समाचार
१२ वैशाख, काठमाडौं । चिकित्सकसहित ९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालका निर्देशक डा. कृष्ण आचार्यका अनुसार कोरोना जोखिमलाई मध्यनजर राखेर आइतबारदेखि शुक्रबारसम्मका लागि अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरिएको हो । डा. अधिकारीले अनलाइनखबसँग भने, ‘चिकित्सकसहित १० जनाको परीक्षण गर्दा ९ […]
१२ वैशाख, काठमाडौं । दक्षिण कोरियाली कम्पनी एलजीले नेपालमा घरायसी विद्युतीय सामग्री बिक्री थालेको ३७ वर्षभन्दा धेरै भयो । एलजीको बिक्री–वितरण चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले गर्छ । वाशिङ मेशिन, फ्रिज, टेलिभिजन, एयर कण्डिसनलगायत दर्जनौं विद्युतीय उपकरण बिक्रीमा नेपाली बजारको लिडर भएको दाबी गर्ने एलजीले गत आर्थिक वर्ष कोभिड महामारीमा पनि बिक्री लक्ष्य पूरा गर्यो । […]
१२ वैशाख, महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको परीक्षा स्थगनको माग गर्दै विभिन्न विद्यार्थी संगठनहरुले विश्वविद्यालयमा शनिबार ताला लगाएका छन् । विश्वविद्यालयले वैशाख १६ गतेदेखि परीक्षा सञ्चालनको तयारी गरेको छ । विद्यार्थी संगठनहरुले कोरोना भाइरसको महामारीमा विश्वविद्यालयले जबर्जस्ती परीक्षा सञ्चालन गर्न लागेको भन्दै केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रकको कार्यालयमा ताला लगाएका हुन् । अनेरास्ववियू अध्यक्ष रोहित गजुरेल, नेविसंघका […]
१२ वैशाख, काठमाडौं । नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको आकस्मिक बैठक शुरु भएको हो । ६ र १० वैशाखमा बसेर अन्त्य गरिएको बैठक फेरि बोलाइएको हो । बरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई भूमिकाविहीन बनाउने गरी कार्यविभाजन र नयाँ स्थायी कमिटी गठन गरेर बैठक अन्त्य […]
१२ वैशाख, मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा बञ्चरो प्रहार गरी बाबुको हत्या गरिएको छ । कैलाश-३ कटुञ्जेमा छोराले बञ्चरो प्रहार गर्दा स्थानीय ५० वर्षीय बलराम सापकोटाको घटनास्थलमै मृत्यु भएको हो । सापकोटालाई ३० वर्षीय छोरा अन्जन सापकोटाले टाउकोमा बञ्चरो प्रहार गरेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले बञ्चरोसहित नियन्त्रणमा लिएको छ भने थप अनुसन्धान कार्य […]
१२ वैशाख, काठमाडौं । आजभन्दा करिब १४ महिना अघि कोभिड १९ को पहिलो लहरले विश्वलाई आक्रान्त बनाउँदै थियो । कोराना संक्रमणको महामारीबाट जोगिन के गर्ने र कसो गर्ने भन्ने अन्यौल थियो । यसबाट बच्ने कयौं उपायबारे चर्चा र बहस सुरु भए । प्रारम्भिक रूपमा कोभिडबाट बच्न विश्व स्वास्थ्य संगठनले सुरक्षाको न्युनतम् मापदण्ड जारी गर्यो । […]
१२ वैशाख, काठमाडौं । नेपाली सेनाले संसदीय समितिको निर्देशन अवज्ञा गर्दै द्रुतमार्गको सुरुङ निर्माणको खरिद प्रक्रिया अघि बढाएको छ । गत चैत १९ गते संसदको सार्वजनिक लेखा समितिले काठमाडौं तराई फास्ट ट्रयाकको सुरुङ र पुल निर्माणसम्बन्धी दोस्रो प्याकेजको खरिद प्रक्रियामा अनियमितता हुन लागेको भन्दै ठेक्का रद्द गर्न दिएको थियो । आइतबार सेनाले सुरुङमार्ग र पुलका […]
