Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

अब दैनिक उपभोग्य वस्तु प्याकेजमा बेच्नुपर्ने, आफूखुशी राहत बाँड्न नपाइने

१६ चैत, काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको महामारी फैलिइरहेका बेला गृह मन्त्रालयले आफूखुशी सहायता बाँड्न रोक लगाएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को अध्यक्षतामा आइतबार बसेको बैठकले सहायताको नाममा कसैले चन्दा उठाउन र आफूखुशी वितरण गर्न नपाउने निर्णय गरेको हो । बैठकमा गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरु, महानगरपालिका र नगरपालिकाका प्रमुखलगायतको […]

साँझ परेपछि लकडाउन टेर्दैनन् विराटनगरबासी

१६ चैत, विराटनगर । कोरोना संक्रमणको सम्भावित जोखिमलाई नियन्त्रण गर्न सरकारले चैत ११ देखि लकडाउन आह्वान गरेको छ । विराटनगरमा दिनभर लकडाउनको पालना भए पनि साँझपख भने पालना हुँदैन । साँझ पर्नासाथ सर्वसाधारण बजारमा निस्कन्छन् । दिउँसो सुनसान देखिने बजार पसल र सडक साँझ परेपछि भीडभाड हुन्छ । जसका कारण कोरोना संक्रमण फैलनसक्ने जोखिम छ […]

ज्वरो आएपछि मेडिकल कलेजले जाँच्न मानेन खुट्टामा घाउ भएका बिरामी

१६ चैत, वीरगञ्ज । सरकारले बिरामी नजाँची फर्काउने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएकै दिन वीरगञ्जमा एक अस्पतालले बिरामी नजाँची पठाएको छ । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले कलैया उपमहानगरपालिका– २२ बस्ने २५ बर्षका विजय कुशवाहलाई उपचार नगरी फिर्ता पठाएको हो । आफन्तका अनुसार शुक्रबार दिउँसो मसुरो दाईं गर्ने क्रममा थ्रेसरमा च्यापिएर विजयको खुट्टामा घाउ लागेको थियो […]

त्रिविमा व्यवस्थापन संकायको अनलाइन अध्ययन शुरु

१६ चैत, काठमाडौं । कोरोना भाइरस महामारीले गर्दा मुलुकको जनजीवन भइरहँदा पनि त्रिविको व्यवस्थापन संकायले भने नयाँ पद्धतिबाट अध्ययन सुरु गरेको छ । सारा देश नै अहिले बन्द छ र बाहिर निस्कन मिल्ने अवस्थामा छैन । यस्तोबेलामा पढाईमा असर नपरोस् भन्नको लागि नयाँ पद्धतिको सुरुवात गरिएको व्यवस्थापन संकायका अधिकारीहरु बताउँछन् । अध्ययनका लागि नियमित कलेज […]

धनगढीका साथी संक्रमित भएपछि विराटनगरका युवक क्वारेन्टाइनमा

१६ चैत, विराटनगर । कोरोना संक्रमित धनगढीका युवकसँगै दुबईबाट आएका एक व्यक्ति र उनको परिवारका सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ । ६ चैतमा सँगैआएका धनगढीका साथीलाई कोरोना संक्रमण पुष्टि भएपछि विराटनगरका पुरुषलाई परिवारसहित क्वारेन्टाइनमा राखिएको हो । वैदेशिक रोजगारीबाट एक छोरी र श्रीमतीसहित फर्किएका युवकको परिवारलाई विराटनगर – १९ मा निर्माण भएको क्वारेन्टाइनमा राखिएको विराटनगर महानगरपालिकाका […]

‘येशुलाई विश्वास गर्नुस् कोरोना लाग्दैन’ भन्ने महिला पक्राउ

१६ चैत, चितवन । चितवनको माडी नगरपालिकामा कोरोना भाइरसबारे भ्रम सिर्जना गरेर धर्म प्रचार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ‘येशुलाई विश्वास गर्नुस्, क्रिश्चियन धर्म मान्नुस् कोरोना लाग्दैन’ भन्दै भ्रम सिर्जना गरेको आरोपमा प्रहरीले माडी नगरपालिका ७ जगन्नाथपुरी बस्ने ३८ बर्षकी जानकी ढुङगानालाई पक्राउ गरेको हो । उनले इसाइ धर्म मान्नेलाई कोरोनाले […]

कोरोना छ, तर लकडाउन छैन

१६ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को कारण अहिले विश्वभर करिब साता लाख मानिसहरु संक्रमित भएका छन् । सबैभन्दा बढी प्रभावित क्षेत्र यूरोप बनेको छ । कोरोनाको संक्रमण फैलिने प्रयास स्वरुप अधिकांश यूरोपेली मुलुक लकडाउनमा छन् । तर, यूरोपकै एक देश, स्वीडेनमा भने यो भाइरसले मानिसको जनजीवनमा खासै ठूलो असर पार्न सकेको छैन । […]

