समाचार
१७ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी राहतवितरण मापदण्ड–२०७६’ स्वीकृत गरेको छ । सोमबार राष्ट्रिय सभा गृहमा बसेको काठमाडौं महानगरपालिकाको ४३ औं कार्यपालिका बैठकले मापदण्ड स्वीकृत गरेको हो । काठमाडौं महानगरपालिकाभित्र बसोबास गर्दै आएका असहाय, अति विपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिहरु खाना, खाजा नपाएर समस्यामा छन् । ‘विपन्न वर्गको पहिचान गरेर […]
१७ चैत, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आशंकामा आइसोलेसनमा बस्ने भएका छन् । सल्लाहकार रिभ्का पाउकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेतान्याहू पनि आइसोलेसन बस्ने भएका हुन् । स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार नेतान्याहूले स्वास्थ्य मन्त्रालयको दिशानिर्देशलाई पूर्णरुपमा पालना गर्नेछन् । नेतान्याहू १४ दिनसम्म आइसोलेसनमा बस्न सक्ने बताइएको छ । […]
१७ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सरकारले ३ सदस्यीय सिफारिस समिति गठन गरेको छ । मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्तिका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोकत्वमा सिफारिस गठन समिति गठन गरेको हो । श्रोतका अनुसार समितिमा पूर्व गभर्नर विजयदेव भट्टराई र पूर्ब सचिव कृष्णहरी बास्कोटालाई सदस्य तोकिएको छ । नेपाल राष्ट्र बैंक […]
१७ चैत, वीरगञ्ज । वीरगञ्ज–११ श्रीपुर स्थित विद्यापिठ स्कुलमा सोमबार बिहान तरकारी बजार राखियो । वीरगञ्ज महानगरपालिकाले वडाका उपभोक्तालाई वडामै बजार राखेर तरकारी दिने भनेपछि त्यहाँ बजार राखिएको थियो । तर त्यहाँ सोमबार बिहान ७ बजे पुग्दा कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरणका कुनैपनि उपाय अपनाइएको थिएन । सरकारले अत्यावश्यक तरकारी खाद्यान्न बिक्री गर्दा पनि ३ […]
१७ चैत, काठमाडौं । सर्वोच्च अदालतले अति विपन्न दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने व्यक्तिलाई राहत उपलब्ध गराउन सरकारलाई आदेश दिएको छ । सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले अहिले लकडाउनको समयमा यस्ता व्यक्तिहरु राहत लिन आफैं सम्पर्क राख्न आउनुभन्दा राज्यको संयन्त्रबाटै त्यस्ता व्यक्तिको पहिचान गरी राहत उपलब्ध गराउन आदेश दिएको हो । विपन्न र […]
१७ चैत, काठमाडौं । सरकारले गभर्नर सिफारिस गर्न तीन सदस्यीय समिति गठन गरेको छ । केही दिनअघिको मन्त्रिपरिषद् बैठकले गभर्नरको नाम सिफारिस गर्न अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो । समिति सदस्यमा पूर्वगभर्नर विजयनाथ भट्टराई र पूर्वअर्थसचिव कृष्णहरि बाँस्कोटा सदस्य रहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । समितिले तीनजनाको […]
१७ चैत, काठमाडौं । सुन आयात घटाउने सरकारी निर्णयको सुनचाँँदी व्यवसायीले स्वागत गरेका छन् । मुलुक गम्भीर आर्थिक संकटको अवस्था पुगेको र योबेला राष्ट्रिय ढुकुटीमा रहेको डलर सञ्चित गर्नु अनिवार्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सरकारको निर्णयले तत्काल बजारमा सुनको अभाव पनि नहुने महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । ‘कोरोनाका कारण रेमिट्यान्स […]
१७ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक मृत्युलाई कोरोना भाइरस (कोभिड–१९) सँग नजोड्न आग्रह गरेको छ । गाउँघरमा कसैको मृत्युभयो भने कोरोनाकै कारण मृत्युभएको भन्दै मलामी समेत नजाने अवस्था आएको भन्दै मन्त्रालयले त्यसो नगर्न ध्यानाकर्षण गराएको छ । सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले भने, ‘जो मर्यो, त्यो […]
१७ चैत, विराटनगर । चीनबाट ल्याइएको एक हजार स्वास्थ्य सामग्रीमध्ये एकहजार व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) प्रदेश १ सरकारले पाएको छ । नेपाली सेनाको स्काई ट्रकमार्फत् पठाइएको पीपीई प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले लिएका छन् । मन्त्रालयमार्फत् एक सय ३७ वटा स्थानीय तहमा पीपीई पठाइने उनले बताए । उनकाअनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई एक […]
१७ चैत, काठमाडौं । दक्षिण एसियामा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुने मानिसको संख्या ५९ पुगेको छ । साथै समग्र संक्रमितको संख्या २ हजार ९९४ पुगेकमो छ । पाकिस्तानमा पछिल्लो २४ घण्टामा छ जनाको ज्यान गएको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले आफ्नो वेबसाइटमा उल्लेख गरेअनुसार अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । […]
