Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

चिकित्सकको मानवीय भावना र साहसले मात्र महामारीलाई जितिन्छ : महामन्त्री कोइराला

१६ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोरोना भाइरस संक्रमणको महामारीका बेला उच्च मनोबलका साथ काम गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् । कुनैपनि चिकित्सक निश्चित भत्ताभन्दा मानवीय भावनाले बिरामीको उपचारमा अभिप्रेरित हुने भन्दै उनले चिकित्सकको मानवीय भावना, समर्पण र साहसले नै कोरोना भाइरसको महामारीबाट बाहिर निस्कन सक्ने बताएका छन् । […]

पाँच मिनेटमै कोरोना भाइरस परीक्षण हुने मेसिन तयार

१६ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) परीक्षणको नतिजा सबैभन्दा छिटो दिनसक्ने प्रविधि तयार भएको छ । कोरोना भाइरस संक्रमण परीक्षणका लागि विभिन्न किसिमको झन्झटको सामना गरिरहेको अवस्थामा अमेरिकी कम्पनी एबोटले सबैभन्दा छिटो भाइरस परीक्षण गर्न सकिने प्रविधिको विकास गरेको हो । यो प्रविधिले पाँच मिनेटमा प्रयोगशालाको झन्झट बिना नै नतिजा दिनसक्छ । अहिले समग्र विश्वले […]

चीनले कसरी नियन्त्रणमा लियो कोरोनाको महामारी ?

१६ चैत, काठमाडौं । पहिलोपटक कोरोना भाइरस (कोभिड–१९) देखिएको चीनको वुहान शहरमा लकडाउन आंशिक रुपमा हटाएको छ । युरोप भने महामारीको केन्द्र बनेको छ । इटाली र स्पेनमात्र होइन, युरोपका अरु देशमा पनि संक्रमित र मृतकको संख्या बढ्दो छ । संक्रमण फैलिन नदिन हरेक देशले कदम चालेका छन् । लाखौं मानिसहरु लकडाउनमा छन् । तर, […]

रामेछापमा विदेशबाट फर्किएका ५४ जना क्वारेन्टाइनमा

१६ चैत, रामेछाप । रामेछाप जिल्लामा क्वारेन्टाइनमा बस्नेको संख्या ५४ पुगेको छ । शनिबार साँझसम्म भारतलगायत विभिन्न देशबाट फर्किएका ५४ जनालाई क्वारेन्टाइनमा राखिएको हो । गोकुलगंगा गाउँपालिकामा सात, दोरम्बा गाउँपालिकामा १०, मन्थली नगरपालिकामा ६, रामेछाप नगरपालिकामा १७, खाँडादेवी गाउँपालिकामा १० र लिखुतामाकोशी गाउँपालिकामा चार जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्रकुमार कर्णले जानकारी […]

देशका विभिन्न भागमा फसेका कुल नाै सय ६४ पर्यटकको उद्दार

१६ चैत, काठमाडौं । लकडाउनका कारण देशका विभिन्न स्थानमा फसेका नौ सय ६४ पर्यटकको उद्दार भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार शुक्रवार र शनिबार गरी ती पर्यटकलाई देशका विभिन्न स्थानबाट काठमाडौं ल्याइएको हो । त्यसमध्ये, शुक्रबार र शनिबार कतार एयरवेजमार्फत् करिब ९ सय पर्यटकलाई सम्बन्धित मुलुकतर्फ पठाइसकिएको छ । बोर्डको तथ्यांकअनुसार क्राइसिस रेस्पोन्स युनिटको […]

भोरले एक सय विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउने

१६ चैत, जनकपुरधाम । भोर नामक सामाजिक संस्थाले लकडाउनको अवधिभर तीन वटा प्रदेशका एक सय विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउने भएको छ । प्रदेश १ का १०, प्रदेश २ का ८० र वागमती प्रदेशका १० विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउने भोरका संस्थापक अध्यक्ष राजकुमार महतोले बताए । प्रदेश २ का आठ जिल्लाका १०/१०, वागमती प्रदेशको […]

तरकारी बेच्न जाँदा पनि पक्राउ पर्छन् व्यापारी

१६ चैत, काठमाडौं । चितवनमा २० बिघा जमिनमा तरकारी खेती गरेका सामर्थ ढुंगानाको कालीमाटी आफ्नै तरकारी पसल छ । चैत ११ गते बेलुकी तरकारी बिक्री गरेर संतुगलस्थित घर फर्कदै गर्दा उनले सुनेका थिए ‘राति १२ बजेदेखि लकडाउन सुरु हुन्छ ।’ उनको तरकारी व्यवसायलाई सरकारले जस्तोसुकै अवस्थामा पनि सञ्चालनमा ल्याउनुपर्ने भनी अत्यावश्यक वस्तुको सूचीमा राखेको छ […]

