Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

धरानमा पनि सुरु भयो कोरोना भाइरस संक्रमणको परीक्षण

१६ चैत, विराटनगर । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको परीक्षण सुरु भएको छ । यसअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा मात्र कोरोना भाइरसको परीक्षण गर्ने गरिएको थियो । तर, लकडाउनका कारण देशबाट नमुना संकलन गर्न कठिनाई भएपछि सरकारले धरान, पोखरा र नेपालगञ्जमा पनि परीक्षण गर्ने निर्णय गरेको हो । प्रतिष्ठानमा […]

यसरी तयार हुँदैछ विराटनगरमा कोभिड १९ विशेष अस्पताल

१६ चैत, विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमित (कोभिड १९)  को उपचार गर्न अस्थायी अस्पताल निर्माण कार्य सुरु गरेको छ । विराटनगरस्थित नेशनल ट्रेडिङको भवनमा ५० शय्याको अस्पताल बनाउने निर्णय भएसँगै धमाधम काम सुरु भएको हो । अस्पतालमा १० शय्याको भेण्टिलेटर वार्ड पनि निर्माण गरिँदैछ । अहिले अस्पतालका लागि आवश्यक संरचना निर्माण गर्ने काम […]

‘म कोरोना भाइरस होइन, कलकत्तामै जन्मिएको हुँ’

१६ चैत, काठमाडौं । भारतको कोलकाता (कलकत्ता)मा एउटा ठाउँ छ, वाले टेङ्गरा । यसलाई ‘चाइना टाउन’ वा ‘मिनी चाइना’ भनिन्छ । किनभने यहाँ चिनियाँ मूलका धेरै भारतीय नागरिकहरु साढे दुई सय वर्ष अगाडिदेखि बस्दै आएका छन् । जब कलकत्तामा कोरोना भाइरसको संक्रमण फैलिन थाल्यो र एक जनाको ज्यान गयो । तब ‘चाइना टाउन’मा बस्दै आएकाहरुको […]

रोयल फर्मासिटिकल्सले दियो भरतपुर कोरोना अस्पताललाई औषधि

१६ चैत, चितवन । रोयल फर्मासिटीकलले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताललाई औषधि सहयोग गरेको छ । भरतपुर १६ मा रहेको फर्मासिटिकलले ३६ हजार सिटाफाष्ट र १६ हजार रोल्सेट ट्याब्लेट सहयोग गरेको हो । रोयल फर्मासिटिकलका अध्यक्ष प्रेम थापा र प्रबन्ध निर्देशक केशवप्रसाद लामिछानेले सो औषधि कोरोना प्रकोपविरुद्ध जिल्ला व्यवस्थापन समितिका संयोजक तथा सांसद विजय सुवेदी […]

चीनबाट प्राप्त अत्यावश्यक स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण

१६ चैत, काठमाडौं । चिनिया दूतावासले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई चाहिने एन-९५ मास्क लगायतका सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री भानुभक्त ढकालमार्फत सरकारलाई हस्तान्तरण गरेकी हुन् । चीनका अर्बपति ब्यापारी ज्याक माको अलिबाबा र ज्याक मा […]

काठमाडौं महानगरपालिकाले विपन्न र मजदुरको लगत संकलन गर्ने

१६ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले विपन्न, असहाय र दैनिक ज्यालादारी मजदुरको लगत संकलन गर्ने भएको छ । शनिबार जिल्ला प्रशासन कार्यालय काठमाडौं, काठमाडौं जिल्लाका उपलब्ध प्रदेशसभा सदस्य र सुरक्षा अधिकारीसँगको छलफलमा महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले छिटै लगत संकलन गर्ने बताएका हुन् । शाक्यले राहत वितरणको काम वडाध्यक्ष र वडा समितिको नेतृत्वमा एकद्ववार प्रणालीबाट गरिने […]

लकडाउनले पुगेको असुविधाप्रति मोदीले मागे माफी

१६ चैत, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा लगाइएको लकडाउनले जनतालाई पुगेको असुविधाप्रति माफी मागेका छन् । आइतबार आफ्नो रेडियो कार्यक्रम मन की बातमा बोल्दै मोदीले लकडाउनको कारण गरिब मानिसहरुमा परेको असुविधाप्रति क्षमायाचना व्यक्त गरेका हुन् । उनले भने, ‘म तपाईंहरुको समस्या बुझ्छु, तर कोरोना भाइरसविरुद्धको लडाइँमा यसको कुनै विकल्प थिएन ।’ प्रधानमन्त्री मोदीले […]

