Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

गाउँमा अपरिचित व्यक्तिलाई प्रवेश निषेध

१२ चैत, विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका १ को खद्रापुलमा ढाँट लगाएर गाउँलाई लकडाउन गरिएको छ । लालीगुरास टोलसुधार समुहले बुधबार विराटनगरको पूष्पलाल चोक हुँदै टंकीसिनुवारी निस्क्निे भित्री सडकमा बाँस तेर्स्याएर टोल प्रवेशमा रोक लगाएका हुन् । टोलसुधार समितिले अपरिचित व्यक्तिलाई टोलमा प्रवेश निषेध लेखिएको बोर्ड टाँसेका छन् । पुलमा ढाँट लगाएर बाहिरका मानिसलाई आवतजावतमा […]

सप्तरीका सबै पत्रपत्रिकाको प्रकाशन बन्द

१२ चैत, सप्तरी । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लक डाउन गर्ने निर्णय गरेपछि सप्तरीका पत्रपत्रिका प्रकाशन बन्द भएको छ । बुधबारदेखि जिल्लाबाट प्रकाशित हुने सबै पत्रपत्रिकाको प्रकाशन बन्द गरिएको छ । जिल्लाबाट एक दर्जन दैनिक पत्रिका र तीन दर्जन साप्ताहिक पत्रिका नियमित प्रकाशन हुँदै आएको छ । सरकारको लक डाउन गर्ने निर्णयसँगै प्रेसका […]

बाल सुधार गृहमा रहेका थप १३ जनालाई परिवारको जिम्मा लगाइयो

१२ चैत, काठमाडौं । बाल सुधार गृहमा रहेका थप ३१ जनालाई परिवारको जिम्मा लगाइएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा देखिन थालेपछि सरकारले जेल र बाल सुधार गृहमा रहेकाहरुलाई कसरी सुरक्षित बनाउने भन्ने छलफल थालेको थियो । त्यसक्रममा धेरै सजाय भुक्तान गरिसकेका बुद्ध कैदी तथा कम सजाय पाएका छन् र त्यो सजायलाई […]

कतार एयरबाट आएका बाराका दुई जना क्वारेन्टाइनमा

१२ चैत, वीरगञ्ज । ४ चैतमा कतार एयरवेजबाट आएका बाराका दुईजनालाई क्वारेन्टाइनमा राखिएको छ । बाराको कलैया–२० बसतपुरका २९ बर्षका र रौतहट घर भई कलैया–७ बरेवा बस्ने ३३ बर्षका युवकलाई क्वारेन्टाइनमा पठाइएको हो । एकै जहाजमा आएकी एक युवतीमा कोरोना संक्रमण देखिएपछि उनीहरुको खोजी शुरु गरिएको थियो । मंगलबार दिउँसो उनीहरुलाई प्रहरीले खोजेर अस्पतालमा ल्याएको […]

विदेशबाट आयात हुने सामानमा अनिवार्य ‘डिसइन्फेक्सन स्प्रे’ गर्नुपर्ने

१२ चैत, काठमाडौं । सरकारले विदेशबाट आयात हुने सबै वस्तुलाई संक्रमण नियन्त्रक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्केर मात्रै स्वदेश भित्र्याउने भएको छ ।  मानिससँगै आयात भएका माल वस्तु र सवारीसाधनमार्फत भित्रिन सक्ने कोरोना संक्रमण रोक्न यस्तो व्यवस्था गरिएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले अनलाइनखबरलाई बताए । ‘सबै भन्सार कार्यालयहरुलाई तत्कालका लागि आफ्नै स्रोतबाट डिसइन्फेक्सन स्प्रे गर्न […]

पानी प्रशोधन केन्द्रको पोखरीमा डुबेर एक जनाको मृत्यु

१२ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१ छपकैया नयाँ बस्तीस्थित वेष्ट वाटर ट्रिटमेन्ट प्लाण्टको पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ । कालिका कन्ट्रक्सनमा कार्यरत छपकैया घर भएका वेल्डिङको काम गर्ने ५५ बर्षका राजेन्द्र साह सोनारको मृत्यु भएको हो । महानगरभित्रका घर र नालाबाट उत्सर्जन हुने फोहोर पानी प्रशोधनका लागि महानगरपालिकाले नयाँवस्तीमा ट्रिटमेण्ट प्लान्ट बनाएको छ । […]