१७ चैत, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका-४ भगलाममा एक जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । भगलामस्थित छल्दीपनाहादेखि ईन्द्रेगैंडा जाने सडक खण्डको ५० मिटर मुनि बगरमा अन्दाजी ५५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनले बताए । सोमबार बिहान नाम थर नखुलेको अवस्थामा फेला परेको […]
१७ चैत, टाँडी (मोरङ) । प्रदेश १ को दुईवटा नाकाबाट तीन सातामा करिब दुई लाख मानिस भारतबाट नेपाल भित्रिएको अनुमान छ । सरकारको निर्णय भए अनुसार उनीहरु फर्केर १४ दिन ‘होम क्वारेन्टाइन’मा बस्नुपर्ने हुन्छ । प्रदेश १ का कतिपय स्थानीय तहले क्वारेन्टाइन पनि बनाएका छन् । तर, भारतबाट आएकामध्ये अधिकांश क्वारेन्टाइनमा छैनन् । मोरङको टाँडीस्थित […]
१७ चैत, कामठाडौं । अब अत्यावश्यक काममा बाहिर निस्कने सबैलाई जिल्ला प्रशासन कार्यालयले मात्र सवारीसाधन पास उपलब्ध नगराउने भएको छ । अत्यावश्यक सेवामा घरबाहिर निस्कनुपर्नेहरुका लागि सवारी पास अब जिल्ला प्रशासन कार्यालयसहित ४ निकायले प्रदान गर्नेछ । सरकारले लकडाउनको अवधि चैत २५ गतेसम्म बढाएपछि सवारी पास लिने निकाय पनि विस्तार गरेको हो । जिल्ला प्रशासन […]
१७ चैत, चितवन । कारागार कार्यालय भरतपुरमा रहेका १५ जना कैदी कैद किनेर छुटेका छन् । सर्वोच्च अदालतले कोरोनाको सङ्क्रमण हुनसक्ने भन्दै छोटो समय कैद रहेकालाई कैद किनेर छाड्न सरकारलाई निर्देशन जारी गरेसँगै १५ कैदी छुटेका हुन् । अदालतले एक वर्षसम्म कैद तोकेका उनीहरुले बाँकी अवधिको प्रतिदिन रु ३०० का दरले भुक्तान गरी छुट्न पाउने […]
१७ चैत, भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले गरेको लकडाउन लम्बिँदै गएपछि भक्तपुरमा खाद्यान्न भण्डारण गरिने भएको छ । सरकारले दोस्रो चरणको नाकाबन्दीको समेत मिति तोकेपछि जिल्लामा खाद्यान्न अभाव हुन नदिन मध्यपुर थिमि राधेराधेस्थित १७ तले खाली भवनमा खाद्यान्न भण्डारण गर्न लागिएको हो । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरसको उच्च जोखिमबाट […]
१७ चैत, काठमाडौं । सरकारले विदेशमा रहेका विद्यार्थीहरुलाई उद्दार गरेर घर ल्याउने योजना नभएको प्रष्ट पारेको छ । विद्यार्थीहरु बेखर्ची हुन थालेपछि शैक्षिक परामर्श केन्द्र सञ्चालकहरूले अष्ट्रेलियामा रहेका विद्यार्थीलाई उचित सुविधा दिन र तत्काल घर फर्कनु परेमा उचित प्रवन्ध गर्न माग गर्दै आएका छन् । तर, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशमा रहेका विद्यार्थी वा श्रमिकलाई घर […]
१७ चैत, काठमाडौं । सरकारले लकडाउनको अवधि बढाएसँगै अब तत्कालका लागि पर्यटकको उद्दार गर्ने काम रोकिएको छ । मुलुकहरुको आग्रहमा उनीहरुका नागरिकलाई काठमाडौं ल्याइसकिएको र केही पर्यटक स्वेच्छाले जुन स्थानमा छन् । त्यही सुरक्षित साथ बस्ने निर्णय गरेसँगै सोमबारबाट आन्तरिक रुपमा हुने उद्दारको काम सम्पन्न भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका निर्देशक लीला […]
१७ चैत, काठमाडौं । कोरोना संक्रमणको आशंका गरिएका दुई बिरामीको वीर अस्पताल काठमाडौंमा मृत्यु भएको छ । मृत्यु हुनेमा भारतबाट हालै फर्किएका ५० वर्षका पुरुष र चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षीया महिला छन् । वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार दुबै जनाको कोरोना संक्रमण परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको छ । तर, […]
१७ चैत, काठमाडौं । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले कोरोना संक्रमित बिरामीसँगै जहाजमा आएका थप यात्रुको पहिचान गर्न सहयोग गर्ने भएको छ । नाट्टाले विभिन्न एयरलाइन्समार्फत् नेपाल आएर कोरोना संक्रमण पुष्टि भएकासँगै आउनेहरुकाे विवरण खोजी गरी सम्बन्धित निकायमा पठाउन सहयोग गर्ने जनाएको हो । नेपालमा १७ मार्चमा कतार एयरवेजको क्युआर ६५० जहाजबाट […]
१७ चैत, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले सरकारले हालै घोषणा गरेको राहत प्याकेज अमूर्त भएको आरोप लगाएकी छिन् । प्रतिनिधिसभाकी सदस्य समेत रहेकी डा. संग्रौलाले प्रेस विज्ञप्ति मार्फत् यस बारेमा स्पष्ट पार्न आग्रह गरेकी हुन् । सांसद संग्रौलाले संगठित क्षेत्रका दैनिक ज्यालादारी मजदुरहरूका बारेमा लिएको निर्णय प्रष्ट नभएको भन्दै तत्काल […]
१७ चैत, काठमाडौं । बागलुङ नगरपालिका ४ कुँडुलेकी कोरोना भाइरस (कोभिड १९) संक्रमित युवतीको परिवारका सदस्यहरुको पनि ‘थ्रोट स्वाब’ लिइएको छ । धौलागिरि अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको टोलीले सोमबार दिउँसो संक्रमितको परिवारका सात सदस्यको ‘थ्रोट स्वाब’ संकलन गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिए । संक्रमितका बुवा, हजुरबुवा, हजुरआमा, वहिनी, भान्जा र भान्जीको पनि […]
from समाचार – Online Khabar https://ift.tt/39xPJCN
via IFTTT