समाचार
१६ चैत, काठमाडौं । आइतबार काठमाडौंको विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदा क्षेत्रमा डिसइन्फेक्सन स्प्रे (हानिकारक जीवाणुनाशक झोल) छरिएको छ । काठमाडौं महानगरपालिकाले काठमाडौंको हनुमानढोका, वसन्तपुर लगायतका क्षेत्रमा डिसइन्फेक्सन स्प्रे छरेको हो । सार्वजनिक स्थल र मानिसहरुको भिडभाड हुने क्षेत्रमा जिवाणुनाशक झोल छर्नुपर्ने सरकारी निर्णयअनुसार काठमाडौं महानगरपालिकाले अन्य सार्वजनिक क्षेत्रमा पनि यस्तो झोल छरेको छ । […]
१६ चैत, काठमाडौं । कोरोना संक्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनको अवधिमा पनि अत्यावश्यक वस्तुको आपूर्ति नियमित रहेको भन्सार विभागले जनाएको छ । नेपाल र भारत दुबैतर्फ लकडाउन रहेपनि आपूर्ति अवस्थाकै कारण बजारमा अभावको अवस्था नआउने विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए । लकडाउन आरम्भ भएको पाँच दिनसम्मको अवधिमा डिजेल, पेट्रोल, खाद्यान्न, तरकारी, गेडागुडी, फलफूल, […]
१६ चैत, काठमाडौं । भारत पूर्णरुपमा लकडाउनको अवस्थामा छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन गर्ने निर्णय गरेका थिए । त्यसको पूर्ण पालना नभएको भन्दै केही प्रदेशले त कर्फ्यू नै लगायो । तर, शनिबार भारतको दिल्ली र उत्तरप्रदेशको सीमाको बस स्टेशनमा हजारौं मानिसको भिड देखियो । राति अबेरसम्म पनि बस […]
१५ चैत, पोखरा । बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बागलुङकी युवतीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि सार्वसाधारणमा सन्त्रास थपिएको छ । ४ चैतमा काठमाडौं आएकी उनी त्यही दिन यति एयरलाइन्सको जहाजमा पोखरा ओर्लेकी थिइन् । एक दिन पोखरामा आफन्त कहाँ बसेर चैत ६ गते बागलुङस्थित घर पुगिन् । पोखरामा ट्याक्सी प्रयोग गरिन्, माइक्रोबस चढेर […]
१६ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले गरेको लकडाउन पालना गराउन अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीहरु हुन् । तर, उनीहरुसँग मास्क, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), स्यानिटाइजर, भाइजर लगायतका सामग्री छैन । हिजोआज सुरक्षाकर्मीहरु सामान्य मास्ककै भरमा ड्यूटी गरिरहेका छन् । आइतबार भने डिल्लीबजार क्षेत्रमा एक युवक प्रहरीलाई भाइजर बाँड्दै थिए । उनी हुन् मति […]
१६ चैत, काठमाडौं । काठमाडौँ उपत्यकामा पैसा नभएर कोही भोको बस्नु परेको त छैन ? यदि त्यस्तो हो भने अब महानगरीय प्रहरी कार्यालयको आवश्यक समन्वयमा अभावमा बस्न बाध्य सर्वसाधारणका लागि निःशुल्क खाद्यान्न उपलब्ध गराउने भएको छ । राहत वितरणका लागि विभिन्न बैंक तथा व्यवसायीसँग समन्वय थालिसकेको कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए […]
१६ चैत, काठमाडौं । सरकारले ज्वरो आएका बिरामीको उपचारै नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ । कतिपय अस्पतालले ज्वरो आएका बिरामीलाई कोरोना संक्रमणको आशंकामा उपचारै नगरी फर्काइदिने गरेकोमा सरकारले यस्तो पाइए कारबाही गर्ने बताएको हो । ‘के सरकारी, के गैरसरकारी, के सामुदायिक सबै अस्पतालले आफ्नो दायित्व बुझ्नुपर्ने हुन्छ’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. […]
