समाचार
२२ साउन, जनकपुरधाम । महोत्तरी प्रहरीले लुटपाटको झुठो उजुरी दिएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । सोनमा गाउँपालिका–१ बस्ने ३७ वर्षीय मोलाजिम मोमिन र जलेश्वर नगरपालिका–९ बस्ने ऐनुल अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु मामा–भान्जा हुन् । मेलाजिमले मामाको घरबाट ३ लाख रुपैयाँ लिएर गत साउन १९ गते घरतिर आइरहँदा सोनमा गाउँपालिका […]
२२ साउन, काठमाडौं । कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुले आजदेखि दोस्रो डोज पाउने भएका छन् । भेरोसेलको पहिलो डोज खोप लगाएर २१ दिन पूरा भएकाहरुलाई देशैभर दोस्रो डोज खोप लगाउन लागिएको हो । दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ । काठमाडौंका सबै पालिकामा खोप केन्द्र तोकिएको छ । आफूलाई […]
२२ साउन, काठमाडौं । भन्सार छलेर अवैध रुपमा भित्राइएको ७० लाखभन्दा बढी मूल्य बराबरका ५९५ थान मोबाइल सेट सहित दुई जनालाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । बिभिन्न ब्राण्डका ५९५ थान मोबाइलसहित चितवनको भरतपुर महानगरपालिका बस्ने ४३ वर्षीय अर्जु्न ढकाल र गाडीका चालक ४० वर्षीय इन्द्रलाल श्रेष्ठलाई पक्राउ गरिएको नवलपुर प्रहरी कार्यालयका डिएसपी दिलिप गिरीले […]
२१ साउन, काठमाडौं । देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा एमालेसम्वद्ध राष्ट्रिय युवा संघले बिहीबार प्रदर्शन गर्यो । मनोहरा सुकुम्बासी बस्तीबाट मूल सडकसम्म निकालिएको जुलुसमा सुकुम्बासीभन्दा युवा संघका नेता कार्यकर्ता धेरै थिए । युवा संघको त्यही प्रदर्शनको एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । निधारमा कालो फेटा बाँधेका युवाले […]
२१ साउन, काठमाडौं । साउन १३ गते काठमाडौं महानगरका राजस्व अधिकृत प्रदीप कोइरालाको नेतृत्वमा नगर प्रहरीको टोली ‘कृषि सामग्री कम्पनी लिमिटेड’को कुलेश्वरस्थित कार्यालयको गेटमा पुग्यो । माइकिङ गर्न थाले, ‘कृषि समाग्री कम्पनी लिमिटेडलाई छिटो कर तिर्न आह्वान गरिन्छ ।’ लगातार आधा घण्टा माइकिङ गरेर नगर प्रहरी फर्कियो । कम्पनीले महानगरसँग यसबारे सोधपुछ गर्दा थाहा भयो, […]
२१ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण सुस्त तर निरन्तर बढिरहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो दुई दिनमा उपत्यकामा दैनिक एक हजार बढी संक्रमित थपिएका छन् । बुधबार १,२७९ जना तथा बिहीबार १,०७८ जना संक्रमित थपिएका छन् । तर पछिल्लो दुई महिनाको तथ्यांक हेर्दा १२ असारयता संक्रमितको संख्या क्रमशः बढेको […]
२१ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल आगामी हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बिहीबार राष्ट्रिय परीक्षा बोर्डमा एसईईको मूल्यांकन प्रगतिबारे छलफल गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । अध्यक्ष पौडेलले भने ‘आज एसईईको मूल्यांकन प्रगतिबारे बुझ्दा प्राविधिक सम्पादन मात्रै बाँकी रहेको पाइयो । आगामी हप्ताभित्र सार्वजनिक हुन्छ ।’ गत […]
