समाचार
२० साउन, धनगढी । कैलालीमा एक सशस्त्र प्रहरी जवान कार्यालय परिसरमा मृत अवस्थामा फेला परेका छन् । सशस्त्र प्रहरी बल, नेपाल ३४ नम्बर गण हेडक्वाटर कैलालीमा कार्यरत सशस्त्र प्रहरी जवान डडेल्धुरा भागेश्वर गाउँपालिका–१ का ३१ वर्षीय हरिशकुमार शाही मृत अवस्थामा फेला परेका हुन् । शाही कार्यालय परिसरभित्र उत्तरतर्फको कम्पाउण्ड नजिक पानी जमेको स्थानमा घोप्टो अवस्थामा […]
२० साउन काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बुधबार दिउँसो बस्दैछ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा निवासको निजी निवास बुढानीलकण्ठमा दिउँसो २ बजे बस्ने बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल हुने बताइएको छ । बैठकमा पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँगै सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य डा […]
२० साउन, कर्णाली । नेकपा (एमाले)का चार प्रदेशसभा सदस्यलाई पार्टीले पदमुक्त गरेको निर्णय सर्वोच्च अदालतले सदर गरेपछि कर्णाली प्रदेशमा एमालेको एकल सरकार गठन गर्ने प्रयास विफल हुने भएको छ । पार्टीको आन्तरिक विवाद मिलाएर सरकारको नेतृत्व गर्ने कसरतमा जुटेका नेताहरुले अन्ततः आफैंले गरेको कारवाही अदालतबाट सदर भएपछि सशक्त प्रतिपक्षीमा बस्ने प्रतिक्रिया दिएका छन् । गत […]
२० साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी क्रिकेट वर्ल्डकप लिग टूको त्रिकोणात्मक सिरिजका लागि १९ क्रिकेटरलाई बन्द प्रशिक्षणमा बोलाएको छ । लिग टू अन्तरगत नेपाल, ओमान र अमेरिकाको त्रिकोणात्मक सिरिज ओमानमा हुँदैछ । यसका लागि १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो, जसमा नयाँ अनुहारका रुपमा गुल्सन झा अटाएका छन् । यस्तै ज्ञानेन्द्र मल्ल, […]
२० साउन, बझाङ। गए राति बाहुलीखोलामा आएको बाढीका कारण सदरमुकाम चैनपुर जोड्ने सुर्मा सडकखण्ड अवरुद्ध भएको छ । सदरमुकामबाट सुर्मा गाउँपालिकालाई जोड्ने उक्त सडकखण्ड बाहुलीखोलामा आएको बाढीले बगाएपछि अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल चौधरीका अनुसार प्रहरी टोली पहिरो गएको स्थानमा गएको र अहिले टोली सोही ठाउँमा नपुगेका कारण क्षतिको विवरण […]
२० साउन, सिरहा । चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले युवकलाई पक्राउ गरेको छ । भगवानपुर गाउँपालिका-१ बस्ने २६ वर्षीय आनन्द कुमार पासवानलाई यौनदुर्व्यवहार गरेको अभियोगमा मंगलबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रकउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२० साउन, काठमाडौं । देशको अर्थतन्त्र कोभिड-१९ महामारीको दोस्रो लहरबाट प्रभावित छ । बजारमा माग शिथिल भएका कारण धेरै उद्योग-व्यवसाय अप्ठेरो परिस्थितिबाट गुजि्ररहेका छन् । यही समयमा सरकार परिवर्तन भएर गत जेठ १५ मा अध्यादेशबाट ल्याइएको बजेट प्रतिस्थापन गरेर नयाँ बजेट ल्याउने चर्चा छ । मौद्रिक नीति ल्याउन ढिलाइ भएको छ । यस्तो परिस्थितिमा पनि […]
