समाचार
२२ साउन, काठमाडौं । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले राजीनामा दिएका छन् । तत्कालीन प्रधामन्त्री केपी शर्मा ओलीको पालामा चार वर्षका लागि नेपाल टेलिभिजनमा नियुक्त भएका विष्टले वर्तमान प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री शेरबहादुर देउवासमक्ष विहीबार राजीनामा दिएका हुन् । विष्टले आफ्नो कार्यकालमा नेपाल टेलिभिजनका सबै च्यानलहरूलाई एचडी प्रविधिमा रुपान्तरण गर्ने, […]
२२ साउन, गलकोट । बागलुङ जिल्लाकै दुर्गम मानिएको तमानखोलामा यस पटक खोला बढेर यातायात रोकिएन । बर्खामा तीन महिना यातायात ठप्प हुने तमानखोला गाउँपालिकामा यस वर्षदेखि बाह्रैमास सवारी सञ्चालन भएका छन् । जिल्लाको दोस्रो व्यापारिक सहर बुर्तिवाङ बजारबाट तमानखोलाको केन्द्र बोङ्गादोभान पुग्ने सडक र दुई पक्की पुल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण गरेसँगै यात्रुलाई सहज भएको […]
२२ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार भएको भेटमा समसामयिक विषयमा छलफल भएको थियो । राष्ट्रपतिले कोरोना महामारी नियन्त्रण, प्रभावितहरूको उपचार तथा जनस्वास्थ्यका विषयमा सरकारले गरेका कामबारे चासो व्यक्त गर्दै प्रधानमन्त्रीबाट जानकारी लिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । राष्ट्रपति र प्रधानमन्त्रीबीचको उक्त […]
२२ साउन, जनकपुरधाम । महोत्तरी प्रहरीले लुटपाटको झुठो उजुरी दिएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । सोनमा गाउँपालिका–१ बस्ने ३७ वर्षीय मोलाजिम मोमिन र जलेश्वर नगरपालिका–९ बस्ने ऐनुल अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु मामा–भान्जा हुन् । मेलाजिमले मामाको घरबाट ३ लाख रुपैयाँ लिएर गत साउन १९ गते घरतिर आइरहँदा सोनमा गाउँपालिका […]
२२ साउन, काठमाडौं । कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुले आजदेखि दोस्रो डोज पाउने भएका छन् । भेरोसेलको पहिलो डोज खोप लगाएर २१ दिन पूरा भएकाहरुलाई देशैभर दोस्रो डोज खोप लगाउन लागिएको हो । दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ । काठमाडौंका सबै पालिकामा खोप केन्द्र तोकिएको छ । आफूलाई […]
२२ साउन, काठमाडौं । भन्सार छलेर अवैध रुपमा भित्राइएको ७० लाखभन्दा बढी मूल्य बराबरका ५९५ थान मोबाइल सेट सहित दुई जनालाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । बिभिन्न ब्राण्डका ५९५ थान मोबाइलसहित चितवनको भरतपुर महानगरपालिका बस्ने ४३ वर्षीय अर्जु्न ढकाल र गाडीका चालक ४० वर्षीय इन्द्रलाल श्रेष्ठलाई पक्राउ गरिएको नवलपुर प्रहरी कार्यालयका डिएसपी दिलिप गिरीले […]
२१ साउन, काठमाडौं । देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा एमालेसम्वद्ध राष्ट्रिय युवा संघले बिहीबार प्रदर्शन गर्यो । मनोहरा सुकुम्बासी बस्तीबाट मूल सडकसम्म निकालिएको जुलुसमा सुकुम्बासीभन्दा युवा संघका नेता कार्यकर्ता धेरै थिए । युवा संघको त्यही प्रदर्शनको एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । निधारमा कालो फेटा बाँधेका युवाले […]
