Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

देश फर्केकाको लगत संकलन गरेर क्वारेन्टाइनमा राख : सापकोटा

१६ चैत, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवासंघ नेपालले विदेशबाट फर्केकाहरूको तत्काल लगत संकलन गरेर क्वारेन्टाइनमा राख्न माग गरेको छ । साथै उसले सर्वपक्षीय कार्यदल बनाएर कोरोना भाइरसविरुद्ध लड्न पनि सुझाएको छ । विदेशबाट फर्किएकाहरूबाट कोरोना संक्रमणको खतरा बढिरहेका बेला संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले ती सबैलाई सम्मानजनक ढंगले क्वारेन्टाइनमा […]

न्यूयोर्कमा क्वारेन्टाइन बनाउने अमेरिकाको तयारी

१६ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण रोकथामका लागि न्यूयोर्कबासीलाई क्वारेन्टाइनमा राख्नेबारे विचार गरिरहेको बताएका छन् । संक्रमणको केन्द्र न्यूयोर्कमा भएकाले कम्तिमा दुई हप्ताका लागि क्वारेन्टाइनमा राख्नेबारे सोचिरहेको उनले बताएका हुन् । ट्रम्पले पत्रकारहरुसँग भनेका छन्, ‘न्यूयोर्कका अलावा न्यूजर्सी र अन्य केही स्थानलाई पनि क्वारेन्टाइनमा राख्न सकिन्छ । क्वारेन्टाइनमा राख्न जरुरी […]

चीनले दिएका स्वास्थ्य सामग्री बोकेर चिनियाँ विमान काठमाडौं प्रस्थान

१६ चैत, काठमाडौं । चीनको सिचुवान प्रान्त सरकार र सिचुवान लगानी समूहले नेपाललाई दान दिएका स्वास्थ्य सामग्रीहरु बोकेर चिनियाँ विमान काठमाडौं प्रस्थान गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य सामग्रीहरु बोकेर चिनियाँ विमान ग्वाङ्झाओबाट नेपाल प्रस्थान गरिसकेको र छिट्टै आइपुग्ने जानकारी दिएकी छन् ।’ राजदूत यान्छीले नेपाल ल्याउन […]

प्रदेश ५ मा एक सय ९० ठाउँमा क्वारेन्टाइन, २३ सय बेड

१५ चैत, बुटवल । कोभिड–१९ को संक्रमण रोकथामका लागि प्रदेश ५ मा एक सय ९० ठाउँमा क्वारेन्टाइन बनाइएको छ । प्रदेशका १२ वटै जिल्ला र सबैजसो स्थानीय तहमा दुई हजार तीन सय बेड तयार भएका छन् । सबैभन्दा धेरै क्वारेन्टाइन बेड रुपन्देहीमा छन् । रुपन्देहीमा १६ वटै स्थानीय तहमा तीन सय ५४ वटा क्वारेन्टाइन बेड […]

राज घरानामा कोरोना : स्पेनकी राजकुमारीको मृत्यु

१५ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट स्पेनमा एक राजकीय सदस्यको ज्यान गएको छ । स्पेनकी राजकुमारी ८६ वर्षीया मारिया टेरेसाको शुक्रबार कोरोना भाइरसको कारण ज्यान गएको हो । टेरेसा स्पेनको बोउरबोन-पर्मा राजकीय परिवारकी सदस्य हुन् । युवराज सिक्टस हेनरीले शनिबार राजकुमारी टेरेसाको मृत्यु भएको पुष्टि गरेका हुन् । युवराज्ञीका कुनै सन्तान छैनन् । […]

इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

१५ चैत, काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । इटालीको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्र आठ सय ८९ जनाले ज्यान गुमाएका हुन् । यससँगै इटलीमा कोरोनाबाट मृत्यु हुने मानिसको संख्या १० हजार २३ पुगेको छ । शनिबार इटालीमा थप पाँच हजारभन्दा […]

चीनतर्फको नाका सञ्चालनमा आउन समय लाग्ने

१५ चैत, काठमाडौं । कोरोनाका कारण बन्द भएको नेपाल-चीन व्यापारिक नाका सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ । सरकारले शुक्रबार देखि रसुवागढी र तातोपानी नाका सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । शुक्रबार भन्सार विभागमा महानिर्देशक सुमन दाहालले रसुवागढी र तातोपानी नाका खुला भएको जानकारी दिएका थिए । माघ १५ देखि औपचारिक रुपमा नाका […]

