समाचार
२५ साउन, काठमाडौं । कोरोनाको कारण लामो समय बन्द रहेको चन्द्रागिरी हिल्स लिमिटेड घाटामा गएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म २५ करोड ३८ लाख ४२ हजार रुपैयाँमा घाटामा देखिएको छ । अघिल्लो आर्थिक वर्ष पनि चन्द्रागिरी हिल्स साढे १० करोड रुपैयाँ भन्दा धेरै घाटामा थियो । कोरोना […]
२५ साउन, काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ( एचआईडिसीएल) को हकप्रद सेयरका लागि आवेदन दिने समय थप भएको छ । गत ५ साउनदेखि यस कम्पनीको हकप्रद सेयरमा आवेदन खुला भएको थियो । निर्धारित समयमा आईपीओका लागि पर्याप्त आवेदन नपरेपछि समय थप गरिएको हो । हकप्रद निष्काशनका लागि कम्पनीले जेठ २८ गते सेयर […]
२५ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को वैधानिकता उपेन्द्र यादवले पाएपछि छुट्टै भेला गर्दै आएको महन्थ ठाकुर पक्षले आज पनि नवलपरासी र बर्दियामा भेला राखेको छ । निर्वाचन आयोगले जसपाको वैधानिकता यादवलाई दिए पछि ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर (अध्यक्ष) नामक ब्यानरबाट जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला गर्दै आएको छ । […]
२५ साउन, काठमाडौं । सरकार परिवर्तनका कारण सार्वजनिक हुन नसकेको मौद्रिक नीति यहीँ साताभित्रमा सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैंकले आगामी शुक्रबारसम्म मौद्रिक नीति सार्वजनिक गर्ने गरी तयारी सकेको हो । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले यो साताभित्रमा मौद्रिक नीति सार्वजनि गर्ने तयारी रहेको बताए । आन्तरिक तयारी पुरा नभएक कारण केही ढिला […]
२५ साउन, काठमाडौं । पूर्वनिर्धारित मिति भदौ १६ मा नेपाली कांग्रेसको १४ औं महाधिवेशन नहुने पक्काजस्तै भएपछि कांग्रेस वैधता जोगाउने उपायको खोजीमा जुटेको छ । पार्टीको महाधिवेशन हरेक पाँच वर्षमा गर्नुपर्ने र महाधिवेशन हुन नसक्ने विशेष परिस्थितिमा थप ६ महीना म्याद थप्न सकिने व्यवस्था छ । १९ फागुनमा पाँच वर्षे अवधि गुजारेको कांग्रेसले थपिएको ६ […]
२२ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला आज हुँदै छ । १४ औं महाधिवेशन पूर्वनिर्धारित मिति भदौ १६ मा नहुने भएपछि संस्थापन इतर जिल्ला सभापतिहरु काठमाडौंमा भेला भएर अनौपचारिक छलफल गर्न लागेका हुन् । नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यले क्रियाशील सदस्यता विवाद, पार्टीको १४ औं महाधिवेशन, सरकारको कामकारबाही र […]
२५ साउन, काठमाडौं । सत्ता गठबन्धनका नेता जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले कोरोना जस्तै प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्ने शंका व्यक्त गरेका छन् । आइतबार राति ट्विट गर्दै भट्टराईले असंवैधानिक भेरियन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा ‘अर्ली इलेक्सन’ भेरिएन्ट आउनसक्ने बताएका हुन् । ‘कोरोना झैं प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्छ है […]
कोभिड-१९ को महामारी चल्न थालेको एक वर्ष नाघिसक्यो, महामारी समय-समयमा बढ्ने र भाइरसको नयाँ भेरियन्ट देखा पर्ने गरेकाले अवस्था जटिल हुँदै गइरहेको छ । यथाशीघ्र महामारी नियन्त्रण गरी आर्थिक वृद्धि पुनर्बहाली गर्नु अन्तर्राष्ट्रिय समुदायको पहिलो कर्तवय र विश्वका विभिन्न देशहरूको साझा आकांक्षा हो । महामारीको राजनीतिक सीमा हुँदैन, भाइरसले सम्पूर्ण मानव जातिलाई आक्रमण गरिरहेको छ […]
२५ साउन, धनगढी । कैलालीमा मोटरसाइलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बर्दगोरिया गाउँपालिका-१ स्थित पूर्वपश्चिम राजमार्गमा से७प ८०२ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा साइकलमा सवार स्थानीय ७२ वर्षीय जगतबहादुर साउदको मृत्यु भएको हो । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साउदको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्युु भएको […]
२५ साउन, रौतहट । रौतहटको चन्द्रपुरमा बोलबमको तीर्थालु बोकेको गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । चन्द्रपुर नगरपालिका-१ नुनथरमा आज सोमबार बिहानै बोलेरो पिकअप गाडी नुनथर नजिकैको बागमती सिंचाइको नहरमा दुर्घटना भएको छ । बारा जिल्लाको महागढीमाई नगरपालिकाबाट बोलबमका तीर्थालु बोकेर नुनथरमा रहेको बागमती नदीबाट जल बोक्न आएको ना५च ३१६६ नम्बरको गाडी सडकभन्दा […]
