Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

उत्तर प्रदेश सरकारले मानिसहरुमाथि नै छर्कियो हानिकारक रसायन

१७ चैत, काठमाडौं । भारतको उत्तर प्रदेश सरकारले अन्य प्रान्तबाट आएका मानिसलाई आइतबार बरेलीको बस स्टेशनमा रसायन छर्किएको छ । उत्तर प्रदेश सरकारले बरेली स्टेसनमा राखेर पर्खाल तथा बसलाई जस्तै मानिसहरु माथि समेत रसायन छर्केको हो । बीबीसी हिन्दीमा उल्लेख गरिए अनुसार मानिसहरुलाई यसरी छर्किएको पानीमा सोडियक हाइपोक्लोराइड जस्तो रसायन पनि मिसाइएको थियो । यस […]

डोटीमा भारतबाट फर्केका झण्डै चार सय जना क्वारेण्टाइनमा

१७ चैत, डोटी । भारतका विभिन्न शहरबाट फर्केका तीन सय ९४ जनालाई डोटीको क्वारेण्टाइनमा राखिएको छ । भारतबाट आएकाहरुलाई क्वारेण्टाइमा राख्न नेपाल सरकारले दिएको निर्देशनअनुसार डोटीका नौ वटै स्थानीय तहमा तीन सय ९४ लाई क्वारेण्टाइनमा राखिएको हो । हालसम्म जिल्लाका विभिन्न स्थानीय तहका २४ स्थानमा क्वारेण्टाइन स्थापना गरिएको स्वास्थ्य कार्यालय डोटीका कोरोनासम्बन्धी सम्पर्क व्यक्ति सूर्य […]

डोटीबाट थप दुई जनाको स्वाब परीक्षणका लागि पठाइयो

१७ चैत, डोटी । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको आशंकामा डोटीबाट थप दुई जनाको स्वाव परीक्षणको लागि प्रदेश प्रयोगशाला धनगढी पठाएको छ । एक व्यक्ति भारतको पुनाबाट पाँच दिन अगाडि र अर्का व्यक्ति भारतको तेलंगना प्रान्तबाट १३ दिन अगाडि घर आएका थिए । दुवै जना डोटीका स्थायीबासिन्दा हुन् । कोरानासँग मिल्दोजुल्दो लक्षण देखिएपछि दुबै […]

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ८१२ जनाको मृत्यु

१७ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट स्पेनमा पछिल्लो २४ घण्टामा आठ सय १२ जनाको ज्यान गएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो दुई दिनको तुलनामा पछिल्लो २४ घण्टामा मृत्यु हुने मानिसको संख्यामा कमी आएको हो । यससँगै स्पेनमा कोरोना भाइरसबाट समग्रमा मृत्यु हुनेको संख्या आठ हजार तीन सय […]

परोपकारी संस्थाले दियो मुसहर समुदायलाई साबुन र मास्क

१७ चैत, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका १२ बडकुर्वाका मुसहर समुदायका एक सय घर परिवारलाई सोमबार नियमित हात धुनका निम्ति साबुन र प्रयोग गर्न मास्क प्रदान गरिएको छ । भोर अनुसन्धानमा आधारित अभियानी तथा परोपकारी संस्थाले मुसहर समुदायलाई मास्क र साबुन वितरण गरेको हो । प्रति परिवार ५ थान माक्स र दुई थान साबुन वितरण […]

एम्बुलेन्स कुर्दाकुर्दै दिन बित्यो

१७ चैत, बुटवल । बुटवल उपमहानगरपालिका–१९, पत्थरगञ्जस्थित मिलनटोलमा छ कमला थापाको घर । ४५ वर्षीया कमला घरमा एक्लै बस्छिन् । पछिल्लो दिनमा ज्वरो आउने, शरीर दुख्ने र वान्ता हुन थालेपछि उनले उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल जाने निर्णय गरिन् । त्यसका लागि बिहान १० बजेदेखि एम्बुलेन्स कुरेकी उनी साँझसम्म अस्पताल जान पाइनन्। ‘श्रीमान् र जेठो […]

क्रिमसन अस्पताललाई नगरपालिकाको चेतावनी

१७ चैत,बुटवल । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले उच्च ज्वरो भएका बिरामीलाई भर्ना नलिएको गुनासो आएपछि तिलोत्तमा नगरपालिकाले सचेत गराएको छ । यो अस्पतालले गेटमा ठूलो व्यानर टाँगेर अत्यावश्यक कामबाहेक अस्पतालमा नआउन सूचना जारी गरेको थियो । अस्पतालले सेनिटाइजर र साबुनको समेत व्यवस्था नगरेको र बिरामीहरुलाई दुर्व्यवहार गरेको गुनासो आएपछि सचेत गराइएको नगर प्रमुख वासुदेव घिमिरेले […]