१२ वैशाख, चितवन । तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने त्रिशूली नदीमाथि बनिरहेको पुलबाट खस्दा एक जना मजदुरको मृत्यु भएको छ । अर्का एकजना वेपत्ता भएका छन् । आइतबार विहान निर्माणाधीन पुलबाट १० जना मजदुर त्रिशूली नदीमा खसेका थिए । तीमध्ये एकजना भारतीय नागरिक विजय यादवको मृत्यु भएको चितवन प्रहरी प्रमुख ओमप्रकाश अधिकारीले जानकारी दिए […]
१२ वैशाख, काठमाडौं । नेपाली क्रिकेट टिमले पहिलो पटक घरेलु मैदानमा त्रिकोणात्मक सिरिज टी-२० सिरिजको उपाधि जित्दा पर्दा पछाडिको नायक रहे प्रशिक्षक डेभ वाटमोर । शनिवार नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गरेपछि नेपाली दर्शक मात्र होइन उनै प्रशिक्षक वाटमोर पनि केही आश्चर्यमा परे । उनले खेल प्रतिस्पर्धात्मक नै हुने सोचेका थिए । तर नेपाली बलरले कडा […]
१२ वैशाख, जनकपुरधाम । सर्लाहीका एकजना कोरोना संक्रमित युवकको मृत्यु भएको छ । जिल्लाको रामनगर गाउँपालिका ५ बिर्ता बस्ने ३२ वर्षीय इन्द्रजीत रायको मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका लागि ठमाडौंतर्फ लग्ने क्रममा शनिबार उनको बाटोमै मृत्यु भएको परिवारजनलाई उद्धृत गर्दै सर्लाही प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण गिरीले बताए । शवलाई नेपाल प्रहरीको […]
१२ वैशाख, काठमाडौं । २०७२ वैशाखमा करीब ९ हजार ज्यान लिने र ७ लाख ७३ हजार घरमा क्षति पुग्ने गरी विनाशकारी भूकम्प गएपछि धेरैलाई लागेको थियो– अब धेरै चिज बदलिन्छ । महीनौंसम्म परकम्पन आइरहँदा नेपाली समाजको मथिंगल हल्लिरहेकै थियो । महाभूकम्पपछिको गतिलो पाठ थियो– भूकम्पले मान्छे मार्दैन, मान्छेले बनाएको संरचनाले ज्यान लिन्छ । भूकम्पबाट जोगिने […]
१२ वैशाख, काठमाडौं । कैलालीमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत गोदावरी नगरपालिका–३ की ६२ वर्षीय पुरुषको मृत्यु भएको हो । आईसीयूमा उपचाररत उनको आइतवार बिहान साढे ५ बजेतिर मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । उनमा निमोनिया र श्वासप्रश्वास सम्बन्धी समस्या थियो […]
१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक बोलाएका छन् । बैठक विहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । वैशाख १० गते पनि महाधिवेशन आयोजक समितिको बैठक बसेको थियो । एमालेका एक नेताले दुई दिनपछि नै फेरि सोही समितिको बैठक आह्वान गर्नुलाई अर्थपूर्ण मानिएको बताए […]
१२ वैशाख, काठमाडौं । बाँकेमा २४ घण्टाको अन्तरालमा कोरोना संक्रमित थप चार जनाको मृत्यु भएको छ । कोहलपुरस्थित भेरी अस्पतालमा दुई जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा एक जनाको उपचारको क्रममा मृत्यु भएको हो भने होम आइसोलेसनमा बसेका एक जनाले आत्महत्या गरेका हुन् । कोहलपुर–९ बाँकेका ६० वर्षीय बमबहादुर खत्रीले आफ्नै घरमा आत्महत्या गरेका छन् […]
