समाचार
१५ चैत, काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । इटालीको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्र आठ सय ८९ जनाले ज्यान गुमाएका हुन् । यससँगै इटलीमा कोरोनाबाट मृत्यु हुने मानिसको संख्या १० हजार २३ पुगेको छ । शनिबार इटालीमा थप पाँच हजारभन्दा […]
१५ चैत, काठमाडौं । कोरोनाका कारण बन्द भएको नेपाल-चीन व्यापारिक नाका सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ । सरकारले शुक्रबार देखि रसुवागढी र तातोपानी नाका सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । शुक्रबार भन्सार विभागमा महानिर्देशक सुमन दाहालले रसुवागढी र तातोपानी नाका खुला भएको जानकारी दिएका थिए । माघ १५ देखि औपचारिक रुपमा नाका […]
१५ चैत, काठमाडौं । उद्योगीहरुले ५ दिनदेखि खाद्य उद्योगमा उत्पादन र त्यसको ओसारपसार ठप्प भएको बताएका छन् । नेपाल चामल तेल दाल उद्योग संघले एक विज्ञप्ति जारी गरेर अत्यावश्यकीय खाद्यान्न उत्पादन र विक्री वितरणको उचित प्रवन्ध गर्न माग गरेको छ । संघले विभिन्न पाँच बुँदे माग अघि सारको छ । श्रमिक कर्मचारीहरुको मनोबल उच्च बनाउन […]
म १८ वर्षदेखि युरोपमा बस्दै आएको छु । मेरी श्रीमती, एक छोरा र एक छोरी पनि बेल्जियममै बस्छन् । जेठी छोरी भने पहिलेदेखि नै नेपालमा बस्दै आएकी छिन् । ११ कक्षा पढ्दै गरेकी उनलाई केही समय पहिला हामीले नै बेल्जियम घुम्न बोलाएका थियौं । तर, विशेष कारणले म १२ फागुनमै नेपाल आउनुपर्यो । उनी साढे […]
१५ चैत, विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमणको जोखिममा रहेका व्यक्तिलाई राख्ने क्वारेन्टाइन व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ । आइतबार मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकले क्वारेन्टाइनस्थलको सम्पूर्ण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको हो । त्यस्तै व्यक्तिलाई क्वारेन्टाइनस्थल र अस्पतालसम्म पुर्याउने जिम्मा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई दिएको छ । […]
१५ चैत, काठमाडौं । नेपाल आयल निगमले बुधबार राति एकाएक ग्यास उद्योगहरुलाई निर्देशन दिँदै भन्यो, ‘अब १४.२ केजीको साटो ७.१ केजी मात्रै ग्यास भरेर बेच्नू ।’ केही दिनअघिसम्म मागेजति ग्यास दिने भनिरहेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको वचन तोड्दै जनता लकडाउनमा परेका बेला किन यो निर्णय भयो होला ? धेरैको मनमा यस्तो प्रश्न उब्जेको छ । […]
१५ चैत, चितवन । कोरोना संक्रमित नेपाली युवतीसँगै कतार एयरवेजमा यात्रा गरेका चितवनका ५ जनाको कोरोना संक्रमण नभएको पाइएको छ । कोरोना अस्पतालको आइसोलेसन बार्डमा भर्ना भएका उनीहरुको शनिबार रिपोर्ट आउँदा कोरोना संक्रमण नभएको पाइएको भरतपुर कोरोना अस्पतालका प्रवक्ता एवम् सदस्य सचिव डा. भोजराज अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । चैत ४ गते कतार एयरवेजको क्यू […]
