Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

साहसिक पर्यटक पर्खंदै विश्वकै दोस्रो अग्लो भनिएको बन्जी पुल

१९ साउन, गलकोट । कोभिड-१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा-बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ । पहिलो लहरका कारण सञ्चालनमा ढिलाइ भएको पर्वतको कुश्मा र बागलुङ जोड्ने गरी कालीगण्डकीको खोँचमा निर्माण भएको बन्जी र स्विङ कोरोना […]

मौजूदा कम्युनिष्ट उन्मूलनको आवश्यकता

अहिलेका दुई मुख्य कम्युनिष्ट पार्टीहरू एमाले अनि माओवादीभित्र जुट र फुटको स्थायी चक्र चलिरहेको छ । विगतमा यी दल धेरैपटक फुटेका अनि कहिलेकाहीं जुटेका पनि छन् । एमालेकोे पछिल्लो बबण्डर, कलह तथा अहंकारी मानसिकताले विभाजनको बाटो लिएको देखिन्छ । पार्टीभित्र दुईजना पूर्ण असफल तथा वयोवृद्घ नेताहरूबीच अनवरत झगडा देखिएको छ । पार्टीभित्र रहेका अनगिन्ती जवान […]

विमलालाई मुख्यमन्त्री निवासमा ‘बन्धक’ बनाएको माओवादीको आरोप

१९ साउन, बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा ‘बन्धक’ बनाएर जबरजस्ती नक्कली विज्ञप्ति निकालिएको माओवादी केन्द्रले आरोप लगाएको छ । माओवादी केन्द्रले तत्काल विमलाको स्थिति सार्वजनिक गर्न र उनको जीवन रक्षा गर्न माग गर्दै घटनाको गृह मन्त्रालयमार्फत उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेको छ । पूर्वमन्त्री एवम् […]

मेलम्चीको बाढीले सात घर बगायो

१९ साउन, सिन्धुपाल्चोक । मेलम्ची खोलामा आएको निरन्तरको बाढीले गएराति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको एक घर बगाएको स्थानीयवासी नेत्र खड्काले जानकारी दिए । शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घरटहरा बगाएको छ […]

श्रीमतीको हत्यापछि आत्महत्या

१९ साउन, धादिङ । दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका-२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया श्रीमती भीममायाको हत्या गरेका हुन् । खेतमा काम गर्न जाँदै गरेकी श्रीमतीको विकले कोदालो र हसियाँले हानेर हत्या गरेपछि आफूले […]

महाकालीमा बर्सेनि बेपत्ता हुन्छन् व्याँसका बासिन्दा, लालाबालाको विचल्ली

१९ साउन, धनगढी । शुक्रबार बिहान दार्चुलाको व्याँस गाउँपालिका-२ का जयसिंह धामी वैदेशिक रोजगारीका लागि संघीय राजधानी काठमाडौं जान घरबाट हिंडेका थिए । परिवारसँग छुटिने क्रममा उनले श्रीमतीलाई आफ्नो योजना सुनाउँदै छिट्टै फर्किने आश्वासन दिएका थिए । ‘कुनै राम्रो देशको भिसा लागेपछि म विदेश जान्छु नभए काठमाडौंमै काम गर्छु, विदेश गएन भने गौरा पर्व मनाउन […]

गुणस्तरहीन बटर बिक्री प्रकरण : बिक्रेतालाई कमिसन, उपभोक्तालाई छुट !

१९ साउन, काठमाडौं । दूग्ध विकास संस्थान (डीडीसी) ले बिक्रेतालाई कमिसन र उपभोक्तालाई छुट दिएर गुणस्तरहीन बटर (नौनी घ्यु) बिक्री गरेको पाइएको छ । २०७७ असोज २७ मा गरिएको बजार अनुगमनको क्रममा संस्थानको बालाजु प्लान्टमा म्याद सकिएको झण्डै दुई लाख किलो बटर फेला परेको थियो । दूग्धजन्य पदार्थको मौज्दात बढ्दै गएपछि उपभोक्तालाई त्यही बटरबाट बनाइएको […]

सप्तरीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

१९ साउन, सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिकामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा२ख ५६८२ नम्बरको बसलाई सोही दिशाबाट जाँदै गरेको स११प ४०३८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा मोटरसाइकलको बायाँ साइडको ह्यान्डिल बसको बीच […]