२१ साउन, काठमाडौं । पार्टी एकता कि विभाजन भन्ने अन्यौल कायमै रहेका बेला नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बिहीबार केन्द्रीय सदस्यहरुलाई सम्बोधन गरे । नेताहरुका अनुसार तुलनात्मक रुपमा नरम देखिएका नेता नेपालले पार्टी एकता आफ्नो इच्छा भएको मात्र मात्र बताएनन्, अमर्यादित ढंगले शब्दहरु प्रयाेग नगर्न नेताहरुलाई आग्रह समेत गरेका छन् । २७ असारमा भएको […]
२१ साउन, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता गुमाएपछि पार्टीविहीन जस्तै अवस्थामा पुगेका महन्थ ठाकुर मधेश झरेका छन् । तराई/मधेशको अधिकारका लागि भन्दै नेपाली कांग्रेस परित्याग गरी आन्दोलनमा होमिने नेता हुन् महन्थ ठाकुर । कांग्रेसबाट बाहिरिएपछि तराई मधेश लोकतान्त्रिक पार्टी गठन गरेका ठाकुरले मधेशमा सक्रिय ६ दल मिलाएर राष्ट्रिय जनता पार्टी (राजपा) बनाए […]
२१ साउन, काठमाडौं । साउन १३ गते काठमाडौं महानगरका राजस्व अधिकृत प्रदीप कोइरालाको नेतृत्वमा नगर प्रहरीको टोली ‘कृषि सामग्री कम्पनी लिमिटेड’को कुलेश्वरस्थित कार्यालयको गेटमा पुग्यो । माइकिङ गर्न थाले, ‘कृषि समाग्री कम्पनी लिमिटेडलाई छिटो कर तिर्न आह्वान गरिन्छ ।’ लगातार आधा घण्टा माइकिङ गरेर नगर प्रहरी फर्कियो । कम्पनीले महानगरसँग यसबारे सोधपुछ गर्दा थाहा भयो, […]
केही दिनअघि सर्वोच्च अदालतबाट समावेशीकरणसँग सम्बन्धित विषयमा पहिला भएको फैसलाको पूर्ण पाठ आएको छ । विनयकुमार पञ्जियारले चिकित्साशास्त्रमा स्नातकोत्तर एमडी अध्ययनका लागि भर्ना हुँदा नै आफू आरक्षण पाउने समूहमा परेकोले आरक्षण पाउनुपर्ने दाबी गरी सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । यो सम्बन्धी फैसला १ पुस २०७७ मा नै भएको हो र हालै फैसलाको पूर्ण […]
२१ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल आगामी हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बिहीबार राष्ट्रिय परीक्षा बोर्डमा एसईईको मूल्यांकन प्रगतिबारे छलफल गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । अध्यक्ष पौडेलले भने ‘आज एसईईको मूल्यांकन प्रगतिबारे बुझ्दा प्राविधिक सम्पादन मात्रै बाँकी रहेको पाइयो । आगामी हप्ताभित्र सार्वजनिक हुन्छ ।’ गत […]
२१ साउन, बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको बताएकी छन् । बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी सांसद वलीले आफूलाई १५ साउनदेखि २० गतेसम्म मुख्यमन्त्रीको निवासमा राखेको र एमालेमा फर्किएँ भनेर जबरजस्ती हस्ताक्षर गराएर १९ साउनको विज्ञप्ति जारी गराएको बताएकी हुन् । आफूले १९ वैशाखमै पत्रकार सम्मेलन […]
२१ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण सुस्त तर निरन्तर बढिरहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो दुई दिनमा उपत्यकामा दैनिक एक हजार बढी संक्रमित थपिएका छन् । बुधबार १,२७९ जना तथा बिहीबार १,०७८ जना संक्रमित थपिएका छन् । तर पछिल्लो दुई महिनाको तथ्यांक हेर्दा १२ असारयता संक्रमितको संख्या क्रमशः बढेको […]
