Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

निर्माणाधीन पुलबाट त्रिशूलीमा खसे मजदुर, एकको मृत्यु, एक बेपत्ता

१२ वैशाख, चितवन । तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने त्रिशूली नदीमाथि बनिरहेको पुलबाट खस्दा एक जना मजदुरको मृत्यु भएको छ । अर्का एकजना वेपत्ता भएका छन् । आइतबार विहान निर्माणाधीन पुलबाट १० जना मजदुर त्रिशूली नदीमा खसेका थिए । तीमध्ये एकजना भारतीय नागरिक विजय यादवको मृत्यु भएको चितवन प्रहरी प्रमुख ओमप्रकाश अधिकारीले जानकारी दिए […]

क्रिकेट प्रशिक्षक वाटमोर भन्छन्- नेपालको प्रदर्शनबाट ‘सरप्राइज्ड’ भएँ

१२ वैशाख, काठमाडौं । नेपाली क्रिकेट टिमले पहिलो पटक घरेलु मैदानमा त्रिकोणात्मक सिरिज टी-२० सिरिजको उपाधि जित्दा पर्दा पछाडिको नायक रहे प्रशिक्षक डेभ वाटमोर । शनिवार नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गरेपछि नेपाली दर्शक मात्र होइन उनै प्रशिक्षक वाटमोर पनि केही आश्चर्यमा परे । उनले खेल प्रतिस्पर्धात्मक नै हुने सोचेका थिए । तर नेपाली बलरले कडा […]

सर्लाहीका कोरोना संक्रमित युवकको मृत्यु

१२ वैशाख, जनकपुरधाम । सर्लाहीका एकजना कोरोना संक्रमित युवकको मृत्यु भएको छ । जिल्लाको रामनगर गाउँपालिका ५ बिर्ता बस्ने ३२ वर्षीय इन्द्रजीत रायको मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका लागि ठमाडौंतर्फ लग्ने क्रममा शनिबार उनको बाटोमै मृत्यु भएको परिवारजनलाई उद्धृत गर्दै सर्लाही प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण गिरीले बताए । शवलाई नेपाल प्रहरीको […]

कैलालीमा कोरोना संक्रमित महिलाको मृत्यु

१२ वैशाख, काठमाडौं । कैलालीमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत गोदावरी नगरपालिका–३ की ६२ वर्षीया महिलाको मृत्यु भएको हो । आईसीयूमा उपचाररत ती महिलाको आइतवार बिहान साढे ५ बजेतिर मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । उनमा निमोनिया र श्वासप्रश्वास सम्बन्धी समस्या […]

ओलीले बोलाए महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक

१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक बोलाएका छन् । बैठक विहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । वैशाख १० गते पनि महाधिवेशन आयोजक समितिको बैठक बसेको थियो । एमालेका एक नेताले दुई दिनपछि नै फेरि सोही समितिको बैठक आह्वान गर्नुलाई अर्थपूर्ण मानिएको बताए […]

बाँकेमा उपचाररत तीन संक्रमितको मृत्यु, एकजनाले घरमै गरे आत्महत्या

१२ वैशाख, काठमाडौं । बाँकेमा २४ घण्टाको अन्तरालमा कोरोना संक्रमित थप चार जनाको मृत्यु भएको छ । कोहलपुरस्थित भेरी अस्पतालमा दुई जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा एक जनाको उपचारको क्रममा मृत्यु भएको हो भने होम आइसोलेसनमा बसेका एक जनाले आत्महत्या गरेका हुन् । कोहलपुर–९ बाँकेका ६० वर्षीय बमबहादुर खत्रीले आफ्नै घरमा आत्महत्या गरेका छन् […]

गुल्मीमा होम आइसोलेसनमा बसेका पुरुषको मृत्यु

१२ वैशाख, गुल्मी । गुल्मीमा एन्टिजिन परीक्षण रिपोर्ट पोजेटिभ भएका एक पुरुषको मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर–३ बासखर्क बस्ने ४५ वर्षीय पुरुषको गएराति मृत्यु भएको छत्रकोट गाउँपालिकाका स्वास्थ्य संयोजक पुन्यप्रसाद गौतमले बताए । वैशाख २ गते भारतबाट फर्किंदा नै ज्वरो आएकाले उनी होम आइसालेशनमा थिए । उनको वैशाख ३ गते एन्टिजिन परीक्षण […]