लकडाउन पालना नभएपछि गौरका तरकारी पसलसमेत बन्द

१६ चैत, रौतहट । लकडाउनको पालना नभएपछि रौतहटको गौरमा आजबाट दुई दिनसम्म तरकारी र खाद्यान्न पसलसमेत बन्द गराइएको छ । दैनिक उपभोग्य सामान खरिद गर्न बिहान र साँझपख घर बाहिर निस्किने स्थानीयबासीको भिडका कारण संक्रमण फैलने खतरा बढेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले आइतबार र सोमबार औषधिबाहेकका सबै पसलहरु पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो […]

लकडाउनको मौकामा धमाधम रोड मार्किङ

१६ चैत, काठमाडौं । सडक विभागले लकडाउनको मौका पारेर रोड मार्किङ गर्न बाँकी स्थानहरुमा काम थालेको छ । सडकमा आवागमन कम भएकाले विभागले रातमा गर्दै आएको काम दिउँसो नै गर्न सुरु गरेको हो । काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपाली यस्तो कामका लागि धेरै संख्यामा मजदुर नलाग्ने भएकाले कोभिड १९ विरुद्ध उनीहरुलाई सचेत बनाएर […]

विदेशबाट फर्किएकाको तथ्यांक संकलन गर्न नगरपालिका संघको आग्रह

१६ चैत, काठमाडौं । नेपाल नगरपालिका संघले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि विदेशबाट फर्किएका नेपाली नागरिकहरुको तथ्यांक संकलन गरी निर्धारित मापदण्ड अनुसारको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन नगर प्रमुखहरुसँग आग्रह गरेको छ । संघका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै विदेशबाट फर्किएका व्यक्तिहरुमा संक्रमणको लक्षण देखिएमा सुरक्षा विधिसहित तोकिएको स्वास्थ्य संस्थामा लैजाने […]

अब लकडाउन उल्लंघन गर्नेलाई दुई घण्टा सडकमा उभ्याइने

१६ चैत, काठमाडौं । नेपाल प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी नीति परिवर्तन गरेको छ । अबदेखि बिनाकारण सडकमा निस्कनेहरुलाई भेटिएकै ठाउँमा दुई घण्टा उभ्याउने नीति प्रहरीले लिएको हो । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले अनलाइनखबरसँग भने, ‘हालसम्म ललितपुरबाट साढे दुई सय, भक्तपुरबाट ४० र काठमाडौंबाट गरी एक हजार ७० जनालाई […]

भारतमा संक्रमितको संख्या एक हजार नाघ्यो

१६ चैत, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या एक हजार जना भन्दा बढी पुगेको छ । त्यस्तै मृत्यु हुनेको मानिसको संख्या पनि २४ पुगेको छ । कोभिड १९ इन्डिया डट ओआरजीका अनुसार भारतमा समग्र संक्रमितको संख्या एक हजार २९ पुगेको छ । भारतमा शनिबार भाइरसको कारण थप चार जनाको मृत्यु भएको छ […]

लकडाउनको मौका छोपी कालोबजारी गर्ने पक्राउ

१६ चैत, धनुषा । मास्क र पञ्जा कालोबजारी गरेको आरोपमा प्रहरीले जनकपुरबाट शनिबार एक जनालाई नियन्त्रणमा लिएको छ । बजार अनुगमनका क्रममा बढी मूल्य लिएर मास्क र पञ्जा बिक्री गरिरहेको पाइएपछि कालोबजारी गर्ने एक व्यवसायीलाई प्रहरीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाएअनुसार पक्राउ पर्नेमा जनकपुरधाम–४ का ३६ […]

चीनमा ४५ जना नयाँ संक्रमित भेटिए, थप पाँच जनाको मृत्यु

१६ चैत, काठमाडौं । चीनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित ४५ जना नयाँ विरामी फेला परेका छन् । सामाचार एजेन्सी रोयटर्सका अनुसार यो अघिल्लो दिनको तुलनामा भने कम हो । २७ मार्चमा ५४ जना नयाँ संक्रमित फेला परेका थिए । आइतबार चिनियाँ स्वास्थ्य अधिकारीहरुले भनेअनुसार नयाँ संक्रमितहरुमध्ये एक जनामा स्थानीयबाटै सरेको  हो । शनिबार […]

कोभिड-१९ र यसका तीन आयाम

कोभिड-१९, अर्थात् नोबेल कोरोना भाइरसको संक्रमण र यसका तीन आयाम बारे यस लेखमा चर्चा गरिएको छ । यी तीन आयाम हुन् – पहिलो : ‘कोभिड–१९ रोकथाम र नियन्त्रण’  दोस्रो : ‘कोभिड-१९ र अर्थतन्त्र’  र तेस्रो : ‘दृष्टिकोण र प्रणालीकाे सवाल’ १) कोभिड-१९ः रोकथाम र नियन्त्रण नोबेल कोरोना भाइरसको संक्रमण, कोभिड-१९ विश्व महामारीले यतिबेला सारा विश्वलाई […]

महासंघको प्रश्न– कुखुरा फार्ममा दाना पुर्‍याउने, गाईबारे नसोच्ने ?

