Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

दुई सातायता विदेशबाट फर्किएकालाई क्वारेन्टाइनमा राख्न माग

१३ चैत, वीरगञ्ज । समाजवादी पार्टीका सांसद प्रदीप यादवले दुई साताभित्र विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्नुपर्ने माग गरेका छन् । उनले यस्तो अभियान वडास्तरसम्म चलाउनु आवश्यक रहेको बताए । नोवेल कोरोना भाइरस (कोभिड-१९)को महामारीले गर्दा विश्वव्यापी रूपमा उत्पन्न भएको मानवीय संकटको संवेदशील घडीमा संघीय सरकर, प्रदेश २ सरकार र स्थानीय तहलाई प्रभावकारी ढंगले अगाडि बढ्न […]

कारागारको चाप घटाउने तयारी, सजाय छुट पाउन निवेदन दिनुपर्ने

१३ चैत, काठमाडौं । कोरोनाको त्रास बढेसँगै कारागारबाट कैदी बन्दीको संख्या घटाउने गृहकार्य सुरु भएको छ । गृह मन्त्रालय र कारागार व्यवस्था विभागका अनुसार कतिलाई छोड्न सकिन्छ भनेर तथ्याङ्क संकलन सुरु भएको छ । कारागारभित्र कोरोना भाइरसको संक्रमण फैलिन सक्ने संभावनालाई रोक्न कैदीबन्दीको संख्या घटाउन लागिएको हो । गृह मन्त्रालय र विभागका अनुसार असल चालचलन […]

न्यून आय भएकालाई राहत घोषणा गरियोस् : देउवा

१३ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरूका लागि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न माग गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन । ‘कोरोनाबाट सुरक्षित हुँदाहुँदै कुनै समूह भोकमारीको सिकार बन्न नपरोस्’ देउवाले टि्वटरमा लेखेका छन्, ‘म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर […]

सरकारसँग प्रवुद्ध व्यक्तिको माग : ज्यालादारी गर्नेलाई राहत देऊ

१३ चैत, काठमाडौं । सरकारले लकडाउन गरेपछि दैनिक ज्यालादारीमा गुजारा चलाउँदै आएका श्रमिकहरूहरु अप्ठेरोमा परेको भन्दै उनीहरुका लागि विशेष प्याकेज ल्याउन प्रवुद्ध व्यक्तिहरुले सरकारसँग माग गरेका छन् । पूर्वप्रधानन्यायाधीशद्वय कल्याण श्रेष्ठ, सुशीला कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. केदारभक्त माथेमा, दुर्गा सुवेदी लगायतले विहीबार संयुक्त विज्ञप्ति निकालेर न्यून आय भएकाहरूका लागि तुरून्तै विशेष प्याकेज ल्याउन सरकारसँग […]

‘काम नभए पनि बाहिर निस्किन्छु’ लेख्दै घर पठाउँदै

१३ चैत, वीरगञ्ज । वीरगञ्जमा लकडाउनको अवज्ञा गरेर बाहिर निस्कनेको संख्या अधिक देखिएको छ । पहिलो र दोस्रो दिनको तुलनामा तेस्रो दिन भने कम मानिस निस्किएको भए पनि अनावश्यक काममा बाहिर निस्कने क्रम भने पूर्ण रुपमा रोकिएको छैन । नोवेल कोरोना भाइरस (कोभिड-१९)को संक्रमण हुन र फैलन नदिन सरकारले नागरिककै लागि लकडाउन गरेको भन्ने नगरबासीमा […]

चेन गेटभित्र चिकित्सक, बाहिर बिरामी, नर्सलाई रेनकोट

१३ चैत, बिराटनगर । कोरोना संक्रमणको त्रास फैलिएपछि सरकारले आफ्नो सम्पूर्ण ध्यान यसको रोकथाम र नियन्त्रणमा लगाएको बताउँदै आएको छ । कोरोना जोखिमका कारण देश मंगलबार यता लकडाउन भएको छ । तर, स्वास्थ्य मन्त्रालयले सुरक्षाको उचित प्रवन्ध गर्न नसक्दा कोरोनाविरुद्ध लड्ने टोलीको फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरु आफैं असुरक्षित छन् । कोरोना संक्रमित र आशंकामा उपचारका […]

दक्षिण एसियामा कोरोनाबाट २७ को मृत्यु, दुई हजार संक्रमित

१३ चैत, काठमाडौं । दक्षिण एसियामा कोरोना (कोभिड १९) भाइरसबाट २७ जनाको ज्यान गइसकेको छ । दक्षिण एसियाली देश मध्ये भारतमा सबैभन्दा धेरै १२ जनाको ज्यान गएको हो । त्यस्तै, पाकिस्तानमा ८, बंगलादेशमा ५ र अफगानिस्तानमा २ जनाको ज्यान गएको छ । बिहीबार विहानसम्म दक्षिण एसियामा संक्रमितको संख्या करिब हजार पुगेको छ । सबैभन्दा बढी […]