ठोरीको जङ्गलमा पाटेबाघ मृत फेला

१२ वैशाख, काठमाडौं । पर्साको रामबुद्ध सामुदायिक वन क्षेत्रमा एउटा पाटेबाघ मृत फेला परेको छ । ठोरी गाउँपालिका-३ स्थित रामनगर नजिकैको सामुदायिक वनमा वयस्क पाटे बाघ शनिबार साँझ मृत फेला परेको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिए । सामुदायिक वनभित्र गाईवस्तु चराउन गएका स्थानीयले मृत बाघ देखेपछि मध्यवर्ती उपभोक्ता समितिका पदाधिकारीलाई […]

म्यानमारमा हिंसा रोक्न आसियान नेताहरुको माग

१२ वैशाख, काठमाडौं । दक्षिण पूर्वी एसियाली मुलुकहरुको संगठन आसियानका नेताहरुले म्यानमारको सैन्य शासकलाई हिंसा अन्त्य गर्न आग्रह गरेका छन् । शासन हत्यापछि गिरफ्तार गरिएका राजनीतिक बन्दीहरुलाई पनि रिहा गर्न उनीहरुले आग्रह गरेका छन् । आसियानका नेताहरुको शनिबार इन्डोनेसियाको जाकार्तामा आकस्मिक बैठक बसेको थियो । सो बैठकमा सहभागी नेताहरुले म्यानमारका सैन्य शासकहरुले नरसंहार तत्काल बन्द […]

जलवायु संकट अब अमेरिकी विदेश र राष्ट्रिय सुरक्षा नीतिको केन्द्रमा

१२ वैशाख, काठमाडौं । जलवायु परिवर्तनको विषयलाई अमेरिकाले अब आफ्नो विदेश र सुरक्षा नीतिको केन्द्रीय विषय बनाउने भएको छ । जनवरी २० मा जो वाइडनले नयाँ राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेलगत्तै उनले यो विषयलाई प्राथमिकताका साथ उठाएका छन् । यसै सन्दर्भमा यही अप्रिल २२ र २३ गते वाइडनले ४० वटा मुलुकका सरकार र राष्ट्रप्रमुख सम्मिलित जलवायु […]

सुरक्षित जीवनका लागि आपसमा मिलेर काम गर्ने प्रेरणा मिलोस् : राष्ट्रपति

१२ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ को भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्दा मौलिक वास्तुशिल्प प्रतिविम्बित हुनुपर्ने बताएकी छन् । गोरखा भूकम्पको छैटौं स्मृतिका अवसरमा एक सन्देश दिँदै राष्ट्रपति भण्डारीले पुनर्निर्माणमा हाम्रो मौलिक वास्तुशिल्प प्रतिविम्बित गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी हुन् । नेपालको भौगोलिक अवस्थिति र बनावटका कारण भूकम्प, बाढी पहिरो र डुबान […]

भारतमा कोरोना कहर : एकै परिवारका ४ सदस्यको ८ दिनको अन्तरालमा मृत्यु

१२ वैशाख, काठमाडौं । कोरोनाको दोस्रो लहरबाट प्रभावित भारतीय नागरिक त्राहीत्राही छन् । उपचारका लागि अस्पताल गएकाहरु अक्सिजन नपाएर छटपटाउँदै ज्यान गुमाइरहेका छन् । लासहरुको चाङले अन्त्येष्टि गर्न पालो कुर्नुपर्ने स्थिति छ । शव जलाउने काठ अभाव भएपछि चिनी उद्योगमा पेलेका उँखुका डाँठ खोसाखास गर्नुपर्ने बाध्यता छ । यहीबीचमा महाराष्ट्र राज्यको पुणेमा कोरोना संक्रमित एकै […]

आईपीएल : राजस्थानले कोलकातालाई ६ विकेटले हरायो

१२ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३३ रन बनाएको थियो । त्यसको जवाफमा राजस्थानले १८.५ ओभरमा ४ विकेट गुमाएर १३४ रन बनाउँदै जित हासिल गर्यो । राजस्थानका कप्तान सन्जु साम्सन […]

