Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कर्णालीमा सञ्‍चारमैत्री कानुन ल्याउँछौं : मन्त्री नेपाली

२४ साउन, सुर्खेत । कर्णाली प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुन मन्त्री सीता कुमारी नेपालीले प्रदेशले सञ्चारमैत्री कानुन ल्याइने बताएकी छन् । आइतवार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री नेपालीले सञ्‍चारसँग सम्बन्धित कानुनहरु ल्याउँदा सञ्‍चार मैत्री बनाइने प्रतिवद्धता जनाइन् । विषय विज्ञ, सञ्‍चारकर्मी तथा सञ्‍चारसँग सम्वद्ध पक्षहरुसँग छलफल गरेर मात्रै कानुन ल्याइने मन्त्री नेपालीले बताइन् […]

मध्‍यपश्चिम विश्वविद्यालयका उपकुलपति सिंहले भने : म जीवितै छु

२४ साउन, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले विश्‍वविद्यालयको लेटर प्‍याड दुरूपयोग गरेर आफ्नो मृत्‍युको दुष्प्रचार गरेको बताएका छन् । आइतबार आयोति पत्रकार सम्मेलनमा सिंहले भने, ‘भ्रष्ट्राचार नियन्त्रण र विश्वविद्यालय सुधारको योजना अगाडि के सारेको थिए, मविरुद्ध चौतर्फी घेरा बन्दी भइरहेको छ, म जिवितै छु, न आतिनुस् विश्वविद्यालय सुधारेरै छाड्छु ।’ आफनो मृत्यु […]

सरकारी कार्यालयका हरेक गतिविधि बाहिर देख्ने सक्ने गरी सीसीक्यामेरा राखियोस् : खिमलाल देवकोटा

२४ साउन, काठमाडौं । राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले सरकारी कार्यालयका हरेक गतिविधि बाहिर देख्न सक्ने गरी सीसीक्यामेरा राख्न माग गरेका छन् । आइतबार राष्ट्रियसभा बैठकमा बोल्दै डा. देवकोटाले संघीयदेखि स्थानीय तहसम्मका हरेक सरकारी निकायबाट हुने कामकारबाही र गतिविधि जनताले थाहा पाउने गरी सीसीक्यामेरा राख्न सरकारलाई सुझाव दिएका हुन् । शासनसत्ता फेरिए पनि जनताले अपेक्षा […]

स्थिर देखियो नेप्से परिसूचक, १४ अर्ब माथिको सेयर कारोबार

२४ साउन, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक स्थिर देखिएको छ । कारोबार खुलेसँगै सामान्य उचारचढाव देखिएको बजार कारोबार बन्द हुँदा ०.०२ प्रतिशतले बढ्यो । ०.०२ प्रतिशतले बजारले बढ्दा नेप्से परिसूचक ३ हजार १ सय ०८ दशमलव १२ अंकमा रोकिएर हरियो देखियो । समग्रमा बजार हरियो देखिए पनि केही समूहगत […]

७७ नम्बरको जर्सी तत्काल अरुलाई नदिइने

२३ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पूर्व कप्तान पारस खड्काको सम्मानमा राष्ट्रिय क्रिकेट टिमको ७७ नम्बरको जर्सी तत्काल प्रयोग नगर्ने भएको छ । ७७ पूर्व कप्तान पारस खड्काले प्रयोग गर्दै आएको जर्सी नम्बर हो । उनको सम्मानमा यो जर्सी तत्काल प्रयोग नगर्ने निर्णय गरेको सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । पूर्व कप्तान पारसले […]

भूमि आयोग पुन:स्थापनाको माग गर्दै कोटेश्‍वरमा प्रदर्शन

२४ साउन, काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजको विरोधमा आइतबार काठमाडौंको कोटेश्‍वरमा प्रदर्शन गरिएको छ । नेकपा एमालेकी नेतृ शान्ता चौधरीको नेतृत्वमा नेपाल भूमिहीन सुकुम्बासी संगठनले आयोग पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनमा उनीहरुले ‘सम्पूर्ण भूमिहीन सुकुम्बासी, अव्‍यवस्थित बसोबासी एक हौ, भूमिसम्बन्धी समस्या समाधान आयोग पुन: स्थापना गर’ भन्‍दै नाराबाजी गरेका छन् […]

जुरे पहिरोका पीडितले ७ वर्षमा पनि राहत पाएनन्

२४ साउन, सिन्धुपाल्चोक । हेरकखाले विपत्ति सिन्धुपाल्चोकमा भइरहे पनि पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । आज भन्दा ७ वर्षअघि साउन १७ गते माथिबाट पहाड खस्दा जुरेको सिङ्गोबस्ती पुरियो भने १४५ को ज्यान गयो । सयौँ विस्थापित भए । जुरे पहिरो पीडितले अहिलेसम्म पनि न्याय पाएका छैनन् । पहिरापीडितका लागि देश विदेशबाट दाताले दिएको रु […]