लकडाउनमा छाक टार्न समस्या हुनेलाई १० किलो चामल, दुई किलो दाल

१३ चैत, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न परिवारलाई ‘लकडाउन’ अवधिमा चामल, दाल र नुन बाँड्ने निर्णय गरेको छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण देशव्यापी ‘लकडाउन’ भएकाले मजदुरी गर्न नपाउंदा छाक टार्नै समस्या हुने परिवारका लागि तत्काल प्रतिपरिवार १० किलो चामल, दुई किलो दाल र एक किलो […]

रौतहटमा भारतलगायत अन्य मुलुकबाट आएका २४ जना क्वारेन्टाइनमा

१३ चैत, रौतहट । कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा संक्रमण फैलन नदिन देश बाहिरबाट आएकाहरुलाई तत्काल समाज र परिवारसँग घुलमिल हुन नदिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गरे अनुसार रौतहटमा २४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतको मुम्बइ, दिल्ली, पञ्जाब, हरियाणा तथा अन्य मुलुकबाट समेत आएका २४ जनालाई प्रत्यक्ष निगरानी गर्न क्वारेन्टाइनमा राखिएको राैतहटका प्रमुख जिल्ला अधिकारी […]

इन्डक्सनमा खाना पकाउनेले विद्युत महसुलमा २० प्रतिशत छुट पाउने

१३ चैत, काठमाडौं । लकडाउनको बेला विद्युतीय चुल्हो (इन्डक्सन) मा खाना पकाउनेहरुलाई विद्युत महसुलमा २० प्रतिशत छुट दिन ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । इन्डक्सनबाट खाना पकाउने ग्राहकलाई १ सय ५० युनिटसम्म विद्युत महसुलमा छुट दिने व्यवस्था मिलाउन ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई टेलिफोनमार्फत निर्देशन […]

कोरोना संक्रमित युवतीसँगै आएका धनगढीका युवक भाइसँगै आइसोलेसनमा

१३ चैत, धनगढी । कोरोना संक्रमित युवती आएकै विमानमार्फत नेपाल आएका धनगढीका एक युवक र उनका भाइलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ। दाजुभाइको प्रारम्भिक स्वास्थ्य परीक्षणपछि आइसोलेनमा राखिएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले जानकारी दिए । जोशीका अनुसार, उनको नमूना संकलन गरेर काठमाडौं पठाउने तयारी गरिएको छ । उनी चैत ४ गते […]

झण्डै दोब्बर मूल्यमा तरकारी बेच्ने तीन जना पक्राउ

१३ चैत, जनकपुरधाम । कोरोना भाइरसबाट बच्न सरकारले जारी गरेको लकडाउनको समयमा दोब्बर मूल्यमा तरकारी बेच्ने तीन जनालाई प्रहरीले जनकपुरधामबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले आलु र प्याज झण्डै दोब्बर मूल्यमा बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको हो । आलु ५० रुपैयाँ प्रति किलो र प्याज एक सय रुपैयाँ प्रति किलोमा […]

अष्ट्रेलियामा नेपालीलाई समस्या हुन नदिन दूतावास र सामुदायिक संस्थाहरूको पहल

सिड्नी । अस्ट्रेलियामा कोरोना भाइरसको संक्रमणको संख्या बढ्दै गएपछि यहाँका संघीय तथा राज्य सरकारहरुले बिभिन्न नियमहरु लागु गरेका छन् । विशेष गरी भाइरस फैलिन नदिन सामुदायिक तथा व्यक्तिगत दुरी कायम गर्नुपर्ने अनिवार्य नियमले यहाँका हजारौ निजी तथा सरकारी कार्यालयहरु बन्द छन् । अत्यावश्यक बाहेक सबैलाई घर बाहिर ननिस्कन भनिएको छ । यातायात, शैक्षिक संस्था, स्वास्थ्यकेन्द्रहरु […]

लकडाउनले दोस्रो अवसर दियो, यसको सदुपयोग गरौं : डब्ल्यूएचओ

१३ चैत, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामका लागि दोस्रो अवसरको सदुपयोग गर्न अपील गरेको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयिससलेे बुधबार नियमित जानकारी दिने क्रममा अहिले गरिएको लकडाउनले एउटा अवसरको ढोका खुलेको बताए । यसको सदुपयोग गरी कोभिड-१९लाई नियन्त्रण गर्न उनले सुझाव दिएका छन् । कोरोना भाइरस […]