२१ साउन, विराटनगर । नेकपा माओवादी केन्द्रले संघीय सरकारले झापाको गिरीबन्धु टी-स्टेटको जग्गा सट्टा भर्नाका लागि अनुमति दिएको विषयमा प्रदेश १ सरकारको धारणा मागेको छ । बिहीबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका सांसद आङ्बोले केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले गरेको गिरीबन्धु टी–स्टेटको करीब ३४१ विघा जग्गा सट्टापट्टा गर्ने निर्णय राष्ट्रघाती भएको […]
२१ साउन,काठमाडौं । म्याद सकिएको बटर बिक्री प्रकरणमा संलग्न डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेललाई कारबाही माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता भएको छ । म्याद सकिएको बटरलाई घिउ बनाएर उपभोक्तलाई बिक्री गरेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालले महाप्रबन्धक पौडेलसहितका संलग्न अधिकारीलाई कारबाहीको गर्न माग गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा विचाराधीन […]
२१ साउन, काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि विवादमा फसेको डेडिकेटेड तथा ट्रंकलाइनको महसुल विवाद समाधानका लागि पुनरावलोकनमा आउन उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनपछि उद्योगी तथा व्यवसायीलाई छलफलमा बोलाएको प्राधिकरणले पुनरावलोकनमा आउन वा विद्युत् नियमन आयोगमा जान सुझाव दिएको छ। महसुल विवादका सम्बन्धमा म्याद थपका लागि सञ्चालक […]
२१ साउन, हेटौंडा । हेटौंडामा मालपोत कार्यालयमा सेवा लिन लाइन लागेकी एक महिलाको बिहीबार मृत्यु भएको छ । आफ्ना चार जना छोराको अंशबण्डाका लागि कार्यालयमा आएकी हेटौंडा उपमहानगरपालिका–६ चौघडाकी ७५ बर्षकी पञ्चमाई गौतम लाइनमा बसेकै अवस्थामा ज्यान गएको छोरा मुकुन्द गौतमले बताए । लाइनमा बस्दाबस्दै उनी एक्कासी ढलेकी थिइन् । उनको मृत शरीरलाई निकै समय […]
२१ साउन, धनगढी । दार्चुला घटनाको छानबिनका लागि पुगेको गृह मन्त्रालयको टोलीविरुद्ध मालघाटमा प्रदर्शन गरिएको छ । तुइन तर्ने क्रममा गत शुक्रबार भारतीय एसएसबीले डोरी फुकालिदिएपछि खसेर युवक बेपत्ता भएको घटनाको छानबिन गर्न खटिएको टोलीविरुद्ध नाराबाजीसहित स्थानीयले प्रदर्शन गरेका हुन् । नदीमा बेपत्ता भएका व्यास गाउँपालिका–२ का जयसिंह धामीका भाइ नरेन्द्रले पीडित पक्षसँग भेटघाट समेत […]
२१ साउन, काठमाडौं । उद्योगीले सरकारलाई किसानको बक्यौता विवरण दिन अस्वीकार गरेका छन् । चिनी उद्योगीको असहयोगपछि किसानको उधारो बाँकी रकमको लागत पुनः जिल्ला प्रशासन कार्यालयबाट संकलन गरिने भएको छ । बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरकार र किसान प्रतिनिधि बीच भएको छलफलमा यस्तो सहमति भएको हो । किसानले उधारो बाँकी छ भनि दाबी […]
कुनै सिनेमाको प्लट जस्तै चाखलाग्दो कहानी छ, किरण गजमेरको । उनका पिता भुटानबाट लखेटिएर आफ्नो मूलथलोमा शरण लिन आइपुग्छन् । सम्पूर्ण जायजेथा मात्र होइन, जीवनका योजना र सपना पनि उतै छाडिन्छन् । भाग्दै, लुक्दै मातृभूमिसम्म आइपुग्दा उनीसँग सुदूर अतीतका स्मृतिहरु मात्र बाँकी रहन्छन् । रित्तो हात, रित्तो जीवन, रित्तो सपना । झापाको खुदुनाबारी शिविरबाट अब […]
