समाचार
१९ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १० ले आर्थिक स्थिति कमजोर भएका २ सय ८५ जनालाई राहत सामग्री वितरण गरेको छ । कोरोना (कोभिड–१९) भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछि दैनिकी चलाउन अफ्ठ्यारोमा परेकाहरुलाई राहत बाँडिएको हो । वडाध्यक्ष रामकुमार केसीका अनुसार वडाका अन्य जनप्रतिनिधि समेतले आफ्ना क्षेत्रमा भएका मजदुर, श्रमिक तथा […]
१८ चैत,काठमाडौं । कोभिड १९ महामारीविरुद्ध तीनै तहका सरकारसहित जिल्ला स्तरमासमेत ‘एक्सन कमिटी’ले तत्काल उद्धार,राहत र व्यवस्थापनको काम गर्ने भएका छन् । त्यसका लागि मन्त्रिपरिषदको आइतबारको बैठकले केन्द्रमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) गठन गरिसकेको छ । सीसीएमसीको पहिलो बैठक मंगलबार छाउनीस्थित सैनिक ब्यारकेमा बसेर केही योजनाहरु समेत बनाएको छ । […]
१८ चैत, चितवन । चितवनको भरतपुर अस्पतालको अध्यक्षमा डा. भोजराज अधिकारी नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णयका आधारमा तीन वर्षे कार्यकालका लागि भरतपुर अस्पताल गठन आदेश २०७६ को दफा ३ बमोजिम डा. अधिकारी नियुक्त भएका हुन् । डा. अधिकारीसहित अस्पताल सञ्चालक समितिका अन्य सदस्यमा रमाकान्त सापकोटा, केशव देवकोटा र रमा घिमिरे नियुक्त भएका छन् । […]
१८ चैत, डोटी । शिखर नगरपालिका–११ का दीपकबहादुर बलायर स्नातकोत्तर तहका विद्यार्थी हुन् । काठमाडौंमा अध्ययन गर्ने उनी कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण क्याम्पस बन्द भएपछि घर फर्किएका छन् । कैलालीको अत्तरियाबाट घर आउने बस चढ्दा उनी संयोगले भारतबाट फर्केकाहरु सँगै परे । त्यसैले उनी चैत ११ गतेदेखि शिखर नगरपालिकाले वडा नं. १० को सिद्धेश्वर […]
१८ चैत, काठमाडौं । अत्यावश्यक वस्तुअन्तरगत पर्ने खाना पकाउने एलपीजी ग्यासको ढुवानी तथा वितरण प्रभावित हुने गरी स्थानीय सरकारले उर्दी जारी गरेको ग्यास उद्योगीहरुले गुनासो गरेका छन् । उद्योगमा पूर्ण लकडाउन कार्यान्वयन गर्न नगरपालिका कार्यालयबाट पत्राचार भएको भन्दै धादिङका दुई ग्यास उद्योगले नेपाल आयल निगमको ध्यानाकर्षण गराएका छन् । धादिङको धुनीबेसी नगरपालिकाले उद्योग र यस […]
१८ चैत, बुटवल । भैरहवाको सिद्धार्थनगर नगरपालिकाले गरिब तथा विपन्न परिवारलाई राहत वितरण सुरु गरेको छ । नगरपालिकाले लकडाउनका कारण छाक टार्न समस्या परेका गरिब तथा विपन्न परिवारको लगत संकलन गरी दैनिक उपभोग्य सामग्री वितरण सुरु गरेको हो । नगरपालिकाले मंगलबार एक सय ३९ घरधुरी विपन्न परिवारलाई अति आवश्यक खाद्यान्न सामग्री वितरण गरेको नगर प्रमुख हरिप्रसाद […]
१८ चैत, काठमाडौं । प्रवुद्ध व्यक्तिहरुले लकडाउनको समयमा नेपाल भारत सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई नेपाल प्रवेश गर्न दिन माग गरेका छन् । आइतबार विज्ञप्ती जारी गरी उनीहरुले जुनसुकै अवस्थामा भएपनि नेपालभित्र पस्न, बस्न र जीवनयापन गर्न पाउने नेपाली नागरिकको संवैधानिक अधिकार कुण्ठित गर्ने संवैधानिक र नैतिक हक कसैसँग नभएको बताएका छन् । पूर्वप्रधानन्यायाधीशद्वय कल्याण […]