समान आयात निर्यातका लागि चिनियाँ नाका खोल्ने निर्णय

१२ चैत, काठमाडौं । सरकारले समान आयात तथा निर्यातका लागि चीनतर्फको नाका खुला गर्ने भएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले माघ १५ देखि बन्द चिनियाँ नाका खुला गर्ने निर्णय गरेको हो । स्वास्थ्य र कृषि मन्‍त्रालयको स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरी रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सञ्चालन गर्ने समितिको […]

सांसदले नै मान्दैनन् लकडाउन, सीडीओ भन्छन् – डन्डा लगाउँछु

१२ चैत, पोखरा । कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले मंगलबारदेखि देशैभरि लकडाउन गरेको छ । अत्यावश्यकबाहेक घरबाट ननिस्कन अनुरोध गरेको छ । तर सरकारी आग्रहको बेवास्ता गर्दै सार्वसाधारणदेखि सांसदसम्म घर बाहिर निस्केका छन् । स्थानीय तह, जिल्ला प्रशासन, प्रदेश र संघीय सरकारले विज्ञप्ति जारी गर्दै अत्यावश्यकबाहेक घरबाट ननिस्कन भनेका छन् । बिना काम बाहिर […]

अत्यावश्यक सामाग्री भित्र्याउन चीनतर्फको नाका खोल्ने तयारी

१२ चैत, काठमाडौं । सरकारले अत्यावश्यक सामाग्री आपूर्तिका लागि चीनतर्फको नाका खुला गर्न सरकारले गृहकार्य सुरु गरेको छ । हाल नाका बन्द हुँदा स्वास्थ्य, खाद्य वस्तु लगायतका अतिआवश्यक सामाग्रीहरु रोकिएको भन्दै सरकारले नाका खुलाउन तयारी गरिएको हो । भन्सार विभागका महानिर्देशक सुमन दाहालले नाका बन्द हुँदा विशेष गरेर स्वास्थ्य सामाग्रीहरु समेत आउन नपाएको भन्दै खुलाउने […]

रौतहटका युवाले गराए मूल बाटो बन्द

१२ चैत, रौतहट । लकडाउनको समयमा पनि मानिसहरु आवतजावत गरिरहेको भन्दै रौतहटमा युवाहरुले गाउँ छिर्ने सडक बन्द गराएका छन् । रौतहटको गुजरा नगरपालिका रंगपुर र चन्द्रपुर नगरपालिकाका युवाहरुले गाउँ छिर्ने सडक बन्द गराएका न् । रंगपुर टोलमा प्रवेश गर्ने सडकमा खाडल तथा तारबार गरेर बन्द गरिएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका ९ का युवाहरुले सडकमा […]

स्वास्थ्यमन्त्री ढकालको गल्ती मन्त्रालयले सच्यायो

१२ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड(१९)बाट संक्रमण देखिएको व्यक्ति चैत ६ गते एयर अरेबियाबाट नेपाल आएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भर्चुअल पत्रकार सम्मेलन गर्दै संक्रमित व्यक्ति कतारबाट आएको बताएका थिए । त्यही खबर सञ्चार माध्यमले दिए । त्यसअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पनि यात्रुहरुको विवरण खोजी सुरु गरेको थियो । तर […]

नवनियुक्त एआईजीहरूलाई दर्ज्यानी चिह्न प्रदान

१२ चैत, काठमाडौं । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । ज्ञवालीले बुधबार प्रहरी अतिरिक्त महानिरीक्षकहरू तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन । तीनै जनालाई ९ चैतमा बसेको मन्त्रिपरिषद बैठकले एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

गण्डकी प्रदेशद्वारा १५ करोडको राहत कोष स्थापना

१२ चैत, पोखरा । गण्डकी प्रदेश सरकारले कोरोनाविरूद्ध लड्न १५ करोड रुपैयाँको राहतकोष स्थापना गर्ने घोषणा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले १५ करोड रुपैयाँको राहत कोष स्थापना गर्ने निर्णय गर्दै सातै जना मन्त्रीले एक महिनाको पारिश्रमिक जम्मा गरेको सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए । राष्ट्रिय वाणिज्य बैंकमा […]

‘कोरोना रोकथाम र उपचारमा संलग्नलाई सुरक्षा सामग्री देऊ’

१२ चैत, हेटौंडा । उच्च अदालतले कोरोना भाइरस संक्रमणको रोकथाम र उपचारमा खटिनेहरुलाई आवश्यक सुरक्षा सामग्री तत्काल उपलब्ध गराउन वागमती प्रदेश सरकारलाई आदेश दिएको छ । अधिवक्ता ध्रुवप्रसाद चौलागाईंले दायर गरेको रिटको सुनुवाई गर्दै उच्च अदालत पाटनको हेटौंडा इजलासले बुधबार प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश रामप्रसाद अधिकारीको इजलासले कोरोना नियन्त्रणका […]