भारतबाट फर्किएका नेपालीको पोखराको क्वारेन्टाइनमा मृत्यु

१३ चैत, पोखरा । १२ दिनअघि भारतबाट फर्किएर कास्कीको रुपा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ । रुपा गाउँपालिकाका ५० वर्षीय विश्ववन्धु नेपालीको बुधबार दिउँसो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । नेपालीलाई मंगलबारदेखि रुपा गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा राखिएको थियो । भारतको हैदरावादबाट फर्किएका उनी बुधबार बिहान खाना खाएर सुतेका […]

कोरोना भाइरस मानव जातिकै लागि जोखिम : राष्ट्रसंघ

१३ चैत, काठमाडौं । संयुक्त राष्ट्रसंघले कोरोना भाइरस (कोभिड-१९) सम्पूर्ण मानव जातिका लागि जोखिम भएको बताएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले सबै मिलेर यसको सामना गर्नुपर्ने उल्लेख गरे । कोरोनाको जोखिम विकासोन्मुख मुलुकहरुमा बढी रहेको भन्दै उनले अन्तर्राष्ट्रिय मानवीय सहायताको लागि २ अर्ब डलर सहयोगको अपिल पनि गरेका छन् । डिसेम्बर २०१९ मा देखिएको […]

भारतमा कोरोनाबाट मृतकको संख्या १३ पुग्यो, ६०० बढी संक्रमित

१३ चैत, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । स्थानीय सञ्चार माध्यमले दिएको जानकारी अनुसार बुधबार भारतमा यो भाइरसको कारण तीन जनाको ज्यान गएको हो । बुधबार बिहान ५४ वर्षीय मानिसले कोभिड–१९ को कारण ज्यान गुमाएका थिए । त्यस्तै साँझपख मध्यप्रदेशको उज्जैनमा ६५ वर्षीया महिलाले ज्यान गुमाएकी […]

न्युयोर्क सहरका झण्डै आधा कोरोना संक्रमित ४५ वर्षमुनिका

१२ चैत, काठमाडौं । वृद्धवृद्धा र बालबालिकाहरूको रोगप्रतिरोधी क्षमता कम हुन्छ । त्यसैले यो उमेर समूहका व्यक्ति बढी संक्रमित हुनेमा पर्छन् । तर अमेरिकाको न्युयोर्क सहरमा विश्वव्यापी रूप लिइरहेको कोरोना भाइरसको संक्रमणमा ४५ वर्षमुनिका व्यक्ति परेका छन् । एनवाईसी हेल्थ डिपार्टमेन्टका अनुसार, संक्रमितमध्ये झण्डै आधा मानिस ४५ वर्षमुनिका छन् । यसमा पनि पुरुष बढी छन् […]

इटालीमा एकैदिन ६८३ को मृत्यु, अमेरिकामा १० हजार संक्रमित थपिए

१३ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट इटालीमा बुधबार ६८३ जनाको ज्यान गएको छ । वर्ल्डओमिटरका अनुसार यससँगै इटालीमा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ७ हजार ५०० नाघेको छ । बुधबार मात्र इटालीमा ५ हजार २१० नयाँ संक्रमित फेला गरेका छन् । यससँगै मुलुकमा समग्र संक्रमितको संख्या ७४ हजार ३०० नाघेको छ । […]

यी मालिक जसले आफ्नो तलब घटाएर कर्मचारीको तलब बढाए

१३ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट व्यापार व्यवसाय ठप्प भएपछि धेरै कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई बेतलवी विदा दिएका छन् । तर, अमेरिकाको एक कम्पनीका मालिकले भने आफ्नो तलब घटाएर कर्मचारीहरुको तलब बढाएर दिने काम अहिले पनि जारी राखेका छन् । अमेरिकाको सिएटलस्थित एक कार्ड पेमेन्ट कम्पनीका मालिक डेन प्राइसले आफ्ना १२० जना कर्मचारीहरुलाई न्युनतम ७० […]

लकडाउनको तेस्रो दिन पनि काठमाडौं सुनसान

१३ चैत, काठमाडौं । लकडाउनको तेस्रो दिन आज पनि काठमाडौं उपत्यकासहित देशभरका शहर सुनसान छन् । सरकारको निर्देशनको पूर्णपालना गर्दै मानिसहरुले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको प्रयासलाई साथ दिएका छन् । सरकारले चैत ११ गतेदेखि १८ गतेसम्म देशभर लकडाउन गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनेको छ । लकडाउनका कारण काठमाडौंका सडक तथा बजार क्षेत्र बिहीबार […]



from समाचार – Online Khabar https://ift.tt/33QFrfV
via IFTTT
Powered by Blogger.