Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त

१९ साउन, काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उच्च स्रोतका अनुसार डा. बिच्छालाई स्वास्थय सेवा विभागको जिम्मेवारी दिइएको हो । डा. बिच्छा कान्तिवाल अस्पतालमा निर्देशक पदमा कार्यरत थिए । यसअघि सरकारले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जोगेश्वर गौतमको सरुवा गरेको थियो […]

मध्यपश्चिम विश्वविद्यालयका सबै परीक्षा पुनः एक साताका लागि स्थगित

१९ साउन, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका सम्पूर्ण परीक्षा पुनः एक साताका लागि स्थगित गरिएको छ । साउन १२ गतेदेखि सञ्चालन गर्ने भनिएका विभिन्न संकायका परीक्षा विश्वविद्यालयले सूचना जारी गर्दै एक साताका लागि स्थगित गरेको थियो । परीक्षा व्यवस्थापन कार्यालयले मंगलबार अर्को सूचना जारी गरी पुनः एक साताका लागि परीक्षा स्थगित गरिएको जनाएको छ । संयुक्त […]

४१ वटा राजनीतिक दलको दर्ता खारेज

१९ साउन, काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगको मंगलबार बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । अब ९५ वटा दलको मात्र दर्ता कायम रहेको उनले बताए । आयोगले खारेज भएका प्रत्येक […]

सप्तरीमा शतप्रतिशत धान रोपाइँ, ९०० बिघा डुबानमा

१९ साउन, राजविराज । यस वर्ष मनसुन छिट्टै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि सप्तरीमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । असारको पहिलो साताबाट धान रोपाइँ शुरु भएर अहिले जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । विगतका वर्षमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने गरेको भए पनि यस वर्ष […]

प्रकाशमानको निवासमा पौडेल समूहको बैठक

१९ साउन, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक शुरु भएको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा मंगलबार दिउँसो बैठक शुरु भएको हो । बैठकमा नेता पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, पूर्वसहमहामन्त्री अर्जुन नरसिंह केसीलगायत सहभागी भएका छन् ।

हुलाकी राजमार्गको ६५ प्रतिशत काम सम्पन्न

१९ साउन, काठमाडौं । तराई-मधेसको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग विस्तारको काम ६५ प्रतिशत सम्पन्न भएको छ । तराई–मधेसका २१ जिल्ला जोड्ने बहुप्रतीक्षित राष्ट्रिय गौरवको हुलाकी राजमार्गको हालसम्म वित्तीय प्रगति ७० प्रतिशत पुगेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । आर्थिक २०६५/६६ मा आयोजना निर्माण थालनी गर्दा आव २०७४/७५ मा सम्पन्न गर्ने प्रक्षेपण गरिएको थियो । तर, […]

काठमाडौंमा सभा, सम्मेलन र जुलुस नगर्न प्रशासनको आग्रह

१९ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पछिल्लो समय भीडभाडजन्य क्रियाकलाप बढेको भन्दै यस्ता गतिविधि नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एक सूचना जारी गरी कोरोना संक्रमणको उच्च जोखिम रहेका बेला पनि विभिन्न सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्‍याली जस्ता गतिविधि भइरहेको भन्दै यसले संक्रमणदर अझै बढ्ने बताएको छ । […]

सहकारी बैंकको चेक क्लियरिङ नहुने नियम खारेज हुन्छ : अर्थमन्त्री शर्मा

१९ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सहकारी बैंकका चेक क्लियरिङ्ग नहुने समस्या अन्त्य गर्ने घोषणा गरेका छन् । राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिकोत्सवको अवसरमा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् । ‘चेक नचल्ने नियम खारेज गर्छु, सामाजिक सुरक्षाको भत्ता पनि सहकारी बैंक तथा गाउँ गाउँमा रहेका लघु वित्त कम्पनी मार्फत भुक्तानी […]

भरतपुर–भैरहवा रुटमा साताको तीन उडान हुने

१९ साउन, काठमाडौं । अब चितवनको भरतपुरबाट भैरहवासम्म जहाजमा जान सकिने भएको छ । बुद्ध एयरले क्षेत्रिय विमानस्थलहरुलाई जोड्ने क्रममा भरतपुर–भैरहवा रुटमा उडान गर्न लागेको हो । कम्पनीका अनुसार १५ अगष्टबाट यो उडान हुने गरि मिति तय भएको छ । शनिबार, बुधबार र शुक्रबार जहाज चल्ने गरि उडान तालिका तय भएको कम्पनीले जनाएको छ । […]

सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी निर्माणमा तीव्रता : चोभारमा तयार भयो अत्याधुनिक संरचना

१९ साउन, काठमाडौं । मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने उद्देश्यका साथ सरकारले देशका विभिन्न ११ स्थानमा  सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी निर्माण एवं सञ्चालनलाई तीव्रता दिएको छ । तीमध्ये केही संरचना निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् भने केही निर्माणको अन्तिम चरणमा रहेका छन् । अन्तर्राष्ट्रिय व्यापारमा रहेको असन्तुलनलाई सन्तुलनमा ल्याउने र व्यापार घाटा क्रमशः […]

बैंकिङ कसुरमा ३९ लाख जरिवाना तोकिएका व्यक्ति चक्रपथबाट पक्राउ

१९ साउन, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको चक्रपथबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका-३ पन्चकन्या मार्गका ६२ वर्षीय ठाकुर प्रताप थापा रहेका छन् । उच्च अदालत पाटनको २०७६ साल भदौ ३ गतेको फैसलाले थापालाई ३९ लाख ९६ हजार ४ सय रुपैया जरिवाना सुनाएको थियो । प्रहरीको […]