१५ चैत, जनकपुरधाम । प्रदेश २ अन्तर्गत जनकपुरधामस्थित प्रादेशिक अस्पतालले कोरोना भाइरस (कोभिड-१९) फैलिन नदिन फिवर (ज्वरो) क्लिनिक सञ्चालन गर्ने भएको छ । अस्पतालले यसका निम्ति आकस्मिकबाहेक सबै सेवा बन्द गरेको छ । विश्वव्यापी रुपमा कोभिड-१९ को संक्रमण बढ्न नदिन अस्पतालले आइतबारदेखि फिवर क्लिनिक सञ्चालन गर्न लागेको मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र प्रसाद यादवले जानकारी दिए […]
१५ चैत, पोखरा । बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बागलुङकी एक किशोरीमा कोराना संक्रमण पुष्टि भएपछि अहिले उनको सम्पर्कमा आएकाहरुको खोजी सुरु गरिएको छ । चैत ४ मा नेपाल आइपुगेकी नगरपालिका ४, कुँडुलेकी १९ वर्षीया किशोरी काठमाडौंबाट विमान चढेर पोखरा र यहाँदेखि माइक्रो बस चढेर बागलुङ पुगेकी थिइन् । उनको ११ गते स्वाब लिएर परीक्षणका […]
१५ चैत, जनकपुरधाम । जनकपुरधाममा प्रति मास्क रु ७५० मा बेच्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बजरंग जेनरल स्टोरका सञ्चालक जनकपुरधाम उपमहानगरपालिका-४ बस्ने ३६ वर्षीय राजेश कुमार झा रहेका छन् । प्रादेशिक अस्पताल नजिकै रहेको स्टोरबाटप्रति मास्क ७५० र पञ्जाप्रति पोका ५ सय रुपैयाँमा बेचीरहेको समयमा अनुगमन टोलीले फेला […]
१५ चैत, काठमाडौं । सरकारले दैनिक ज्यालादारी काम गरेर गुजारा चलाउने तथा गरिब विपन्नहरुलाई तत्काल दैनिकी चलाउन राहत प्याकेज घोषणा गर्ने भएको छ । आइतबार मन्त्रिपरिषद् बैठक बसेर न्यूनतम राहत प्याकेज घोषणा गर्न लागिएको स्रोतले जनाएको छ । त्यस्ता व्यक्तिहरुको विवरण स्थानीय तहबाट संकलन गरिनेछ । त्यस्तै पूर्वाधार निर्माणका क्षेत्रमा कार्यरत मजदुरहरुको विवरणसमेत सम्बन्धित ठाउँबाट […]
१५ चैत,काठमाडौं । लकडाउनका कारण मुलुक ठप्प भएका अत्याधिक रक्तश्राव भएकी खोटाङकी एक गर्भवती महिलाको हवाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ । खोटाङ ऐसेलुुखर्क गाउँपालिका वडा नम्बर ३ की २२ वर्षीया सिर्जना तामाङको अत्याधिक रक्तश्रावका कारण स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि शनिबार दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको हो । महिला […]
१५ चैत, विराटनगर । प्रदेश १ र २ का कोरोना भाइरसका सम्भावित संक्रमितलाई लक्षित गरेर धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशाला स्थापना गरिएको छ । कोरोना भाइरसको आशंका गरिएका बिरामीकोे स्वाब परीक्षण अब आइतबारदेखि धरानमा नै हुनेछ । प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डा. सञ्जीवकुमार शर्माले प्रयोगशालाबाट दैनिक १२ जनाको स्वाब परिक्षण गरिनेछ । ल्याबको […]
१५ चैत, सप्तरी । देशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिन नदिन सरकारले लकडाउन लगाएको समयमा एक जना स्वास्थ्यकर्मीको मोटरसाइकल सप्तरीबाट चोरी भएको छ । सप्तरी सदरमुकाम राजविराजस्थित शहरी स्वास्थ्य केन्द्रका प्रमुख अहेब सन्तोष दासको मोटरसाइकल शनिबार केन्द्र अगाडिबाटै चोरी भएको छ । दास ड्युटीमा रहेको बखत उनले बाहिर राखेको बा.४३प २२१२ नम्बरको मोटरसाइकल चोरी भएको […]
