समाचार
१९ साउन, काठमाडौं । तराई-मधेसको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग विस्तारको काम ६५ प्रतिशत सम्पन्न भएको छ । तराई–मधेसका २१ जिल्ला जोड्ने बहुप्रतीक्षित राष्ट्रिय गौरवको हुलाकी राजमार्गको हालसम्म वित्तीय प्रगति ७० प्रतिशत पुगेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । आर्थिक २०६५/६६ मा आयोजना निर्माण थालनी गर्दा आव २०७४/७५ मा सम्पन्न गर्ने प्रक्षेपण गरिएको थियो । तर, […]
१९ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पछिल्लो समय भिडभाडजन्य क्रियाकलाप बढेको भन्दै यस्ता गतिविधि नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले एक सूचना जारी गरी कोरोना संक्रमणको उच्च जोखिम रहेका बेला पनि विभिन्न सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, ¥यालीजस्ता गतिविधि भइरहेको भन्दै यसले संक्रमणदर अझैं बढ्ने बताएको छ । यस्ता […]
१९ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सहकारी बैंकका चेक क्लीयरिङ्ग नहुने समस्या अन्त्य गर्ने घोषणा गरेका छन् । राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिकोत्सवको अवसरमा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् । ‘चेक नचल्ने नियम खारेज गर्छु, सामाजिक सुरक्षाको भत्ता पनि सहकारी बंैक तथा गाँउ गाँउमा रहेका लघु वित्त कम्पनीमार्फत भुक्तानी गर्ने […]
१९ साउन, काठमाडौं । अब चितवनको भरतपुरबाट भैरहवासम्म जहाजमा जान सकिने भएको छ । बुद्ध एयरले क्षेत्रिय विमानस्थलहरुलाई जोड्ने क्रममा भरतपुर–भैरहवा रुटमा उडान गर्न लागेको हो । कम्पनीका अनुसार १५ अगष्टबाट यो उडान हुने गरि मिति तय भएको छ । शनिबार, बुधबार र शुक्रबार जहाज चल्ने गरि उडान तालिका तय भएको कम्पनीले जनाएको छ । […]
१९ साउन, काठमाडौं । मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने उद्देश्यका साथ सरकारले देशका विभिन्न ११ स्थानमा सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी निर्माण एवं सञ्चालनलाई तीव्रता दिएको छ । तीमध्ये केही संरचना निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् भने केही निर्माणको अन्तिम चरणमा रहेका छन् । अन्तर्राष्ट्रिय व्यापारमा रहेको असन्तुलनलाई सन्तुलनमा ल्याउने र व्यापार घाटा क्रमशः […]
१९ साउन, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको चक्रपथबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका-३ पन्चकन्या मार्गका ६२ वर्षीय ठाकुर प्रताप थापा रहेका छन् । उच्च अदालत पाटनको २०७६ साल भदौ ३ गतेको फैसलाले थापालाई ३९ लाख ९६ हजार ४ सय रुपैया जरिवाना सुनाएको थियो । प्रहरीको […]
१९ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको खोप अभियानलाई थप प्रभाकारी बनाउन सातै प्रदेशका स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ । खोप केन्द्र व्यवस्थित बन्न नसक्दा संक्रमण फैलन सक्ने जोखिम बढेको भन्दै मन्त्रालयले आवश्यकता अनुसार खोप केन्द्र विस्तार गरी हरेक खोप केन्द्रमा भौतिक दुरी कायम गरी जनस्वास्थ्यको […]
१९ साउन, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार विहान कारोबार सुरु भएसँगै नेप्से परिसूचक बढ्न तालेको थियो । कारोबार सुरु भएको ९ मिनेटमा नै नेप्से परिसूचक बढेर ३ हजार १ सय बिन्दु नाघेको थियो । यो नेपाली सेयर बजारको इतिहासमै उच्च अंक हो । तीव्र उचारढवाका बिच […]
१९ साउन, डोटी । डोटीको जोरायल गाउँपालिका–१ पोखरीडाँडामा डोटेली कला, संस्कृति र पहिचान झल्कने संग्रहालयको स्थापना गरिएको छ । रानीवन सामुदायिक वन उपभोक्ता समूहले जिल्लाको परम्परा, कला, संस्कृति र पहिचान झल्कने सामग्रीसहितको संग्रहालयको स्थापना गरेको हो । आफ्नो डोटेली कला, संस्कृति, सभ्यता, परम्परा र इतिहास भावी पिँढीले पनि सहजै थाहा पाउन् भन्ने उद्देश्यले संग्रहालयको स्थापना […]
१९ साउन, काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले अहिलेको सरकारले अघिल्लो सरकारले गरेको जनविरोधी कामलाई खारेज गर्ने जिम्मेवारी पनि लिनुपर्ने बताएकी छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो सरकारले संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रलाई सही बाटोमा हिँडाउँने दायित्व मात्र बोकेर नपुग्ने भन्दै अघिल्लो सरकारले गरेका गलत कामलाई सुधार गर्नुपर्ने बताएकी हुन् । अघिल्लो […]
