समाचार
१७ चैत, बर्दिया । भारतसँग सीमा जोडिएका बाँके र बर्दिया जिल्लामा कोरोना संक्रमण रोक्न उच्च सतर्कता अपनाइएको छ । दुवै जिल्ला भारतसँग सीमा जोडिएकाले नाकाहरुमा निगरानी बढाइएको छ । दुवै जिल्लामा भारतबाट आउ–जाउ ठप्प छ । बाँके र बर्दियामा शंकास्पद २ सय १८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कवारेन्टाइनमा रहेकामध्ये अधिकांश सीमा नाका बन्द नहुँदै […]
१६ चैत, काठमाडौं । ग्यास सिलिण्डर बोकाएर सडकमा बसाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीले सडकमा सिलिण्डर बोकाएर बसाएको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो । त्यसपछि के उद्देश्यले सिलिण्डर बोकाइए भन्ने विषयमा छानविन थालिएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उमेशराज जोशीले तस्वीर सार्वजनिक गर्ने व्यक्तिहरुसँग सोधपुछ […]
१७ चैत, बुटवल । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम रोकथामका लागि सरकारले देशव्यापी लकडाउनको अवधि लम्ब्याएपछि दैनिक ज्यालादारी गरेर गुजारा चलाउँदै आएका श्रमिकहरु मारमा परेका छन् । उद्योग, निर्माण, यातायात लगायतका क्षेत्रमा काम गर्ने असंगठित मजदुरहरु र सामाजिक सुरक्षा कोषमा सामेल नभएका श्रमिक समेत लकडाउनका कारण काम गर्न नपाउँदा दैनिक छाक टार्न नसकेर समस्यामा […]
१७ चैत, वीरगञ्ज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले उपचार नगरी फिर्ता पठाएको विरामीको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका– २२ का २५ बर्षका विजय कुशवाहलाई उपचारका लागि काठमाडौं लैजाने क्रममा मृत्यु भएको हो । काठमाडौंको त्रिवि शिक्षण अस्पताल पुर्याएपछि चिकित्सकहरुले मृत घोषणा गरेका आफन्त महेश कुशवाहले बताए । कोरोना संक्रमितमा देखिनेजस्तै लक्षण देखिएको भन्दै पर्साको […]
१७ चैत, काठमाडौं । सीमा बन्द भएपछि भारतीय भूमि धार्चुलामा ४५० बढी नेपाली अलपत्र परेका छन् । भारतको मिथौरागढलगायतका क्षेत्रमा मजदुरी गरेर लकडाउनपछि घर फर्किन लागेका नेपाली धार्चुलामै रोकिएका हुन् । अलपत्र ३ दिनदेखि उनीहरूले नेपाल प्रवेश पाउनुपर्ने भन्दै महाकाली पुलपारि नाराबाजी गरिरहेका छन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) यदुनाथ पौडेलले भारतको मिथौरागढलगायत क्षेत्रबाट […]
१७ चैत, बुटवल । लायन्स क्लब अफ शंकरनगरले बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा खटिएका चिकित्सकका लागि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री दिएको छ । क्लबले लुम्बिनी प्रादेशिक अस्पतालमार्फत बुटवल कोरोना विशेष अस्थायी अस्पतालका लागि सात थान पीपीई सेट, ३० लिटर इथाइल अल्कोहल स्प्रिट र दुर्गादत्त मावि तिलोत्तमामा रहेको क्वारेन्टाइनको लागि तीन थान पीपीई र […]
१७ चैत, रौतहट । लकडाउनलाई प्रभावकारी बनाउन रौतहट प्रशासनले खाद्यान्न पसल समेत बन्द गराएपछि गौरमा होम डेलिभरी अर्थात् घरमै सामान पुर्याउने सेवा सुरु भएको छ । उद्योग वाणिज्य संघ गौरको पहलमा ११ वटा खाद्य पसलमार्फत् सर्वसाधारणलाई होम डेलिभरीको व्यवस्था मिलाइएको संघका अध्यक्ष पण्डित जयसवालले बताए । कोभिड-१९ को जोखिम कम गर्न होम डेलिभरी सेवा सुरु […]