१२ वैशाख, गुल्मी । गुल्मीमा एन्टिजिन परीक्षण रिपोर्ट पोजेटिभ भएका एक पुरुषको मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर–३ बासखर्क बस्ने ४५ वर्षीय पुरुषको गएराति मृत्यु भएको छत्रकोट गाउँपालिकाका स्वास्थ्य संयोजक पुन्यप्रसाद गौतमले बताए । वैशाख २ गते भारतबाट फर्किंदा नै ज्वरो आएकाले उनी होम आइसालेशनमा थिए । उनको वैशाख ३ गते एन्टिजिन परीक्षण […]
१२ वैशाख, काठमाडौं । पर्साको रामबुद्ध सामुदायिक वन क्षेत्रमा एउटा पाटेबाघ मृत फेला परेको छ । ठोरी गाउँपालिका-३ स्थित रामनगर नजिकैको सामुदायिक वनमा वयस्क पाटे बाघ शनिबार साँझ मृत फेला परेको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिए । सामुदायिक वनभित्र गाईवस्तु चराउन गएका स्थानीयले मृत बाघ देखेपछि मध्यवर्ती उपभोक्ता समितिका पदाधिकारीलाई […]
१२ वैशाख, काठमाडौं । दक्षिण पूर्वी एसियाली मुलुकहरुको संगठन आसियानका नेताहरुले म्यानमारको सैन्य शासकलाई हिंसा अन्त्य गर्न आग्रह गरेका छन् । शासन हत्यापछि गिरफ्तार गरिएका राजनीतिक बन्दीहरुलाई पनि रिहा गर्न उनीहरुले आग्रह गरेका छन् । आसियानका नेताहरुको शनिबार इन्डोनेसियाको जाकार्तामा आकस्मिक बैठक बसेको थियो । सो बैठकमा सहभागी नेताहरुले म्यानमारका सैन्य शासकहरुले नरसंहार तत्काल बन्द […]
१२ वैशाख, काठमाडौं । जलवायु परिवर्तनको विषयलाई अमेरिकाले अब आफ्नो विदेश र सुरक्षा नीतिको केन्द्रीय विषय बनाउने भएको छ । जनवरी २० मा जो वाइडनले नयाँ राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेलगत्तै उनले यो विषयलाई प्राथमिकताका साथ उठाएका छन् । यसै सन्दर्भमा यही अप्रिल २२ र २३ गते वाइडनले ४० वटा मुलुकका सरकार र राष्ट्रप्रमुख सम्मिलित जलवायु […]
१२ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ को भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्दा मौलिक वास्तुशिल्प प्रतिविम्बित हुनुपर्ने बताएकी छन् । गोरखा भूकम्पको छैटौं स्मृतिका अवसरमा एक सन्देश दिँदै राष्ट्रपति भण्डारीले पुनर्निर्माणमा हाम्रो मौलिक वास्तुशिल्प प्रतिविम्बित गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी हुन् । नेपालको भौगोलिक अवस्थिति र बनावटका कारण भूकम्प, बाढी पहिरो र डुबान […]
१२ वैशाख, काठमाडौं । कोरोनाको दोस्रो लहरबाट प्रभावित भारतीय नागरिक त्राहीत्राही छन् । उपचारका लागि अस्पताल गएकाहरु अक्सिजन नपाएर छटपटाउँदै ज्यान गुमाइरहेका छन् । लासहरुको चाङले अन्त्येष्टि गर्न पालो कुर्नुपर्ने स्थिति छ । शव जलाउने काठ अभाव भएपछि चिनी उद्योगमा पेलेका उँखुका डाँठ खोसाखास गर्नुपर्ने बाध्यता छ । यहीबीचमा महाराष्ट्र राज्यको पुणेमा कोरोना संक्रमित एकै […]
१२ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३३ रन बनाएको थियो । त्यसको जवाफमा राजस्थानले १८.५ ओभरमा ४ विकेट गुमाएर १३४ रन बनाउँदै जित हासिल गर्यो । राजस्थानका कप्तान सन्जु साम्सन […]
from समाचार – Online Khabar https://ift.tt/3gBLDkz
via IFTTT






