काठमाडौंका बढी भिडभाड हुने स्थानमा ‘डिसइन्फेक्सन स्प्रे’

१२ चैत, काठमाडौं । लकडाउन अवधिमा अत्यावश्यक सेवालाई निरन्तर प्रवाह गरिरहेको काठमाडौँ महानगरपालिकाले आजबाट महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा (डिसइन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्कन थालेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिए । ‘काठमाडौँ […]

प्रदेश १ को कोषमा प्रदेश सांसदको आधा महिनाको तलब

१२ चैत, विराटनगर । प्रदेश १ का सांसदहरूले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा आधा महिनाको तलब प्रदान गर्ने भएका छन् । प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका रोकथाम कोषमा नेकपाका ६७ र प्रतिपक्षी दलका २१ सांसदले कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा आधा महिनाको तबल प्रदान गर्ने भएका हुन । […]

कोरोना भाइरसको संक्रमण रोक्ने ५ उत्तम उपाय

१२ चैत, काठमाडौं । अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिरहेको छ । यसको कारण विश्वभर सन्त्रास बढ्दो क्रममा छ । अहिलेसम्म यो भाइरसको कारण विश्वभर ४ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । करिब १९ हजार मानिसले भाइरसको कारण ज्यान गुमाइसकेका छन् । यस्तोमा कोरोना भाइरसको संक्रमण कसरी रोक्न सकिन्छ त ? यहाँ […]

दाङको बेलझुण्डीमा कोरोना विशेष अस्पताल तयार

१२ चैत, दाङ । कोरोना भाइरस प्रकोप नियन्त्रणका लागि दाङको बेलझुण्डीमा तत्कालका लागि ३० शैयाको ‘कोरोना विशेष अस्पताल’ बुधबारबाट सञ्चालनमा आएको छ । बेलझुण्डीस्थित आयुर्वेद शिक्षालयको भवनमा कोरोना विशेष अस्पताल निर्माण गरिएको हो । तत्कालका लागि ३० शैयाको अस्पताल सञ्चालनमा आए पनि यसलाई बढाएर १ सय शैयाको बनाइने सञ्चालक समितिका अध्यक्ष एवम् प्रदेश ५ का […]

संक्रमित युवक एयर अरेबियाबाट आएका थिए, होटलमा बसेका थिए

१२ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमण देखिएका व्यक्ति चैत ६ गते एयर अरेबियाबाट नेपाल आएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित व्यक्ति एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट चैत ६ गते राति १०:९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको जानकारी दिएको छ । यसअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बुधबार पत्रकार […]

बारा र पर्सामा लकडाउन अवज्ञा गर्ने १८८ जना पक्राउ

१२ चैत, वीरगञ्ज । पर्सामा लकडाउनको उल्लंघन गरी घरबाहिर हिँडडुल गरिरहेका १७५ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरुलाई सचेत गराई भोलिका दिनमा सरकारी आदेशको उल्लंघन नगर्ने शर्तमा छाडिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । त्यसैगरी लक डाउनको उल्लंघन गरी सञ्चालन गरिएका ३३ वटा मोटरसाइकल, ३ वटा गाडी, मिनी ट्रक र ट्याक्टर १ /१ वटा […]

लकडाउनले रोकिएका १० हजार विदेशी के गर्दैछन् ? सयौं पयर्टक हिमाली क्षेत्रमै अलपत्र

१२ चैत, काठमाडौं । सरकारले मंगलबारदेखि मुलुकलाई लकडाउन गरेपछि विभिन्न ठाउँमा पुगेका स्वदेशी तथा विदेशी पर्यटकहरु समस्यामा परेका छन् । सवारी बन्द गर्ने भनिए पनि सोमबारसम्म आन्तरिक उडान निर्वाध चलिरहेको थियो । तर मंगलबारबाट एक्कासी लकडाउन गरिएपछि धेरै पर्यटकहरु पर्यटकीय स्थलमा नै अलपत्र परेका छन् । नेपाल पर्यटन बोर्डले २० मार्चबाट टिम्स कार्ड वितरण बन्द […]



from समाचार – Online Khabar https://ift.tt/3dug5sM
via IFTTT
Powered by Blogger.