Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

रामेछापमा विदेशबाट फर्किएका ५४ जना क्वारेन्टाइनमा

१६ चैत, रामेछाप । रामेछाप जिल्लामा क्वारेन्टाइनमा बस्नेको संख्या ५४ पुगेको छ । शनिबार साँझसम्म भारतलगायत विभिन्न देशबाट फर्किएका ५४ जनालाई क्वारेन्टाइनमा राखिएको हो । गोकुलगंगा गाउँपालिकामा ७, दोरम्बा गाउँपालिकामा १०, मन्थली नगरपालिकामा ६, रामेछाप नगरपालिकामा १७, खाँडादेवी गाउँपालिकामा १० र लिखुतामाकोशी गाउँपालिकामा ४ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्रकुमार कर्णले जानकारी […]

देशका विभिन्न भागमा फसेका कुल ९६४ पर्यटकको उद्दार

१६ चैत, काठमाडौं । लकडाउनका कारण देशका विभिन्न स्थानमा फसेका ९६४ पर्यटकको उद्दार भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार शुक्रवार र शनिबार गरि ती पर्यटकलाइ देशका विभिन्न स्थानबाट काठमाडौं ल्याइएको हो । त्यसमध्ये शुक्रबार र शनिबार कतार एयरवेजमार्फत करिब ९ सय पर्यटकलाई सम्बन्धित मुलुकतर्फ पठाइसकिएको छ । बोर्डको तथ्यांकअनुसार क्राइसिस रेस्पोन्स युनिटको नेतृत्वमा पोखराबाट […]

भोरले एक सय विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउने

१६ चैत, जनकपुरधाम । भोर नामक सामाजिक संस्थाले लकडाउनको अवधिभर तीन वटा प्रदेशका एक सय विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउने भएको छ । प्रदेश १ का १०, प्रदेश २ का ८० र वागमती प्रदेशका १० विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउने भोरका संस्थापक अध्यक्ष राजकुमार महतोले बताए । प्रदेश २ का आठ जिल्लाका १०/१०, वागमती प्रदेशको […]

तरकारी बेच्न जाँदा पनि पक्राउ पर्छन् व्यापारी

१६ चैत, काठमाडौं । चितवनमा २० बिघा जमिनमा तरकारी खेती गरेका सामर्थ ढुंगानाको कालीमाटी आफ्नै तरकारी पसल छ । चैत ११ गते बेलुकी तरकारी बिक्री गरेर संतुगलस्थित घर फर्कदै गर्दा उनले सुनेका थिए ‘राति १२ बजेदेखि लकडाउन सुरु हुन्छ ।’ उनको तरकारी व्यवसायलाई सरकारले जस्तोसुकै अवस्थामा पनि सञ्चालनमा ल्याउनुपर्ने भनी अत्यावश्यक वस्तुको सूचीमा राखेको छ […]

रौतहटको गौर दुई दिनका लागि ‘सट डाउन’

१६ चैत, रौतहट । कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा संक्रमण फैलन नदिन सरकारले देशैभरी लकडाउन गरेको छ । बाहिर निस्कन समेत रोक लगाएको यस्तो बेलामा साँझपख भने तरकारी तथा खाद्यान्न खरिद गर्ने स्थानीयको भीड हुने गरेको छ । तरकारी र अन्य खाद्यान्न खरिदको लागि बिहान र साँझपख स्थानीयहरु बाहिर निस्कँदा भीडभाड बढेर संक्रमण फैलने खतरा […]

लकडाउनको मौकामा धमाधम रोड मार्किङ

१६ चैत, काठमाडौं । सडक विभागले लकडाउनको मौका पारेर रोड मार्किङ गर्न बाँकी स्थानहरुमा काम थालेको छ । सडकमा आवागमन कम भएकाले विभागले रातमा गर्दै आएको काम दिउँसो नै गर्न सुरु गरेको हो । काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपाली यस्तो कामका लागि धेरै संख्यामा मजदुर नलाग्ने भएकाले कोभिड १९ विरुद्ध उनीहरुलाई सचेत बनाएर […]

विदेशबाट फर्किएकाको तथ्यांक संकलन गर्न नगरपालिका संघको आग्रह

१६ चैत, काठमाडौं । नेपाल नगरपालिका संघले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि विदेशबाट फर्किएका नेपाली नागरिकहरुको तथ्यांक संकलन गरी निर्धारित मापदण्ड अनुसारको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन नगर प्रमुखहरुसँग आग्रह गरेको छ । संघका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै विदेशबाट फर्किएका व्यक्तिहरुमा संक्रमणको लक्षण देखिएमा सुरक्षा विधिसहित तोकिएको स्वास्थ्य संस्थामा लैजाने […]