निजगढमा १० हजार लिटरसम्म पानीको शुल्क नलाग्ने

१३ चैत, वीरगञ्ज । बाराको निजगढ नगरपालिका–९ स्थित खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले चैत महिनाको न्यूनतम महसुल छुट गर्ने भएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट जोगिन सरसफाईमा जोड दिन उत्प्रेरित गर्ने उद्देश्यले संस्थाले उपभोक्तालाई १० हजार लिटरसम्मको पानी उपभोगमा छुट दिन लागेको हो । संस्थाका अध्यक्ष सुदर्शनप्रसाद कोइरालाले चैत महिनाको महसुल भुक्तानी गर्दा […]

चितवनका चार जनामा देखिएन भाइरसको संक्रमण

१६ चैत, चितवन । चितवनबाट शनिबार कोभिड १९ परीक्षणका लागि काठमाडौं पठाइएको चार जनाको नमूना परीक्षण नतिजा नेगेटिभ आएको छ । भरतपुरको कोरोना विशेष अस्पतालको आइसोलेसनमा भर्ना भएका चारै जनाको स्वाब नमूना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले जानकारी दिए । आइतबार थप तीन जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ […]

कोभिड-१९ को संक्रमण रोक्न मध्य तराईका सरोकारवाला एकजुट

१६ चैत, वीरगञ्ज । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलन नदिन भारतलगायत अन्य मुलुकबाट नेपाल आएकाको पहिचान तथा सुरक्षित व्यवस्थापनका विषयमा नेपाली सेनाले तीन जिल्लाका जनप्रतिनिधि तथा सुरक्षा अधिकारीहरुसँग छलफल गरेको छ । बाराको परवानीपुरस्थित नेपाली सेनाको २२ नम्बर बाहिनीले बारा, पर्सा र रौतहट जिल्लाका सुरक्षा प्रमुख, सेनाका अधिकारी एवं स्थानीय निकायका प्रमुख तथा सरकारी […]

मेडिकल सप्लायर्सको काउन्टर : प्रचलितभन्दा अधिक मूल्यमा स्वास्थ्य सामाग्री किनियो

१६ चैत, काठमाडौं । मेडिकल सप्लायर्सहरुले सरकारले चीनबाट खरिद गरेको स्वास्थ्य सामाग्री महंगो भएको बताएको छ । स्वास्थ्य मन्त्रालयले खरिद गरेको एन ९५ मास्क, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीपी) लगायतका उपकरणको पहिलो खेल आइतबार मात्र काठमाडौं आइपुगेको छ । तर सम्झौताको खरिद मूल्य सार्वजनिक भएपछि महंगो भएको भन्दै आलोचना गरेका थिए । आइतबार स्वास्थ्य मन्त्रालयले अभावका […]

रौतहटमा ८२ जना क्वारेन्टाइनमा

१६ चैत, रौतहट । रौतहटमा भारतलगायत अन्य मुलुकबाट फर्किएका ८२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरस (कोभिड-१०) को रोकथाम तथा नियन्त्रणका लागि विभिन्न स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । बाह्य मुलुकबाट फर्किएका व्यक्तिहरुलाई परिवार र समाजबाट अलग गरी सुरक्षित तबरले क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाइएको घिमिरेले […]

माडीमा घर जल्दा एक बालिकाको मृत्यु

१६ चैत, काठमाडौं । चितवनको माडीस्थित सुकुम्बासी शिविरमा रहेको एक टहरामा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–७ देवेन्द्रपुरस्थित परुई खोला नजिकै सुकुम्बासी शिविरमा बस्दै आएका रामकुमार चेपाङकी ९ वर्षीया छोरी रोजिना रहेकी छिन् । माडी प्रहरीका अनुसार घरमा कोही नभएको समयमा आइतबार दिउँसो करिब एक बजेको समयमा चेपाङको घरमा […]

संकटका बेला महत्वपूर्ण देशहरू राजदूतविहीन

१६ चैत, काठमाण्डौ । १८ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाउने निर्णय गर्‍यो । त्यतिबेला चीन, जापान, दक्षिण कोरियालगायत एसियाली देशहरु कोरोना (कोभिड–१९) भाइरसबाट आक्रान्त थिए । यतिबेला तीनवटै देश कोरोना नियन्त्रण उन्मुख छ । चीनले युरोप, अमेरिकालाई कोरोना रोकथाममा सघाइरहेको छ । मानवीय संशाधनदेखि कोरोना नियन्त्रणका लागि आवश्यक […]