१६ चैत, काठमाडौं । लकडाउनका बेला राष्ट्रिय जनावर गाईको आहारको उचित प्रबन्ध मिलाउन विश्व हिन्दू महासंघ नेपाल केन्द्रीय समितिले सरकारसँग माग गरेको छ । महासंघले शनिबार प्रेस विज्ञप्ति प्रकाशित गरी मुलुकभर विशेषगरी उपत्यकाभित्र रहेका गाई फार्ममा भुसा, दानालगायत खाद्य पदार्थको अभाव रहेको उल्लेख गर्दै तिनको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो । छिट्टै […]

न्यूयोर्कलाई क्वारेन्टाइनमा राख्ने योजनाबाट पछि हटे ट्रम्प

१६ चैत, काठमाडौं । न्यूयोर्कलाई क्वारेन्टाइनमा राख्ने योजनाबाट ट्रम्प प्रशासन पछि हटेको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि न्यूयोर्कलाई क्वारेन्टाइनमा राख्ने योजनाबारे विचार गरिरहेको बताएका थिए । आइतबार विहान ट्वीट गर्दै ट्रम्पले न्यूयोर्कलाई क्वारेन्टाइनमा राख्न आवश्यक नरहेको निष्कर्षमा ह्वाइट हाउस पुगेको बताएका छन् । ह्वाइटहाउस कोरोना भाइरस टास्क […]

नेपाल एयरलाइन्समार्फत् चीनबाट ल्याइयो स्वास्थ्य सामग्री

१६ चैत, काठमाडौं । कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री चीनबाट लिएर नेपाल एयरलाइन्सको हवाईजहाज काठमाडौं आइपुगेको छ । नेपाल एयरलाइन्सका अनुसार चीन गएको जहाज आइतबार बिहान साढे पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीहरुले सुरक्षाका लागि लगाउने विशेष प्रकारको पोशाक पीपीई लगायतका सामग्री लिएर वाइडबडी जहाज […]

कोरोनाविरुद्ध लड्न सर्वपक्षीय संयन्त्र बनाऔं : युवासंघ अध्यक्ष सापकोटा

१६ चैत, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवासंघ नेपालले विदेशबाट फर्केकाहरूको तत्काल लगत संकलन गरेर क्वारेन्टाइनमा राख्न माग गरेको छ । साथै, उसले सर्वपक्षीय कार्यदल बनाएर कोरोना भाइरसविरुद्ध लड्न पनि सुझाएको छ । विदेशबाट फर्किएकाहरूबाट कोरोना संक्रमणको खतरा बढिरहेका बेला संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले ती सबैलाई सम्मानजनक ढंगले क्वारेन्टाइनमा […]

स्वास्थ्य सामग्री बोकेको जहाज चीनबाट काठमाडौं प्रस्थान

१६ चैत, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले दिएका स्वास्थ्य सामग्री बोकेको जहाज ग्वाङ्झाओबाट नेपाल प्रस्थान गरिसकेको जानकारी दिएकी छन् । चीनको सिचुवान प्रान्त सरकार,  सिचुवान लगानी समूह र चिनियाँ दूतावासले नेपाललाई दान दिएका स्वास्थ्य सामग्रीहरु बोकेर विमान काठमाडौं प्रस्थान गरेको राजदूत होउको भनाइ छ  । राजदूत होउले नेपाल ल्याउन लागिएका स्वास्थ्य […]

प्रदेश ५ मा एक सय ९० ठाउँमा क्वारेन्टाइन, २३ सय बेड

१५ चैत, बुटवल । कोभिड–१९ को संक्रमण रोकथामका लागि प्रदेश ५ मा एक सय ९० ठाउँमा क्वारेन्टाइन बनाइएको छ । प्रदेशका १२ वटै जिल्ला र सबैजसो स्थानीय तहमा दुई हजार तीन सय बेड तयार भएका छन् । सबैभन्दा धेरै क्वारेन्टाइन बेड रुपन्देहीमा छन् । रुपन्देहीमा १६ वटै स्थानीय तहमा तीन सय ५४ वटा क्वारेन्टाइन बेड […]



from समाचार – Online Khabar https://ift.tt/3bsJYI2
via IFTTT
Powered by Blogger.