१८ चैत, चितवन । चीनबाट सुरु भएको कोरोना भाइरस (काेभिड-१९) युरोपमा फैलिन थालेपछि नेपालका सरकारी निकायहरु तात्न थालेका छन् । चीनले केही घण्टामै कोरोना अस्पताल बनाएको चर्चा सुनेका स्थानीय सरकारहरुले त्यस्तै अस्पताल बनाउन थाले । त्यसको सुरुवात चितवनको भरतपुर महानगरपालिकाले गर्यो । ७२ घण्टा भित्र अस्थायी अस्पताल बनाउने भन्दै काम थालेको महानगरपालिकाले भरतपुरको प्रदर्शनी केन्द्रमा […]
१८ चैत, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरसका कारण विश्व नै समस्यामा रहेको अवस्थामा सामान्य रुघाखोकी समेतको उपचार नगर्ने चिकित्सक तथा अस्पताललाई कारबाही गर्ने बताएका छन् । आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीहरुसँग मंगलबार आयोजना गरिएको बैठकमा मुख्यमन्त्री राउतले बिरामीको उपचार नगर्ने चिकित्सक र अस्पताललाई कारबाही गरिने बताए । ‘सामान्य […]
१८ चैत, धरान । सरकारले आह्वान गरेको लकडाउन उल्लङघन गर्ने दुईजनालाई धरानमा प्रहरीले घुँडा टेकाएर हिँडाएको छ । लकडाउन उल्लङ्घन गरेको भन्दै वडा प्रहरी कार्यालय धरान अगाडि दुईजनालाई घुँडा टेकाएर हिँडाइएको हो । भानुचोकमा रहेको प्रहरी कार्यालय अगाडि पिच सडकमा घुँडा टेकाएर हिँड्न लगाएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
१८ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको राहत प्याकेज सकारात्मक, तर अपर्याप्त भएको बताएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार विज्ञप्ती जारी गर्दै थप राहत प्याकेज ल्याउन माग गरेका छन् । उनले भनेका छन्, ‘आएको प्याकेज एक हदसम्म सकारात्मक भएपनि यो पर्याप्त छैन । व्याजको किस्ता तिर्ने समयावधि थपेर मात्र […]
१८ चैत, दाङ । लकडाउनबाट प्रभावित अति विपन्न परिवारलाई दाङको लमही नगरपालिकाले निःशुल्क खाद्यान्न वितरण गर्ने भएको छ । लमही नगरपालिका क्षेत्रभित्र रहेका अति विपन्न र वैदेशिक रोजगारीको भरमा जीवनयापन गर्नेहरुलाई चामल, दाल, तेल र नुन वितरण गर्ने निर्णय गरेको हो । लमही नगरपालिका प्रमुख कुलबहादुर केसीको अध्यक्षतामा मंगलबार बसेको बैठकले चैत १९ गतेदेखि राहतस्वरुप […]
१८ चैत, रौतहट । गाँजा तस्करीसम्बन्धी एक मुद्दामा रौतहटको इशनाथ नरपालिकाका मेयरलाई पक्राउ गर्न मकवानपुर जिल्ला अदालतले अनुमति दिएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयले रौतहट जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी ईशनाथ नरपालिकाका मेयर सन्तोष मेहता र उनका भाइ मोहन मेहतालाई पक्राउ गर्न आग्रह गरेको छ । मेयरका भाई मोहन नेकपाको इशनाथ नगरपालिका समितिका अध्यक्ष […]
१८ चैत, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीलाई वैशाख ३ गतेसम्म नियमित हवाई सेवा बन्द हुने जानकारी दिएको छ । प्राधिकरणको परिपत्रअनुसार अब आन्तरिक तथा बाह्य दुबै उडान १५ अप्रिल (३ वैशाख) सम्म नै बन्द रहने छन् । अर्थात् लकडाउन २५ चैतमा खुले पनि हवाई कम्पनीले भने ३ वैशाखसम्म उडान गर्न पाउने […]