चेक बाउन्सको मुद्दामा दोषी ठहर भई फरार भएका व्यक्ति पक्राउ

२४ साउन, काठमाडौं । बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ घर भई हाल काठमाडौंको गोंगबुमा बस्दै आएका ४२ वर्षीय चिरायु खालिङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले महालक्ष्मीस्थानबाट शनिबार पक्राउ गरेको हो । उनलाई चेक बाउन्सको मुद्दामा उच्च अदालत पाटनले गत फागुन १० गते […]

कैलालीमा प्रहरीले रकम असुलेर जुवाडे भगाएको घटनाको छानबिन गर्न समिति गठन

२४ साउन, धनगढी । कैलालीमा प्रहरीले रकम असुलेर जुवाडे भगाएको घटनाको छानबिन गर्न समित गठन गरिएको छ । संघीय प्रहरी इकाइ कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले उक्त आरोपबारे छानबिन गरिरहेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बिक्रम चन्दले प्रहरीले रकम असुलेर जुवाडे […]

समान पेन्सनको माग गर्दै तीन भूपू ब्रिटिश गोर्खा सैनिकले शुरु गरे लण्डनमा भोक हड्ताल

२४ साउन, काठमाडौं । अवकाशप्राप्त अन्य बेलायती सैनिक सरह पेन्सन सुविधाको माग गर्दै तीन जना भूतपूर्व ब्रिटिश गोर्खा सैनिकले लण्डनमा भोक हड्ताल शुरु गरेका छन् । ब्रिटिश गोर्खाका अवकाश प्राप्त सैनिक ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्पा घले रानाले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको निवास डाउनिङ स्ट्रिट अगाडि शनिबारबाट भोक हड्ताल शुरु गरेका हुन् । उनीहरुले […]

सिम्बोल नम्बर नहुँदा कालीकोटका विद्यार्थी एसईईको परीक्षाफल हेर्न पाएनन्

२४ साउन, कालीकोट । राष्ट्रिय परीक्षा बोर्डले २०७७ को एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ तर कालीकोट जिल्लाबाट इसईई दिएका विद्यार्थीले भने आफ्नो नतिजा थाहा पाउन सकेका छैनन् । विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर बोर्डले शनिबार नतिजा सार्वजनिक गरेको छ । यहाँका विद्यार्थीले भने सिम्बोल नम्बर नभएका कारण परीक्षाको प्रतिफल थाहा पाउन सकेका छैनन् […]

मकवानपुरमा बढ्न थाले स्क्रबटाइफसका बिरामी

२४ साउन, मकवानपुर । मकवानपुर जिल्लामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन् । विगत आर्थिक वर्षका तुलनामा आर्थिक वर्ष २०७७÷७८ मा बिरामी सङ्ख्यामा वृद्धि भएको हो । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार सो आव ६८ मा सो रोग फेला परेको मध्ये ४९ महिला र १९ पुरुष रहेको जनाइएको छ । यसअघि आव २०७६-७ मा २९ र आव २०७५-७६ […]

उदयपुरमा रुखले किच्दा अटोमा सवार महिलाको मृत्यु, तीन जना घाइते

२४ साउन, काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरीमा रुख लडेर अटोलाई किच्दा त्यसमा सवार एक महिलाको मृत्यु भएको छ । प्रदेश २–०१–००१ ह ०५६० नम्बरको अटोमा सवार कटारी नगरपालिका–४ की ३८ वर्षीया निशा दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ । रुखले थिचेर अटो चालक र अटो नजिकै रहेका अन्य दुई जना घाइते भएका छन् । […]

बामदेव गौतमको प्रस्ताव : जग्गामा व्यक्तिगत स्वामित्व अन्त्य गरौं

२४ साउन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष  बामदेव गौतम भूमिसुधार लागु गरेर सुकुम्बासी र भूमिहीनको समस्या समाधान गर्नुपर्ने बताएका छन् । भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्न जमिनमाथिको व्यक्तिगत स्वामित्व अन्त्य गर्नुपर्ने नेता गौतमको भनाइ छ । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै गौतमले व्यक्तिगत जमिनलाई चलनचल्तीको भाउमा सरकारले खरिद गर्नुपर्ने र भूमि उपयोगको नीति बनाउनुपर्ने […]

