समाचार
२० साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार कुल २९ अन्तर्राष्ट्रिय उडान/अवतरण हुँदैछ । यो नेपालमा निषेधाज्ञा शुरु भएयताकै सर्वाधिक भएको त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । बुधबार कार्गो उडानका दौरान छेन्दुबाट सिचुवान एयरलाइन्सको जहाज काठमाडौं आउने छ । कुवेतबाट जजिरा एयरवेजले नेपालमा नियमित उडान गर्ने छ । हिमालय एयरलाइन्सले कतारको दोहा, साउदीको […]
२० साउन, काठमाडौं । सरकारले सुकुम्बासी समस्या समाधान आयोग खारेज गर्ने निर्णयको राष्ट्रिय सभामा विरोध भएको छ । बुधबारको राष्ट्रिय सभामा शून्य समयमा बोल्दै चक्रप्रसाद स्नेहीले भने, ‘लाखौंलाख सुकुम्बासीहरु, मोहीहरु थिए त्यसलाई आयोग बनाएर प्रत्येक दिन पूर्जा वितरण भइरहेको थियो, त्यो आयोगलाई विघटन गरेर जनतामार कार्यक्रम ल्याएको हुनाले धन्यवाद दिन चाहान्छु ।’ वर्तमान सरकारले दिनप्रतिदिन […]
२० साउन,फिदिम । कोभिड-१९ दोस्रो लहर जिल्लामा फैलनुअघि नै ज्येष्ठ नागरिकहरु तथा अत्यावश्यक सेवाका व्यक्तिहरुलाई कोभिशिल्ड खोप दिन थालिएको थियो । दोस्रो डोज नआए पनि १३ हजारभन्दा बढीले कोभिशिल्ड खोप लगाए जिल्लामा । त्यसपछि आउन थाल्यो भेरोसेल । यस पटकसम्म तीनपटक भेरोसेल खोप लगाउने अभियान चलिसक्यो । यस क्रममा ६० वर्षका नागरिकदेखि कर्मचारी, जनप्रतिनिधि लगायतले […]
२० साउन, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाले बोटे माझी सस्कृति तथा सीप संरक्षणको लागि माछा मार्ने जाल वितरण गरेको छ । गाउँपालिकाले वडानम्बर-१ अस्लेवामा रुद्रावेनीका १० जना बोटे माझी समुदायका युवाहरुलाई माछा मार्ने जाल वितरण गरेको हो । जाल वितरण गर्दै गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले पुर्खाले गर्दै आएको आफ्नो कला, सीप, सस्कृति संरक्षणमा बोटे माझी […]
२० साउन, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले फेला पारेको नगदसहित महत्वपूर्ण कागजपत्र सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । जिल्ला प्रहरी कार्यालयबाट गस्तीमा खटिएको टोलीले रेसुङ्गा नगरपालिका–२ पुरानो बजारमा १३ हजार ६७० रूपैयाँ सहित अन्य आवश्यक कागजात फेला परेको थियो । प्रहरीले फेला पारेको नगद सहितको कागजपत्र सम्बन्धित व्यक्ति धुर्कोट गाउँपालिका–१ नयाँगाउँका सुशील खत्रीलाई कार्यालयमै बोलाएर […]
२० साउन, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेकोप्रति सरकारको राजनीतिक पूर्वाग्रह भएको टिप्पणी गरेका छन् । मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, ‘कानुनतः गठन भएको र लक्षित समुदायको पहिचान र जग्गाको उपलव्धता जस्ता आधारभूत कार्यादेश स्थानियतहलाई प्रदान गरिएको अवस्थामा राजनीतिक पूर्वाग्रहका आधारमा आयोग नै विघटन […]
२० साउन, काठमाडौं । संसदमा विचाराधीन नागरिकता विधेयक चाँडो पारित गर्न माग गर्दै काठमाडौंको माइतीघरमा धर्ना दिइएको छ । ‘नागरिकताविहीन नेपालीहरु’ समूहको संयोजकत्वमा बुधबार माइतीघर मण्डलामा दबाबमूलक धर्ना दिइएको हो । प्रदर्शनमा सहभागीहरुले संविधानको धारा ११ को उपधारा (३) र (५) छिटो कार्यान्वयन गर्न माग गरेका छन् । यस्तै विगतका दिनमा नागरिकता नपाएर गुमाएके सेवा […]