लकडाउन अवधिभर सेयर बजार बन्द हुने

१७ चैत, काठमाडौं । लकडाउनको अवधिभर सेयर बजार बन्द रहने भएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लकडाउन अवधिभर बजार खुला नगर्ने निर्णय गरेको हो । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सरकारले घोषणा गरेको आगामी २५ गतेसम्म नै बजार बन्द गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार त्यसपछि पुनः […]

सडक तथा चोकमा तरकारी बेच्न भक्तपुर नगरपालिकाले लगायो प्रतिबन्ध

१७ चैत, काठमाडौं । भक्तपुर नगरपालिकाले मूल सडक तथा चोकमा तरकारी राखेर बेच्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । कोरोना भाइरस (कोभिड १९) को जोखिमलाई मध्यनजर राख्दै नगरपालिकाले प्रत्येक वडामा तरकारी बजारका लागि स्थान तोकेसँगै सडक किनारा र चोकमा तरकारी बेच्न प्रतिबन्ध लगाएको हो  । चैत्र १९ गतेदेखि लागू हुनेगरी दत्तात्रय चोकदेखि वंशगोपालसम्मको मूल सडक […]

कोरोना जाँच्ने तीन प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारको निर्णय

१७ चैत, बुटवल । प्रदेश पाँच सरकारले तीन वटा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भैरहवाको गहुँ बाली अनुसन्धान केन्द्र परिसरमा, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र नेपालगञ्जको भेरी अस्पतालमा तत्काल प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको हो । तीन वटै प्रयोगशालाबाट कोरोना भाइरसको परीक्षण गर्ने प्रदेश सरकारको निर्णय […]

डीडीसीको दुध पाइएन ? अब सिधै फोन गर्नुस्

१७ चैत, काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले लकडाउनको अवधिमा पनि दुग्ध पदार्थ आपूर्ति सहज बनाइएको दाबी गरेको छ । कुनै कारणबस उपत्यकाका उपभोक्ताले दुग्ध पदार्थ नपाए सम्पर्क गर्न आग्रह गर्दै संस्थानले सम्पर्क व्यक्तिको फोन नम्बर पनि सार्वजनिक गरेको हो । प्रतिकूलता रहेपनि श्रोत साधनहरुको अधिकतम परिचालन गर्दै स्थानीय कृषकहरुबाट उत्पादित दुध […]

काठमाडौंमा कसले पाउनेछ सरकारी राहत ? यस्तो छ मापदण्ड

१७ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी राहत वितरण मापदण्ड–२०७६’ स्वीकृत गरेको छ । सोमबार राष्ट्रिय सभागृहमा बसेको काठमाडौं महानगरपालिकाको ४३ औं कार्यपालिका बैठकले मापदण्ड स्वीकृत गरेको हो । काठमाडौं महानगरपालिकाभित्र बसोबास गर्दै आएका असहाय, अति विपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिहरु खाना, खाजा नपाएर समस्यामा छन् । ‘विपन्न वर्गको पहिचान गरेर […]

आइसोलेसनमा इजरायली प्रधानमन्त्री नेतान्याहू

१७ चैत, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आशंकामा आइसोलेसनमा बस्ने भएका छन् । सल्लाहकार रिभ्का पाउकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेतान्याहू पनि आइसोलेसन बस्ने भएका हुन् । स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार नेतान्याहूले स्वास्थ्य मन्त्रालयको दिशानिर्देशलाई पूर्णरुपमा पालना गर्नेछन् । नेतान्याहू १४ दिनसम्म आइसोलेसनमा बस्न सक्ने बताइएको छ । […]

तरकारी बजारमा भीड भएपछि प्रहरीले हटायो

१७ चैत, वीरगञ्ज । वीरगञ्ज–११ श्रीपुर स्थित विद्यापिठ स्कुलमा सोमबार बिहान तरकारी बजार राखियो । वीरगञ्ज महानगरपालिकाले वडाका उपभोक्तालाई वडामै बजार राखेर तरकारी दिने भनेपछि त्यहाँ बजार राखिएको थियो । तर त्यहाँ सोमबार बिहान ७ बजे पुग्दा कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरणका कुनैपनि उपाय अपनाइएको थिएन । सरकारले अत्यावश्यक तरकारी खाद्यान्न बिक्री गर्दा पनि ३ […]