१७ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लगाएको लकडाउन उल्लंघन गर्नेहरुमाथि प्रहरीले कारबाही तीव्र बनाएको छ । सोमबार विहान मात्र विनाकारण सडकमा निस्किएको भन्दै प्रहरीले ७ सय ४० जनालाई सडकै उभ्याएको छ । लकडाउन उल्लंघन गर्नेलाई दुई घन्टा सडकमा उभ्याएर प्रहरीले कोरोना भाइरसबारे सचेतनामूलक प्रशिक्षण दिँदै आएको छ । महानगरीय प्रहरी आयुक्तको […]
१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको एक साता पुग्न लाग्यो । यो अवधिमा मानिसहरु घर बाहिर ननिस्किँदा काठमाडौंका सडकमा हिँड्ने कुकुर, गाई, बाँदरलगायतका पशु चौपाया समस्यामा परेका छन् । ‘फेडेरेसन अफ एनिमल वेलफेयर नेपाल’का अनुसार उपत्यकामा मात्र करिब २६ हजार कुकुर सडकमा छन् । बाँदरको संख्या यकिन छैन । […]
१७ चैत, काठमाडौं । कञ्चनपुर जिल्लाका सबै स्थानीय तहमा गरेर करिब १५ वटा तरकारी हाट बजार छन् । हरेक दिन लाग्ने हाटमा मानिसहरुको बाक्लो भिड हुन्थ्यो । लकडाउनको समयमा पनि बिहान र बेलुकीको समयमा ती हाटबजारमा भिड घटेको छैन । लकडाउन भएपनि बिहान बेलुका तरकारी किन्नेको भिडले जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगरको […]
१७ चैत, काठमाडौं । काठमाडौंको प्रमुख बजार असन हिजोआज चकमन्न छ । लकडाउनका कारण मानिस घरबाहिर ननिस्केपछि दैनिक हजारौं मानिसको घुइँचो हुने असनमा हिजोआज फाट्टफुट्टमात्र पैदलयात्री भेटिन्छन् । सामान्य समयमा पैदल हिँड्न पनि मान्छे ठेल्दै हिँड्नु पर्ने असनमा अहिले दिनभरमा एकाध मान्छेमात्र देखिन्छ । लकडाउनको छैठौं दिन आइतबार रत्नपार्कबाट भोटाहिटीहुँदै असन जाँदा असन चोकमा दुई […]
१७ चैत, सप्तरी । सप्तरीको पूर्वपश्चिम राजमार्गका विभिन्न ठाउँमा अलपत्र श्रमिकको उद्धार गरिएको छ । ‘लकडाउन’का कारण विभिन्न कारखानामा काम गर्ने श्रमिकको सप्तरीबाट उद्धारगरी आआफ्नो घर पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाईँले जानकारी दिए । कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सरकारले गएको मङ्गलबारदेखि देशैभरि लकडाउन गरेपछि खाद्यान्न तथा यातायात सेवा नपाउँदा श्रमिक […]
१७ चैत, राँझा । फ्रान्सबाट कतार हुँदै आएकी कोरोना भाइरस सङ्क्रमित युवतीसँगै बाँके आएका तीन जनाको नमूना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएका उनीहरुसहित छ जनाको नमूना परीक्षणको लागि काठमाडौँ पठाइएकोमा नेगेटिभ रिपोर्ट आएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए । यसअघि पहिलो चरणमा सात जनाको […]
१७ चैत, काठमाडौं । विश्व महाशक्ति अमेरिका कोरोना भाइरसको महामारीबाट सबैभन्दा आक्रान्त मुलुकहरुको सूचीमा शीर्षस्थानमा पुगेको छ । देशहरुको हिसाबले अहिले विश्वै सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । यद्यपि, मृत्यूदर त्यहाँ कम छ । कोरोनाको फैलावट दिन दुईगुना रात चौगुना भएपछि अमेरिकाको जनजीवन त्रस्त बनेको छ । सरकारले आधिकारिकरुपमा ‘लकडाउन’ घोषणा गरेको छैन । तर, […]