१६ चैत, बारा । बारामा लकडाउन उल्लंघन गर्ने एक समूहले प्रहरीमाथि कुटपिट गरेको छ । बाराको परवानीपुर गाउँपालिका-५ गण्डक चोकमा क्रिकेट खेलिरहेका ८/९ जनाको समूहलाई सम्झाउने क्रममा प्रहरीमाथि कुटपिट भएको हो । प्रहरीका अनुसार लकडाउनको समयमा क्रिकेट नखेल्न सम्झाउँदा परवानीपुर गाउँपालिका ५ नौतन बहुअरीका २७ वर्षीय गणेशकुमार साहले प्रहरीलाई क्रिकेटको ब्याटले हिर्काएका थिए । ब्याटले […]
१६ चैत,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले कोरोना भाइरस (कोभिड-१९) महामारीविरुद्ध सरकारले देश र जनतालाई जोगाउनका लागि गरिरहेको प्रयासमा साथ दिन सबैमा अपिल गरेका छन् । लकडाउनका कारण घरमै बसिरहेका महासचिव पौडेलले आइतबार भिडियो सन्देश जारी गरी अत्यावश्यक कामबाहेक घरमै बस्न र संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका आग्रह र […]
१५ चैत, काठमाडौं । चीनबाट फर्केका एक नेपाली विद्यार्थीमा कोरोना (कोभिड–१९) भाइरसको संक्रमण देखिएको नौ हप्ता भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को हङकङस्थित कोलाबोरेटिङ सेन्टरले गत ९ माघमा ती विद्यार्थीमा कोरोना संक्रमण पुष्टि गरेको थियो । अहिले ती विद्यार्थीले स्वास्थ्य लाभ गरिसकेका छन् । त्यसयताको नौ हप्तामा विश्वको स्वास्थ्य स्थितमा निकै ठूलो उथलपुथल भइरहेको […]
१६ चैत, चितवन । धादिङका एम्बुलेन्स चालक लक्ष्मण जमरकट्टेल बिरामी लिएर चितवनको भरतपुर आए । उनले सामान्य कपडाको मास्क लगाएका थिए । जमरकट्टेलको जस्तै अवस्था छ अधिकांश एम्बुलेन्स चालकको । नेपाल रेडक्रस सोसाइटीमा आबद्ध एम्बुलेन्स चालकले सामान्य पीपीई लगाए पनि निजी अस्पताल तथा विभिन्न संघसंस्थाका एम्बुलेन्स चालकले भने अहिलेसम्म पीपीई पाएका छैनन् । उनीहरु जोखिम […]
१६ चैत, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाले लकडाउनका कारण छाक टार्न समस्या परेका विपन्न परिवारलाई १५ दिनका लागि खाद्यान्न उपलब्ध गराउने भएको छ । नगरपालिकाको आइतबार बसेको बैठकले प्रत्येक वडाका एक सय विपन्न परिवारको पहिचान गरी खाद्यान्न वितरण गर्ने निर्णय भएको नगर प्रमुख मोहनबहादुर वस्नेतले जानकारी दिए । नगरपालिकाले विपन्न परिवारलाई १५ किलो चामाल, २/२ […]
१६ चैत, कठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरसविरुद्धको लडाइँमा चीनले प्राप्त गरेको सफलताप्रति बधाई दिँदै राष्ट्रपति सी चिनफिङलाई पत्र पठाएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सीलाई प्रचण्डले आइतबार पठाएको पत्रमा चिनियाँ जनजीवनलाई सामान्य अवस्थामा ल्याउने सफलताप्रति बधाई दिएका हुन् । उनले पत्रमा नेपाल अहिले […]
१६ चैत, काठमाडौं । चीनबाट ल्याइएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण परीक्षण गर्ने मेसिन चारवटा प्रदेशले पाउने भएको छ । प्रदेश २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशले पीसीआर (पोलिमर चेन रियाक्सन) मेसिन पाउने भएको हो । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले प्रदेश ५ को बुटवल वा नेपालगञ्ज तथा कर्णालीको सुर्खेतमा ल्याब स्थापना गर्ने […]