२० साउन, कास्की । मोटरसाईकल चोरी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १३ कामना मार्ग बस्ने धादिङ सुनौलो बजार नगरपालिका-७ घर भएका २६ वर्षीय प्रकाश पोखरेल र पोखरा महानगरपालिका-१३ मियापटन बस्ने स्याङजा पुतलीबजार नगरपालिका-९ घर भएका २३ वर्षीय धिराज सुनार रहेका छन् । उनीहरुले पोखरा महानगरपालिका-१३ मियापाटन बस्ने काजीमान […]
२० साउन, काठमाडौं । सरकारी वार्ता टोली र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएपछि आंशिक रुपमा आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । प्रतिष्ठानको तर्फबाट वार्ता टोलीका संयोजक डा. एसपी रिमालले कालोपट्टी बाँधेर काम गर्ने र इमरजेन्सी, कोभिड वार्ड लगायतमा काम ठप्प पार्ने लगायतका आन्दोलनका कार्यक्रम फिर्ता भएको बताए । […]
२० साउन, सुर्खेत । जाजरकोटका एक वडा अध्यक्षले स्थानीय युवालाई बाँधेर निर्घात कुटपिट गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । युवालाई कुट्ने व्यक्ति जुनीचाँदे गाउँपालिका-२, का वडाध्यक्ष रामबहादुर नेपाली भएको खुलेको छ । सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीसहित केही व्यक्तिले सोही ठाउँका सर्ते नेपाली (नवीन परियार) लाई कुटपिट […]
२० साउन, काठमाडौं । सरकारले कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज दिने अभियान साउन २२ गतेदेखि देशैभर सन्चालन गर्ने भएको छ । असार २९ गतेदेखि ५५ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरुलाई भेरोसेलको पहिलो डोज दिइएको थियो । पहिलो डोज लिएको २१ दिनभित्र दोस्रो डोज दिनुपर्छ । स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार साउन २२ गतेदेखि दोस्रो डोज […]
२० साउन, काठमाडौं । भारतबाट आयातित फूल जफत गरी जलाएको घटनामा संलग्नहरुविरुद्ध मुद्दा चलाइएपछि नेपाली पुष्प व्यवसायीहरुले आन्दोलन सुरु गरेका छन् । नेपाली पुष्प व्यवसायीहरुमाथि अन्याय भएको भन्दै फ्लोरिकल्चर एशोसिएसन नेपाल र नर्सरी तथा पुष्प उत्पादक किसान संघले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । आन्दोलनको कार्यक्रम अन्तर्गत बुधबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा ज्ञापन पत्र बुझाउने […]
२० साउन, धनगढी । भारतीय पक्षले तुइन चुडाइदिंदा महाकाली नदी तर्दै गरेका नेपाली युवक खसेर बेपत्ता भएको घटना छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको टोली दार्चुला पुगेको छ । गृहमन्त्रालयका सहसचिव जनार्दन नेपाल नेतृत्वको टोलीले आजबाट काम थालेको छ । १५ साउनमा व्यास गाउँपालिका-२ का जयसिंह धामी महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले डोरी चुडाइदिएपछि […]
२० साउन, काठमाडौं । सानिमा लाइफ इन्स्याेरेन्सको सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन खुला भएको छ । नेपाल धितोपत्र बोर्डको अनुमति पछि कम्पनीले आज बुधबारदेखि ६० लाख कित्ता आईपीओका लागि आवेदन खुला गरेको हाे । कम्पनीले आफ्नो जारी पुँजी दुई अर्बको ३० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबर प्रति सेयर १०० का दरले आईपीओ निष्काशन […]