२१ साउन, काठमाडौं । प्रहरीले विभिन्न लागु औषधसहित चारजनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका ९का ४५ वर्षीय जितेस प्रसाद श्रीवास्तव, काठमाडौं महानगरपालिका ३ का ३२ वर्षीय विमल श्रेष्ठ, हेटौंडा उपमहानगरपालकिा-११ का २१ वर्षीय डेनिएल तामाङ र हेटौंडा उपमहानगर-४ कै २७ वर्षीय विकास देउला रहेका छन् । वीरगञ्जमहानगरपालिका-१६ बसपार्क स्थित कार्यालय मातहत वडा […]
२१ साउन, काठमाडौं । परम्परागत राजनीतिको बनिबनाऊ बाटो छाडेर वैकल्पिक राजनीतिको गोरेटो कोर्ने बाँझो जमिन खन्न तम्सिएका ‘परिपक्व’ भनिएका अभियन्ताहरूले छोटै समयमा हार खाएका छन् । केहीले बाटो बदलेका छन् भने केहीले बाटो छाडेका छन् । सामान्यतः परम्परागत राजनीतिभित्रै विकल्प खोज्ने बाटो राजनीतिक विकल्प हो भने राजनीतिका आम चरित्रमा रुपान्तरण खोज्न नयाँ बाटो हिंड्ने अभ्यासलाई […]
२१ साउन, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले अधिवेशन प्रक्रिया रोक्न माग गरेको छ । बिहीबारदेखि शुरु भएको आफ्नो समूहका केन्द्रीय कमिटी सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता नै आफ्नो इच्छा र चाहना भएको बताएका छन् । नेता रघुजी पन्तका अनुसार १० बुँदे सहमति जुटाउने कार्यदलका संयोजक भीम रावलले सदस्यता […]
२१ साउन, बुटवल । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बोलाइएकोमा नेकपा एमालेले आपत्ति जनाएको छ । प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि आह्वान गरेको विशेष अधिवेशन संविधान विपरीत भएको एमालेको दाबी छ । एमाले लुम्बिनी प्रदेश संसदीय दलले बिहीबार गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक भूमिश्वर ढकालले संविधानको धारा १६८(१) अनुसार गठन भएको एकल बहुमतको […]
२१ साउन, काठमाडौं । नेपालमा नयाँ बन्ने सार्वजनिक भौतिक संरचना अपाङ्गमैत्री हुने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । बिहीबार मन्त्रालयमा स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपालका प्रतिनिधिसँगको भेटघाटमा मन्त्री शर्माले सार्वजनिक संरचना अपाङ्गमैत्री बनाइने बताएका हुन् । नेटवर्कका प्रतिनिधिले सार्वजनिक स्थल अपाङ्गमैत्री नभएको, तीन पाङ्ग्रे सवारी साधन आयातमा कर छुट, स्पाइनल इन्ज्युरीका कारण अपाङ्गता भएकाका लागि […]
२१ साउन, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आइतबारदेखि नियमित सेवा प्रवाह गर्ने भएको छ । यसअघि स्थानीय तहअनुसार आलोपालो गरेर सेवा प्रदान गर्दै आएको प्रशासनले अब नियमित रुपमा सेवा प्रवाह गर्ने भएको हो । जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गर्दै साउन २४ गतेदेखि कार्यालयबाट प्रदान गर्दै आएका सबै सेवाहरु स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइए […]
२१ साउन, काठमाडौं । नयाँ सरकार गठन भएको तीन हप्ता पूरा भइसक्दा पनि विभागीय मन्त्री नपाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा उच्च तहका कर्मचारीको पद पनि रिक्त भएको छ । मन्त्रालयमा एक सचिव पद रिक्त छ भने तीन वटा महत्वपूर्ण महाशाखासमेत नेतृत्वविहीन भएको छ । उमेर हदका कारण कृषि विकास तर्फका सचिव र दुई सहसचिव […]
from समाचार – Online Khabar https://ift.tt/2VvogAX
via IFTTT






