२० साउन, काठमाडौं । नेकपा एमालेको माधव-झलनाथ पक्षले बुधबार बोलाएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । बैठक बिहीबार बस्ने गरी स्थगित गरिएको हो । अध्यक्ष केपी शर्मा ओली पक्षसँग तिक्तता बढेको बेला माधव नेपाल-झलनाथ खनाल पक्षले बुधबार बिहान ११ बजे केन्द्रीय समितिको बैठक बोलाएको थियो । माधव नेपाल पक्षका एमाले केन्द्रीय सदस्य मेटमणि चौधरीले […]
२० साउन, धनगढी । कैलालीमा एक सशस्त्र प्रहरी जवान कार्यालय परिसरमा मृत अवस्थामा फेला परेका छन् । सशस्त्र प्रहरी बल, नेपाल ३४ नम्बर गण हेडक्वाटर कैलालीमा कार्यरत सशस्त्र प्रहरी जवान डडेल्धुरा भागेश्वर गाउँपालिका–१ का ३१ वर्षीय हरिशकुमार शाही मृत अवस्थामा फेला परेका हुन् । शाही कार्यालय परिसरभित्र उत्तरतर्फको कम्पाउण्ड नजिक पानी जमेको स्थानमा घोप्टो अवस्थामा […]
२० साउन काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बुधबार दिउँसो बस्दैछ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा निवासको निजी निवास बुढानीलकण्ठमा दिउँसो २ बजे बस्ने बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल हुने बताइएको छ । बैठकमा पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँगै सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य डा […]
२० साउन, कर्णाली । नेकपा (एमाले)का चार प्रदेशसभा सदस्यलाई पार्टीले पदमुक्त गरेको निर्णय सर्वोच्च अदालतले सदर गरेपछि कर्णाली प्रदेशमा एमालेको एकल सरकार गठन गर्ने प्रयास विफल हुने भएको छ । पार्टीको आन्तरिक विवाद मिलाएर सरकारको नेतृत्व गर्ने कसरतमा जुटेका नेताहरुले अन्ततः आफैंले गरेको कारवाही अदालतबाट सदर भएपछि सशक्त प्रतिपक्षीमा बस्ने प्रतिक्रिया दिएका छन् । गत […]
२० साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी क्रिकेट वर्ल्डकप लिग टूको त्रिकोणात्मक सिरिजका लागि १९ क्रिकेटरलाई बन्द प्रशिक्षणमा बोलाएको छ । लिग टू अन्तरगत नेपाल, ओमान र अमेरिकाको त्रिकोणात्मक सिरिज ओमानमा हुँदैछ । यसका लागि १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो, जसमा नयाँ अनुहारका रुपमा गुल्सन झा अटाएका छन् । यस्तै ज्ञानेन्द्र मल्ल, […]
२० साउन, बझाङ। गए राति बाहुलीखोलामा आएको बाढीका कारण सदरमुकाम चैनपुर जोड्ने सुर्मा सडकखण्ड अवरुद्ध भएको छ । सदरमुकामबाट सुर्मा गाउँपालिकालाई जोड्ने उक्त सडकखण्ड बाहुलीखोलामा आएको बाढीले बगाएपछि अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल चौधरीका अनुसार प्रहरी टोली पहिरो गएको स्थानमा गएको र अहिले टोली सोही ठाउँमा नपुगेका कारण क्षतिको विवरण […]
२० साउन, सिरहा । चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले युवकलाई पक्राउ गरेको छ । भगवानपुर गाउँपालिका-१ बस्ने २६ वर्षीय आनन्द कुमार पासवानलाई यौनदुर्व्यवहार गरेको अभियोगमा मंगलबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रकउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२० साउन, काठमाडौं । देशको अर्थतन्त्र कोभिड-१९ महामारीको दोस्रो लहरबाट प्रभावित छ । बजारमा माग शिथिल भएका कारण धेरै उद्योग-व्यवसाय अप्ठेरो परिस्थितिबाट गुजि्ररहेका छन् । यही समयमा सरकार परिवर्तन भएर गत जेठ १५ मा अध्यादेशबाट ल्याइएको बजेट प्रतिस्थापन गरेर नयाँ बजेट ल्याउने चर्चा छ । मौद्रिक नीति ल्याउन ढिलाइ भएको छ । यस्तो परिस्थितिमा पनि […]