अब लकडाउन उल्लंघन गर्नेलाई दुई घण्टा सडकमा उभ्याइने

१६ चैत, काठमाडौं । नेपाल प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी नीति परिवर्तन गरेको छ । अबदेखि बिनाकारण सडकमा निस्कनेहरुलाई भेटिएकै ठाउँमा दुई घण्टा उभ्याउने नीति प्रहरीले लिएको हो । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले अनलाइनखबरसँग भने, ‘हालसम्म ललितपुरबाट साढे दुई सय, भक्तपुरबाट ४० र काठमाडौंबाट गरी एक हजार ७० जनालाई […]

भारतमा संक्रमितको संख्या एक हजार नाघ्यो

१६ चैत, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या एक हजार जना भन्दा बढी पुगेको छ । त्यस्तै मृत्यु हुनेको मानिसको संख्या पनि २४ पुगेको छ । कोभिड १९ इन्डिया डट ओआरजीका अनुसार भारतमा समग्र संक्रमितको संख्या एक हजार २९ पुगेको छ । भारतमा शनिबार भाइरसको कारण थप चार जनाको मृत्यु भएको छ […]

लकडाउनको मौका छोपी कालोबजारी गर्ने पक्राउ

१६ चैत, धनुषा । मास्क र पञ्जा कालोबजारी गरेको आरोपमा प्रहरीले जनकपुरबाट शनिबार एक जनालाई नियन्त्रणमा लिएको छ । बजार अनुगमनका क्रममा बढी मूल्य लिएर मास्क र पञ्जा बिक्री गरिरहेको पाइएपछि कालोबजारी गर्ने एक व्यवसायीलाई प्रहरीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाएअनुसार पक्राउ पर्नेमा जनकपुरधाम–४ का ३६ […]

चीनमा ४५ जना नयाँ संक्रमित भेटिए, थप पाँच जनाको मृत्यु

१६ चैत, काठमाडौं । चीनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित ४५ जना नयाँ विरामी फेला परेका छन् । सामाचार एजेन्सी रोयटर्सका अनुसार यो अघिल्लो दिनको तुलनामा भने कम हो । २७ मार्चमा ५४ जना नयाँ संक्रमित फेला परेका थिए । आइतबार चिनियाँ स्वास्थ्य अधिकारीहरुले भनेअनुसार नयाँ संक्रमितहरुमध्ये एक जना विदेशबाट आएका व्यक्ति हुन् । […]

महासंघको प्रश्न– कुखुरा फार्ममा दाना पुर्‍याउने, गाईबारे नसोच्ने ?

१६ चैत, काठमाडौं । लकडाउनका बेला राष्ट्रिय जनावर गाईको आहारको उचित प्रबन्ध मिलाउन विश्व हिन्दू महासंघ नेपाल केन्द्रीय समितिले सरकारसँग माग गरेको छ । महासंघले शनिबार प्रेस विज्ञप्ति प्रकाशित गरी मुलुकभर विशेषगरी उपत्यकाभित्र रहेका गाई फार्ममा भुसा, दानालगायत खाद्य पदार्थको अभाव रहेको उल्लेख गर्दै तिनको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो । छिट्टै […]

न्यूयोर्कलाई क्वारेन्टाइनमा राख्ने योजनाबाट पछि हटे ट्रम्प

१६ चैत, काठमाडौं । न्यूयोर्कलाई क्वारेन्टाइनमा राख्ने योजनाबाट ट्रम्प प्रशासन पछि हटेको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि न्यूयोर्कलाई क्वारेन्टाइनमा राख्ने योजनाबारे विचार गरिरहेको बताएका थिए । आइतबार विहान ट्वीट गर्दै ट्रम्पले न्यूयोर्कलाई क्वारेन्टाइनमा राख्न आवश्यक नरहेको निष्कर्षमा ह्वाइट हाउस पुगेको बताएका छन् । ह्वाइटहाउस कोरोना भाइरस टास्क […]

नेपाल एयरलाइन्समार्फत् चीनबाट ल्याइयो स्वास्थ्य सामग्री

१६ चैत, काठमाडौं । कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री चीनबाट लिएर नेपाल एयरलाइन्सको हवाईजहाज काठमाडौं आइपुगेको छ । नेपाल एयरलाइन्सका अनुसार चीन गएको जहाज आइतबार बिहान साढे पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीहरुले सुरक्षाका लागि लगाउने विशेष प्रकारको पोशाक पीपीई लगायतका सामग्री लिएर वाइडबडी जहाज […]