खाद्यान्न उद्योगीले भने-५ दिनदेखि उद्योग बन्द छ, खोल्ने वातावरण बनाऊ

१५ चैत, काठमाडौं । उद्योगीहरुले ५ दिनदेखि खाद्य उद्योगमा उत्पादन र त्यसको ओसारपसार ठप्प भएको बताएका छन् । नेपाल चामल तेल दाल उद्योग संघले एक विज्ञप्ति जारी गरेर अत्यावश्यकीय खाद्यान्न उत्पादन र विक्री वितरणको उचित प्रवन्ध गर्न माग गरेको छ । संघले विभिन्न पाँच बुँदे माग अघि सारको छ । श्रमिक कर्मचारीहरुको मनोबल उच्च बनाउन […]

‘छोरीलाई हौसला दिने प्रयास गरिरहेको छु’

म १८ वर्षदेखि युरोपमा बस्दै आएको छु । मेरी श्रीमती, एक छोरा र एक छोरी पनि बेल्जियममै बस्छन् । जेठी छोरी भने पहिलेदेखि नै नेपालमा बस्दै आएकी छिन् । ११ कक्षा पढ्दै गरेकी उनलाई केही समय पहिला हामीले नै बेल्जियम घुम्न बोलाएका थियौं । तर, विशेष कारणले म १२ फागुनमै नेपाल आउनुपर्‍यो । उनी साढे […]

प्रदेश १ मा क्वारेन्टाइनस्थलको जिम्मा सेनालाई

१५ चैत, विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमणको जोखिममा रहेका व्यक्तिलाई राख्ने क्वारेन्टाइन व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ । आइतबार मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकले क्वारेन्टाइनस्थलको सम्पूर्ण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको हो । त्यस्तै व्यक्तिलाई क्वारेन्टाइनस्थल र अस्पतालसम्म पुर्‍याउने जिम्मा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई दिएको छ । […]

आधा सिलिण्डर ग्यासको रहस्य

१५ चैत, काठमाडौं । नेपाल आयल निगमले बुधबार राति एकाएक ग्यास उद्योगहरुलाई निर्देशन दिँदै भन्यो, ‘अब १४.२ केजीको साटो ७.१ केजी मात्रै ग्यास भरेर बेच्नू ।’ केही दिनअघिसम्म मागेजति ग्यास दिने भनिरहेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको वचन तोड्दै जनता लकडाउनमा परेका बेला किन यो निर्णय भयो होला ? धेरैको मनमा यस्तो प्रश्न उब्जेको छ । […]

‘राहत प्याकेज ल्याउन ढिलो भइसक्यो’

अहिले कोरोना भाइरसको महामारीका कारण मुलुकमा संकट छाएको छ । सबै तहका सरकारहरुका दैनिक खर्चहरु खुम्चिएका छन् । स्थानीय तह, प्रदेश र संघ सरकार सबैले तलबमा बाहेक अन्य चालू आर्थिक वर्षको खर्च धेरै गर्नुपरेको छैन । अत्यावश्यकीय सेवामा मात्र खर्च भइरहेको छ । यही समयमा निजी क्षेत्रसहित आम जनता आत्तिएका छन् । स्रोतको खासै अभाव […]

कोरोना संक्रमित युवतीसँगै विमानमा आएका चितवनका ५ जनाको रिपोर्ट नेगेटिभ

१५ चैत, चितवन । कोरोना संक्रमित नेपाली युवतीसँगै कतार एयरवेजमा यात्रा गरेका चितवनका ५ जनाको कोरोना संक्रमण नभएको पाइएको छ । कोरोना अस्पतालको आइसोलेसन बार्डमा भर्ना भएका उनीहरुको शनिबार रिपोर्ट आउँदा कोरोना संक्रमण नभएको पाइएको भरतपुर कोरोना अस्पतालका प्रवक्ता एवम् सदस्य सचिव डा. भोजराज अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । चैत ४ गते कतार एयरवेजको क्यू […]

प्रदेश २ ले प्रादेशिक अस्पतालमा फिवर क्लिनिक सञ्चालन गर्ने

१५ चैत, जनकपुरधाम । प्रदेश २ अन्तर्गत जनकपुरधामस्थित प्रादेशिक अस्पतालले कोरोना भाइरस (कोभिड-१९) फैलिन नदिन फिवर (ज्वरो) क्लिनिक सञ्चालन गर्ने भएको छ । अस्पतालले यसका निम्ति आकस्मिकबाहेक सबै सेवा बन्द गरेको छ । विश्वव्यापी रुपमा कोभिड-१९ को संक्रमण बढ्न नदिन अस्पतालले आइतबारदेखि फिवर क्लिनिक सञ्चालन गर्न लागेको मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र प्रसाद यादवले जानकारी दिए […]