२१ साउन, काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशसभाका मुख्य सचेतक भूमिश्वर ढकालले प्रदेश सभा सदस्य विमला खत्री वलीकै राजीखुसीमा दाङबाट मुख्यमन्त्रीको निवासमा पुर्याएको दाबी गरेका छन् । एमालेमै फर्किएको विज्ञप्ति पनि उनकै इच्छाअनुसार सार्वजनिक भएको ढकालको भनाइ छ । प्रदेशसभा सदस्य विमलाले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी आफूलाई एमाले प्रमुख सचेतक भूमिश्वर ढकाललगायतले जबर्जस्ती मुख्यमन्त्री […]
२१ साउन, काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि विवादमा फसेको डेडिकेटेड तथा ट्रंकलाइनको महसुल विवाद समाधानका लागि पुनरावलोकनमा आउन उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनपछि उद्योगी तथा व्यवसायीलाई छलफलमा बोलाएको प्राधिकरणले पुनरावलोकनमा आउन वा विद्युत् नियमन आयोगमा जान सुझाव दिएको छ। महसुल विवादका सम्बन्धमा म्याद थपका लागि सञ्चालक […]
२१ साउन, विराटनगर । नेकपा माओवादी केन्द्रले संघीय सरकारले झापाको गिरीबन्धु टी-स्टेटको जग्गा सट्टा भर्नाका लागि अनुमति दिएको विषयमा प्रदेश १ सरकारको धारणा मागेको छ । बिहीबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका सांसद आङ्बोले केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले गरेको गिरीबन्धु टी–स्टेटको करीब ३४१ विघा जग्गा सट्टापट्टा गर्ने निर्णय राष्ट्रघाती भएको […]
२१ साउन,काठमाडौं । म्याद सकिएको बटर बिक्री प्रकरणमा संलग्न डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेललाई कारबाही माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता भएको छ । म्याद सकिएको बटरलाई घिउ बनाएर उपभोक्तलाई बिक्री गरेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालले महाप्रबन्धक पौडेलसहितका संलग्न अधिकारीलाई कारबाहीको गर्न माग गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा विचाराधीन […]
२१ साउन, हेटौंडा । हेटौंडामा मालपोत कार्यालयमा सेवा लिन लाइन लागेकी एक महिलाको बिहीबार मृत्यु भएको छ । आफ्ना चार जना छोराको अंशबण्डाका लागि कार्यालयमा आएकी हेटौंडा उपमहानगरपालिका–६ चौघडाकी ७५ बर्षकी पञ्चमाई गौतम लाइनमा बसेकै अवस्थामा ज्यान गएको छोरा मुकुन्द गौतमले बताए । लाइनमा बस्दाबस्दै उनी एक्कासी ढलेकी थिइन् । उनको मृत शरीरलाई निकै समय […]
२१ साउन, धनगढी । दार्चुला घटनाको छानबिनका लागि पुगेको गृह मन्त्रालयको टोलीविरुद्ध मालघाटमा प्रदर्शन गरिएको छ । तुइन तर्ने क्रममा गत शुक्रबार भारतीय एसएसबीले डोरी फुकालिदिएपछि खसेर युवक बेपत्ता भएको घटनाको छानबिन गर्न खटिएको टोलीविरुद्ध नाराबाजीसहित स्थानीयले प्रदर्शन गरेका हुन् । नदीमा बेपत्ता भएका व्यास गाउँपालिका–२ का जयसिंह धामीका भाइ नरेन्द्रले पीडित पक्षसँग भेटघाट समेत […]
२१ साउन, काठमाडौं । उद्योगीले सरकारलाई किसानको बक्यौता विवरण दिन अस्वीकार गरेका छन् । चिनी उद्योगीको असहयोगपछि किसानको उधारो बाँकी रकमको लागत पुनः जिल्ला प्रशासन कार्यालयबाट संकलन गरिने भएको छ । बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरकार र किसान प्रतिनिधि बीच भएको छलफलमा यस्तो सहमति भएको हो । किसानले उधारो बाँकी छ भनि दाबी […]
from समाचार – Online Khabar https://ift.tt/3xsbEHy
via IFTTT






