१७ चैत, चितवन । पश्चिम चितवनको चोकबजारमा रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष ऋषिराम चापागाईले चार दिनअघि लकडाउनमा दूध किसानका समस्या राख्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई फोन गरे । प्रजिअ भट्टराईलेले चापागाईका कुरा त सुने तर मुख बन्द हुने गरी जवाफ फर्काए, ‘ए अब दूध सहकारीको अध्यक्ष पनि मै बनिदिनुपर्यो ।’ प्रजिअका यस्ता […]
चीनको वुहान शहरबाट डिसेम्बर २०१९ मा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विश्वभर महामारीको रुपमा फैलिएको छ र हजारौंको ज्यान लिइसकेको छ । हालसम्म यसको उपचार पत्ता लागेको छैन र नियन्त्रणमा ल्याउन निकै चुनौतीपूर्ण देखिएको छ । नेपालमा यसले अहिलेसम्म जटिल प्रभाव पार्न नसके पनि भोलि इटालीको जस्तै अवस्था नआउला भन्न सकिँदैन । त्यसैले यो रोगलाई फैलन […]
१७ चैत, काठमाडौं । युरोपमा कोरोना महामारीको विषम परिस्थितिको तत्कालै अन्त्य हुने छाँट छैन । यो महामारीले युरोपका जनताबीच समस्या मात्र होइन, मतभेदको पनि सिर्जना गरेको छ र सबै मतभेद तथा दोषको भारी युरोपेली युनियनकै थाप्लोमा हालिदिएको छ । सायद, आगामी हप्ताभित्रैमा इटालीमा कोरोना भाइरसको संक्रमण उच्चतम स्तरमा पुग्नेछ । यदि त्यसो भयो भने इटालीले […]
१६ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसका कारण असर परेको क्षेत्रहरुलाई सहुलियत घोषणा गरेको छ । राष्ट्र बैंकले अर्थतन्त्रमा योगदान दिने निजी क्षेत्र यतिबेला समस्यामा परेको भन्दै सहुलियत प्याकेज घोषणा गरेको हो । जसअनुसार अब चैतमा तिर्नुपर्ने ऋण २०७७ असार मसान्तसम्म तिरे हुने भएको छ । यस अवधिको कुनै अतिरिक्त शुल्कहरु व्याज तथा […]
१६ चैत, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले निजी स्कुलको शुल्कदेखि विद्युत महसुल छुटसम्मको राहत प्याकेज ल्याएको हो । सरकारको यो निर्णयसँगै मासिक एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकले विद्युत महसुलमा २५ प्रतिशतसम्म छुट पाउनेछन् । विद्युत, खानेपानी, टेलिफोन शुल्क फाल्गुन […]
१६ चैत, काठमाडौं । सरकारले २२ अर्बभन्दा बढी वैदेशिक ऋण लिने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई दिइने राहतको स्रोत जुटाउन सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाकाअनुसार अन्तर्राष्टिय मुद्रा कोषबाट उपलब्ध हुने निर्ब्याजी ८७.५ मिलियन एसडीआर अर्थात् १३ अर्ब नौ करोड ऋण सुविधा लिने निर्णय भएको हो […]
१६ चैत, काठमाण्डौ । नेपाल सरकारले चीनबाट खरिद गरेको कोरोना भाइरस नियन्त्रण सम्बन्धी सामाग्रीको मूल्य बजार भाउभन्दा दशौं गुणा महंगो परेको पाइएको छ । चीनमा उद्योगीले विभिन्न देशलाई हाल उपलब्ध गराइरहेका यस्ता सामाग्रीको बजार भाउभन्दा अस्वभाविक महंगोमा नेपाल सरकारले सामान किनेको हो । र, यी सामाग्रीको नेपालसम्म ढुवानीका लागि विमान चार्टर खर्च पनि नेपाल सरकारले […]
from समाचार – Online Khabar https://ift.tt/3av7DaD
via IFTTT