खोप केन्द्रबाट संक्रमणको जोखिम बढ्यो, व्यवस्थित बनाऊ : स्वास्थ्य मन्त्रालय

१९ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको खोप अभियानलाई थप प्रभाकारी बनाउन सातै प्रदेशका स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ । खोप केन्द्र व्यवस्थित बन्न नसक्दा संक्रमण फैलन सक्ने जोखिम बढेको भन्दै मन्त्रालयले आवश्यकता अनुसार खोप केन्द्र विस्तार गरी हरेक खोप केन्द्रमा भौतिक दुरी कायम गरी जनस्वास्थ्यको […]

नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा

१९ साउन, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार विहान कारोबार सुरु भएसँगै नेप्से परिसूचक बढ्न तालेको थियो । कारोबार सुरु भएको ९ मिनेटमा नै नेप्से परिसूचक बढेर ३ हजार १ सय बिन्दु नाघेको थियो । यो नेपाली सेयर बजारको इतिहासमै उच्च अंक हो । तीव्र उचारढवाका बिच […]

डोटीको जोरायलमा सांस्कृतिक संग्रहालय स्थापना

१९ साउन, डोटी । डोटीको जोरायल गाउँपालिका–१ पोखरीडाँडामा डोटेली कला, संस्कृति र पहिचान झल्कने संग्रहालयको स्थापना गरिएको छ । रानीवन सामुदायिक वन उपभोक्ता समूहले जिल्लाको परम्परा, कला, संस्कृति र पहिचान झल्कने सामग्रीसहितको संग्रहालयको स्थापना गरेको हो । आफ्नो डोटेली कला, संस्कृति, सभ्यता, परम्परा र इतिहास भावी पिँढीले पनि सहजै थाहा पाउन् भन्ने उद्देश्यले संग्रहालयको स्थापना […]

अघिल्लो सरकारको जनविरोधी काम खारेज गर्नुपर्छ : रामकुमारी झाँक्री

१९ साउन, काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले अहिलेको सरकारले अघिल्लो सरकारले गरेको जनविरोधी कामलाई खारेज गर्ने जिम्मेवारी पनि लिनुपर्ने बताएकी छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो सरकारले संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रलाई सही बाटोमा हिँडाउँने दायित्व मात्र बोकेर नपुग्ने भन्दै अघिल्लो सरकारले गरेका गलत कामलाई सुधार गर्नुपर्ने बताएकी हुन् । अघिल्लो […]

सत्तारुढ गठबन्धनको कार्यदलको बैठक साँझ फेरि बस्ने

१९ साउन, काठमाडौं । सत्तारुढ गठबन्धनको न्युनतम साझा कार्यक्रम तयार पार्न मंगलबार विहान बसेको कार्यदलको बैठक साँझ फेरि बस्ने गरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धन सरकारको साझा कार्यक्रमको मस्यौदामाथि छलफल भएको थियो । कार्यदलका सदस्यसचिव केशव जोशीका अनुसार सरकारको न्यूनतम साझा कार्यक्रम मंगलबार नै टुंगो लगाउने तयारी छ । कार्यदलले प्रतिवेदन […]

काठमाडौंमा भेरोसेल खोपको दोस्रो डोज साउन २२ गतेदेखि दिइने

१९ साउन, काठमाडौं । काठमाडौंमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका नागरिकले २२ साउनदेखि दोस्रो डोज पाउने भएका छन् । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले पहिलो डोज लगाई २१ दिन पूरा भएका नागरिकले २२ साउनदेखि खोप लगाउने कार्यक्रम तय भएको जानकारी दिए । तर औपचारिक निर्णय भने मंगलबार बस्ने जिल्ला कोभिड संकट व्यवस्थापन […]

दार्चुला घटनाबारे संसदीय छानविन समिति गठन गर्न एमालेको माग

१९ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले दार्चुला घटनाबारे संसदीय छानविन समिति गठन गर्न माग गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठकको शुरुमै एमाले सांसदहरुले उठेर विरोध गरे । त्यसपछि सभामुखले समय दिएपछि एमालेको तर्फबाट धारणा राख्दै एमाले सांसद गणेशसिंह ठगुन्नाले दार्चुला घटनाबारे संसदीय छानविन समिति गठनको माग गरे । साथै उनले दार्चुला घटनाबारे अविलम्ब […]

कास्कीमा साउन २७ गतेसम्म निषेधाज्ञा थप

१९ साउन, काठमाडौं । कास्कीमा साउन २७ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न थालेकाले साउन २७ गते मध्यराति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको जनाएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले पछिल्ला दिनमा कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न थालेकाले निषेधाज्ञा […]

प्रदेश २ मा आपराधिक घटना बढे

१९ साउन, वीरगञ्ज । अघिल्लो वर्षको तुलनामा प्रदेश २ मा गत आर्थिक वर्षमा आपराधिक घटना वृद्धि भएको देखिएको छ । प्रदेश प्रहरी कार्यालय प्रदेश २ ले आर्थिक वर्ष २०७७/७८ मा आपराधिक गतिविधिमा ४.४७ प्रतिशतले वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको छ । प्रदेशभर अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ६ हजार ८९३ वटा मुद्दा दर्ता भएकोमा गत […]

दार्चुला घटनाबारे भारतसामु औपचारिक विरोध जनाउन एमालेको माग

१९ साउन, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काट्दा नेपाली नागरिक महाकाली नदीमा खसेको भन्दै भारतसामु औपचारिक विरोध जनाउन माग गरेको छ । प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ विशेष समय लिएर बोल्दै एमाले सांसद गणेश सिंह ठगुन्नाले एसएसबीका जवानले तार काट्दा जयसिंह धामी नदीमा खसेको बताए । उनले भने, […]



from समाचार – Online Khabar https://ift.tt/37elqm4
via IFTTT
Powered by Blogger.