१९ साउन, काठमाडौं । सत्तारुढ गठबन्धनको न्युनतम साझा कार्यक्रम तयार पार्न मंगलबार विहान बसेको कार्यदलको बैठक साँझ फेरि बस्ने गरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धन सरकारको साझा कार्यक्रमको मस्यौदामाथि छलफल भएको थियो । कार्यदलका सदस्यसचिव केशव जोशीका अनुसार सरकारको न्यूनतम साझा कार्यक्रम मंगलबार नै टुंगो लगाउने तयारी छ । कार्यदलले प्रतिवेदन […]
१९ साउन, काठमाडौं । काठमाडौंमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका नागरिकले २२ साउनदेखि दोस्रो डोज पाउने भएका छन् । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार पहिलो डोज लगाई २१ दिन पूरा भएका नागरिकले २२ साउनदेखि खोप लगाउने कार्यक्रम तय भएको जानकारी दिएका हुन् । खोपको पहिलो डोज लगाएको तीन हप्ता पूरा भएका […]
१९ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले दार्चुला घटनाबारे संसदीय छानविन समिति गठन गर्न माग गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठकको शुरुमै एमाले सांसदहरुले उठेर विरोध गरे । त्यसपछि सभामुखले समय दिएपछि एमालेको तर्फबाट धारणा राख्दै एमाले सांसद गणेशसिंह ठगुन्नाले दार्चुला घटनाबारे संसदीय छानविन समिति गठनको माग गरे । साथै उनले दार्चुला घटनाबारे अविलम्ब […]
१९ साउन, काठमाडौं । कास्कीमा साउन २७ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न थालेकाले साउन २७ गते मध्यराति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको जनाएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले पछिल्ला दिनमा कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न थालेकाले निषेधाज्ञा […]
१९ साउन, वीरगञ्ज । अघिल्लो वर्षको तुलनामा प्रदेश २ मा गत आर्थिक वर्षमा आपराधिक घटना वृद्धि भएको देखिएको छ । प्रदेश प्रहरी कार्यालय प्रदेश २ ले आर्थिक वर्ष २०७७/७८ मा आपराधिक गतिविधिमा ४.४७ प्रतिशतले वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको छ । प्रदेशभर अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ६ हजार ८९३ वटा मुद्दा दर्ता भएकोमा गत […]
१९ साउन, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काट्दा नेपाली नागरिक महाकाली नदीमा खसेको भन्दै भारतसामु औपचारिक विरोध जनाउन माग गरेको छ । प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ विशेष समय लिएर बोल्दै एमाले सांसद गणेश सिंह ठगुन्नाले एसएसबीका जवानले तार काट्दा जयसिंह धामी नदीमा खसेको बताए । उनले भने, […]
१९ साउन, सुनसरी। धरान उपमहानगरपालिका-१६ को वडा कार्यालय भवनबाट चोरी भएको विभिन्न सामानसहित दुईजनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय शंकर साह र सोही ठाउँ बस्ने ३२ वर्षीय सन्तोष भुजेल रहेका छन् । उक्त वडा कार्यालयको कम्प्यूटर, झोला, कपी पेन्सिल, पारा सिटामोल लगायतका औषधि, माक्स, पिपिई सेट […]
१९ साउन, जनकपुरधाम । सर्लाहीस्थित बागमती नदीमा हाम फालेकी एक महिलाको उद्धार गरिएको छ । बागमती नगरपालिका–१२ स्थित बागमती नदीमा हाम फालेकी रौतहटकी महिलाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । हाम फालेपछि खोलाले बगाइरहेको समयमा रौतहटको वृन्दावन नगरपालिका–२ बस्ने रामबाबु पटेलकी पत्नी धनपतियादेवीको जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद […]
१८ साउन, गुल्मी । गुल्मीमा पछिल्लो समय व्यावसायिक रुपमा भैंसीपालनतर्फ आकर्षण बढ्न थालेको छ । भैंसीको दूधको मूल्य र माग पनि बढी हुन थालेपछि यसतर्फ किसानहरुको आकर्षण बढ्न थालेको हो । रेसुङ्गा नगरपालिका–१२ का नेत्रबहादुर बस्नेतले भैंसीपालन व्यवसायबाट गाउँमै बसेर मनग्य आम्दानी गर्ने गरेका छन् । रोजगारीको खोजीमा युवाहरु विदेशिने क्रम बढिरहेको बेला बस्नेत भने […]
१९ साउन, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनसँग प्रधानसेनापति पूर्णचन्द्र थापाले बिदाइ भेट गरेका छन् । मंगलबार बिहान ९ बजे उपराष्ट्रपति निवासमा पुगेर थापाले बिदाइ भेट गरेका हुन् । उपराष्ट्रपतिलाई भेट्न थापाले कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारीमा रहेका बलाधिकृत रथी प्रभुराम शर्मालाई पनि सँगै लिएर गएका थिए । प्रधानसेनापति थापाको तीन वर्षे पदावधि आगामी भदौ २४ गते […]
१९ साउन, काठमाडौं । नक्कली पेस्तोल देखाइ धम्की दिएको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने २५ वर्षीय अलबहादुर बम र सोही ठाउँ बस्ने हुम्ला खार्पुनाथ गाउँपालिका-१ घर भएका १८ वर्षीय किशोर रहेका छन् । कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी भैरबचौरस्थित भैरब बचत तथा ऋण सहकारी संस्थामा नक्कली पेस्तोल देखाई धाकधम्की दिएको […]
from समाचार – Online Khabar https://ift.tt/3lrQ6IH
via IFTTT





















