समाचार
१७ चैत, बुटवल । लायन्स क्लब अफ शंकरनगरले बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा खटिएका चिकित्सकका लागि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री दिएको छ । क्लबले लुम्बिनी प्रादेशिक अस्पतालमार्फत बुटवल कोरोना विशेष अस्थायी अस्पतालका लागि सात थान पीपीई सेट, ३० लिटर इथाइल अल्कोहल स्प्रिट र दुर्गादत्त मावि तिलोत्तमामा रहेको क्वारेन्टाइनको लागि तीन थान पीपीई र […]
१७ चैत, रौतहट । लकडाउनलाई प्रभावकारी बनाउन रौतहट प्रशासनले खाद्यान्न पसल समेत बन्द गराएपछि गौरमा होम डेलिभरी अर्थात घरमै सामान पुर्याउने सेवा सुरु भएको छ । उद्योग वाणिज्य संघ गौरको पहलमा ११ वटा खाद्य पसलमार्फत सर्वसाधरणलाई होम डेलिभरीको व्यवस्था मिलाइएको संघका अध्यक्ष पंडीत जयसवालले बताए । कोभिड-१९ को जोखिम कम गर्न होम डेलिभरी सेवा सुरु […]
१७ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लगाएको लकडाउन उल्लंघन गर्नेहरुमाथि प्रहरीले कारबाही तीव्र बनाएको छ । सोमबार विहान मात्र विनाकारण सडकमा निस्किएको भन्दै प्रहरीले ७ सय ४० जनालाई सडकै उभ्याएको छ । लकडाउन उल्लंघन गर्नेलाई दुई घन्टा सडकमा उभ्याएर प्रहरीले कोरोना भाइरसबारे सचेतनामूलक प्रशिक्षण दिँदै आएको छ । महानगरीय प्रहरी आयुक्तको […]
१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको एक साता पुग्न लाग्यो । यो अवधिमा मानिसहरु घर बाहिर ननिस्किँदा काठमाडौंका सडकमा हिँड्ने कुकुर, गाई, बाँदरलगायतका पशु चौपाया समस्यामा परेका छन् । ‘फेडेरेसन अफ एनिमल वेलफेयर नेपाल’का अनुसार उपत्यकामा मात्र करिब २६ हजार कुकुर सडकमा छन् । बाँदरको संख्या यकिन छैन । […]
१७ चैत, काठमाडौं । कञ्चनपुर जिल्लाका सबै स्थानीय तहमा गरेर करिब १५ वटा तरकारी हाट बजार छन् । हरेक दिन लाग्ने हाटमा मानिसहरुको बाक्लो भिड हुन्थ्यो । लकडाउनको समयमा पनि बिहान र बेलुकीको समयमा ती हाटबजारमा भिड घटेको छैन । लकडाउन भएपनि बिहान बेलुका तरकारी किन्नेको भिडले जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगरको […]
१७ चैत, सप्तरी । सप्तरीको पूर्वपश्चिम राजमार्गका विभिन्न ठाउँमा अलपत्र श्रमिकको उद्धार गरिएको छ । ‘लकडाउन’का कारण विभिन्न कारखानामा काम गर्ने श्रमिकको सप्तरीबाट उद्धारगरी आआफ्नो घर पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाईँले जानकारी दिए । कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सरकारले गएको मङ्गलबारदेखि देशैभरि लकडाउन गरेपछि खाद्यान्न तथा यातायात सेवा नपाउँदा श्रमिक […]
१७ चैत, राँझा । फ्रान्सबाट कतार हुँदै आएकी कोरोना भाइरस सङ्क्रमित युवतीसँगै बाँके आएका तीन जनाको नमूना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएका उनीहरुसहित छ जनाको नमूना परीक्षणको लागि काठमाडौँ पठाइएकोमा नेगेटिभ रिपोर्ट आएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए । यसअघि पहिलो चरणमा सात जनाको […]
१७ चैत, काठमाडौं । विश्व महाशक्ति अमेरिका कोरोना भाइरसको महामारीबाट सबैभन्दा आक्रान्त मुलुकहरुको सूचीमा शीर्षस्थानमा पुगेको छ । देशहरुको हिसाबले अहिले विश्वै सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । यद्यपि, मृत्यूदर त्यहाँ कम छ । कोरोनाको फैलावट दिन दुईगुना रात चौगुना भएपछि अमेरिकाको जनजीवन त्रस्त बनेको छ । सरकारले आधिकारिकरुपमा ‘लकडाउन’ घोषणा गरेको छैन । तर, […]
१७ चैत, चितवन । पश्चिम चितवनको चोकबजारमा रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष ऋषिराम चापागाईले चार दिनअघि लकडाउनमा दूध किसानका समस्या राख्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई फोन गरे । प्रजिअ भट्टराईलेले चापागाईका कुरा त सुने तर मुख बन्द हुने गरी जवाफ फर्काए, ‘ए अब दूध सहकारीको अध्यक्ष पनि मै बनिदिनुपर्यो ।’ प्रजिअका यस्ता […]
चीनको वुहान शहरबाट डिसेम्बर २०१९ मा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विश्वभर महामारीको रुपमा फैलिएको छ र हजारौंको ज्यान लिइसकेको छ । हालसम्म यसको उपचार पत्ता लागेको छैन र नियन्त्रणमा ल्याउन निकै चुनौतीपूर्ण देखिएको छ । नेपालमा यसले अहिलेसम्म जटिल प्रभाव पार्न नसके पनि भोलि इटालीको जस्तै अवस्था नआउला भन्न सकिँदैन । त्यसैले यो रोगलाई फैलन […]