सर्वोच्चले भन्यो – विपन्नलाई आफैं सम्पर्क गरेर राहत देऊ

१७ चैत, काठमाडौं । सर्वोच्च अदालतले अति विपन्न दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने व्यक्तिलाई राहत उपलब्ध गराउन सरकारलाई आदेश दिएको छ । सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले अहिले लकडाउनको समयमा यस्ता व्यक्तिहरु राहत लिन आफैं सम्पर्क राख्न आउनुभन्दा राज्यको संयन्त्रबाटै त्यस्ता व्यक्तिको पहिचान गरी राहत उपलब्ध गराउन आदेश दिएको हो । विपन्न र […]

गभर्नर सिफारिस गर्न समिति गठन

१७ चैत, काठमाडौं । सरकारले गभर्नर सिफारिस गर्न तीन सदस्यीय समिति गठन गरेको छ । केही दिनअघिको मन्त्रिपरिषद् बैठकले गभर्नरको नाम सिफारिस गर्न अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो । समिति सदस्यमा पूर्वगभर्नर विजयनाथ भट्टराई र पूर्वअर्थसचिव कृष्णहरि बाँस्कोटा सदस्य रहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । समितिले तीनजनाको […]

स्वास्थ्य मन्त्रालयको अपिल : हरेक मृत्युलाई कोरोनासँग नजोडौं

१७ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक मृत्युलाई कोरोना भाइरस (कोभिड–१९) सँग नजोड्न आग्रह गरेको छ । गाउँघरमा कसैको मृत्युभयो भने कोरोनाकै कारण मृत्युभएको भन्दै मलामी समेत नजाने अवस्था आएको भन्दै मन्त्रालयले त्यसो नगर्न ध्यानाकर्षण गराएको छ । सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले भने, ‘जो मर्‍यो, त्यो […]

प्रदेश १ मा आइपुग्यो हजार पीपीई, क-कसले कति पाउँछन् ?

१७ चैत, विराटनगर । चीनबाट ल्याइएको एक हजार स्वास्थ्य सामग्रीमध्ये एकहजार व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) प्रदेश १ सरकारले पाएको छ । नेपाली सेनाको स्काई ट्रकमार्फत् पठाइएको पीपीई प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले लिएका छन् । मन्त्रालयमार्फत् एक सय ३७ वटा स्थानीय तहमा पीपीई पठाइने उनले बताए । उनकाअनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई एक […]

दक्षिण एसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५९ पुग्यो

१७ चैत, काठमाडौं । दक्षिण एसियामा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुने मानिसको संख्या ५९ पुगेको छ । साथै समग्र संक्रमितको संख्या २ हजार ९९४ पुगेकमो छ । पाकिस्तानमा पछिल्लो २४ घण्टामा छ जनाको ज्यान गएको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले आफ्नो वेबसाइटमा उल्लेख गरेअनुसार अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । […]

गुल्मीमा बेवारिसे शव भेटियो

१७ चैत, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका-४ भगलाममा एक जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । भगलामस्थित छल्दीपनाहादेखि ईन्द्रेगैंडा जाने सडक खण्डको ५० मिटर मुनि बगरमा अन्दाजी ५५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनले बताए । सोमबार बिहान नाम थर नखुलेको अवस्थामा फेला परेको […]

राहतबारे उद्योगीको प्रतिक्रिया : राष्ट्र बैंकको सहुलियत अपूरो

१७ चैत, काठमाडौं । कोरोना भाइरसले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावका कारण निजी क्षेत्र समस्यामा परेको भन्दै नेपाल राष्ट्र बैंकले आइतबार सहुलियत घोषणा गर्‍यो । बैंकबाट ऋण लिएर उद्यम गर्नेहरुले चैतमा तिर्नुपर्ने मासिक/चैमासिक किस्ता असार मसान्तसम्म तिरे हुने गरी राष्ट्र बैंकले सहुलियत आइतबार घोषणा गर्‍यो। चैतमै ऋण तिरेको अवस्थामा पनि व्याजमा १० प्रतिशत छुट हुने राष्ट्र […]



from समाचार – Online Khabar https://ift.tt/33UnP2Z
via IFTTT
Powered by Blogger.