बागलुङकी किशोरीको सम्पर्कमा आउनेको आइतबार स्याम्पल लिइँदै

१५ चैत, पोखरा । बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बागलुङकी एक किशोरीमा कोराना संक्रमण पुष्टि भएपछि अहिले उनको सम्पर्कमा आएकाहरुको खोजी सुरु गरिएको छ । चैत ४ मा नेपाल आइपुगेकी नगरपालिका ४, कुँडुलेकी १९ वर्षीया किशोरी काठमाडौंबाट विमान चढेर पोखरा र यहाँदेखि माइक्रो बस चढेर बागलुङ पुगेकी थिइन् । उनको ११ गते स्वाब लिएर परीक्षणका […]

मास्कको कालोबजारी गर्ने एक जना पक्राउ

१५ चैत, जनकपुरधाम । जनकपुरधाममा प्रति मास्क रु ७५० मा बेच्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बजरंग जेनरल स्टोरका सञ्चालक जनकपुरधाम उपमहानगरपालिका-४ बस्ने ३६ वर्षीय राजेश कुमार झा रहेका छन् । प्रादेशिक अस्पताल नजिकै रहेको स्टोरबाटप्रति मास्क ७५० र पञ्जाप्रति पोका ५ सय रुपैयाँमा बेचीरहेको समयमा अनुगमन टोलीले फेला […]

घलेगाउँको होमस्टेमा पर्यटक राखे ५० हजार जरिवाना

१५ चैत, पोखरा । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न अहिले सरकारदेखि गाउँ तहसम्म नै सतर्कता अपनाइरहेको छ । लमजुङको होमस्टे गाउँ घलेगाउँले कोरोना संक्रमणबाट बच्न र सावधानी अपनाउन सतकर्ताको नयाँ तरिका अपनाएको छ । घलेगाउँले गाउँमा पर्यटक आउन प्रतिबन्ध लगाएको छ । तर, यदि कसैले गाउँ आएका पर्यटकलाई बास दिएमा पनि जरिवाना गरिने भएको […]

ज्यालादारी र विपन्नलाई सरकारले राहत प्याकेज घोषणा गर्दै

१५ चैत, काठमाडौं । सरकारले दैनिक ज्यालादारी काम गरेर गुजारा चलाउने तथा गरिब विपन्नहरुलाई तत्काल दैनिकी चलाउन राहत प्याकेज घोषणा गर्ने भएको छ । आइतबार मन्त्रिपरिषद् बैठक बसेर न्यूनतम राहत प्याकेज घोषणा गर्न लागिएको स्रोतले जनाएको छ । त्यस्ता व्यक्तिहरुको विवरण स्थानीय तहबाट संकलन गरिनेछ । त्यस्तै पूर्वाधार निर्माणका क्षेत्रमा कार्यरत मजदुरहरुको विवरणसमेत सम्बन्धित ठाउँबाट […]

गर्भवती महिलालाई खोटाङबाट हेलिकप्टरमा उद्दार

१५ चैत,काठमाडौं । लकडाउनका कारण मुलुक ठप्प भएका अत्याधिक रक्तश्राव भएकी खोटाङकी एक गर्भवती महिलाको हवाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ । खोटाङ ऐसेलुुखर्क गाउँपालिका वडा नम्बर ३ की २२ वर्षीया सिर्जना तामाङको अत्याधिक रक्तश्रावका कारण स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि शनिबार दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको हो । महिला […]

आइतबारदेखि कोरोना संक्रमणको परीक्षण धरानमै

१५ चैत, विराटनगर । प्रदेश १ र २ का कोरोना भाइरसका सम्भावित संक्रमितलाई लक्षित गरेर धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशाला स्थापना गरिएको छ । कोरोना भाइरसको आशंका गरिएका बिरामीकोे स्वाब परीक्षण अब आइतबारदेखि धरानमा नै हुनेछ । प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डा. सञ्जीवकुमार शर्माले प्रयोगशालाबाट दैनिक १२ जनाको स्वाब परिक्षण गरिनेछ । ल्याबको […]

सप्तरीमा लकडाउनकै समयमा मोटरसाइकल चोरी

१५ चैत, सप्तरी । देशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिन नदिन सरकारले लकडाउन लगाएको समयमा एक जना स्वास्थ्यकर्मीको मोटरसाइकल सप्तरीबाट चोरी भएको छ । सप्तरी सदरमुकाम राजविराजस्थित शहरी स्वास्थ्य केन्द्रका प्रमुख अहेब सन्तोष दासको मोटरसाइकल शनिबार केन्द्र अगाडिबाटै चोरी भएको छ । दास ड्युटीमा रहेको बखत उनले बाहिर राखेको बा.४३प २२१२ नम्बरको मोटरसाइकल चोरी भएको […]



from समाचार – Online Khabar https://ift.tt/2WRXocK
via IFTTT
Powered by Blogger.