलाई लिएर अहिले विवाद भएको देखिन्छ । त्यत्ति कारणले संवैधानिक परिषदमा प्रधानन्यायाधीश पद राख्नुहुन्छ कि हुन्न भन्ने बहसको त्यति सान्दर्भिकता देख्दिनँ । यसमा मेरो फरक मत छ । २०४७ सालको संविधानले संवैधानिक परिषदको परिकल्पना गरेको हो । त्यस्तो परिषद किन आवश्यक पर्‍यो भन्ने बहसका सन्दर्भहरू मुकुन्द रेग्मीको किताबमा पढ्न पाइन्छ । त्यो […]

आकाशभरि हेली देखिन्छन्, पीडितलाई छैन राहत

२४ साउन, असार । जेठको अन्तिमसम्म मनाङको तालगाउँको रौनक छुट्टै थियो । कञ्चन मस्र्याङ्दी नदी किनारको सुन्दर बस्ती । त्यसमाथि छङ्छङी बगेको झरना । हिमाली जिल्लाको तल्लो भेग यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्थ्यो । तर, असार १ गतेदेखि ताल गाउँको परिचय फेरिएको छ । मनसुनको सुरुवातकै अविरल वर्षाले मस्र्याङ्दी उर्लियो । बस्तीमा मर्स्याङ्दी […]

सरकारको साझा न्यूनतम कार्यक्रम : शान्ति प्रक्रिया प्राथमिकतामा, एमसीसीबारे मौन

२४ साउन, काठमाडौं । कोभिड–१९ को महामारी नियन्त्रणसँगै शान्ति प्रक्रियाको पूर्णता र संघीयता कार्यान्वयनका लागि आवश्यक ऐन, कानून निर्माण गठबन्धन सरकारको प्राथमिकतामा परेका छन् । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको २७ औं दिनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी दलले सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेका हुन् । शीर्ष नेताहरुको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा […]

१५ लाखको योजनामा कामै नगरी प्रतिवेदन तयार

२४ साउन, जनकपुरधाम । सांसद विकास कोषको बजेटबाट १५ लाख रुपैयाँ पाएको चन्द्रनगर गाउँपालिका–१ किसनपुरस्थित सडक हिजोआज पनि हिलाम्य छ । यो सडक स्तरोन्नति भइसकेको भनी गाउँपालिकाले असार १५ गते नै प्रतिवेदन तयार पारिसक्यो, तर स्थानीय बासिन्दा भने सडकको अवस्था सुधार नभएको बताउँछन् । स्थानीय रामवृक्ष महतोको घरदेखि भैसियाहीसम्मको सडकबारे स्थानीय अवधलाल रायले भने, ‘अहिले […]



from समाचार – Online Khabar https://ift.tt/3jHMIau
via IFTTT
Powered by Blogger.