२० साउन, धनगढी । भारतको दिल्लीस्थित एक क्लिनिकबाट किनेर औषधि खाएलगत्तै दुुई नेपाली बालबालिकाको मृत्यु भएको छ । दिल्लीको शालिमारबागमा बस्दै आएका बाजुराको बुढीगंगा नगरपालिका-५ का मानबहादुर विककी ६ वर्षीया छोरी लक्ष्मी र तीन वर्षीय छोरा विशालको मृत्यु भएको हो । बान्ताको समस्या देखिएपछि सोमबार स्थानीय शुुभम डाइग्नोसिस सेन्टर नामक क्लिनिकमा गएर औषधी किनेर विकले […]
२० साउन, काठमाडौं । समयमै क्रियाशील सदस्यता टुंग्याउन नसक्दा सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशन अनिश्चित बनेको छ । क्रियाशील सदस्यता छानबिन समितिले साउन १२ गते पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा पार्टी सभापति शेरबहादुर देउवालाई अन्तिम प्रतिवेदन बुझाइसकेको छ । तर समितिको प्रतिवेदनमाथि नै संस्थापनइतर समूह सशंकित छ । भदौ २३ गते महाधिवेशन गरिसक्नुपर्ने कानुनी बाध्यता कांग्रेसलाई […]
२० साउन, काठमाडौं । मुस्ताङ पनि १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने जिल्ला बनेको छ । १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको थियो । स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीका अनुसार जिल्लाका १८ वर्षभन्दा माथिका ९ हजार ३०० नागरिकलाई खोप दिइएको हो । मुस्ताङमा विभिन्न क्षेत्रमा काम […]
२० साउन, काठमाडौं । स्टिल र निकेल धातु मिसावटबाट टिलिक्क टल्किएको एक र दुई रुपैयाँको नेपाली सिक्का नियाल्दा जो कसैलाई लाग्न सक्छ, मुद्राको विकास कसरी भयो होला ? मुद्राको पहिलो डिजाइन कहिले र कसले गर्यो होला ? मूल्य कसरी निर्धारण भयो होला ? नेपाली मुद्रा विकासको कालखण्ड खोतल्दा गर्व गर्न लायक इतिहास भेटिन्छ । इस्वी […]
२० साउन, गलकोट । बागलुङ जिल्लाका काठेखोला गउँपालिका-७ रेश पीपल डाँडाका गिरी थापा र मीन थापा दुई भाइ मात्र होइनन्, पेशाका हिसाबले दुवै जना शिक्षक पनि हुन् । यद्यपि गिरी थापा २०५३ सालमा शिक्षक पेसा छाडेर कतार गए । कतारमा १५ वर्ष बसेर नेपाल फर्कनुभएका गिरीले भाइ मीनसँगै मिलेर बहुआयामिक व्यवसाय गर्ने सोच बनाए । […]
२० साउन, काठमाडौं । नेपालमा पुस्तक प्रकाशन सुरु भएको एक सय वर्षको अवधिमा केही यस्ता लेखक छन् जसको निधन भएको ५० वर्ष पछिसम्म पुस्तकबाट रोयल्टी आर्जन भइरहेको छ । ‘प्रतिलिपि अधिकार ऐन २०५९’ अनुसार लेखकको जीवनभर र मृत्यु भएपछि ५० वर्षसम्म उसको प्रतिलिपि अधिकार सुरक्षित रहन्छ । त्यसपछि जुनसुकै व्यक्तिले उक्त पुस्तक प्रकाशन गरी बिक्री-वितरण […]
२० साउन, काठमाडौं । मेलम्ची नगरपालिकाले जोखिमयुक्त घरमा नबस्न नगरवासीलाई आग्रह गरेको छ । पहिरो गएको मुहान क्षेत्रबाट अझै पनि पहिरो आउने सम्भावना रहेको र वर्षाततको समय भएकाले मेलम्चीको तल्लो बजारका घरहरु सफा गर्ने र त्यहीं बस्ने गरी थालिएको तयारी जोखिमका हिसाबले उपयुक्त नभएको नगरपालिकाको भनाइ छ । नगर प्रमुख डम्बर अर्यालले जारी गरेको एक […]
from समाचार – Online Khabar https://ift.tt/3Abf8jM
via IFTTT






