१५ चैत, काठमाडौं । भारतले कोरोना (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई सहयोग गर्न प्रस्ताव गरेको छ । भारतको सशस्त्र बल चिकित्सा सेवा (एफएमएस) का महानिर्देशक लेफ्टिनेन्ट जनरल अनुप बेनर्जीले शुक्रबार नेपाललाई सहयोग गर्न तयार रहेको बताएका हुन् । बेनर्जीलाई उदृत गर्दै द हिन्दुले लेखेको छ, ‘कोरोना नियन्त्रणका लागि छिमेकी मुलुकलाई सहयोग गर्ने प्रयास स्वरुप […]
१५ चैत, काठमाडौं । साझा पार्टीले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न च्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्र र विज्ञ समिति गठन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाएको छ । साझा पार्टीका संयोजक रवीन्द्र मिश्र तथा प्रवक्ता डा. सूर्यराज आचार्यले शनिबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई दुई बुँदे सुझावपत्र बुझाएका हुन् । व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई)को अभवमा एम्बुलेन्सले […]
१५ चैत, पोखरा । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न अहिले सरकारदेखि गाउँ तहसम्म नै सतर्कता अपनाइरहेको छ । लमजुङको होमस्टे गाउँ घलेगाउँले कोरोना संक्रमणबाट बच्न र सावधानी अपनाउन सतकर्ताको नयाँ तरिका अपनाएको छ । घलेगाउँले गाउँमा पर्यटक आउन प्रतिबन्ध लगाएको छ । तर, यदि कसैले गाउँ आएका पर्यटकलाई बास दिएमा पनि जरिवाना गरिने भएको […]
१५ चैत, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार कोरोना भाइरसविरुद्ध लड्न पीएम–केयर्स कोषको घोषणा गरेका छन् । शनिबार उनले जनताहरुलाई कोरोना भाइरसविरुद्ध लड्न सहयोगको अपिल गर्दैै प्राइम मिनिस्टर्स सिटिजन इसिस्टेन्ट एण्ड रिलिफ इन इमर्जेन्सी सिचुएसन्स फण्ड (पीएम–केयर्स)को घोषणा गरेका हुन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् मोदीले यो भाइरसको कारण ज्यान गुमाएका परिवारले यो भाइरसविरुद्धको लडाइँमा […]
१५ चैत, हेटौंडा । स्थानीय तहसँगको सहकार्यमा वागमती प्रदेश सरकारले ३ सय ३७ वटा आइसोलेसन वेड तयार पारेको छ । सरकारले प्रदेशभित्रका विभिन्न जिल्लाका स्थानीय तहमा कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन बेड तयार पारेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण रोकथाम र उपचारका लागि उच्च सर्तकताका साथ सरकारले काम गरी रहेको मन्त्रालयका मन्त्री […]
१५ चैत, वीरगञ्ज । कोरोना भाइरसको (कोभिड–१९) संक्रमण फैलन नदिन मुलुकभरी लकडाउन गरिएको छ । तीनै तहको सरकारले दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कुनै समस्या नआउने भनेपनि व्यवहारमा त्यस्तो देखिँदैन । लकडाउनकै कारण दैनिक जीवनमा नभई नहुने चामल, दाल, तेल उत्पादन गर्ने उद्योग पाँच दिनदेखि बन्द छ । उद्योगमा मौज्दात रहेका सामान ढुवानी गर्ने साधनको समेत […]
५ चैत, गोरखा । कोरोना भाइरसको संक्रमण रोक्न गोरखा सदरमुकाम क्षेत्रमा डिस इन्फेक्सन स्प्रे (क्लोरिन झोल) छरिएको छ । बजार क्षेत्रलाई लक्षित गर्दै क्लोरिन पाउडरमा पानी मिसाएर गोरखा नगरपालिकाले शनिवारदेखि छर्कन शुरु गरेको हो । खोलखोले, हरमटारी, बसपार्क, ठुलोआँगन, अस्पतालचोकलगायतका क्षेत्रमा किटाणुनाशक स्प्रे छर्किएको नगर प्रमुख राजनराज पन्तले बताए । ‘नगरपालिका भित्र रहेको वजार क्षेत्र […]
from समाचार – Online Khabar https://ift.tt/2QUpq3n
via IFTTT