१८ चैत, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले एसिया प्रशान्त क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९)को महामारी अझै नसकिएको बताएको छ । साथै उसले सबैलाई कोरोना भाइरसविरुद्ध लड्ने आफ्नो कदम कायम राख्न आग्रह गरेको छ । चीनको बुहावबाट सुरु भएको कोरोना भाइरसको प्रकोप अहिले युरोप र अमेरिकाका बढी छ । तर एसिया–प्रशान्त क्षेत्रमा पनि यसको प्रभाव नरोकिएको […]
१८ चैत, काठमाडौं । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९)का कारण ८४९ जनाको मृत्यु भएको छ । यो कोरोना भाइरसबाट स्पेनमा एकैदिनमा अहिलेसम्मकै धेरै मानिसले ज्यान गुमाएका हुन् । यससँगै मुलुकभर ज्यान गुमाउने मानिसको संख्या ८ हजार १८९ पुगेको छ स्पेनका विदेशमन्त्रीले बिस्तारै कोरोना भाइरस संक्रमितको संख्यामा बिस्तारै कमी आउने अपेक्षा गरेको भोलिपल्ट स्पेनमा […]
१८ चैत, काठमाण्डौ । जवाफदेहिता निगरानी समितिले लकडाउन उल्लंघन गरेको भन्दै नागरिकलाई नियन्त्रणमा लिएर निर्मम कुटपीट गर्ने र यातना दिनेलाई कारबाही गर्न माग गरेको छ । समितिका संयोजक चरण प्रसाईंले मंगलबार विज्ञप्ति जारी गर्दै नागरिकलाई प्रहरी–प्रशासनले नियन्त्रणमा लिएर यातना दिएको भन्दै त्यसको निन्दा गरेका हुन् । ‘यस्ता अशोभनीय र अनुचित कार्य एवं शारीरिक तथा मानसिक […]
१८ चैत, विराटनगर । लकडाउनका कारण दैनिकी चलाउन मुस्किल परेपछि राहत माग्दै विराटनगर १० का स्थानीयले वडा कार्यालय घेराउ गरेका छन् । लकडाउन उल्लंघन गर्दै मंगलबार दैनिक काम गरेर गुजारा चलाउँदै आएका स्थानीयले वडा घेराउ गरेका हुन् । मंगलबार वडा कार्यालय पुगेका स्थानीयबासीले वडा अध्यक्षले आफूखुसी बोल्दै हिँडेको बताउँदै तत्काल राहत दिन माग गरे । […]
१८ चैत, घोराही । कोरोना भाइरस सर्ने भन्दै नर्सलाई डेराबाट निकालेको आरोप लागेका दाङको घोराही उपमहानगरपालिका २ का वडासचिव नारायण आचार्यलाई प्रहरीले पक्राउ गरेको छ । घोराही १८ नवलपुरस्थित आफ्नो घरमा डेरामा बस्दै आएकी तुलसीपुर उपमहानगरपालिका १६ गणेशपुरकी नर्स सिर्जना खड्कालाई निकालेको आरोपमा उनलाई पक्राउ गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। दाङका […]
१८ चैत, जनकपुरधाम । भारतबाट आएका धनुषाका दुई व्यक्तिमा कोरोनाको आशंका गरिए पनि जाँचमा उनको रिपोर्ट नेगेटिभ आएको छ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा शनिबार भर्ना भएका दुबै व्यक्तिको रिपोर्ट नेगेटिभ आएको अस्पतालका ल्याब विभागकी प्याथोलोजिस्ट डा. स्वेना ठाकुरले जानकारी दिइन् । उनकाअनुसार भारतबाट केही दिन अगाडि आएका ती दुई व्यक्तिमा रुघाखोकी र ज्वरो देखिएपछि […]
१८ चैत, जनकपुरधाम । प्रदेश २ सरकारले लकडाउनको समयमा सर्वसाधारणलाई दूध र तरकारीको अभाव हुन नदिने भएको छ । प्रदेशको भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सर्वसाधारणका लागि दूध र तरकारी उपलब्ध गराउने योजना ल्याएको छ । ‘सुपथ मूल्यमा दूध र तरकारी उपलब्ध गराउन हामीले योजना बनाएका छौं,’ भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र […]
from समाचार – Online Khabar https://ift.tt/2xzwwDE
via IFTTT