गोरखा भूकम्पको छैटौं स्मृति दिवस मनाइँदै

१२ वैशाख, काठमाडौं । छ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पको छैटौं स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धि, हालसम्मको सिकाइलगायत विषयलाई समेटेर कार्यशाला गोष्ठी आयोजना गरेको छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गरिने र त्यसमाथि विज्ञले टिप्पणी गर्ने कार्यक्रम […]

प्रधानमन्त्रीलाई सीसीएमसीको ब्रिफिङ : हटस्पटहरुमा ‘लकडाउन’ गरौं

११ वैशाख, काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) का अधिकारीहरुले हटस्पटहरूमा ‘लकडाउन’ गर्नुपर्ने सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका छन् । कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे शनिबार बालुवाटारमा प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेका सीसीएमसीका अधिकारीहरुले लकडाउन शब्द त प्रयोग गरेरनन् तर हटस्पटहरुमा बाँकेको नेपालगञ्जमा जस्तै रणनीति अपनाउनुपर्ने बताएका हुन् । ठूला शहरहरुमा बढ्दो संक्रमणको चेन ब्रेक […]

उठ्यो धरहरा, प्रधानमन्त्रीले गरे उद्घाटन (फोटो फिचर)

११ वैशाख, काठमाडौं । २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको धरहरा पुनर्निर्माण भएको छ । भूकम्प गएको दिन वैशाख १२ को अघिल्लो दिन पारेर शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका छन् । धरहरा निर्माण हुनु सबै नेपालीका लागि खुसीको क्षण भएको भन्दै उनले घरघरमा साँझ दीपावली गर्न आव्हान गरे । ‘इतिहास झल्कने, आधुनिकता […]

कोरोना संक्रमणबाट संविधानसभा सदस्यको मृत्यु

११ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज-३ की ६५ वर्षीया मोहम्मद सिद्धिकीको शनिबार उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । उनलाई २८ चैतमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी संविधानसभा सदस्य सदस्य समेत हुन् ।

सेती नदी, पाताले छाँगो र रामघाट ४० वर्षसम्म निजी क्षेत्रलाई दिने दाउ

११ वैशाख, पोखरा । कार्यकालको अन्तिम वर्षको मुखमा आइपुग्दा पोखरा महानगरपालिकाका जनप्रतिनिधिले प्राकृतिक तथा सार्वजनिक महत्वको सम्पदा र स्रोत विना टेन्डर निजी क्षेत्रलाई सुम्पिने योजना अघि सारेका छन् । पोखरा महानगरबाट नेतृत्व छोड्दै गर्दा ४० वर्षका लागि सार्वजनिक सम्पदा निजी क्षेत्रलाई जिम्मा दिने गरी मेयर मानबहादुर जिसीले प्रक्रिया अगाडि बढाएका हुन् । सार्वजनिक निजी साझेदारीको […]

कीर्तिमानी जितसँगै नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि

११ वैशाख, काठमाडौं । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ । कुशल  भुर्तेलसँगै कुशल मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङ मद्दतमा नेपालले २३८ रनको कीर्तिमानी स्कोर खडा गरेको गरेको थियो । जवाफमा नेदरल्याण्ड्सले १७.२ ओभरमा सबै विकेट गुमाएर ९६ रन […]

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, २६१८ संक्रमित थपिए

११ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६१८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ६६८ नमुनाको पीसीआर टेष्ट गर्दा २४८६ जनामा र सीमा नाकाहरुमा ११४३ जनाको एन्टिजेन टेष्ट गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या २ […]

धरहरा चढ्दा आइफेल टावर चढेजस्तै अनुभव भयो : प्रधानमन्त्री ओली

११ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहरा चढ्दा फ्रान्सको आइफेल टावर चढेजस्तै अनुभव भएको बताएका छन् । शनिबार पुनर्निर्मित धरहरा उद्घाटन समारोहलाई सम्बोधन प्रधानमन्त्री ओलीले सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफेल टावर चढेजस्तै अनुभव भएको र २० औं तलामा त्यहाँकै जस्तो हावा आएको अनुभव भएको बताए । इतिहाससँग जोडिएको ऐतिहासिकस्थल पुनर्निर्माण […]



from समाचार – Online Khabar https://ift.tt/3gyHsWF
via IFTTT
Powered by Blogger.