कार्यक्षेत्रमै फसे ५० हजार मजदुर, उद्दारको याचना

१६ चैत, काठमाडौं । लकडाउनका कारण विभिन्न जिल्लाको निर्माण क्षेत्रमा करिब ५० हजार निर्माण मजदुर अलपत्र परेका छन् । औद्योगिक तथा व्यवसायिक क्षेत्रमा कार्यरत मजदुरको संख्या जोड्ने हो भने त्यो संख्या अझै धेरै रहेको अनुमान गरिएको छ । अहिले विभिन्न क्षेत्रमा अलपत्र मजदुरले उद्दारका लागि याचना गरिरहेका छन् । मजदुरीको सिलसिलामा आफ्नो घरभन्दा बाहिरी जिल्ला […]

सम्पदा क्षेत्रमा डिसइन्फेक्सन स्प्रे (फोटो फिचर)

१६ चैत, काठमाडौं । आइतबार काठमाडौंको विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदा क्षेत्रमा डिसइन्फेक्सन स्प्रे (हानिकारक जीवाणुनाशक झोल) छरिएको छ । काठमाडौं महानगरपालिकाले काठमाडौंको हनुमानढोका, वसन्तपुर लगायतका क्षेत्रमा डिसइन्फेक्सन स्प्रे छरेको हो । सार्वजनिक स्थल र मानिसहरुको भिडभाड हुने क्षेत्रमा जिवाणुनाशक झोल छर्नुपर्ने सरकारी निर्णयअनुसार काठमाडौं महानगरपालिकाले अन्य सार्वजनिक क्षेत्रमा पनि यस्तो झोल छरेको छ । […]

लकडाउनपछि के-कति अत्यावश्यक वस्तु आयात भए ?

१६ चैत, काठमाडौं । कोरोना संक्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनको अवधिमा पनि अत्यावश्यक वस्तुको आपूर्ति नियमित रहेको भन्सार विभागले जनाएको छ । नेपाल र भारत दुबैतर्फ लकडाउन रहेपनि आपूर्ति अवस्थाकै कारण बजारमा अभावको अवस्था नआउने विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए । लकडाउन आरम्भ भएको पाँच दिनसम्मको अवधिमा डिजेल, पेट्रोल, खाद्यान्न, तरकारी, गेडागुडी, फलफूल, […]

लकडाउनमा पनि दिल्लीमा किन जम्मा भयो यति ठूलो भिड ?

१६ चैत, काठमाडौं । भारत पूर्णरुपमा लकडाउनको अवस्थामा छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन गर्ने निर्णय गरेका थिए । त्यसको पूर्ण पालना नभएको भन्दै केही प्रदेशले त कर्फ्यू नै लगायो । तर, शनिबार भारतको दिल्ली र उत्तरप्रदेशको सीमाको बस स्टेशनमा हजारौं मानिसको भिड देखियो । राति अबेरसम्म पनि बस […]

कोरोना संक्रमितसँगै आएकाहरुको ट्रेसिङ नहुँदा सन्त्रास बढ्यो

१५ चैत, पोखरा । बेल्जियमबाट कतारहुँदै नेपाल आएकी बागलुङकी युवतीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि सर्वसाधारणमा सन्त्रास थपिएको छ । ४ चैतमा काठमाडौं आएकी उनी त्यही दिन यति एयरलाइन्सको जहाजमा पोखरा पुगेकी थिइन् । उनी एक दिन पोखरामा आफन्त कहाँ बसेर चैत ६ गते बागलुङस्थित घर पुगिन् । पोखरा बसाईको क्रममा उनले ट्याक्सी प्रयोग […]

सुरक्षाकर्मीलाई निःशुल्क भाइजर बाँड्ने यी युवक

१६ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले गरेको लकडाउन पालना गराउन अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीहरु हुन् । तर, उनीहरुसँग मास्क, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), स्यानिटाइजर, भाइजर लगायतका सामग्री छैन । हिजोआज सुरक्षाकर्मीहरु सामान्य मास्ककै भरमा ड्यूटी गरिरहेका छन् । आइतबार भने डिल्लीबजार क्षेत्रमा एक युवक प्रहरीलाई भाइजर बाँड्दै थिए । उनी हुन् अमित […]

पैसा नभएर भोकै बस्नुपर्‍यो ! प्रहरीलाई कल गर्नुहोस्   

१६ चैत, काठमाडौं । काठमाडौँ उपत्यकामा पैसा नभएर कोही भोको बस्नु परेको त छैन ? यदि त्यस्तो हो भने अब महानगरीय प्रहरी कार्यालयको आवश्यक समन्वयमा अभावमा बस्न बाध्य सर्वसाधारणका लागि निःशुल्क खाद्यान्न उपलब्ध गराउने भएको छ । राहत वितरणका लागि विभिन्न बैंक तथा व्यवसायीसँग समन्वय थालिसकेको कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए […]



from समाचार – Online Khabar https://ift.tt/2QVHQ3E
via IFTTT
Powered by Blogger.