२५ साउन, पोखरा । मनसुनको सुरुआतमै आएको बाढी, पहिरोले मनाङका विभिन्न सडक सञ्जालमा गम्भीर क्षति पुर्याएको छ । उपल्लो तथा तल्लो मनाङ जोड्नेमात्रै नभई अन्य जिल्लासँग जोड्ने बाटो र पुलसमेत बाढीले बगाइदिएपछि हिमाली जिल्ला मनाङ सडक सम्पर्कबाट विच्छेद भएको छ । मनाङ जिल्लाकै ‘लाइफ लाइन’का रुपमा हेरिएको लमजुङ बेंशीसहर-चामे जोड्ने मुख्य सडक तथा सदरमुकाम चामेदेखि […]
२५ साउन, काठमाडौं । कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई सोमबारबाट दोस्रो मात्रा दिन लागिएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप महाशाखाका प्रमुख डा. झलक गौतमले जापान र भुटानबाट आएका खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकालाई दिन लागिएको जानकारी दिए । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले काठमाडौं जिल्लामा […]
२५ साउन, गोरखा । वर्तमान सरकारले खारेज गर्नुअघि भूमि सम्बन्धी समस्या समाधान आयोगले गोरखा जिल्लामा ४ हजार ३ सय २९ जनाको लगत संकलन गरेको छ । जिल्लाका ११ वटा स्थानीय तहबाट भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको लगत संकलन गरिएको हो । लगत संकलन गरिएका मध्ये १ सय ४५ भूमिहीन दलित, ३ सय ९७ […]
२५ साउन, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बिहान ११ बजे बोलाएका छन् । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने एजेण्डा तय गर्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । स्थायी कमिटी बैठक सकिएपछि दिउँसो तीन बजे केन्द्रीय कमिटी […]
२५ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापित शेरबहादुर देउवालाई महाधिवेशन गर्न नसकेको भन्दै कडा टिप्पणी गरेका छन् । नेता पौडेलले सभापति देउवालाई संकेत गर्दै सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता समाल्न पुगेको टिप्पणी गरेका हुन् । ‘यो देशकै विडम्बना हो । सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता समाल्न पुग्छन्,’ पौडेलले भनेका छन् । […]
२४ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुने यो संख्या डेढ महिनायताकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ । यसअघि गत असार ९ गते एकैदिन ८१ जना संक्रमितको […]
नेपालको संविधानमा नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था भएको मुलुक भनेर उल्लेख गरिएको छ । नेपालको सार्वभौमसत्ता, राजकीयसत्ता नेपाली जनतामा निहित छ । संवैधानिक व्यवस्था अनुरूप नेपाली जनताले यसको प्रयोग गर्नेछन् । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक अवस्था अहिले पनि नेपालको मुख्य विशेषता रहेको छ । नेपालको राष्ट्रिय स्वतन्त्रता, […]
२४ साउन, काठमाडौं । तीन वर्षपछि फ्रान्सको पेरिसमा भेट्ने वाचासहित टोकियो ओलम्पिक २०२० समापन भएको छ । कोरोना महामारीको त्रासका बीच जुलाई २३ मा सुरु भएको ३२ औं संस्करणको गृष्मकालीन ओलम्पिक आइतबार सफलतापूर्वक सम्पन्न भएको हो । जापानको राजधानी टोकियोमा आयोजित एक भव्य कार्यक्रमका बीच टोकियो ओलम्पिक २०२० को समापन गरिएको हो । कोरोना महामारीको बावजुद […]
२४ साउन, काठमाडौं । दुई आर्थिक वर्ष (आव)देखि सबैभन्दा बढी खुद नाफा कमाउने सार्वजनिक संस्थान बन्दै आएको नेपाल विद्युत प्राधिकरणको नाफा गत आर्थिक वर्ष २०७७/७८मा करिब ३ अर्ब ३८ करोड रुपैयाँमा खुम्चिएको छ । यो नाफा आर्थिक वर्ष २०७६/७७मा भन्दा ८ अर्ब ३० करोड रुपैयाँले कम हो । गत साउन १० गते ऊर्जा जलस्रोत तथा […]
संवैधानिक परिषदमा हुने नियुक्तिमा चरम दलीय भागबण्डा हुने र त्यसमा प्रधानन्यायाधीश समेत हिस्सेदार बन्न थालेपछि उनको पदीय संलग्नतामाथि गम्भीर प्रश्न उठेको छ ।
२४ साउन, सप्तरी । प्रदेश २ का प्रमुख राजेश झा ‘अहिराज’ ले गलत प्रक्रियाबाट नेपाली नागरिकता लिनेलाई मात्र नभई दिने कर्मचारीलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् । किर्ते गरी नागरिकता लिने र दिने दुवै दोषी भएको उनले बताए । जिल्ला प्रशासन कार्यालय सप्तरीमा आइतबार सुरक्षा निकायका अधिकारी र सञ्चारकर्मीसँगको अन्तरक्रियामा प्रदेश प्रमुख झाले गलत प्रक्रियाबाट […]
from समाचार – Online Khabar https://ift.tt/37x7qEd
via IFTTT






