चोरीको ज्याकेटले अञ्जुलाई बनायो कोकिन कारोबारी

१८ साउन, काठमाडौं । अञ्जु थापा मगर लाजिम्पाटको ‘थ्रि ब्रदर अपार्टमेन्ट’मा क्लिनरको रुपमा काम गरिरहेकी थिइन् । २० मंसिर २०७७ मा कोठा नम्बर क्यू १ सफा गर्दा दराजभित्र आकर्षक ज्याकेट देखिन् । विदेशी नागरिक बसिरहेको कोठामा अरु ८ वटा ज्याकेट पनि थिए । उनलाई लाग्यो, एउटा लैजाँदा के थाहा होला र ! सुटुक्क एउटा पोका […]

अन्त्यहीन सत्ताको खेल : लुम्बिनीमा सत्तारूढ र विपक्षी दुवै अल्पमतमा

१८ साउन, बुटवल । विपक्षी चार दलले संविधानको धारा १६८(२) अनुसार बहुमतीय सरकार गठनको प्रक्रिया शुरु गर्न माग गर्दै प्रदेश प्रमुखलाई निवेदन दिएको केही घण्टा नवित्दै प्रदेशसभा सदस्य विमला खत्री वलीको वक्तव्य आयो, ‘म नेकपा एमालेमै छु ।’ नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनेमार्चाले प्रदेश प्रमुख अमिक शरेचनलाई बुझाएको ४१ प्रदेशसभा […]

काठमाडौंवासीको मेलम्ची सपनामा फेरि तुषारापात

१८ साउन, काठमाडौं । २०४१ सालमा प्रारम्भिक अध्ययन हुँदा मेलम्चीको पानी काठमाडौं आउने कुरा काठमाडौंवासीको लागि सपनाजस्तै थियो । ३६ वर्षको प्रतीक्षापछि गत चैतमा सपना साकार त भयो, तर त्यसले ल्याएको खुसी दुई महीना पनि टिक्न सकेन । गत असार १ को बाढीले क्षतिग्रस्त आयोजनालाई शनिबार फेरि आएको बाढीले अनिश्चयतर्फ धकेलिदिएको छ । यो दुर्दशाले […]

प्रदेश प्रमुखको स्थायित्व र मर्यादामा प्रश्न, प्रधानमन्त्रीपिच्छे फेरिनुपर्ने पद हो यो ?

१८ साउन, काठमाडौं । प्रदेश प्रमुख पद आलंकारिक हो । मुलुक संघीय प्रणालीमा गएसँगै २०७२ सालपछि सिर्जना भएको पद हो, यो । संविधानतः यसको परिकल्पना– संघको उपस्थिति प्रदेशमा गराउने र संघमा राष्ट्रपतिले जस्तै प्रदेशमा प्रदेश प्रमुखले संविधान अनुसारका काम कारबाही गर्ने हो । प्रदेश प्रमुखको काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्थामा पनि यही भनिएको छ– […]

सिद्धबाबा नजिक पहिरोले जिप पुरिंदा चालकको मृत्यु

१८ साउन, बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डमा पहिरोले जिप पुर्दा एक जनाको मृत्यु भएको छ । स्याङ्जाबाट बुटवल आउँदै गरेको लु २ च ७३८७ नम्बरको जिप पाल्पाको तिनाउ गाउँपालिका दोभान नजिकै हेडवर्क्समा माथिबाट खसेको पहिरोले पुरिंदा चालक २२ वर्षका आशिष खाँण ठकुरीको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार साँझ ७ बजेतिर भएको […]

एकपक्षीय रुपमा अघि बढे ओली, एकता प्रयास भाँड्न खोजेको नेपाल समूहको आशंका

१८ साउन, काठमाडौं । नेकपा एमालेमा एकता प्रयास चलिरहेका बेला महाधिवेशनको कार्यतालिका बनाएका अध्यक्ष केपी शर्मा ओली पक्षले सोमबार ९ वटा विभाग गठन गरेका छन् । तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा बसेको ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटी बैठकले संगठन, स्कुल, प्रचार, विदेश मामिलासहितका ९ विभागका प्रमुखसहित केही सदस्य मनोनयन गरेको छ । स्कुल विभाग […]

प्रहरीको युएन मिसन छनोट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशंका

१८ साउन, काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सहभागी हुन जानुअघि नेपाल प्रहरीले लिने आन्तरिक परीक्षाको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको आशंका गरिएको छ । शनिबार भएको प्रि–स्याट परीक्षाको प्रश्न पत्र बाहिरिएको आशंकामा छानविन सुरु भएको हो । यस विषयमा प्रहरी प्रधान कार्यालयको युएन शाखाले छानविन थालेको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले अनलाइनखबरलाई बताए । ‘प्रश्न […]