कोरोनाविरुद्ध लड्न सर्वपक्षीय संयन्त्र बनाऔं : युवासंघ अध्यक्ष सापकोटा

१६ चैत, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवासंघ नेपालले विदेशबाट फर्केकाहरूको तत्काल लगत संकलन गरेर क्वारेन्टाइनमा राख्न माग गरेको छ । साथै, उसले सर्वपक्षीय कार्यदल बनाएर कोरोना भाइरसविरुद्ध लड्न पनि सुझाएको छ । विदेशबाट फर्किएकाहरूबाट कोरोना संक्रमणको खतरा बढिरहेका बेला संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले ती सबैलाई सम्मानजनक ढंगले क्वारेन्टाइनमा […]

स्वास्थ्य सामग्री बोकेको जहाज चीनबाट काठमाडौं प्रस्थान

१६ चैत, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले दिएका स्वास्थ्य सामग्री बोकेको जहाज ग्वाङ्झाओबाट नेपाल प्रस्थान गरिसकेको जानकारी दिएकी छन् । चीनको सिचुवान प्रान्त सरकार,  सिचुवान लगानी समूह र चिनियाँ दूतावासले नेपाललाई दान दिएका स्वास्थ्य सामग्रीहरु बोकेर विमान काठमाडौं प्रस्थान गरेको राजदूत होउको भनाइ छ  । राजदूत होउले नेपाल ल्याउन लागिएका स्वास्थ्य […]

प्रदेश ५ मा एक सय ९० ठाउँमा क्वारेन्टाइन, २३ सय बेड

१५ चैत, बुटवल । कोभिड–१९ को संक्रमण रोकथामका लागि प्रदेश ५ मा एक सय ९० ठाउँमा क्वारेन्टाइन बनाइएको छ । प्रदेशका १२ वटै जिल्ला र सबैजसो स्थानीय तहमा दुई हजार तीन सय बेड तयार भएका छन् । सबैभन्दा धेरै क्वारेन्टाइन बेड रुपन्देहीमा छन् । रुपन्देहीमा १६ वटै स्थानीय तहमा तीन सय ५४ वटा क्वारेन्टाइन बेड […]

इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

१५ चैत, काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । इटालीको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्र आठ सय ८९ जनाले ज्यान गुमाएका हुन् । यससँगै इटलीमा कोरोनाबाट मृत्यु हुने मानिसको संख्या १० हजार २३ पुगेको छ । शनिबार इटालीमा थप पाँच हजारभन्दा […]

चीनतर्फको नाका सञ्चालनमा आउन समय लाग्ने

१५ चैत, काठमाडौं । कोरोनाका कारण बन्द भएको नेपाल-चीन व्यापारिक नाका सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ । सरकारले शुक्रबारदेखि रसुवागढी र तातोपानी नाका सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । शुक्रबार भन्सार विभागमा महानिर्देशक सुमन दाहालले रसुवागढी र तातोपानी नाका खुला भएको जानकारी दिएका थिए । माघ १५ देखि औपचारिक रुपमा नाका बन्द […]

खाद्यान्न उद्योगीले भने-५ दिनदेखि उद्योग बन्द छ, खोल्ने वातावरण बनाऊ

१५ चैत, काठमाडौं । उद्योगीहरुले ५ दिनदेखि खाद्य उद्योगमा उत्पादन र त्यसको ओसारपसार ठप्प भएको बताएका छन् । नेपाल चामल तेल दाल उद्योग संघले एक विज्ञप्ति जारी गरेर अत्यावश्यकीय खाद्यान्न उत्पादन र विक्री वितरणको उचित प्रवन्ध गर्न माग गरेको छ । संघले विभिन्न पाँच बुँदे माग अघि सारको छ । श्रमिक कर्मचारीहरुको मनोबल उच्च बनाउन […]

इटालीमा रहेका नेपाली भन्छन् : यहाँको जस्तो गल्ती नेपालमा नहोस्

१५ चैत, बार्सिलोना । अरुबेला पर्यटकहरुले भरिभराऊ हुने इटाली अहिले गम्भीर संकटसँग जुधिरहेको छ । दैनिक रुपमा केही सय मानिसले ज्यान गुमाइरहेका छन् । पर्यटकहरु व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने शहरहरुमा अहिले मानिसहरुको शव सम्हाल्न मुस्किल छ । त्यहाँका दृश्यहरु कारुणिक छन् । डेढ महिना अगाडिसम्म इटालीमा यस्तो अवस्था आउला भनेर कसैले पनि कल्पना गरेका थिएनन् […]



from समाचार – Online Khabar https://ift.tt/2UnQLwW
via IFTTT
Powered by Blogger.