संकटको बेलामा उपभोक्ता अधिकार झनै संकटमा पर्छ । संयुक्त राष्ट्र संघले १९८५ मा उपभोक्ता अधिकारको छुट्टै मापदण्ड जारी गरेर उपभोक्ताहरुको अधिकार सुनिश्चित गरेको छ । नागरिकलाई सुरक्षा, वस्तु छनोट, सूचना र परेका समस्याविरुद्धको सुनुवाई गर्ने हकजस्ता आठ अधिकार छन् । नेपालको संविधान–२०७२ को धारा ४४ ले उपभोक्ताको हक भनेर त्यसलाई थप सुनिश्चित गरेको छ । […]
१६ चैत, काठमाडौं । सरकारले विदेशबाट फर्केर क्वारेन्टाइनमा नबस्ने र सम्पर्कमा पनि नआउनेहरुलाई कारबाही गर्ने भएको छ । चैत १ बाट नेपाल आएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न अनिर्वाय गरिएको थियो । तर, अहिले पनि धेरैले त्यसलाई पालना गरेका छैनन् । साथै, पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएकाहरुसँग विदेशबाट विमानमा यात्रा गरेकाहरु अझैपनि सरकारको सम्पर्कमा […]
१६ चैत, काठमाडौं । नेपालको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने भएको छ । तर, उनीहरु स्थानीय तहले बनाएको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्नेछ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले भारतीय सुरक्षाकर्मीले नेपालतर्फ पठाएका थिए । तर, सीमा नाका बन्दका कारण दशगजा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने निर्णय गरेको हो । नेपाली नागरिक […]
१६ चैत, काठमाडौं । सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात् आउँदो ३ वैशाखसम्म लम्ब्याएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए । […]
१६ चैत, काठमाडौं । लकडाउनका बेला पनि कार्यालयमा खटिने बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले विशेष सुविधा पाउने भएका छन् । अप्ठेरो अवस्थामा पनि कार्यालयमा खटिएको अवधिको गणना गरेर बैंकहरुले आफ्ना कर्मचारीहरुलाई विशेष सुविधा दिने भएका हुन् । वाणिज्य बैंकका सीईओहरुको छाता संगठन नेपाल बैंकर्स संघले समेत विशेष सुविधा दिन सबै बैंकहरुलाई आग्रह गरेको छ । […]
१६ चैत, जाजरकोट । छेडागाड नगरपालिका–११ का वडाध्यक्ष चक्रबहादुर सिंहमाथि गएराति आक्रमण भएको छ । नगरप्रमुख लालबहादुर महतराले दिएको जानकारीअनुसार शुक्रबार वडा कार्यालयमा कोरोनाबाट जोगिने र जोगाउने विषयमा छलफल गरी गाउँगाउँमा प्रचार गर्दै हिँडेको समयमा शनिबार बेलुकी झार्पा पिपलको बोट नजिकैबाट अपरिचित व्यक्तिको समूहले उनलाई वडा कार्यालयतिर जाउँ भनी लगेको थियो । शनिबार राति नै […]
१६ चैत, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लगाएको लकडाउनको अवधि लम्ब्याउने भएको छ । आइतबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले लकडाउनको अवधि थप गर्नुपर्ने निश्कर्ष निकालेको हो । तर कति दिन भन्ने टुंगो लगाएको छैन । बैठकमा सहभागी एक मन्त्रीले भने, ‘लकडाउन लम्ब्याउनुपर्छ भन्ने छलफल […]
from समाचार – Online Khabar https://ift.tt/2vVwnd9
via IFTTT