२० साउन, कास्की । मोटरसाईकल चोरी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १३ कामना मार्ग बस्ने धादिङ सुनौलो बजार नगरपालिका-७ घर भएका २६ वर्षीय प्रकाश पोखरेल र पोखरा महानगरपालिका-१३ मियापटन बस्ने स्याङजा पुतलीबजार नगरपालिका-९ घर भएका २३ वर्षीय धिराज सुनार रहेका छन् । उनीहरुले पोखरा महानगरपालिका-१३ मियापाटन बस्ने काजीमान […]
२० साउन, काठमाडौं । सरकारी वार्ता टोली र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएपछि आंशिक रुपमा आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । प्रतिष्ठानको तर्फबाट वार्ता टोलीका संयोजक डा. एसपी रिमालले कालोपट्टी बाँधेर काम गर्ने र इमरजेन्सी, कोभिड वार्ड लगायतमा काम ठप्प पार्ने लगायतका आन्दोलनका कार्यक्रम फिर्ता भएको बताए । […]
२० साउन, सुर्खेत । जाजरकोटका एक वडा अध्यक्षले स्थानीय युवालाई बाँधेर निर्घात कुटपिट गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । युवालाई कुट्ने व्यक्ति जुनीचाँदे गाउँपालिका-२, का वडाध्यक्ष रामबहादुर नेपाली भएको खुलेको छ । सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीसहित केही व्यक्तिले सोही ठाउँका सर्ते नेपाली (नवीन परियार) लाई कुटपिट […]
२० साउन, काठमाडौं । सरकारले कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज दिने अभियान साउन २२ गतेदेखि देशैभर सन्चालन गर्ने भएको छ । असार २९ गतेदेखि ५५ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरुलाई भेरोसेलको पहिलो डोज दिइएको थियो । पहिलो डोज लिएको २१ दिनभित्र दोस्रो डोज दिनुपर्छ । स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार साउन २२ गतेदेखि दोस्रो डोज […]
२० साउन, काठमाडौं । भारतबाट आयातित फूल जफत गरी जलाएको घटनामा संलग्नहरुविरुद्ध मुद्दा चलाइएपछि नेपाली पुष्प व्यवसायीहरुले आन्दोलन सुरु गरेका छन् । नेपाली पुष्प व्यवसायीहरुमाथि अन्याय भएको भन्दै फ्लोरिकल्चर एशोसिएसन नेपाल र नर्सरी तथा पुष्प उत्पादक किसान संघले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । आन्दोलनको कार्यक्रम अन्तर्गत बुधबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा ज्ञापन पत्र बुझाउने […]
२० साउन, धनगढी । भारतीय पक्षले तुइन चुडाइदिंदा महाकाली नदी तर्दै गरेका नेपाली युवक खसेर बेपत्ता भएको घटना छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको टोली दार्चुला पुगेको छ । गृहमन्त्रालयका सहसचिव जनार्दन नेपाल नेतृत्वको टोलीले आजबाट काम थालेको छ । १५ साउनमा व्यास गाउँपालिका-२ का जयसिंह धामी महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले डोरी चुडाइदिएपछि […]
from समाचार – Online Khabar https://ift.tt/3jor5eS
via IFTTT






