१७ चैत, काठमाडौं । युरोपमा कोरोना महामारीको विषम परिस्थितिको तत्कालै अन्त्य हुने छाँट छैन । यो महामारीले युरोपका जनताबीच समस्या मात्र होइन, मतभेदको पनि सिर्जना गरेको छ र सबै मतभेद तथा दोषको भारी युरोपेली युनियनकै थाप्लोमा हालिदिएको छ । सायद, आगामी हप्ताभित्रैमा इटालीमा कोरोना भाइरसको संक्रमण उच्चतम स्तरमा पुग्नेछ । यदि त्यसो भयो भने इटालीले […]
१६ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसका कारण असर परेको क्षेत्रहरुलाई सहुलियत घोषणा गरेको छ । राष्ट्र बैंकले अर्थतन्त्रमा योगदान दिने निजी क्षेत्र यतिबेला समस्यामा परेको भन्दै सहुलियत प्याकेज घोषणा गरेको हो । जसअनुसार अब चैतमा तिर्नुपर्ने ऋण २०७७ असार मसान्तसम्म तिरे हुने भएको छ । यस अवधिको कुनै अतिरिक्त शुल्कहरु व्याज तथा […]
१६ चैत, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले निजी स्कुलको शुल्कदेखि विद्युत महसुल छुटसम्मको राहत प्याकेज ल्याएको हो । सरकारको यो निर्णयसँगै मासिक एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकले विद्युत महसुलमा २५ प्रतिशतसम्म छुट पाउनेछन् । विद्युत, खानेपानी, टेलिफोन शुल्क फाल्गुन […]
१६ चैत, काठमाडौं । सरकारले २२ अर्बभन्दा बढी वैदेशिक ऋण लिने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई दिइने राहतको स्रोत जुटाउन सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाकाअनुसार अन्तर्राष्टिय मुद्रा कोषबाट उपलब्ध हुने निर्ब्याजी ८७.५ मिलियन एसडीआर अर्थात् १३ अर्ब नौ करोड ऋण सुविधा लिने निर्णय भएको हो […]
१६ चैत, काठमाण्डौ । नेपाल सरकारले चीनबाट खरिद गरेको कोरोना भाइरस नियन्त्रण सम्बन्धी सामाग्रीको मूल्य बजार भाउभन्दा दशौं गुणा महंगो परेको पाइएको छ । चीनमा उद्योगीले विभिन्न देशलाई हाल उपलब्ध गराइरहेका यस्ता सामाग्रीको बजार भाउभन्दा अस्वभाविक महंगोमा नेपाल सरकारले सामान किनेको हो । र, यी सामाग्रीको नेपालसम्म ढुवानीका लागि विमान चार्टर खर्च पनि नेपाल सरकारले […]
१६ चैत, काठमाडौं । सरकारले महंगा सवारी साधन आयातमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले ५० हजार डलरभन्दा माथिको गाडी आयातमा रोक लगाएको हो । अब ६० लाखभन्दा महंगा गाडी नेपालमा भित्र्याउन पाइने छैन । सरकारले विलासी विस्तुको आयात रोक्ने नीति यसअघिदेखि नै ल्याएको थियो । यस्तै, मन्त्रिपरिषद्कै बैठकले मदिरा आयातमा पनि रोक […]
१६ चैत, काठमाडौं । सरकारले निजी शैक्षिक संस्थाहरुलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएको छ । मन्त्रिपरिषद्ले आइतबार घोषणा गरेको राहत प्याकेजमा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको आवासबाहेक अरु शुल्क छुट दिनुपर्ने निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले […]
१६ चैत, काठमाडौं । चीनबाट सरकारले किनेका ११ प्रकारका मेडिकल सामग्री आइतबार नेपाल वायु सेवा निगमको चार्टर्ड विमानबाट काठमाडौं आइपुगेका छन् । पीपीए र किटलगायतका सामग्री आइसकेपछि अब सरकारले सोमबारदेखि देशभरका तोकिएका अस्पतालबाट बढीभन्दा बढी आशंकित व्यक्तिहरुको कोरोना संक्रमण परीक्षण गर्ने भएको छ । चिकित्सकहरुको व्यक्तिगत सुरक्षा उपकरण पीपीएसहितका टेस्ट किटहरु आइसकेकाले अब तीब्र रफ्तारमा […]
१६ चैत, काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण तथा रोकथामका खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको २५ लाख रुपैयाँको बीमा गरिदिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड १९ संक्रमण तथा रोकथाममा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई असार मशान्तसम्मका लागि २५ लाखको बीमा गरिदिने निर्णय गरेको अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । […]
१६ चैत, काठमाडौं । सरकारले असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई आग्रह गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो आग्रह गरेको हो । आफ्नो आग्रहअनुसार असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको घरभाडा मिनाहा गरे एक महिनाको घरबाहल कर छुट दिइने निर्णय सरकारको छ । सरकारी निर्णय शहरी क्षेत्रका असंगठित श्रमिकको […]
१६ चैत, काठमाडौं । सरकारले कोरोना रोकथामका लागि सरकारले चालेको कदमबाट प्रभावित श्रमिकलाई स्थानीय तह र प्रदेश सरकारले राहत दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राहत दिनुपर्ने श्रमिक परिवार स्थानीय तहले पहिचान गरी स्थानीय तह र प्रदेशले कोष खडा गरी राहत दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री युवराज […]
from समाचार – Online Khabar https://ift.tt/3asFNvX
via IFTTT