सांसदहरुले भने : विना अध्ययन आयोजना बनाउँदा मेलम्चीमा क्षति

१८ साउन, काठमाडौं । सांसदहरुले तयारीविनै शुरु गरेका कारण मेलम्ची खानेपानी आयोजनाले अहिले ठूलो क्षति व्यहोर्नुपरेको बताएका छन् । आयोजना स्थल क्षेत्रको भौगर्भिक अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) जस्ता पूर्वकार्यमा हेलचेक्र्याइँ गरेका कारण अहिले मेलम्ची आयोजनाले ठूलो क्षति व्यहोर्नुपरेको उनीहरुले बताए । सोमबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा भएको […]

सुजिता ठाकुर हत्या आरोपमा उनकै बाबु पनि पक्राउ

१८ साउन, जनकपुरधाम । महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराकी सुजिता ठाकुरको हत्याको घटना अनुसन्धानका लागि प्रहरीले उनका बाबु कामेश्वर पाण्डेलाई पनि पक्राउ गरेको छ । जेठ २० गते राति भएको सुजिताको हत्यामा बाबुको संलग्नता देखिने केही प्रमाण फेला परेकाले पक्राउ गरेको प्रहरीले जनाएको छ । महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले सुजिताका बाबुले उनको हत्याका लागि […]

पुरानो संसद् भवनलाई सङ्ग्रहालय बनाउने सभामुखको योजना

१८ साउन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले भूकम्पबाट क्षतिग्रस्त पुरानो संसद् भवनलाई सङ्ग्रहालय बनाउने योजना रहेको बताएका छन् । विसं २०७२ वैशाखमा गएको भूकम्पले क्षतिग्रस्त भइ हाल जीर्ण अवस्थामा रहेको सिंहदरबारस्थित संसद् भवनको अवलोकन गर्दै उनले पुरातात्विक महत्व बोकेका संरचना भएकाले यसको संरक्षण गर्नु आवश्यकता भएको बताए । ‘संसद् भवनको संरक्षण आवश्यक छ, प्राविधिक टोलीसँग छलफल गरी आवश्यक कदम चाल्छौं’, अवलोकनपछि उनले भने, ‘सङ्ग्रहालयसँगै यसलाई पुस्तकालयका रुपमा समेत विकास गर्नुपर्छ […]

कर्णालीमा एमालेका ४ सांसद पदमुक्त हुँदा मुख्यमन्त्री शाही सुरक्षित

१८ साउन, सुर्खेत । नेकपा एमालेले आफ्ना चार सांसदलाई गरेको कारबाही सदर भएसँगै कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार सुरक्षित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पदमुक्त नगर्न २७ जेठमा दिएको अन्तरिम आदेश खारेज सोमबार गरेको हो । यससँगै […]

विवाहपछि कोरियाली समाजमा प्रभाव छाड्दै नेपाली चेली

काठमाडौं । दक्षिण कोरियामा विवाह गर्नुलाई सामाजिक दायित्वको रुपमा लिइन्छ । सन् १९९० को दशकयता दक्षिण कोरियाको सरकारले ग्रामीण क्षेत्रमा रहेका र जोडी नभेटेका पुरुषलाई विदेशीसँग विवाहको लागि प्रेरित गर्न थालेको थियो । यद्यपि दक्षिण कोरियामा ‘वैवाहिक आप्रवासी’ महिलाको जीवन भने त्यति सहज छैन । दक्षिण कोरियामा हुने गरेका घरेलु हिंसा र दुर्व्यवहारको समाचारले धेरै […]

मेलम्चीमा मिसिएको हेलम्बुको पीडा नियाल्दा 

४५ दिनको अन्तरालमा दोस्रो पटक मेलम्चीमा आएको बाढीले तीनवटा विषयलाई एकसाथ उजागर गरिदिएको छ । यसको पहिलो सन्देश मेलम्ची खोलाको तल्लो तटीय क्षेत्र अब कसैगरी पनि बस्नलायक रहेन । दोस्रो सन्देश हो, २७ वर्षपछि काठमाडौं उपत्यकामा पानी झरेको मेलम्ची खानेपानी आयोजना मेलम्चीमा आएको बाढीकै कारण पुनः केही वर्षका लागि उपत्यकावासीको सपनामा रुपान्तरण भएको छ । र, […]



from समाचार – Online Khabar https://ift.tt/3imrOOF
via IFTTT
Powered by Blogger.