कोभिड–१९ : बाँकेमा २३ जनाको नमूना सङ्कलन

१६ चैत, बाँके । बाँकेमा भारतलगायत तेस्रो मुलुकबाट आएका २३ जनाको कोभिड–१९ परीक्षणका लागि नमूना सङ्कलन गरी काठमाडौँ पठाइएको छ । शनिबार मात्रै कतारबाट फर्किएका पाँच, मलेशियाबाट फर्केका दुई, भारतबाट आएका दुई र दुबईबाट आएका एक गरी १० जनाको नमूना सङ्कलन गरी परीक्षणका लागि काठमाडौँ पठाइएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश […]

सम्पदा क्षेत्रमा शून्यता (फोटो फिचर)

१६ चैत, काठमाडौं । कोरोना भाइरसको रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण काठमाडौंको सम्पदा क्षेत्र पनि सुनसान बनेको छ । काठमाडौंमा खुला ठाउँ खोज्दै दैनिक हजारौं मानिसहरु पशुपतिनाथ, बसन्तपुर, स्वयम्भूजस्ता धार्मिक स्थलमा जाने गर्थे । तर लकडाउनका कारण मानिसहरु घरभित्रै थुनिएका छन् । त्यसैले सधैंजसो गुल्जार र भिडभाड हुने सम्पदा क्षेत्र र धार्मिक स्थल पनि […]

कोभिड–१९ बारे अहिलेसम्म पत्ता नलागेका कुराहरु

१६ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी अहिले विश्वभर फैलिएको छ । भाइरसका कारण विश्वभर ३० हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ । यो भाइरसको संक्रमण रोकथामका लागि विश्वभर विभिन्न प्रयास भइरहेको छ । तर, वैज्ञानिकहरुको अथक प्रयासकाबीच पनि कोरोना भाइरसबारे धेरै कुरा थाहा पाउन सकिएको छैन । यो रोगबाट अहिलेसम्म पत्ता नलागेका […]

व्यवसायी पराजुलीले गरे ४० सेट पीपीई हस्तान्तरण

१६ चैत्र, काठमाडौं । इन्ट्रिग्रेटेड गु्रप नेपालका कार्यकारी अध्यक्ष, भरत पराजुलीले ४० सेट व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) हस्तान्तरण गरेका छन् । कोरोना भाइरस उपचारका लागि पीपीई अभाव भइरहेका बेला इन्टिग्रेटेडका कार्यकारी अध्यक्ष पराजुलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आपतकालीन तथा विपद् व्यवस्थापन इकाईलाई पीपीई सहयोग गरेका हुन् । हस्तान्तरण गरिएका पीपीई सेट विश्व स्वास्थ्य संगठनको मापदण्ड […]

कोरोना संक्रमित युवतीको उपचार बागलुङमै

१६ चैत, पोखरा । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएकी बागलुङकी युवतीको धौलागिरी अस्पतालमै उपचार गरिने भएको छ । बेल्जियमबाट कतार हुँदै ४ चैमा नेपाल आएकी बागलुङ नगरपालिका ४, कुँडुलेकी १९ वर्षीया उनलाई कोरोना संक्रमण भएको शनिबार पुष्टि भएको थियो । त्यसअघि घरमै रहेको उनलाई धौलागिरि अस्प्तालमा भर्ना गरिएको छ । उनको अवस्था सामान्य छ […]

दाङका तीन जनाको रिपोर्ट नेगेटिभ

१६ चैत, दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएका तीनै जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । काठमाडौंको टेकुस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि तीनैजनालाई आज डिस्चार्ज गरिएको छ । कोरोनाको संक्रमण भएको आशंकामा उनीहरुलाई आइसोलेसनमा राखिएको थियो । प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले तीनै जनाको रिपोर्ट नेगेटिभ आएकाले […]

‘लकडाउन’मा पनि व्यस्त कालीमाटी तरकारी बजार

१६ चैत, काठमाडौं । लकडाउनका कारण सिंगो देश ठप्प छ । सडकहरु सुनसान छन् । अत्यावश्यक काममा बाहेक सडकमा निस्कियो भने प्रहरीले सडकमै दुई घण्टा उभ्याउन थालेको छ । त्यसैले मानिसहरु पनि घरभित्रै बसेका छन् । तर, कालीमाटी तरकारी बजारको अवस्था भिन्न छ । मध्यरातमै जाग्छ, र उज्यालो हुँदासम्म चहलपहल रहन्छ । आइतबार बिहान झिसमिसेमै […]