सरकारले सिन्धुपाल्चोकका बाढीपीडितलाई राहत दिने काममा तीव्रता दिन सकेन : प्रचण्ड

२४ साउन, काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका बाढीपीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि जनाएका छन् । जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि त्यसअनुसारको काममा तीव्रता दिन नसकेको उनको भनाइ छ । आइतबार बिहान आफ्नै निवास खुमलटार पुगेका बाढीपीडितहरुसँगको भेटमा प्रचण्डले भने, […]

न्यूनतम साझा कार्यक्रम : न उच्चस्तरीय संयन्त्र, न स्थानीय तहलाई प्रदेश मातहत ल्याउने योजना

२४ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको झण्डै एक महिनामा सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ । गठबन्धनमा सहभागी दलका दोस्रो तहका नेताहरुले तयार पारेको न्यूनतम साझा कार्यक्रमलाई आइतबार विहान बसेको शीर्ष नेताहरुको बैठकले अन्तिम रुप दिएको छ । आइतबार अपरान्ह ४ बजे यसलाई सार्वजनिक गर्ने तयारी छ । […]

चितवनको हरियो तरकारीमा विषादीको प्रयोग बढ्दो

२४ साउन, चितवन । जिल्लामा उत्पादित तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दो मात्रामा पाइएको छ । कृषि ज्ञान केन्द्रद्वारा आइतबार आयोजित गत वर्षको समीक्षा एवं चालू आर्थिक वर्षको नयाँ कार्यक्रम सम्बन्धी बैठकमा गत आवमा परीक्षण गरिएका नमूनामध्ये १३ मा विषादीको प्रयोग बढी भएकाले विसर्जन गरिएको जानकारी दिइएको थियो । विषादी द्रूत परीक्षण प्रयोगशाला क्षेत्रपुरमा सो […]

गुल्मीमा मास्क नलगाई हिंड्ने १६ जनालाई कारबाही

२४ साउन, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले मास्क नलगाई हिंड्ने १६ जनालाई कारबाही गरेको छ । विभिन्न स्थानमा गरिएको छड्के चेकजाँचका क्रममा मास्क नलगाई हिंड्ने १६ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा कोरोना संक्रमणको दर बढ्दै जान थालेपछि ‘तपाईंको मास्क खै ?’ अभियान सञ्चालन गरिएको छ । जसअन्र्तगत मास्क […]

इन्द्रावतीमा आएको बाढीले दुई ठूला खानेपानी आयोजनामा क्षति

२४ साउन, काभ्रेपलाञ्चोक । इन्द्रावती नदीमा आएको बाढीले  दुई ठूला खानेपानी आयोजनामा क्षति पुर्‍याएको छ । मेलम्चीहुँदै इन्द्रावती नदीमा गत असार १ गतेदेखि पटकपटक बाढी आउँदा पाँचखाल बृहत शहरी खानेपानी तथा सरसफाई आयोजना र तेमाल बृहत सुख्खा-क्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाको मुहानमा ठूलो क्षति पुर्‍याएको हो । लिफ्टिङ प्रविधिका पाँचखाल खानेपानीको मुहान इन्द्रावती नदी किनार […]

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका प्रत्येक घरमा धारा जडान गरिँदै

२४ साउन, गोरखा । भौगोलिक रुपमा विकट रहेको गोरखाको चुमनुव्री गाउँपालिकाका प्रत्येक घरमा धारा जडानको काम भइरहेको छ । गण्डकी प्रदेश सरकारको उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय अन्तर्गत रहेको खानेपानी तथा सरसफाइ डिभिजिन कार्यालय गोरखाले उक्त गाउँपालिकाका प्रत्येक घरधुरीमा धारा जडानको काम गरिरहेको छ । गण्डकी सरकारको एक घर एक धारा अभियान अन्तर्गत उत्तरी क्षेत्रको […]

अमेरिकामा पुनः देखिन थाल्यो दैनिक एक लाखभन्दा बढीमा कोरोना संक्रमण

२४ साउन, काठमाडौं । अमेरिकामा पुनः दैनिक नयाँ संक्रमितको संख्या एक लाख नाघ्न थालेको छ । अमेरिकाको डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)को तथ्यांकअनुसार अमेरिकामा केही नियन्त्रणमा देखिएको कोरोना संक्रमण पुनः बढ्न थालेको हो । अहिलेसम्म अमेरिकामा ७०.६ प्रतिशत वयस्क नागरिकले कोरोना खोप लगाइसकेका छन् । जसमध्ये ६०.९ प्रतिशतले खोपको पूरा डोज लिइसकेका छन् । यद्यपि […]



from समाचार – Online Khabar https://ift.tt/3fKXD1J
via IFTTT
Powered by Blogger.