कोभिड-१९ कोषमा सामूहिक विकास सहकारीको तीन लाख

१५ चैत, बुटवल । कोरोना भाइरस (कोभिड–१९) को रोेकथाम तथा उपचारका लागि रुपन्देहीको तिलोत्तमा शंकरनगरस्थित सामूहिक विकास बचत तथा ऋण सहकारी संस्थाले तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ । सहकारीले प्रदेश ५ सरकार र तिलोत्तमा नगरपालिकाले स्थापना गरेको कोषमा क्रमशः दुई लाख र एक लाख रुपैयाँ दिने निर्णय गरेको हो । सहकारीले सामाजिक सेवा […]

विपन्नका लागि प्रदेश २ सरकारले विशेष प्याकेज ल्याउने

१६ चैत, जनकपुरधाम ।  प्रदेश २ सरकारले लक डाउनको अवधिमा विपन्न, किसान, मजदुर र श्रमिकका लागि विशेष प्याकेज ल्याउने भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लक डाउन गरेको समयमा छाक टार्न समस्या हुनेहरुका लागि प्रदेश सरकारले प्याकेज ल्याउन लागेको हो । प्याकेजका निम्ति सबै स्थानीय तहलाई रकम पठाउने र सम्भवतः भोलिसम्ममा यसको कार्यविधि […]

काठमाडौंबाट भारतीय यात्रु लिएर वीरगञ्ज आयो ५ वटा गाडी

१६ चैत, वीरगञ्ज । लकडाउनको समयमा काठमाडौंबाट वीरगञ्ज आएका ५ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट आएका एउटा जिप, एउटा माइक्रोबस र ३ वटा बस प्रहरीले नियन्त्रणमा लिएको हो । ग २ च ७८०२ नम्बरको सुमो जिप, बा २ ख ४५९४ नम्बरको माइक्रोबस र लु १ ख ६८६०, ना ५ ख ११०६, […]

बिरालोमा देखियो कोरोना भाइरस !

१६ चैत, काठमाडौं । बेल्जियममा एक बिरालोमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । घरमालिकबाट बिरालोमा कोरोना भाइरस सरेको बताइएको छ । द ब्रसेल्स टाइम्सका अनुसार बिरोका घरमालिक हालै इटालीबाट फर्केका थिए । बिरालोको दिशाबाट कोभिड–१९को संक्रमण भएको पुष्टि गरिएको हो । विशेषज्ञहरुले भने यो घटना अपवाद भएको भन्दै आफ्ना घरेलु जनावर र उनीहरुबाट आफ्नो […]

लकडाउनमा कुनै सहयोग चाहिए मलाई सम्पर्क गर्नू : प्रकाशमान

१६ चैत, काठमाडौं । लकडाउनको समयमा कुनै सहयोग चाहिए सीधै आफूलाई सम्पर्क गर्न कांग्रेस नेता प्रकाशमान सिंहले आग्रह गरेका छन् । नेता सिंहले आफू, पार्टीनिकट जनप्रतिनिधि तथा सचिवालयका सदस्यहरूको सम्पर्क नम्बर सार्वजनिक गर्दै देश तथा विदेशमा रहेका जनतालाई केही समस्या परे जानकारी दिन आग्रह गरेका हुन् । ‘लकडाउनको यस कठिन स्थितिमा कुनै गम्भीर समस्या आएमा […]

लकडाउनको छैठौं दिन : यस्तो देखियो बुटवल

१६ चैत, बुटवल । लकडाउनका कारण प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवललगायत यस आसपासका जिल्ला ठप्प छन् । विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)बाट सतर्क रहन सरकारले गरेको आग्रहलाई पालना गर्दै प्रायः मानिसहरु घरबाहिर निस्किएका छैनन् । तुलनात्मक रुपले अहिले नागरिकले लकडाउनलाई कार्यान्वयन गरेको पाइएको छ । बेलुकाको समयमा मात्रै बुटवलमा तरकारी किन्नका […]

चिकित्सकको मानवीय भावना र साहसले मात्र महामारीलाई जितिन्छ : महामन्त्री कोइराला

१६ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोरोना भाइरस संक्रमणको महामारीका बेला उच्च मनोबलका साथ काम गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् । कुनैपनि चिकित्सक निश्चित भत्ताभन्दा मानवीय भावनाले बिरामीको उपचारमा अभिप्रेरित हुने भन्दै उनले चिकित्सकको मानवीय भावना, समर्पण र साहसले नै कोरोना भाइरसको महामारीबाट बाहिर निस्कन सक्ने बताएका छन् । […]



from समाचार – Online Khabar https://ift.tt/2UKMDpW
via IFTTT
Powered by Blogger.